वायुमण्डलीय चाप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

वायुमण्डलीय चाप वायुमण्डलीय चाप (ब्यारोमिटरको नामबाट बारोमेट्रिक चाप पनि भनिन्छ) पृथ्वीको वायुमण्डलमा कुनैपनि सतहको एक एकाईमा त्यसमाथिको हावाको तौलद्वारा लगाइएको बल हो। यसले पृथ्वीको वायुमण्डलको आन्तरिक चापलाई जनाउँछ अधिकांश परिस्थितिमा वायुमण्डलीय चापको लगभग सही अनुमान मापन बिन्दुमा त्यसको माथि हावाको तौलद्वारा लगाइन्छ। कम चाप भएका क्षेत्रहरूमा उक्त स्थानको माथि वायुमण्डलीय द्रव्यमान कम हुन्छ जबकि अधिक चाप भएको क्षेत्रमा उक्त स्थान माथि अधिक वायुमण्डलीय द्रव्यमान हुन्छ। यस प्रकार जसरी उचाइ बढ्दै जान्छ त्यसरीनै त्यस स्तरको माथि वायुमण्डलीय द्रव्यमान कम हुँदै जान्छ जसकारण बढ्दै गएको उचाइको साथ चाप घट्दै जान्छ। मानक अवस्थामा, वायुमण्डलीय चाप १०१३.२५ मिलिबार (१०१,३२५ पास्कल) वा ७६० पारो मिमी, २९.९२ पारो इन्च, वा १४.६९६ पाउन्ड/इन्च हुन्छ। वायुमण्डलीय एकाइ पृथ्वीको समुद्री सतहको औसत वायुमण्डलीय चाप बराबर हुन्छ यस अर्थात् पृथ्वीको समुद्री सतहमा वायुमण्डलीय चाप लगभग १ एटिएम हुन्छ।

प्रायजसो अवस्थामा वायुमण्डलीय चाप त्यस बिन्दुभन्दा माथिको हावाको भारले गर्दा हुने स्थिर चाप बराबर हुन्छ। उचाइ बढ्दै जाँदा सतहको वायुमण्डलको पिण्ड घट्दै जान्छ यसले गर्दा वायुमण्डलीय चाप पनि घट्छ। उचाइ बढेसँगै वायुमण्डलीय चाप घट्दै जान्छ। चापद्वारा प्रत्येक एकाइले त्यस क्षेत्रमा उत्पादित बललाई जनाउँछ जसको एसआई इकाई पास्कल (१ पास्कल = १ न्युटन प्रति वर्ग मिटर) हो। पृथ्वीको समुद्री सतहदेखि वायुमण्डलको माथिल्लो भागसम्म १ वर्ग सेन्टिमिटर चौडा हावा स्तम्भमा १.०३ किलोग्राम पिण्ड हुन्छ र यसमा १०.१ न्युटन बल लाग्छ। पृथ्वीको समुद्र सतहबाट वायुमण्डलको माथिल्लो भागमा १ वर्ग सेन्टिमिटरको चौडाइ भएको एक वायु स्तम्भको द्रव्यमान १.०३ किलोग्राम हुन्छ र यसमा १०.१ न्युटन बल लाग्दछ। जसकारण १०.१ न्युटन/सेमीवा १०१ किलोन्युटन/मिटर को चाप बन्छ। १ इन्च २ चौडाइ भएको हावाको स्तम्भको तौल लगभग १४.७ पाउन्ड हुन्छ जसको फलस्वरूप १४.७ पाउन्ड/ इन्च को चाप लाग्दछ।

वायुमण्डलीय चापको कीर्तिमान[सम्पादन गर्ने]

पृथ्वीमा हालसम्मको उच्चतम वायुमण्डलीय चाप सन् २००१ डिसेम्बर १९ का दिन मङ्गोलियाको तोनसोनत्सेङ्गेलमा १,०८५.७ हेक्टोपास्कल (३२.०६ पारो इन्च) रहेको थियो भने हालसम्मको न्युनतम वायुमण्डलीय चाप ८७० हेक्टोपास्कल (२५.६९ इन्च) सन् १९७९ अक्टोबर १२ का दिन पश्चिमी प्रशान्त महासागरमा चक्रवातको समयमा नापिएको थियो। ७५० मिटरभन्दा तल समुद्र सतह विरुद्ध उच्चतम चाप रूसको एभिन्किस्की अफ्तनोम्ने ओक्रोगमा सन् १९७८ डिसेम्बर ३१ का दिन रेकर्ड गरिएको थियो (६६° ५३' उत्तर, ९३° २८' पूर्व, उचाइ: २६१ मि, ८५६ फिट) १०८०.८ हेक्टोपास्कल (३२.००५ पारो इन्च)।

तरल पदार्थको उम्लने विन्दु[सम्पादन गर्ने]

उम्लिरहेको पानी

पृथ्वीको वायुमण्डलीय चापमा शुद्ध पानी १०० डिग्री सेल्सियस (२१२ डिग्री फारेनहाइट) उम्लन्छ। उम्लने बिन्दु भनेको तरल वरिपरिको वायुमण्डलीय चाप बराबर हुने तापक्रम हो।[१]त्यसैकारण तरल पदार्थको उम्लाने विन्दु कम चापमा कम र उच्च चापमा बढी हुन्छ। त्यसैले अग्लो उचाइमा खाना पकाउनको लागि चापीय विधि अपनाउनु पर्दछ।[२] पानी उम्लने तापक्रम नापेर उचाइको अनुमान प्राप्त गर्न सकिन्छ। अन्वेषकहरूले १९औँ शताब्दीको बीचतिर यो तरिका अपनाएका थिए।[३] यसको विपरीत यदि कसैले कम तापक्रममा तरल वाष्पीकरण गर्न चाहन्छ भने उदाहरणका लागि आसवनमा रोटरी वाष्पीकरणमा जस्तै भ्याकुम पम्पको प्रयोग गरेर वायुमण्डलीय चाप घटाउन सकिन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Vapour Pressure, Hyperphysics.phy-astr.gsu.edu, मूलबाट २०१७-०९-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-१०-१७ 
  2. High Altitude Cooking, Crisco.com, २०१०-०९-३०, मूलबाट २०१२-०९-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-१०-१७ 
  3. Berberan-Santos, M. N.; Bodunov, E. N.; Pogliani, L. (१९९७), "On the barometric formula", American Journal of Physics 65 (5): 404–412, डिओआई:10.1119/1.18555, बिबकोड:1997AmJPh..65..404B 

बाह्य कडीहरू[सम्पादन गर्ने]