उत्तराखण्ड
उत्तराखण्ड उत्तर भारतको एउटा राज्य हो। यसलाई प्रायः "देवभूमि" भनेर चिनिन्छ यसको धार्मिक महत्व र राज्यभरि पाइने असंख्य हिन्दू मन्दिरहरू र तीर्थस्थलहरूका कारण। उत्तराखण्ड हिमालय, भाबर र तराई क्षेत्रहरूको प्राकृतिक वातावरणका लागि परिचित छ। यसले उत्तरमा चीनको तिब्बत स्वायत्त क्षेत्रसँग सीमा जोड्छ; पूर्वमा नेपालको सुदूरपश्चिम प्रदेश; दक्षिणमा उत्तर प्रदेश र पश्चिम र उत्तर-पश्चिममा हिमाचल प्रदेश भारतीय राज्यहरू छन्। राज्यलाई दुईवटा मण्डलहरूमा विभाजन गरिएको छ, गढवाल र कुमाऊँ, जम्मा १३ जिल्लाहरू छन्। उत्तराखण्डको शीतकालीन राजधानी देहरादुन हो, यो राज्यको सबैभन्दा ठूलो सहर हो र गैरसैन, चमौली जिल्लाको एउटा सहर, उत्तराखण्डको ग्रीष्मकालीन राजधानी हो।
इतिहास[सम्पादन गर्नुहोस्]
यो प्रान्त मानस खण्डको कुर्माञ्चल अथवा कुमाउँ नामबाट चन्द राजाहरूको शासन कालमा प्रचलित भयो। कुर्माञ्चल माथि चन्द राजाहरूको शासन कत्यूरीहरू पछि प्रारम्भ भएर सन १७९० सम्म रह्यो। सन १७९० मा नेपालको गोर्खा सेनाले कुमाऊँ माथि आक्रमण गरेर कुमाऊँ राज्यलाई आफ्नो आधीन गर्यो। गोर्खाहरूको कुमाऊँ माथि सन १७९० देखि १८१५ सम्म शासन रह्यो। सन १८१५ मा अङ्ग्रेजहरू सँग युद्ध पराजित भए पछि गोर्खा र अङ्ग्रेजहरू बीच सुगौली सन्धि भयो। सुगौली सन्धिमा उल्लेखित क्षेत्र अङ्ग्रेजहरूलाई सुम्पेर नेपाल फिर्ता भयो। तर अङ्ग्रेजहरूले कुमाऊँको शासन चन्द राजाहरूलाई न दियेर ईस्ट इण्डिया कम्पनीको अधीन गरी दियो। यस प्रकार कुमाऊँ माथि अङ्ग्रेजहरूको शासन १८१५ देखि आरम्भ भयो र अन्तमा ब्रिटिसहरू गये पछि यो प्रान्त भारतको उत्तर प्रदेशमा गाभियो। सन २००० मा यस क्षेत्रलाई उत्तराखण्ड नाम दियेर छुट्टै प्रान्त बनाईयो।
राज्यको स्थापना[सम्पादन गर्नुहोस्]
भारतको तीन नयाँ प्रान्त झारखण्ड, छत्तीसगढ र उत्तराखण्ड ९ नवम्बर सन् २००० का दिन स्थापना भएका हुन्। पहिले यि प्रदेशहरू क्रमश: बिहार, मध्य प्रदेश र उत्तर प्रदेश प्रान्तमा थिएँ। उत्तराखण्डको पुरानो नाम उत्तराँचल राखिएको थियो। सन् २००५ मा तत्कालीन मुख्य मन्त्री श्री नारायण दत्त तिवारीले जनता र प्रशासनीक विभाजकको माग अनुसार उत्तराँचलको नाम बदलेर उत्तराखण्ड बनाएका थिएँ।
उत्तराखण्डका जिल्लाहरू[सम्पादन गर्नुहोस्]
उत्तराखण्ड राज्यलाई कुमाउ मण्डल र गढवाल मण्डल गरी दुई छुट्टा छुट्टै मण्डलहरूमा विभाजित गरिएको छ। उत्तराखण्ड राज्यमा जम्मा १३ वटा जिल्लाहरू छन्। तिनका नामहरू यस प्रकार रहेका छन्।
- कुमाउ मण्डलका जिल्लाहरू
- गढवाल मण्डलका जिल्लाहरू
- पौडी जिल्ला
- टिहरी जिल्ला
- चमौली जिल्ला
- रुद्र प्रयाग जिल्ला
- उत्तरकाशी जिल्ला
- देहरादुन जिल्ला
- हरिद्वार जिल्ला
यि जिल्लाहरूमा हरिद्वार र उधम सिंह नगर बाहेक अरु सबै पहाडी जिल्ला हुन्।
स्रोत[सम्पादन गर्नुहोस्]
- ↑ "Now Uttarakhand Will Sing Its Own Official Song", The Times of India, ६ फेब्रुअरी २०१६, मूलबाट १३ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ नोभेम्बर २०१८।
- ↑ "Pushkar Singh Dhami: BJP's Pushkar Singh Dhami to be next Uttarakhand chief minister" (अङ्ग्रेजीमा), ४ जुलाई २०२१, अन्तिम पहुँच ४ जुलाई २०२१।
- ↑ Asian News International (१६ जुन २०१९), "Nanda Devi: Operation to retrieve bodies of missing mountaineers hampered by bad weather", India Today, अन्तिम पहुँच १२ अगस्ट २०१९।
- ↑ "Ichthyofaunal Diversity of Sharda Sagar Reservoir in Tarai Region" (PDF), Open Academics Journal Index, अन्तिम पहुँच ९ सेप्टेम्बर २०१९।
- ↑ "MOSPI Gross State Domestic Product", Ministry of Statistics and Program Implementation, Government of India, १ अगस्ट २०१९, अन्तिम पहुँच १६ सेप्टेम्बर २०१९।
- ↑ "GDP per capita of Indian states - StatisticsTimes.com", statisticstimes.com, अन्तिम पहुँच १७ अप्रिल २०२१।
- ↑ "Sub-national HDI – Area Database", Global Data Lab (अङ्ग्रेजीमा), Institute for Management Research, Radboud University, मूलबाट २३ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ सेप्टेम्बर २०१८।
- ↑ ८.० ८.१ "Census 2011 (Final Data) – Demographic details, Literate Population (Total, Rural & Urban)", planningcommission.gov.in, Planning Commission, Government of India, पृ: ४, मूलबाट २७ जनवरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अक्टोबर २०१८।
- ↑ "State Symbols of Uttarakhand", Garhwal Mandal Vikas Nigam Limited, मूलबाट १५ जुलाई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १ अप्रिल २०१२।
- ↑ "State Fishes of India", National Fisheries Development Board, Government of India, अन्तिम पहुँच २६ अगस्ट २०२०।
- ↑ Sharma, Nihi (१ डिसेम्बर २०१७), "To protect the endangered 'mahaseer' fish, Uttarakhand set to rope in fishermen", Hindustan Times, अन्तिम पहुँच २६ अगस्ट २०२०।
- ↑ "Common Peacock Male Papilio Bianor Polyctor", मूलबाट ८ जनवरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ जनवरी २०१७।
- ↑ "Uttarakhand To Declare Common Peacock As State Butterfly", १८ नोभेम्बर २०१६, मूलबाट २ जनवरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जनवरी २०१७।
- ↑ "Uttarakhand State Signs | Uttarakhand State Tree", uttaraguide.com, २०१२, मूलबाट ७ नोभेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अक्टोबर २०१२, "State Flower : Brahma Kamal"
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
