उपत्यका

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

चारै तिर पहाडले घेरीएका बिचका समतल भएको भूभागलाई उपत्यका भनिन्छ। नेपालमा दुई प्रकारका उपत्यका रहेका छन।

पहाडी क्षेत्रभित्रको उपत्यका भित्री मधेश भनिने तराई क्षेत्र र पहाडी क्षेत्र बिचको उपत्यका लाई उपत्यका भनिए तापनी साना पहाडी उपत्यकालाई टार,पाटन, बेसी र माढी पनि भनिन्छ। कतीपय माढी तथा टार भनिने उपत्यका पनि निकै ठूलो क्षेत्रफलसमेत भएका र बिबिधताले भरीपूर्ण रहेका छन।

विषयसूची

पहाडी क्षेत्रका मुख्य ठूला उपत्यकाहरू[सम्पादन गर्ने]

काठमाडौं उपत्यका[सम्पादन गर्ने]

सांगा भन्ज्याङबाट देखिने काठमाडौं उपत्यकाको दृष्य

नेपालको राजधानीको साथै पांच वटा महत्वपूर्ण नगरहरू काठमाडौं, ललीतपुर,भक्तपुर,मध्यपुर तथा किर्तिपूर लगायत केही गाउ विकास समितिहरू समेत रहेको, अत्यन्त उब्जाउ माटो रहेको यो उपत्यकालाई बाग्मती उपत्यका पनि भनिन्छ। यो पहाडी क्षेत्रको सबैभन्दा ठूलो उपत्यका हो। यस उपत्यकामाको पहाडी क्षेत्रमा उत्तपति भई बाग्मती, बिष्णुमती, इक्षुमती,धोबीखोला, हनुमन्ते, मनोहरा, धोवीखोला कोडकुखोला र टुकुचा लगायत खोलाहरू बाग्मती नदीको जलधारामा मिसीदै चोभारको गल्छीबाट उपत्यका बाहिर निस्केका छन।

सभ्यताको प्रतीकको रूपमा विकास भएको काठमाडौं बर्तमान नेपालको राजधानी मात्र नभई देशको मुख्य शहरी क्षेत्र पनि हो।

गोपाल वंसी, महीसपाल वंसी समेतको इतीहास भएको ऐतीहासीक काठमाडौं उपत्यकामा किरांत,लिच्छवी, मल्ल हुदै संङ्ङघीय लोकतन्त्रिक गणतन्त्र स्थापना हुनु पूर्व वंसी राजाहरूले राज्य गरे। काठमाडौं उपत्यकामा काठमाडौं महानगर ७९०,६१२ ललीतपुर उपमाहानगर पालीका १८६,३१६ भक्तपुर नगरपालीका ७६,८९० मध्यपुर नगरपालीका ५४,९०५ किर्तिपूर नगरपालीका ४४.६३५ लगायत अन्य गाविसहरूको झन्डै एघार लाख जनसंख्या गरी झन्डै पच्चीस लाख जनसंख्या बसोबास गर्दछन्। देशको केन्द्रीय सचीवालय सिंहदरवार, नारायणहिटी राजदरवार, मन्त्रालयहरू बिभिन्न केन्द्रीय कार्यालयहरू यही उपत्यकामा रहेका छन्। काठमाडौं नेपालको प्रमुख वाणीज्य केन्द्र पनि हो, पर्यटन स्थलको रूपमा पुराना संपदा बसन्तपुर दरवारक्षेत्र, पाटन दरवारक्षेत्र,भक्तपुर दरवारक्षेत्र, पशुपति नाथ मन्दिर, चांगु नारायण मन्दिर, स्वंयभुनाथ तथा बौद्वनाथ यहि उपत्यकामा रहेका छन्।

पोखरा उपत्यका[सम्पादन गर्ने]

मध्य नेपालमा पर्ने पोखरा उपत्यकालाई सेती उपत्यका पनि भन्दछन। नेपालकै दोस्रो ठूलो पोखरा नगर का साथ लेखनाथ नगरपालीका र धेरै गाउँ विकास समिती समेत रहेको पोखरा उपत्यकाबाट बिजयपुर कोत्रे, लगायतका खोलाहरू सेती नदीको जलधारामा मीसिएर उपत्यका बाहीर निस्कन्छन्। पोखरा उपत्यका तालहरूका लागि धनी उपत्यका हो , फेवा,बेगनास,रूपा खास्टे लगायतका ठूला तथा मैदी दीपाङ,कमलपोखरी लगायत साना तालहरू यो उपत्यका भित्रै रहेका छन।

वर्तमान नेपाल एकीकरण हुनु अगाडी पोखरा कास्की राज्य अन्तर्गत थियो ऐतीहासीक कास्कीकोट उपत्यकाको उत्तरी छेउमा रहेको छ। पृथ्वी नारायण शाहका माहीला पुत्र नायव वाहादुर शाहाको समयमा पोखरा उपत्यका बर्तमान नेपालमा मिलाइएको हो। पोखरा उपत्यकाको पोखरा उपमहानगरपालिका १८६,४१० र लेखनाथ नगरपालिकामा ४६,२२१ जनसंख्या रहेको छ। साथै उपत्यकाका अन्य गांउहरूमा ३५०,००० जती जनसंख्या रहेको छ। पोखरा तथा लेखनाथको मुख्य व्यवसाय पर्यटन हो। यहाका रमणीय तालहरू र सेती नदी हिमाली छायां तथा झरनाहरू प्रमुख पर्यटकीय स्थल हुन। फेवा तालमा पर्ने माछापुछ्रेको छांया तथा बेगनासमा गरीने डुङगा सवारी बिर्शीनसक्नुका छन। साथै अन्नपूर्ण पदयात्रामार्ग पनि यंही बाट शुरू हुन्छ।

पृथ्वी राजमार्गका माध्यमले पोखरा उपत्यका पूर्वमा मध्य पहाडी क्षेत्र,काठमाडौं उपत्यका मध्य दक्षीणको चितवन उपत्यका तथा पूर्व र पश्चिम नेपालको तराइसँग जोडिएको छ भने सिद्दार्थ राजमार्गले पोखरालाइ पश्चिम तराई, र केही पहाडी जिल्लासँग तथा धवलागीरी राजमार्गले पश्चिम उत्तरी पहडी हिमाली क्षेत्रसँग जोडेका छन।

सुर्खेत उपत्यका[सम्पादन गर्ने]

पश्चिम नेपालको पहाडी क्षेत्रमा पर्ने सुर्खेत उपत्यका पहाडी क्षेत्रका काठमाडौं र पोखरा उपत्यका पछि क्षेत्रफलमा तेस्रो ठूलो मानिन्छ। विरन्द्रनगर शहरी क्षेत्र लगायत थुप्रै गाँउ विकास समिती रहेको सुर्खेत उपत्यकाबाट झुप्रा, निकास खोला, अदी खोला प्रवाहीत छन। र यी खोलाहरू उपत्यका बाहिर निस्केर भेरी नदीमा मिल्दछन। सुर्खेतमा वुलवुल ताल कार्के दह लगायत साना ठूला ताल पोखरी समेत रहेका छन।

सुर्खेत उपत्यका बर्तमान नेपाल एकीकरण हुनु अगाडी लामो समय जुम्लाको सिंजा राज्य तथा जाजरकोट राज्यद्वारा शासीत थियो ऐतीहासी लाटीकोइली, दउती बज्यै तथा काक्रे विहारले सुर्खेतको ऐतीहासीकता झल्काउदछन। झन्डै ४०,००० हजार जनसंख्या रहेको वीरेन्द्रनगर मुख्य शहरी क्षेत्र रहेको यस उपत्यकाको अन्य गांउमा समेत गरी झन्डै दुई लाख जनसंख्या रहेको छ। यो उपत्यकालाई बाकी नेपालसँग रत्न राजमार्गले तथा सिंजा उपत्यका सँग कर्णाली राजमार्गले र दाङ उपत्यकाको त्रिभुवननगर सँग एक कच्ची सडक मार्गले जोडेका छ। उपत्यकाको वीरेन्द्रनगर शहरी क्षेत्र तथा अन्य गांउहरूमा स्थानीय सडक संजालले जोडीएका छन।

सिंजा उपत्यका[सम्पादन गर्ने]

कर्णाली अञ्चलमा पर्ने यो उपत्यका ऐतीहासीक जुम्ला राज्यको राजधानी तथा वर्तमान नेपालको प्रशासनिक संरचनामा कर्णाली अञ्चल तथा जुम्ला जिल्लाको समेत सदरमुकाम हो। अत्यन्त विकट पहाडी तथा हिमाली क्षेत्र विच रहेको यो उपत्यका भुगोल अनुपम छ। तिला नदी यो उपत्यकालाई चिर्दै बाहिर निस्केको छ। ऐतीहांसीक बजार रहेरपनि हवाइ सम्पर्क मात्र भएको सिंजा उपत्यकामा हालै मात्रै सुर्खेत उपत्यका सँग कर्णाली राजमार्ग मार्फत जोडीएको छ। स्याउ लगायतका फलफुलको उत्पादनमा यो उपत्यका अग्रणी मानिन्छ।

पहाडी क्षेत्रका माढी तथा टार तथा पाटन भनीने केही प्रमुख उपत्यकाहरू[सम्पादन गर्ने]

पाल्पा माढी[सम्पादन गर्ने]

पाल्पा जिल्लाको तानसेन नगरको केही भूभाग समेत पर्ने माडी उपत्यका पाल्पा जिल्लातथा सम्पूर्ण लुम्बिनी अञ्चलका पहाडी क्षेत्रको सबै भन्दा ठूलो अन्न भण्डार हो। ढापीलो जमीन भएकाले यस उपत्यकामा मानव बसोवास चाही त्यति भएको छैन। यहाको जल निकास भएर झुम्साखोला (तल तिनाउ भनिने)मा मिसीन्छ।

बनेपा[सम्पादन गर्ने]

काठमाडौं उपत्यको पूर्वको सांगा भन्ज्याङ चढेर झरेपछी बनेपा उपत्यकामा पुगीन्छ। काभ्रेपलाञ्चोक जिल्लामा पर्ने यो उपत्यका राजधानी काठमाडौंको नजीकै रहेको र साना साना तिन वटा नगर पनौती, बनेपा र धुलीखेल समेत यसै भित्र पर्ने हुनाले यो उपत्यका मध्यपूर्वमा रहेका पहाडी बस्तीहरूका लागि यो उपत्यका व्यापारीक केन्द्र पनि हो। नेपाल र चीनलाई जोडने अरनिको राजमार्ग यसै उपत्यका भएर उत्तर तिर झरेको छ। साथै निमार्णधीन बीपी राजमार्गले यो उपत्यकालाई सिन्धुली, रामेछाप, महोत्तरी जिल्ला लगायत पूर्वी तराईसँग जोडेको छ।

पाँचखाल[सम्पादन गर्ने]

पाँचखाल उपत्यका

काभ्रेपलाञ्चोक जिल्लामा नै रहेको र बनेपा उपत्यकाको उत्तरमा पर्ने पाँचखाल उपत्यका अत्यन्त उब्जाउ माटोले बनेको छ। यस उपत्यकाको मध्य भागमा पाँचखाल नगरपालिकामा पर्छ भने केही आसपासका अन्य गविसहरू पनि यसमा समाहित छन। नेपालमा कमै मात्र दुई खेती धान हुने ठाउँहरू मध्ये यो उपत्यका नेपालकै एक प्रमुख कृषि क्षेत्र हो। अरनिको राजमार्गले यस उपत्यकालाई पनि चिर्दै उत्तर तर्फ गएको छ। नेपालको मुख्य शान्ती सेना तालीम केन्द्र यसै उपत्यकामा रहेको छ भने प्रकृतीक रूपमा पनि थुप्रै संभावना पाँचखाल उपत्यकामा देखिएका छन। यस उपत्यकाको मध्य भाग भएर बग्ने झीगु खोलाले यहाको मध्यभागमा रहेका कृषियोग्य जमीनलाई सिंचाई उपलब्ध गराएको छ।

भकुन्डे बेसी[सम्पादन गर्ने]

भकुन्डे बेसी काभ्रेपलाञ्चोक जिल्लाकै अर्को सानो उपत्यका हो। वरिपरि दाप्चा, मेथिनकोट र बेलागाउँ लगायतका डाँडाहरूले घेरिएको यो उपत्यका कृषि उत्पादनका लागि उर्वर मानिन्छ।

भकुन्डे बेसी

पाटन (बैतडी)[सम्पादन गर्ने]

बैतडी जिल्लामा पर्ने पाटन उपत्यका बैतडी जिल्लाको दोस्रो सदरमुकाम तथा सबै भन्दा उब्जाउ फांटको रूपमा रहेको छ। यस उपत्यकाको दक्षीणमा माहाभारत श्रृङखला पारी पट्टी जोगबुढा उपत्यका रहेको छ।

तुम्लीङटार[सम्पादन गर्ने]

तुम्लीङटार सङ्खुवासभा जिल्लामा पर्दछ। सभाखोला र अरूण नदीको दोभनमा रहेकाले यसलाई सभा उपत्यका समेत भनिन्छ। तर समग्रमा अरूण उपत्यकाको एक अंश पनि भन्ने गरीन्छ। खादवारी नगरपालिका रहेको यो उपत्यकामा नेपालको पहाडी क्षेत्रमै सबै भन्दा ठूलो घांसे विमानस्थल रहेको छ।

रूम्जाटार[सम्पादन गर्ने]

रूम्जाटार ओखलढुङ्गा जिल्लामा र सुनकोसी नदीको किनारमा अवस्थीत छ। ओखलढुङ्गा जिल्लाको हवाइद्वार रूम्जाटारमा बिमानस्थल र सानो बजार समेत रहेको छ।

कर्पुटार[सम्पादन गर्ने]

कर्पुटार कास्की िजल्लाको सिमानामा लमजुन्ग िजल्लामा पर्दछ । करापुटारको ईशानेश्वर महादेवको मन्दीर चर्िचत छ । िशवरात्रीमा याँहा ठुलो मेला लाग्दछ ।

बिजुवार[सम्पादन गर्ने]

प्युठान जिल्लामा पर्ने बिजुवार सानो तर अत्यन्त उर्वर उपत्यका हो। यो प्युठान जिल्लाको सबैभन्दा ठूलो बजार पनि हो।

सल्यानटार[सम्पादन गर्ने]

धादीङमा पर्दछ।

अरूघाट[सम्पादन गर्ने]

पूर्वी गोरखामा पर्दछ।

धादीङ बेसी[सम्पादन गर्ने]

धादिङ जिल्ला सदरमुकाम रहेको यो सानो उपत्यका धादिङ जिल्लामा पर्दछ र जिल्लाको उत्तरी क्षेत्रका लागि खांचोका चीजहरू यही बाट पठाइन्छ।

चुत्राबेसी[सम्पादन गर्ने]

अर्घाखाँची जिल्लासदरमुकाम सन्धीखर्क बजार तथा ऐतिहासीक चुतरावेसी बजार समेत पर्ने यो उपत्यका अर्घाखाँची जिल्लाको मुख्य अन्न भण्डार हो। ऐतिहासीक चुतरा वेसी तथा जिल्ला सदरमुकाम समेत यही रहेकाले यो उपत्यका द्रुततर विकास भइरहेको छ। प्रशासनीक शैक्षीक श्वास्थ तथा वाणीज्य विकासको प्रचुर संभावना यो सानो उपत्यकामा देखिन्छ।

धुनीबेसी[सम्पादन गर्ने]

रामपुर (पाल्पा)[सम्पादन गर्ने]

पूर्वी पाल्पामा काली नदीको किनारमा पर्ने रामपुर उपत्यका रातो माटोको सतहले बनेको छ। यसै उपत्यकामा पाल्पा जिल्लाको दोस्रो वाणीज्यकेन्द्र रामपुर रहेको छ। हाल सिंचाइ नहरको निर्माण पछि यो उपत्यका उत्पादनशील भएको छ। साथै वाणीज्य केन्द्रको रूपमा समेत विकास भइरहेको छ।

चौरजाहारी[सम्पादन गर्ने]

रूकुम जिल्लामा भेरीनदीको किनारमा अवस्थीत यो उपत्यका जाजरकोट र रूकुम जिल्लाको प्रमुख अन्न भण्डारका साथै शिक्षा श्वास्थको केन्द्र पनि हो।

भित्री मधेश भनिने तराइ क्षेत्र र पहाडी क्षेत्र बिचका उपत्यकाहरू[सम्पादन गर्ने]

जोगबुढा उपत्यका[सम्पादन गर्ने]

डडेलधुरा जिल्लामा पर्ने जोगबुढा उपत्यकाको दक्षीणमा प्रसिध्द शुक्लाफांट बन्यजन्तु संरक्षण क्षेत्र रहेको छ, भने जोगबुढा नदीले चिरेर गएको यो उपत्यका डडेलधुरा जिल्लाको मुख्य अन्न भण्डार हो। विकासका दृष्टीले केही पछि परेको भए तापनी क्रमश: बिकसीत हुदैछ। जोगबुढा नदीले सिंचीत गरेको यो उपत्यकालाई जोगबुढा उपत्यका पनि भनिन्छ।

दाङ उपत्यका (बबइ उपत्यका)[सम्पादन गर्ने]

दाङ उपत्यकाको मुख्य नदी बबइ हो र दाङको भुगोल बबइ उत्यका भनेर पनि चिनिन्छ। स्योर लगायतका अन्य साना ठूला खोला नदीहरू पनि यो उपत्यकामा प्रवाहीत हुदै वहने गर्दछन। दाङ जिल्लामा पर्ने यो सबै भन्दा ठूलो उपत्यका संपूर्ण राप्ती अञ्चलकै अन्न भण्डारको रूपमा रहेको छ साथै दुई नगरपालीका (त्रिभुवननगरतुल्सीपुर)रहेको यो उपत्यकाकामा बाणीज्यकेन्द्रहरू समेत विकास भइसकेका छन, खास गरी त्रिभुवननगर र तुल्सीपुरले राप्ती अन्चलका संपूर्ण पहाडी क्षेत्रमा सामान पैठारी गर्दछन। नेपालको दोस्रो पुरानो महेन्द्र संस्कृत (हाल नेपाल संस्कृत वनाइएको) विश्वविधालय समेत यसै उपत्यकामा रहेको र महेन्द्र क्याम्पस त्रिभुवननगर तथा अन्य क्याम्पस तथा विद्यालय समेत यस उपत्यकामा रहेका तथा जनरल तथा अन्य अस्पताल समेत रहेकाले यो उपत्याका पुरै राप्ती अञ्चलको पाहाडी क्षेत्रको शिक्षा,श्वास्थ तथा वाणीज्य केन्द्र समेत हो।

बिकससिल भएर पनि राप्ती अन्चल र पश्चिम नेपाल र राप्ती अञ्चलको बिकसीत जिल्लाका रूपमा दाङलाई गनिन्छ। सडक यतायतमा दाङ उपत्यकालाइ देउखुरी उपत्यकामा पर्ने लमही बजार अवस्थीत महेन्द्र राजमार्गसँग एक पक्की साहायक राजर्मागले जोडदै त्रिभुवन नगर देखि तुल्सीपुरसम्म तथा बिचका अन्य ग्रामीण गाँउ तथा बजारलाई यातयात सेवा गर्दछ। साथमा दाङ राप्ती अञ्चलको पाहडी क्षेत्रको पनि मुख्य ब्यावसायीक स्थल हो। रोल्पा,रूकुम, सल्यानसँग यस उपत्यकाका त्रिभुवन नगर र तुल्सीपुर नगरको कच्ची सडक मार्फत यातायात सम्पर्क रहेको छ त। त्यसै गरी त्रिभुवन नगर देखि सुर्खेतको बीरेन्द्रनगर सम्म अर्को सडक खनीएको छ भने तुल्सीपुर बाटै पनि एक कच्ची साहायक मार्गले उपत्यका बाहिर पश्चिमी खण्डको महेन्द्र राजमार्गसँग जोडदछ। स्थानीय सडकहरू कच्ची नै छन, तर त्रिभुवन नगर क्षेत्रका केही सडक पिच गरिएका पनि छन। दुर सञ्चारमा टेलीफोन एस टि डि , आइ एस टि डि तथा इमेल इन्टरनेटको सुविद्या पाउन सकिन्छ। स्थानीय यातायातका साधन हरूमा मुख्य दुई शहरमा थोरै टयाक्सी तथा रिक्साको सुविद्या रहेको छ भने ग्रामीण क्षेत्र तिर साइकल मोटरसाइर्कल गोरू गाढा प्रचलित छन। दाडको बारेमा अझबढी जानकारीका लागि त्रिभुवन नगर नगरपालीकाको वेभ साइट http://www.tribhuvannagar.gov.np/ मनोरंजनात्मक वेभ साइट http://www.merodang.com/ तथा विकिपेडीयाको त्रिभुवननगरको अङ्ग्रेजी पान्ना http://en.wikipedia.org/wiki/Tribuvannagarले पनि मध्दत गर्न सक्छन।

देउखुरी (राप्ती उपत्यका)[सम्पादन गर्ने]

राप्ती उपत्यकाको रूपमा चिनिने यो उपत्यकाको मुख्यनदी राप्ती नदी नै हो अन्य साना ठूला नदी तथा खोलाहरू पनि अन्तत उपत्यका भित्रै या उपत्यका बहिर निस्केर राप्ती नदी मै मिल्दछन। दाङ उपत्यकाको पूर्व तथा दक्षीणमा पर्ने यो उपत्यका पनि अन्न भण्डारका रूपमा चिनीएको छ। राप्ती नदीले चिरेर गएको यो उपत्यका लाई नेपालको सबभन्दा लामो महेन्द्र राजमार्गले समेत बिचैबाट काट्रदै गएकाले शिक्षा श्वास्थ्यको पनि विकास हुदैछ साथै लमही, भालुवाङ तथा कुसुम जस्ता वाणीज्य केन्द्रको पनि विकास हुदै गइरहेको छ।

चितवन उपत्यका (नरायणी पूर्वी राप्ती उपत्यका)[सम्पादन गर्ने]

नेपालको मध्यभागमा पर्ने चितवन उपत्याकालाई नारायणी पूर्वी राप्ती उपत्यका पनि भनिन्छ। पूर्वमा मकवानपुर जिल्लाको हेटौडा देखि पश्चिममा दाउन्ने पहाड तथा दक्षीणमा माडी उपत्यका छुटयाउने चुरे श्रृङखला सम्म फैलीएको यो उपत्यका नेपालको केन्द्र भागमा पर्दछ। दुई मुख्य नदीहरू नरायणी उत्तरबाट पश्चिम तर्फ बगेको छ भने, राप्ती पूर्वबाट मध्यभाग हुदै पश्चिम पुगेर नारायणीमा मिल्न पुगेको छ। यी दुई प्रमुख नदी बाहेक उपत्यकाको पूर्वमा लोथर र मनहरी खोलाहरू प्रवाहीत भइ राप्ती नदीमा मिसीएका छन, त्यसै गरी मध्य भागमा बुढी राप्ती खगेरी अदी खोला हरू प्रवाहीत हुदै राप्तीनदीमा मिसिएका छन। त्यसै गरी पश्चिम क्षेत्रमा केरूङगा खोला राप्तीमा मिसीएको छ भने, भरतपुर नगर क्षेत्रको जंगलबाट निस्केर नारायणगढ बजार हुदै पुंगी खोला नारायणी नदीमा मिसीएको छ। जुगेडी खोला लब्धीखोला लगायतका अरू खोला पनि नारायणी नदीमा मिसिएका छन। त्यसैगरी नारयणी नदी पारी पट्टीको क्षेत्रमा बढी नदी खोला चितवन उपत्यकामा रहेकाछन। राम्रै जल प्रवाह भएका विनयी खोला,अरूण खोला,गीरवारी खोला साथै साना खोला जयश्री,झरे,बहुलाह, ज्यामीरे लगायत पनि पश्चिमबाट पूर्व बगी नारायणी नदीमा मिल्दछन। चितवन उपत्यकामा नन्द भाउजु, विस हजारी ताल लगायतका सानठूला थुप्रै ताल तथा पोखरी समेत रहेका छन। यहाको बिसहजारी ताल बिश्व प्रसिध्द सिमसार क्षेत्र समेत हो। ठूलो भूभाग जंगलै जंगलले ढाकीएकको चितवन उपत्यका जैवीक विभिधतामा धनी मानीन्छ। चितवन राष्ट्रिय निकुन्जको मुख्य संरक्षीत क्षेत्र समेत यसै उपत्यकामा रहेकाले चितवन काठमाडौं र पोखरा पछि नेपालकै तेस्रो ठूलो पर्यटक गन्तव्य हो।

बर्तमान नेपालमा चितवन उपत्यकाको भूभाग दुई अञ्चल नारायणी र लुम्बिनी तथा तिन जिल्ला चितवन, नवलपरासी तथा मकवानपुरमा प्रशासनीक बिभाजनमा परेको छ। पूर्वको हेटौडा बाट शुरू भइ पश्चिम दाउन्ने पहाको फेदी दुम्कीवाससम्म तथा उत्तरमा माहाभारत र दक्षिण चुरेसम्म कती चाक्लो र कतै सांगुरो हुदै यो उपत्यका फैलीएको छ। नारायणी नदी पश्चिमको भूभाग लुम्बिनी अञ्चल तथा नवलपरासी जिल्ला तथा नारायणी नदीको पूर्वपट्टी चितवन जिल्ला तथा सुदुर पूर्वी क्षेत्रमा मकवानपुर जिल्ला का रूपमा रहेको छ। अत्यन्त उव्जाउ जमीन तथा पर्याप्त जलक्षेत्र रहेक चितवन उपत्यकाको मुख्य केन्द्रीय चितवन जिल्लाको भूभाग जंगल कटान गरी २०१४ सालदेखि मानव बसोवास का लागि खुल्ला गरीएको हो। चितवन उपत्यकामा मुख्य दुई नहर प्रणाली खगेरी र नारायणी लिफ्ट सिंचाइ योजना वाहेक अन्य साना ठूला नहर तथा कुला प्रणालीहरू खेत-वारिहरू सिंचित गर्न उपयोग गरीएका छन। कृषि उद्यममा उपत्यका अग्रणी मानीन्छ।

नेपालको पूर्वपश्चिमम जोडने महेन्द्र राजमार्गको लामो खण्ड (झण्डै १४० कि.मी) यस उपत्यकाको हेटौडादेखि दुम्कीवास सम्म पर्दछ। हाल चल्तीमा कम रहेपनी नेपालकै पुरानो उत्तर दक्षिण राजमार्ग त्रिभुवन राजपथ यसै उपत्यकाको पूर्वीक्षेत्र हेटौडा हुदै काठमाडौं गएको छ भने, उपत्यकालाई काठमाडौं र पोखरा उपत्यका तथा देशको पहाडी क्षेत्र जोडने अत्यन्त चल्तीको नारयणगढ मुग्लिङ सडक रहेको छ। साथमा भरतपुर रामपुर भरतपुर माडी सडकको भरतपुर पटीहानी खण्ड, हेटौडा हर्नामाडी टांडी (रत्ननगर) सोराहा लगायतका साहायक मार्ग पक्की रहेका छन। त्यसै गरी भरतपुर हेटौडा तथा रत्ननगर नगरपालीका भित्रका शहरी सडक संजालको ठूलो हिस्सा पक्की रहेको छ। त्यसवाहेक कावसोती पाहाडी क्षेत्र सडक, भरतपुर शक्तिखोर उपरदांग गढी साहायक सडक मार्ग टाडी बीरेन्द्रनगर शक्तिखोर सडक, भरतपुर मेघोली सडकको केही खण्ड ,हेटुडा फापरवारी सडक कान्ती राजपथ लगायत ठूला कच्ची सडक मार्गले उपत्यका अन्य क्षेत्रसँग जोडीएको छ।

सञ्चारका सबै (फोन,फ्याक्स,इमेल,इन्टरनेट) सुविद्या यसउपत्यकाको सहरी क्षेत्रमा उपलब्ध छ। चितवन उपत्यकामा ठूला सना थुप्रै वाणीज्यकेन्द्र रहेका छन। उद्योग वाणीज्यको राम्रै विकास भएको यस उपत्यकामा तिन नगरपालीका भरतपुर,हेटौडारत्ननगर रहेका छन। भरतपुर हेटौडा लगायतका ठूला वाणीज्य तथा उद्योग क्षेत्र मध्यम खालका रत्न नगर, पर्सा (खैरहनी) मनहरी रामपुर , गितानगर पार्वतीपुर , गैडाकोट रजहर,कावासोती , चोरमारा ,अरूण खोला , तथा दुम्कीवास लगायतका केन्द्रले उपत्यका तथा त्यस वरपरका अन्चल जिल्लाका जनतालाई वाणीज्य सेवा दिइ रहेका छन। उपत्यकाको झन्डै केन्द्रमा रहेको भरतपुर नगरपालिका उपत्यकाको सबै भन्दा ठूलो सहर हो। १२५१११ जनसंख्या रहेको यो सहर नेपाल कै काठमाडौं,पोखरा,ललीतपुर,विराटनगर,बीरगंज तथा धरान पछिको सातौ ठूलो सहर हो।

त्यसैगरी चितवन उपत्यकाको पूर्वी छेउमा अवस्थीत हेटौडा चितवन उपत्यकाको दोस्रो तथा ८४,८०० जनसंख्याका साथमा काठमाडौं,पोखरा,ललितपूर,विराटनगर,विरगंज धरान भरतपुर महेन्द्रनगरर तथा बुटवल पछि नेपाल कै दसऔ ठूलो सहरको रूपमा रहेको छ। उद्योग कलकारखानाले भरीपूर्ण हेटौडा देशकै प्रमुख औद्योगिक सहर हो। उपत्यकाको तेस्रो केन्द्र रत्ननगर पयर्टकहरूको चितवन राष्ट्रिय निकुन्ज पस्ने प्रवेशद्वार हो। चितवन उपत्यका सम्बन्धी अझ बढी जानकारी निम्न वेभसाइट मार्फत पाउन सकिने छ। www.ddcchitwan.gov.np http://www.iaasrampur.edu.np/ http://www.cmsnepal.edu.np/pages/aboutinst.htm http://www.shivaniair.com/ http://www.cmc.edu.np http://www.bpkmch.org.np http://en.wikipedia.org/wiki/Bharatpur%2C_Nepal www.bharatpurmun.org.np www.travelpost.com/AS/Nepal/Narayani/Bharatpur http://ne.wikipedia.org/wiki/%E0%A4%AD%E0%A4%B0%E0%A4%A4%E0%A4%AA%E0%A5%81%E0%A4%B0_%28%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%29

माडी उपत्यका (चितवन) (रिउ उपत्यका)[सम्पादन गर्ने]

मध्य नेपालको चितवन उपत्यकाको दक्षीणमा रहको माडी उपत्यकालाई रिउ उपत्यका पन भनिन्छ। यस उपत्यकाको प्रमुख नदी रिउ हो। क्षेत्रफलमा सारै सानो यस उपत्यकाको ठूलो भूभाग चितवन राष्ट्रिय निकुन्जमा पर्दछ पूर्व उत्तर तथा पश्चिममा चुरे पाहाड दक्षीणमा सोमेश्वर पहाडले घेरीएको माडी उपत्यका प्रशासनीक संरचनामा चितवन जिल्ला अन्तर्गत पर्दछ र यहाँ चार वटा गाँउ विकास समिती रहेका छन। चितवन राष्ट्रिय निकुन्ज काटेर भित्र पस्नु पर्ने भएकाले पनि यो उपत्यकाको समुचीत विकास हुन सकेको छैन। तर केही विद्यालय, उच्चमाध्यामीक विद्यालय तथा एक क्याम्पस समेत रहेको यस उपत्यकाको केन्द्र बसन्तपुर बजार हो। भरतपुरलाई जोडने सडकको बिचमा पर्ने राप्ती नदीमा पक्की पुल बनेपछी यो उपत्यकाको यातायात केही सहज भएको छ भने रिउ नदीमा निर्माणधीन पुल अझै बनेर सकीएको छैन भने अन्य साना ठूला खोलामा पनि पुल बनाउन बाकी नै छ। यस उपत्यकालाई पूर्व दक्षिण तर्फ जीतपुर ठोरी तथा भारतीय सिमासम्म जोडने अर्को एक कच्ची सडक समेत रहेको छ।

सिन्धुली उपत्यका (मरीनखोला उपत्यका )[सम्पादन गर्ने]

सिन्धुली उपत्यकालाइ मरीनखोला खोला उपत्यका पनि भनिन्छ। वाग्मती नदी काटेपछिको पहाडी क्षेत्रको पूर्व पट्टी मरीनखोला उपत्यका शुरू हुन्छ। मरीन खोलाले बनाएको यो सांगुरो उपत्यका पूर्वमा कमला त्रियुगा उपत्यकाका डांडा सम्म पुगेको छ। अझै सम्म कमै मात्र विकासका संरचना देख्न पाएको यो उपत्यका मकवानपुर जिल्ला (पश्चिम) तथा सिन्धुली जिल्ला (पूर्व )मा विभाजीत छ।

उदयपुर उपत्यका (कमला उपत्यका)[सम्पादन गर्ने]

कमला नदीबाट सिंचीत हुने यो उपत्यकाको मुख्य नदी पनि कमला नै हो, तर त्रियुगा लगायतका अन्य नदीहरू पनि यहाँ प्रवाहीत छन। उत्तरमा माहाभारत तथा दक्षिणामा चुरेपाहाडको सबैभन्दा होचो खण्डले घेरीएको यो उपत्यका सगरमाथा र जनकपुर अन्चल तथा सिन्धुली र उदयपुर दुई जिलाको प्रशासनीक संरचनामा रहेको छ। सिन्धुली (कमलामाई) तथा गाइघाट (त्रियुगा) जस्ता नगरपालिका भएको यस उपत्यकामा कटारी घुर्मी , भिमान लगायतका बजार समेत छन। महेन्द्र राजमार्गको लाहानबाट गाइघाट हुदै माथी जाने निमार्णधीन सगरमाथा राजमार्गले तथा पश्चिम खण्डमा काठमाडौं जोडन बन्दै गरेको वि. पि. कोइराला राजमार्ग (वर्दीवास धुलीखेलराजमार्ग)ले उपत्यकाको यातायत सुचारू छ। तर दुई महत्वपूर्ण नगर क्षेत्र सिन्धुली माढी (कमलामाई) र गाइघाट (त्रियुगा ) जोडने पुरानो सडकमार्ग अझैपनी कच्ची नै रहेको छ। ६९,३४० जनसंख्या रहेको त्रियुगा नगरपालीका (गाइघाट) यो उपत्यकाको सबैभन्दा ठूलो सहर हो भने ३६,४४० जनसंख्या भ्एको सिन्धुलीमाढी (कमलामाइ) दोस्रो ठूलो नगर हो। फलफुल तथा खेतीपातीको उत्पादनका लागि प्रसिद्व यो उपत्यका द्रुत गतीमा विकास भइरहेको छ।

Retrieved from "http://ne.wikipedia.org/wiki/%E0%A4%AD%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A5%80_%E0%A4%AE%E0%A4%A7%E0%A5%87%E0%A4%B6"