सूर्य (देवता)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सूर्य
१९औं शताब्दीमा बनाइएको सुर्यको चित्र
सुर्यका देवता
देवनागरीसूर्य
संस्कृतsūrya
वर्ग:ग्रह, देव
जीवनसाथी:सरायु, राज्ञी, प्रभा तथा छायाँ
वाहन:सात वटा सेता घोडाहरू वा सात -टाउके घोडाले तानेको रथ
(सारथी:अरुण)[१]

सूर्य सनातन धर्म दर्शनका प्रमुख देवताहरू मध्ये एक हुन जस्लाइ स्वर्ग लोक (धर्तीका दोषहरु रहित क्षेत्र) का अग्नी पनि बताइन्छ । पृथ्वी देखी असंख्य योजन पर यहाँको गतीबीधी र क्रीयाकलापले केही असर नगर्ने,सबैबाट स्वतन्त्र अाफ्नै नियम र गतीमा नीरन्तर अवीराम यज्ञ गर्ने अर्थात प्रकाश,ताप,उर्जा उत्सर्जनको अाफ्नो काम गर्ने सूर्य प्रती अादारपुर्वक दीइएको व्यक्तीत्वलाइ नै सूर्य देव अथवा सूर्य देवता भनिन्छ । शास्त्र पढ्न नजान्ने वा पढ्न रुची नहुँनेले हेरेर नै सूर्यलाइ नजीकबाट जानुन भनी सूर्यका चीत्र वा बीग्रह रूप मुर्ती बनाइन्छ । सूर्यका चित्र र मुर्तीको गहन अध्ययनबाट सूर्यका गुण,काम,स्वभाव अादी कुराहरु, प्रतीकात्मकता बुझ्रन सक्ने जो कोहीले अक्षर को ज्ञान बीनै जान्न सक्दछ ।

आकृती (चित्र,मुर्ति) विवेचना[सम्पादन गर्नुहोस्]

प्रतीक अर्थ
मानव अाकार सुर्यको अस्तीत्व रुपी व्यक्तीत्व
सात घोडा नीरन्तर गतीमान सुर्यका सप्तरङ्गी कीरण
रथ सुर्य अाफ्ना कीरणरुपी घोडाले तानेको गतीरूपी रथमा हामी (पृथ्वी) सम्म अाउँछन,त्यसरी नै ब्रमाण्डभरी बीचरण गर्छन
नीलो पृष्ठभुँमी ब्रमाण्ड,अाकास,अन्तरीक्ष,द्युलोक

चाडपर्व तथा व्रत[सम्पादन गर्नुहोस्]

सूर्यको पूजा गरिने प्रमूख चाड छठ तथा मकर सक्रान्ति हो।

सूर्यको मन्त्र[सम्पादन गर्नुहोस्]

सूर्यलाई नमस्कार गर्दा भनिने १२ मन्त्रहरू :

  1. ॐ मित्राय नम
  2. ॐ रवये नमः
  3. ॐ सूर्याय नमः
  4. ॐ भानवे नमः
  5. ॐ खगाय नमः
  6. ॐ पुष्णे नमः
  7. ॐ हिरण्यगर्भाय नमः
  8. ॐ मारिचाये नमः
  9. ॐ आदित्याय नमः
  10. ॐ सावित्रे नमः
  11. ॐ अर्काय नमः
  12. ॐ भास्कराय नमः
  • ऋग्वेद,को ३५ अध्यायमा उल्लेख गरिएको सुर्य मन्त्र:
आ कृष्णेन् रजसा वर्तमानो निवेशयन्न अमृतं मर्त्यं च ।
हिरण्ययेन सविता रथेना देवो याति भुवनानि पश्यन ॥

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. Jansen, Eva Rudy. The Book of Hindu Imagery: Gods, Manifestations and Their Meaning, p. 65.

हेर्नुहोस[सम्पादन गर्नुहोस्]