ब्राह्मण

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
यस बाकसलाई: हेर्नुहोस्  संवाद  सम्पादन

हिन्दू धर्म
पर एक श्रेणी को भाग

Om
इतिहास · देवता
सम्प्रदाय · आगम
विश्वास र दर्शनशास्त्र
पुनर्जन्म · मोक्ष
कर्म · पूजा · माया
दर्शन · धर्म
वेदान्त ·योग
शाकाहार  · आयुर्वेद
युग · संस्कार
भक्ति {{हिन्दू दर्शन}}
ग्रन्थ
वेदसंहिता · वेदांग
ब्राह्मणग्रन्थ · आरण्यक
उपनिषद् · श्रीमद्भगवद्गीता
रामायण · महाभारत
सूत्र · पुराण
शिक्षापत्री · वचनामृत
सम्बन्धित विषय
दैवी धर्म ·
विश्व मा हिन्दू धर्म
गुरु · मन्दिर देवस्थान
यज्ञ · मन्त्र
शब्दकोष · हिन्दू पर्व
विग्रह
प्रवेशद्वार: हिन्दू धर्म

HinduSwastika.svg

हिन्दू मापन प्रणाली

ब्राह्मण हिन्दू समाजको एक जाति हो। ब्राह्मणलाई विद्वान, सभ्य तथा शिष्ट मानिन्छ। ब्राह्मणलाई बाहुन पनि भनिन्छ। एतिहासिक रूपले हिन्दू समाज मा, व्यवसाय-आधारित चार वर्ण छन । ब्राह्मण (आध्यात्मिकता का लागि उत्तरदायी), क्षत्रिय (धर्म रक्षक), वैश्य (व्यापारी र कॄषक वर्ग) तथा शूद्र (शिल्पकार, श्रमिक समाज)। प्राचिन समयमा व्यक्तिको विशेषता, आचरण एवं स्वभावबाट उसको जाति निर्धारित हुन्थ्यो। विद्वान, शिक्षक, पण्डित, बुद्धिजीवी, वैज्ञानिक तथा ज्ञान-अण्वेषक ब्राह्मणहरूका श्रेणीमा आउँथे।

परिचय[सम्पादन गर्ने]

आर्य मूल अन्तर्गत पर्ने पूजा-आजा, समाज सेवा र शिक्षा आर्जनमा रुची राख्ने ब्राह्मण जातिलाई नेपाली भाषाको जन जिब्रो शैलीमा बाहुन भनिन्छ। हिन्दू धर्म ग्रन्थहरूमा समाज सञ्चालनका निम्ति चार वर्णहरूमा विभाजन गरी ब्राह्मण, क्षत्रीय, वैश्य र शूद्र वर्णहरूको सृजना गरिएको हो भनी उल्लेख गरिएको छ र ब्राह्मणको अपभ्रंश भई नेपालीहरूमा बाहुन शव्द प्रचलित भएको हो। नेपाली बाहुनहरू खस जाती (भारतको कस्मीर देखि भूटान सम्मको हिमालयको दक्षिणी पाखोमा बस्ने जाती का हाँगा हुन्। यो जाती नेपाल लगायत तत्कालीन विशाल नेपालका भूभागहरू हाल भारतमा पर्ने उत्तराखण्ड, हिमाचल प्रदेश, दार्जीलिङ, कालिम्पोङ, सिक्किम का साथै भूटान, बर्मा तथा भारतका अन्य भूभाग तथा विश्वका विभिन्न ठाउँका निवासी छन।

यस्क मुनिको निरुक्त शास्त्रका अनुसार - ब्रह्म जानाति ब्राह्मण:—ब्राह्मण त्यो हो जो ब्रह्म (अन्तिम सत्य, ईश्वर या परमज्ञान) लाई जान्दछ। अतः ब्राह्मणको अर्थ- "ईश्वर ज्ञाता" । तर हिन्दू समाजमा एतिहासिक स्थिति यो छ कि पारम्परिक पूजारी तथा पण्डित नै ब्राह्मण हुन्छन्।

किन्तु आजकल धेरै ब्राह्मणहरू धर्म-निरपेक्ष व्यवसाय गर्छन् तथा उनीहरूको धार्मिक परम्परा उनीहरूको जीवनबाट लुप्त हुदैं गईरहेको छ। यद्यपि नेपाली जनसंख्यामा ब्राह्मणहरूको प्रतिशत कम छ, तथापि धर्म, संस्कृति, कला, शिक्षा, ज्ञान-विज्ञान तथा उद्यमका क्षेत्रमा यीनीहरूको योगदान अपरिमित छ।

इतिहास[सम्पादन गर्ने]

ब्राह्मण समाजको इतिहास प्राचीन भारतबर्षको वैदिक धर्मबाट आरम्भ हुन्छ। "मनु-स्मॄति" का अनुसार आर्यवर्त वैदिक व्यक्तिहरूको भूमि हो। ब्राह्मण व्यवहारको मुख्य स्रोत वेद हो। ब्राह्मणहरूका सबै सम्प्रदाय वेदबाट प्रेरणा लिन्छन्। पारम्परिक मान्यता अनुसार यो विश्वास छ कि वेद अपौरुषेय (कुनै पनि मानव/देवताले नलेखेको) तथा अनादि हो। वेदलाई श्रुति मानिन्छ (श्रवण हेतु, जो मौखिक परम्पराको द्योतक हो)।

धार्मिक तथा सांस्कॄतिक रीतिहरू एवं व्यवहारमा विविधताहरूको कारण, ब्राह्मण समाज विभिन्न उपजातिहरूमा विभाजित छ। सूत्र काल मा, लगभग १००० ई.पू देखि २०० ई.पू , सम्म वैदिक अङ्गीकरणका आधारमा, ब्राह्मण विभिन्न शाखाहरूमा बाँढिन लागे। प्रतिष्ठित विद्वानहरूको नेतॄत्वमा, एकै वेदका विभिन्न नामहरूमा पृथक-पृथक शाखाहरू बन्न लागे। यी प्रतिष्ठित ऋषिहरूका शिक्षाहरूलाई सूत्र भनिन्छ। प्रत्येक वेदका अफ्नै सूत्र छन्। सामाजिक, नैतिक तथा शास्त्रानुकूल नियमहरूका सूत्रहरूलाई धर्म सूत्र भनिन्छ। आनुष्ठानिकहरूलाई श्रौत सूत्र तथा घरेलु विधिशास्त्रहरूको व्याख्या गर्नेलाई गॄह् सूत्र भनिन्छ। सूत्र सामान्यतया पद्य वा मिश्रित गद्य-पद्यमा लिखिएका छन्।

नेपालको इतिहास अनुसार भारतको बिभिन्न ठाउँहरू भारतको उत्तराखण्डको पिथुरागढ, कुमाउ, बनारस आदि ठाउँहरू बाट ब्राह्मणहरू (बाहुन)को नेपाल प्रवेश भएको थियो। त्यसकारणले ब्राह्मण(बाहुन) समाजमा आ-आफ्ना पुर्खौली ठाउँको नाम जोडेर बोलाउने चलन छ।

ब्राह्मण शास्त्रज्ञहरूमा प्रमुख अग्निरस, अपस्तम्भ, अत्रि, बॄहस्पति, बौधायन, दक्ष, गौतम, हरित, कात्यायन, लिखित, मनु, पाराशर, समवर्त, शंख, शत्तप, ऊषानस, वशिष्ठ, विष्णु, व्यास, यज्ञवल्क्य तथा यम ऋषि हुन। यी एक्काईस् ऋषि स्मॄतिहरूका रचयिता थिए। स्मॄतिहरूमा सबभन्दा प्राचीन अपस्तम्भ, बौधायन, गौतम तथा वशिष्ठ छन्।

ब्राह्मणका कर्त्तव्यहरू[सम्पादन गर्ने]

निम्न श्लोकानुसार ब्राह्मणका ६ कर्तव्य यस प्रकार छन्।

अध्यापनम् अध्ययनम् यज्ञम् यज्ञानम् तथा।
अध्यापनम् अध्ययनम् यज्ञम् यज्ञानम् तथा।
दानम् प्रतिग्रहम् चैव ब्राह्मणानामकल्पयात ।
दानम् प्रतिग्रहम् चैव ब्राह्मणानामकल्पयात॥

श्लोकानुसार शिक्षण, अध्ययन, यज्ञ गर्ने, यज्ञ गराउने, दान लीने तथा दान दिने ब्राह्मणका ६ कर्तव्य भनिएको छ।

जातीय परम्परा र संस्कार[सम्पादन गर्ने]

बाहुनहरूको परम्परा हिन्दू धर्म मान्ने आर्य मूलको पूजा आजामा रुची राख्ने छद्म पुजा, कन्या दान, गौ दान, भुमी दान, जस्ता अन्य दानहरू लिने तथा दिने, हिन्दू धर्मका अनुसार पुन्सवन, सीमन्तोनयन, जन्मानुष्ठान, नामकरण (न्वारन), निष्क्रमण, अन्नप्रासन, चुडाकर्म, कर्णवेध, उपनयन अर्थात यज्ञोपवित (व्रतवंध), वेदारम्भ, केशान्त अथवा गोदान, तथास्नान, समवर्तनम् वा विवाह, अन्त्येष्टि आदी सबै संस्कारहरू विधिपूर्वक सम्पन्न गराउने रहेको देखिन्छ।

ब्राह्मणका थरहरू[सम्पादन गर्ने]

ब्राह्मणहरू मुख्यत: दुई प्रकारका हुन्छन्: उपाध्याय र जैसी। त्यसमा पनि निम्न प्रकारका थरहरू भेटिन्छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]