सामग्रीमा जानुहोस्

शुक्रग्रह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शुक्रग्रह
शुक्रग्रह
वर्णनका लागि चित्रको माथि थिच्नुहोस्
सङ्केत चिन्हहरू
विशेषणहरूVenusian वा Cytherean
प्रतीक♀
कक्षीय विशेषताहरू
युग जे२०००
अपहेलियन१०८,९४१,८४९ किमी
०.७२८ २३१ २८ खगोलीय इकाई
६७,६९३,४८८ माइल
पेरिहेलियन१०७,४७६,००२ किमी
०.७१८ ४३२ ७० खगोलीय इकाई
६६,७८२,६५१ माइल
१०८,२०८,९२६ किमी
०.७२३ ३३१ ९९ खगोलीय इकाई
६७,२३९,०७० माइल
विकेन्द्रता०.००६ ७७३ २३
५८३.९२ दिन
३५.०२० किमी/से
झुकाव३.३९४ ७१°
(सौर विषुवको साथ ३.८६°)
७६.६८० ६९°
ज्ञात उपग्रहहरूछैन
भौतिक विशेषताहरू
भूमध्यरेखीय अर्धव्यास
६,०५१.९ किमी
(०.९५ पृथ्वी)
४.६०×१० किमी
(०.९०२ पृथ्वी)
आयतन९.२८×१०११ किमी³
(०.८५७ पृथ्वी)
पिण्ड४.८६८५×१०२४ किग्रा
(०.८१५ पृथ्वी)
औसत घनत्व
५.२०४ ग्राम/cm
८.८७ मि/से
(०.९०४ गुरुत्व प्रवेग)
१०.३६ किमी/से
−२४३.०१८५ दिन
भूमध्यरेखीय परिक्रमा वेग
६.५२ किमी/घ (विषुवमा)
२.६४°
उत्तर ध्रुव सही आरोहण
२७२.७६° (१८ घ ११ मिन २ से)
उत्तर ध्रुव डेक्लिनेसन
६७.१६°
अल्बिडो०.६५
सतह temp. न्यूनतम औसत अधिकतम
सतह ७३७ के
४६४ C (८६७ फ)
७७३ के
५०० C (९३२ फ)
Cloud tops २२८ के
-४५ C (-४९ फ)
वायुमण्डल
सतह चाप
९.२ मेगा पास्कल
आयतन अनुसार संरचना~९६.५% कार्बनडाइअक्साइड
~३.५% नाइट्रोजन
.०१५% सल्फर डाइअक्साइड
.००७% आर्गन
.००२% वाष्प
.००१७% कार्बन मनोअक्साइड
.००१२% हिलियम
.०००७% नियम
कार्बनिल सल्फाइड
हाइड्रोजन क्लोराइड
हाइड्रोजन फ्लोराइड


नासाद्वारा लिइएको शुक्रग्रहको तस्वीर

शुक्रग्रह सौर्यमण्डलमा सूर्यबाट दोस्रो ग्रह हो। यस ग्रहको सतह चट्टानले बनेको छ र यसको वायुमण्डल कार्बनडाइअक्साइड र विषालु सल्फ्युरिक अम्लले बनेको हुन्छ। पृथ्वीको सामान्य तापक्रममा सल्फ्युरिक एसिड तरल अवस्थामा हुन्छ तर शुक्रग्रह यती तातो छ की शुक्रग्रहमा भएको सल्फ्युरिक एसिड वाष्पीकरण भएर ग्यासको रूपमा पाइन्छ। हरितगृह प्रभावका कारण यो ग्रह सौर्य परिवारको सबै भन्दा तातो ग्रह बनेको छ जसका कारण पृथ्वीमा बस्ने कुनै पनि सजिव वस्तु त्यहाँ जीवित रहने कल्पना समेत् गर्न सकिदैन। यसको वायूमण्डलमा रहेको बाक्लो बादलका कारण यस ग्रहको सतह राडारको सहायताले मात्र पहिल्याउन सकिन्छ। शुक्र ग्रह आकारमा पृथ्वीभन्दा अलिकति मात्र सानो छ। पृथ्वीको व्यास १२ हजार आठसय किलोमिटर छ भने शुक्रको व्यास १२ हजार १०२ किलोमिटर छ। शुक्र ग्रह सूर्यबाट १० करोड ८२ लाख आठ हजार नौ सय किलोमिटरको दूरीमा रहन्छ। यसले सूर्यलाई एक पटक घुम्न आठ महिना अथवा २२४ दिन १६ घण्टा लगाउँछ। सूर्यबाट नजिकभएको हुनाले यसको सूर्यपट्टि फर्केको सतह निकै तातो हुन्छ। यो ग्रहको सतहमा चार सय डिग्री सेल्सियससम्म तापक्रम हुने कुरा वैज्ञानिकहरूले पत्ता लगाएका छन्। यस ग्रहलाई अङ्ग्रेजीमा भेनस भनिन्छ जुन रोमन माया र सुन्दरताकीदेवी विनसको नामबाट राखिएको हो।

शुक्रग्रह पृथ्वीको आकाशबाट प्रायजसो सधैँ देखिन्छ तर बिहान सबेरै र सूर्यास्तको केहीक्षण पछि राम्रो सँग देखिन्छ। यो ग्रह पृथ्वीबाट आकाशमा देखिने वस्तु मध्ये सूर्य र चन्द्रमा पछिको सबै भन्दा चम्किलो वस्तु हो। यसलाई कहिलेकाहीँ "उदाउँदो तारा" पनि भनिन्छ किन भनें यो ग्रह प्रायजसो यीनै समयमा देखापर्छ र जबसम्म दूरदर्शकयन्त्रको प्रयोग गरिँदैन तब सम्म यो ग्रह तारा जस्तै देखिन्छ। साँझमा पश्चिम दिशातर्फको आकाशमा अलिक माथि हेरेको खण्डमा निकै चम्किलो आकाशीय पिण्ड देखिने छ। एकनासले प्रकाशित भइरहेको त्यो पिण्ड नै शुक्रग्रह हो। यसरी नै यो ग्रह कहिले सूर्योदयभन्दा अगाडि पूर्वी आकाशमा पनि देखिन्छ। त्यसैले लोकबोलीमा यसलाई बिहानीतारा पनि भनिन्छ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]