सामग्रीमा जानुहोस्

पानी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
H2O :- हाइड्रोजेनको दुइटा परमाणु र अक्सिजनको एउटा परमाणु मिलेर पानीको अणु बन्छ।

पानी एक रङ बिहिन, स्वाद बिहिन, वा गन्ध बिहिन रसायनिक पदार्थ हो। पानी पृथ्वीको एक मुख्य घटक हो। यसले पृथ्वीको प्रकृतिक धाराहरु, तालहरू, र महासागरहरू, र अधिकांश जीवित जीवहरूको तरल पदार्थ बनेको हुन्छ। यसले कुनै क्यालोरी वा जैविक पोषण प्रदान गर्दैन तर पनि यो सबै ज्ञात प्राणीहरूको जिवनको आधार हो। यसको रासायनिक सूत्र H2O हो[स्रोत नखुलेको], अर्थात यसको प्रत्येक अणुमा सहसंयोजक बन्धनहरू द्वारा जोडिएको एक अक्सिजन र दुई हाइड्रोजन परमाणु हुन्छन्। मानक वातावरणीय तापमान र दबावमा H2O को तरल अवस्थाको नाम नै पानी हो। वर्षा र कुहिरो पनि पानीले नै बन्छन्। पानीको छरिएका कणहरूले बादल बनेको हुन्छ। पानीको ठोस रुप बरफ हो। बरफको सानो कणले हिउ बनेको हुन्छ । यो सर्वव्यापि घोलक हो। [स्रोत नखुलेको]

पानी पृथ्वीमा धेरै मात्रामा पाइन्छ। यो विभिन्न ठाउँमा विभिन्न अबस्थामा पाइन्छ, मुख्यत: महासागर, वर्षा खोलासमुद्रमा तरल अवस्थामा, ध्रुवमा र बादलमा बरफ अथवा ठोस अवस्थामा र बाफ तुबालो आदि बाफ अवस्थामा पाइन्छन्। यस ग्रहमा पानी सँधै वाफ, झरी र खोलानाला भई समुद्र अनि फेरि बाफको चक्रमा बहिरहन्छ।

सबै प्राणीलाई पानी आवश्यक छ। मानिसहरू शरीरको आवश्यकताअनुसार पानी पिउँछन्। बढ्दो विश्व जनसङ्ख्या सँगै यो प्राकृतिक सम्पदाको अभाव हुन थालेको छ र यसको आपुर्ति एक ठूलो सामाजिक र आर्थिक मुद्दा हुन पुगेको छ।

एक आश्चर्यजनक पदार्थ

[सम्पादन गर्नुहोस्]

परिवर्तनशील रूप

[सम्पादन गर्नुहोस्]
हेर्नुहोस Category:पानीका रूपहरू
अर्जेन्टिनामा हिमनदीबाट आएको बरफपिण्ड

पृथ्वीमा पानीका विभिन्न रूपहरू पाइन्छन्। पानी बादल तथा बाफको रूपमा वायुमण्डलमा; पानी र बरफको रूपमा समुन्द्रमा; हिमताल, हिउ र हिमनदीको रूपमा हिमालमा तथा खुल्ला र मिश्रित रूपमा जमीनमा पाइन्छ। वायुमण्डलमा वास्पिकरण र चिसिने प्रक्रियाका कारण पानीका विभिन्न रूपहरू परिवर्तन भईरहेको हुन्छ साथसाथै पानी एकस्थानबाट अर्को स्थानसम्म पनि पुगिरहेको हुन्छ जसलाई जलचक्र भनिन्छ। सम्पूर्ण मानव जीवनलाई यस चक्रको अती महत्त्व छ। प्रकाशको सही संयोजन हुने हो भने वायुमण्डल भएका पानीका थोपाहरूमा सूर्यको प्रकाश परावर्तन भएमा इन्द्रेणी देखापर्ने गर्दछ।[स्रोत नखुलेको]

पानी हाम्रो सभ्यतासँग जोडिएको छ। खेतीपातीको लागि पनि पानी अति आवश्यक छ। खासगरी वर्षाको पानी कृषिउत्पादनका लागि महत्त्वपूर्ण मानिन्छ। यसका अलावा नहर तथा कुलोको मद्दतले नदीको पानी पनि सिंचाईका लागि उपयोग गरिन्छ। पानीका श्रोतहरू नदी र समुन्द्रले यातायात तथा व्यापारका अवसरहरू प्रदान गर्दछन्। नदीहरूले बगाएर ल्याएको माटोले विभिन्न उपत्यका तथा समतल भूभागहरूलाई अत्यन्तै मलिलो बनाउने गर्दछ। नेपालको तराई भूभाग यसको गतिलो उदाहरण हो।

माटोले सोसेर लिएको पानी जमीनमुनी जम्मा हुन्छ। यसरी जम्मा भएको पानी कुनै स्थानबाट मुलफुटेर बाहिर निस्कने गर्दछ। बाहिर निस्केको पानी धारा, कुवा, पधेरा, तातोपानीको फोहोरा आदि नामले चिनिन्छ। यस्तो पानी कृतिम रूपमा ईनार खनेर पनि निकाल्ने गरिन्छ।

पानीले विभिन्न तत्वहरूलाई सजिलै घुलाउन सक्छ, त्यसैले पानीको गन्ध र स्वाद विभिन्न स्थानमा फरक फरक हुनेगर्दछ। वास्तवमा हामीले स्वाद र गन्धको आधारमा पानी खान योग्य भएको अथवा नभएको निर्धारण गर्ने गर्दछौँ। हामी समुन्द्रको नुनिलो पानी तथा सिमसारमा जमेको दुर्गन्धित पानी पनि खादैनौ तर पहाडको मुलबाट निस्कने स्वच्छ पानी मनपराएर खान्छौं।

जीवनको लागि महत्त्वपूर्ण सम्पति

[सम्पादन गर्नुहोस्]

पानीको फरक खालको गुणहुने भएकोले यो प्राणीहरूका लागि अति उपयोगि छ। यो एउटा राम्रो घोलक हो र यसको अति उच्च सतहि दबाब(Surface Tension) हुन्छ। ४° सेल्सियसमा शुद्ध पानीको घनत्व सबैभन्दा उच्चहुने गर्दछ, ४° सेल्सियस भन्दा तापक्रम बढेपनि घटेपनि यसको घनत्व घट्ने गर्दछ।[स्रोत नखुलेको] पानी एउटा तटस्थ पदार्थ भएकोले वातवरणमा विकिरणको शोषण गरी हरित गृह प्रभावलाई समेत घटाउन मद्दत पुर्याउने गर्दछ। पानीको बिशिष्ट तापधारणशक्ति एकदमै धेरै हुने हुनाले यसले पृथ्वीको मौशमलाई निर्धारणगर्न महत्त्वपूर्ण भुमिका खेल्नेगर्दछ।

एउटा राम्रो घोलक पदार्थ भएको हुनाले यसले विभिन्न लवणहरू तथा चिनीलाई घुलाउनेकाम गर्दछ। यसका अलावा पानीले विभिन्न तत्वहरूको रासायनिक प्रतिक्रियामा उत्प्रेरकको रूपमा काम गर्दछ। सजिवहरूको शरीरमाहुने विभिन्न प्रतिक्रियाहरूमा पनि पानीले महत्त्वपूर्ण भूमिका खेल्नेगर्दछ।

यद्यपी केही तत्वहरू पानीमा नघुल्ने खालका हुन्छन्। केही तरल पदार्थ जस्तै तेल, घ्यू र ढुङ्गा, काठ, धातुहरू पानीमा घुल्दैनन्। प्राणी कोषमा हुने सेल मेम्ब्रेन्ले पानीको यही गुणको उपयोग गरी प्राणी कोषभित्र र बाहिरका रासायनिक तत्वहरूको संयोजन गर्ने गर्दछ।

पानीको सतहि दबाब(Surface Tension)धेरै भएकोले नै पानी थोपाको रूपमा बस्ने गर्दछ। यस्तो उदाहरण शिशा जस्तो कुनै पानी सोस्न नसक्ने वस्तुमा पानी परेको बेलामा देख्न सकिन्छ। पानीको यो गुण बिरुवाहरूले प्रकाश संस्लेषणको बेलामा उत्पन्न भएको पानीलाई बाहिर फाल्न अति उपयोगि हुन्छ।

पानीको ठोस रूप बरफ तरल पदार्थमा तैरिने गर्दछ। यो साधारण गुण भएपनि यसको वातावरणीय महत्त्व धेरै छ। ठोस अवस्थामा बरफको घनत्व पानीको घनत्व भन्दा कम हुने भएकोले बरफ पानीमा तैरिन्छ। तैरिएको बरफले वातवरणीय चिसोपनालाई तल रहेको पानीसम्म पुग्न दिदैन फलस्वरूप तल्लो सतहको पानी तरल अवस्थामै रहन्छ। पानीको यही अनौठो गुणका कारण धेरै चिसा ठउहरूमा माथिल्लो सतहमा बरफ जमे पनि तल रहेको पानीमा जलचरहरू जीवित रहन सक्छन।

दैनिक जीवनमा पानी

[सम्पादन गर्नुहोस्]
पानी छर्कने उपकरणमा पानीको चाप
बोतलको पानी पिउदै एक बालिका

हरेक प्राणीहरूको जीवन पानीले नै धानेको हुन्छ। सम्पूर्ण प्राणीहरूको जीवन प्रक्रियाहरूमा पानीले महत्त्वपूर्ण भुमिका खेल्नेगर्दछ। खानेकुराको पाचन प्रक्रियामा पनि पानीको प्रचुरमात्रा उपयोग हुन्छ। (नोटः यद्यपी केही ब्याक्टेरियाहरू र वनस्पतिका बिऊहरू एउटा निश्कृय अबस्थामा जान्छन् र यीनीहरू ओशिलो वातावरण पाउनासाथ फेरि सक्रिय हुने गर्दछन्।)

मानव शरीरको बोसो बाहेकको पिण्ड मध्ये लगभग ७२% पानीले ओगटेको हुन्छ। शरीरले दैनिक कार्यहरू सहजरूपमा गर्न १ लिटर देखि ७ लिटर सम्म पानीको आवश्यकता पर्छ। जलवियोजनबाट बच्न दैनिक क्रियाकलाप, आद्रता, तापक्रम अनुसार फरक मात्रामा पानीको सेवनगर्नु जरुरि हुन्छ। हाम्रो शरीरमा भएको पानी पिशाब, पशिना, दिशा र सास फेर्दा बाफको रूपमा बाहिरजाने गर्दछ।[स्रोत नखुलेको]

मानिसलाई पिउनका लागि धेरै लवण नमिसिएको र प्रदुषित नभएको पानी चाहिन्छ। साधारणतया विषालु रसायनहरू र किटाणुहरूले पानीलाई प्रदुषित बनाउछन्। पानीमा घुल्ने केही रसायनहरू शरीरले ग्रहणगर्न सक्छ यस्ता तत्वहरूले पानीको स्वाद बढाउने गर्दछन्।

विश्वको जनसङ्ख्याको वृद्धिसंगै खानेपानीको उपलब्धता पनि घटिरहेको छ। खानेपानीको धेरै उत्पादन गरेर, आवश्यकता अनुसार सहि वितरण गरेर र खानेपानीलाई खेरजान नदिएर यसलाई समाधानगर्न सकिन्छ।

एक दूर्लभ श्रोत

[सम्पादन गर्नुहोस्]

पानी धेरै देशहरूको लागि एक रणनीतिक स्रोत हो। मध्य पूर्व मा छ-दिन युद्ध जस्ता धेरै युद्ध तथा लडाईहरूको कारण पानीको अभावनै रहेको छ । संसारको बढ्दो जनसंख्या को कारण विशेषज्ञहरु लाई अधिक समस्या को भविष्यवाणी गरेको छ, प्रदूषणग्लोबल वार्मिंग को माध्यमले प्रदूषण बढ्न जान्छ।

[यूनेस्को]] विश्व जल विकास रिपोर्ट २००३ को विश्व जल मूल्यांकन कार्यक्रमबाट यो कुरा सङ्केत गोध्नुभयोो र्दछ कि, अर्को २० वर्षमा, सबैको लागि उपलब्ध पानीको मात्रा ३०% घट्ने अनुमान छ। संसारका ४०% बासिन्दाहरूको हालको न्यूनतम [स्वच्छता]] को लागि अपर्याप्त ताजा पानी छ। सन् २००० मा मात्र पानीजन्य रोग तथा खडेरीबाट २.२ मिलियन भन्दा बढी मानिसहरूको मृत्यु भयो । सन् २००४ मा, युके च्यारिटि वाटरएडले भन्यो कि रोकथाम गर्न मिल्ने पानीजन्य रोगको कारण प्रत्येक १५ सेकेण्डमा एउटा बालकको मृत्यु हुनेगर्दछ ।


केहीले भविष्यवाणी गरेका छन् कि स्वच्छ पानी भएका देशहरू जस्तै क्यानाडा,आइसल्यान्ड , जल स्रोतको साथ, सम्भवतः विश्वको सबैभन्दा धनी देश हुनेछन् ।

सबैका लागि पानी

[सम्पादन गर्नुहोस्]

खानेपानीको उपलब्धतालाई सुधार गर्न निम्न तिन उपायहरू अपनाउन सकिन्छ : धेरै उत्पादन गरेर, आवश्यकता अनुसार सहि वितरण गरेर र खानेपानीलाई खेरजान नदिएर।

प्राय जसो खानेपानी पानीका प्राकृतिक मुलहरूबाट सङ्कलन गरिन्छ तर आवश्यकता हेरेर कृतिम रूपमा बोरिङ गरेर तथा ईनार खनेर पनि खानेपानी प्राप्त गरिन्छ। जमीन मुनिको पानीको उपलब्धतालाई हेरेर आवश्यक स्थानहरूमा पर्याप्त ईनारहरू खनेर खानेपानी उत्पादन गर्नसकिन्छ। यसका अलावा वर्षा र समुन्द्रहरू पनि पानीका श्रोतहरू हुन्। यद्यपी यी श्रोतको पानी मानवीय उपभोगको लागि उपयुक्त हुदैन। यस्तो पानीलाई शुद्धिकरण गरेर मात्र प्रयोग गर्नुपर्छ। पानीको शुद्धिकरणका लागि छान्ने, थिग्र्याउने, उमाल्ने,रासायनिक पदार्थको प्रयोग गरी निर्मलिकरण गर्ने र डिस्टिलेसन प्रविधिहरू अपनाउने गरिन्छ। पानीको शुद्धिकरणका लागि आजभोलि रिभर्स अस्मोसिस् Reverse osmosis प्रविधि समेत प्रयोगमा ल्याइएकोछ।

खानेपानीको वितरण विभिन्न खानेपानी वितरण आयोजना मार्फत धाराहरू तथा ट्याङ्करहरूबाट गरिन्छ। त्यसका साथै आजभोलि जार तथा बोतलहरूमा भरेर व्यापारिकरूपमा पनि खानेपानीको वितरण गर्ने गरिएको छ। विश्वका धेरै देशहरूमा सरकारले नै नि:शुल्क खानेपानीको वितरण गर्ने गर्दछ। तर केही विश्लेशकहरू भने निजि संस्थाहरूले यसको सही वितरण तथा व्यवस्थापन गर्ने धारणा राख्ने गर्दछन्। निजि संस्थाहरूले बोरिङ् खन्न, बध तथा पानी सञ्चयगर्ने भण्डार निर्माण गर्न आर्थिक श्रोत उपलब्ध गराउन सक्छन् भन्ने उनीहरूको धारणा छ।

खानेपानीलाई खेरजान नदिएर पनि खानेपानीको उपलब्धतालाई सुधार गर्न सकिन्छ। हङ्कङ् जस्ता केही सहरहरूमा खानेपानी जोगाउन कै लागि पाईखानाको सफाईको लागि समुन्द्रको पानी प्रयोग गरिन्छ। खानेपानीको प्रदुषण पानीको सबैभन्दा ठूलो दुरूपयोग हो। प्रदुषणले पानीको प्रयोगलाई सिमित बनाउछ, मानिसहरू प्रदुषित पानीलाई प्रयोग गर्दैनन् र त्यो पानी खेर जान्छ।


मानव संस्कृतिमा पानी

[सम्पादन गर्नुहोस्]

प्राय सबै धर्महरूमा पानीलाई शुद्ध बनाउने वस्तुको रूपमा लिइन्छ। क्रिस्चियन, हिन्दु, मुसलमान, यहुदी र शिख सबैले पानीलाई महत्त्व दिन्छन्। क्रिस्चियन धर्म मान्नेहरूले पानीले बप्तिस्मा लिने गर्दछन् भने मुसलमान, यहुदी र हिन्दुहरूले स्नान गर्न शुद्ध पानीकै प्रयोग गर्छन्। विभिन्न समुदायका मानिसहरूले व्यक्तिगत तथा अन्य सामाग्रिहरूको सरसफाईका लागि पानीको प्रयोग गर्छन्।


पानीलाई विभिन्न धर्ममा आध्यात्मिक शक्तिको प्रतीक मानिएको छ। केल्टिक पौराणिक कथामा सुलिस लाई तातो मूलकी स्थानीय देवीको मान्यता दिइएको छ । हिंदू संस्कृतिमा गंगालाई पनि देवी को रूपमा पूजा गरिन्छ। वैकल्पिक रूपमा, ईश्वरहरू विशेष नदी वा जलहरूको संरक्षक हुन सक्छ: उदाहरणका लागि ग्रीकरोमन पौराणिक कथा, पीनस तीन हजार मध्ये एक जल परी थिइन् । एम्प्रोपल्स, एक ग्रीक दार्शनिकका अनुसार पानी आगोवायु संगै को पञ्च तत्त्वहरू मध्येको एक तत्व हो । यस सिद्धान्तमा चार शारीरिक शारीरिक हास्य, पानी फुलगम सँग सम्बन्धित थियो। पानी एक पांच तत्व पनि पारंपरिक चीनी दर्शन मा एक थियो ।

पानीको अनियमित प्रसार

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

बाह्य श्रोत

[सम्पादन गर्नुहोस्]
  • Scientific Facts on Water disinfectants A faithful summary by GreenFacts of a leading scientific consensus report on Drinking Water Disinfectants published by the International Programme on Chemical Safety of the WHO.