पृथ्वीको वायुमण्डल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अंतरिक्षबाट पृथ्वीको दृश्य : वायुमण्डल निलो देखिएको छ।
Composition of Earth's atmosphere by volume. Lower pie represents trace gases that together compose about 0.038% of the atmosphere (0.043% with CO2 at 2014 concentration). Numbers are mainly from 1987, with CO2 and methane from 2009, and do not represent any single source.

पृथ्वीलाई जल मण्डल, भू मण्डल र वायु मण्डल गरी ३ भागहरूमा विभाजन गरिएको छ । पृथ्वीको वरिपरि रहेको हावाको बाक्लो तहलाई वायुमण्डल भनिन्छ । यो नाइट्रोजन, अक्सिजन, कार्बन डाइअक्साइड, जलवाष्प तथा धुलाका कणहरूको समिश्रण हो । वायु मण्डल पृथ्वीको गुरुत्वाकर्षण शक्तिको कारण अस्तित्वमा रहेको छ ।वायु मण्डलको तापक्रम तथा आद्रतामा परिवर्तन हुँदा यसले जीवहरूको जीवन पद्धतिमा प्रतिकूल असर पार्छ ।
पृथ्वीको सतहबाट माथितिर उचाइ बढ्दै जादा वायु मण्डलीय तहको घनत्व पनि घट्दै जान्छ । वायुमण्डलमा विभिन्न ग्यासहरूको उपस्थितिको कारण सौर्यताप सञ्चय भइरहन्छ । वायु मण्डलीय तहको घनत्व, उचाइ र तापक्रमको आधारमा यसलाई छ तहमा विभाजन गर्न सकिन्छ । ती निम्न प्रकार छन् :

  1. निम्न मण्डल
  2. समताप मण्डल
  3. मध्य मण्डल
  4. तापीय मण्डल
  5. बाहिरी मण्डल

वायुमण्डल संरचना[सम्पादन गर्ने]

ग्यास प्रतिशत आयतन
नाइट्रोजन 78.09
अक्सिजन 20.95
आर्गन 0.93
कार्बन डाइआक्साइड 0.03
निअन 0.0018
हाइड्रोजन 0.001
हिलियम 0.000524
क्रिप्टन 0.0001
जेनान 0.000008
ओजोन 0.000001
मिथेन अल्प मात्रा

विभाजन[सम्पादन गर्ने]

वायुमण्डलको विभिन्न तहमा के के उपस्थित छ

निम्न मण्डल[सम्पादन गर्ने]

वायु मण्डलको सबैभन्दा तल्लो तह निम्न मण्डल हो । यो तह पृथ्वीको सतहबाट लगभग १६ किमी उचाइसम्म फैलिएर रहेको छ । ध्रुवीय क्षेत्रमा यसको चौडाइ ८ देखि १० किमी र भूमध्य रेखीय क्षेत्रमा १६ किमी सम्म रहेको छ । यस तहमा नाइट्रोजन, अक्सिजन, कार्बन डाइअक्साइड, जलवाष्प तथा धुलाका कणहरू रहेका हुन्छन् । पृथ्वीको वायु मण्डलको लगभग ९५ % अवयवहरू निम्न मण्डलमा रहेको अनुमान छ । निम्न मण्डलको सबैभन्दा माथिल्लो तहलाई ट्रोपोपज भनिन्छ ।

यस तहको उचाइ बढेअनुसार प्रति किलोमिटरमा करिब ६.५ ० सेल्सियस तापक्रम घट्छ । यो क्रम ट्रोपोपजसम्म भइरहन्छ । यस तहमा उचाइ बढेअनुसार तापक्रम परिवर्तन भइरहने हुनाले यसलाई परिवर्तन मण्डल पनि भनिन्छ । मानवीय व्रिmयाकलापको कारण निस्कने धुलाका कणहरू र धुवाले यस तहलाई नकारात्मक प्रभाव पारिरहेको छ ।

समताप मण्डल[सम्पादन गर्ने]

पृथ्वीको निम्न मण्डलभन्दा माथि रहेको तह समताप मण्डल हो । यो तह पृथ्वीको सतहबाट लगभग १६ देखि ५० किमी उचाइसम्म फैलिएर रहेको छ । यस तहमा ओजोन, नाइट्रोजन, अक्सिजन आदि मुख्य ग्यासहरूका रूपमा रहेका हुन्छन् । समताप मण्डलको सबैभन्दा माथिल्लो तहलाई स्ट्राटोपज भनिन्छ । यस तहको उचाइ बढेअनुसार तापक्रममा वृद्धि हुदै जान्छ । यो क्रम स्ट्राटोपजसम्म भइरहन्छ । यस तहमा नगण्य मात्रामा ओसिलोपन हुने हुनाले बादल कम बन्छ । यस तहको विशेषगरी २० देखि ३० किमी माथि परावैजनी विकिरणको उपस्थितिमा ओजोन ग्यासको तह निर्माण र विनाश हुन्छ । त्यसैले यस तहलाई ओजोनोस्फेयर पनि भनिन्छ । यस तहले ९९ % परावैजनी सौर्य विकिरणलाई शोषेर लिन्छ । फलस्वरूप ती हानिकारक विकिरणहरू पृथ्वीसम्म आइपुग्दैनन् । यसले गदा पृथ्वीमा प्राणी र वनस्पतिहरू बाच्न अनुकूल वातावरण बन्छ ।

मध्य मण्डल[सम्पादन गर्ने]

समताप मण्डलभन्दा माथिको वायु मण्डलीय तहलाई मध्य मण्डल भनिन्छ । यो तह पृथ्वीको सतहबाट करिब ५० देखि ८० किमी माथिसम्म फैलिएर रहेको छ । यस तहमा हावाको तह पातलो हुन्छ । यस तहमा उचाइ बढेअनुसार तापक्रम घट्दै जान्छ । यो सबैभन्दा चिसो तह हो । उल्काबाट निस्केका तातो ग्यासका रेखाहरू यस तहमा देखिन्छन् । यस मण्डलको सबैभन्दा माथिल्लो तहलाई मेसोपज भनिन्छ । यस तहमा कडा बतास बहन्छ । यस्तो बतास हिउदमा पश्चिमबाट पूर्वतर्फ र वर्षायाममा पूर्वबाट पश्चिमतर्फ बहन्छ ।

तापीय मण्डल[सम्पादन गर्ने]

मध्य मण्डलभन्दा माथिको वायु मण्डलीय तहलाई तापीय मण्डल भनिन्छ । यो तह पृथ्वीको सतहबाट करिब ८० देखि ७२० किमी माथिसम्म फैलिएर रहेको छ । यस तहमा हावाको तह पातलो र हावा कम हुन्छ । यस तहमा सौर्य विकिरणको प्रभाव बढी पर्ने हुनाले उचाइ बढेअनुसार तापक्रम पनि बढ्दै जान्छ । यस तहको तल्लो भागमा नाइट्रोजन, अक्सिजन आदिका अणुहरू विच्छेदन भई परमाणु बन्छन् भने यसको माथिल्लो तहमा खासगरी हिलियमहाइड्रोजन हुन्छन् । यस तहमा ग्यासका अणुहरू आयोनहरूमा परिणत हुने भएकाले यसलाई आयोनोस्फेयर भनिन्छ । यस मण्डलको सबैभन्दा माथिल्लो तहलाई थर्माेपज भनिन्छ ।

Toward the top of Earth's atmosphere

बाहिरी मण्डल[सम्पादन गर्ने]

तापीय मण्डलभन्दा माथिको वायु मण्डलीय तहलाई बाहिरी मण्डल भनिन्छ । यो तह पृथ्वीको सतहबाट करिब ७२० किमी भन्दा माथि फैलिएर रहेको छ । यस तहलाई सिमा प्रदेश पनि भनिन्छ । यो वायु मण्डलको सबैभन्दा माथिल्लो तह हो । यस तहमा हावा नगण्य मात्रामा भए पनि हावाका अणु र परमाणुहरू ज्यादै तीव्र गतिमा बहन्छन् । यी अणु र परमाणुहरूको गति अत्यधिक बढी हुने भएकाले तिनीहरूलाई पृथ्वीको गुरुत्वाकर्षण शक्तिले समेत प्रभाव पार्न सक्दैन । गुरुत्वाकर्षणबाट स्वतन्त्र भएका अणु र परमाणुहरू अन्तरिक्षतर्फ फुत्किन्छन् ।

अन्य तह[सम्पादन गर्ने]


सन्दर्भ[सम्पादन गर्ने]