कार्बनडाइअक्साइड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
कार्बनडाइअक्साइड
Properties
Molecular formula CO2
Molar mass 44.01 g mol−1
Appearance बेरङ्ग
Except where noted otherwise, data are given for materials in their standard state (at 25 °C, 100 kPa)
Infobox references

कार्बन डाइअक्साइड (अणसुत्र: CO2) वायुमण्डलमा पाइने, दुई अक्सिजनका अणुहरु एक कार्बनको अणु मिलेर बनेको ग्यास हो ।

वायुमण्डलमा ०.०३% कार्बनडाइअक्साइड छ । कार्बन भएकाबस्तुहरु जस्तै: कोइला, काठ, मट्टीतेल, तेल, बोसो, मैन इत्यादि बल्दा कार्बनडाइअक्साइड बन्दछ र हावामा जान्छ । बिरुवा तथा जनावरहरुले सास फेर्दा कार्बनडाइअक्साइड निस्कन्छ । चुनढुङ्गा(CaCO), डोलोमाइट(CaCO/MgCO)र म्याग्नेसाइट/खरी ढुङ्गा आदिलाई रासायनिक प्रतिक्रिया गरेपछी कार्बनडाइअक्साइड ग्यास निस्कन्छ ।

इतिहास[सम्पादन गर्ने]

यो ग्यास सन १६८० मा Helmont ले पत्ता लगाएका थिए तर पछि Lavoisier ले यस ग्यासलाई कार्बनअक्सिजनको यौगिक भनी प्रमाणित गरेका थिए ।

प्रयोगशालामा कार्बनडाइअक्साइड ग्यास बनाउने तरिका[सम्पादन गर्ने]

प्रयोगशालामा कार्बनडाइअक्साइड ग्यास चुनढुङ्गाका टुक्राहरुलाई फिक्का हाइड्रोक्लोरिक अम्ल (dil. HCl) सँग रासायनिक प्रतिक्रिया गराई बनाइन्छ ।
CaCO + २HCl → CaCl + HO + CO

कार्बनडाइअक्साइड बनाउने अन्य तरिका[सम्पादन गर्ने]

  1. कार्बनलाई पर्याप्त अक्सिजन भएको हावामा बाल्दा यो ग्यास बन्छ ।
  2. मिथेन, इथेन, ब्युटेन आदि बल्दा यो ग्यास निस्कन्छ ।
  3. चुनढुङगालाई बेस्सरी तताउँदा यो ग्यास निस्कन्छ ।
  4. कार्बोनेट तथा हाइड्रोजन कार्बोनेटहरुले अम्लसँग प्रतिक्रिया गर्दा यो ग्यास निस्कन्छ ।

भौतिक गुणहरु[सम्पादन गर्ने]

  1. यो ग्यास रङ्गहिन, गन्धहिन र स्वादहिन हुन्छ ।
  2. यो ग्यास हावाभन्दा गरुङ्गो हुन्छ ।
  3. यसले भिजेको निलो लिट्मस कागजलाई रातो बनाउँछ ।
  4. यो ग्यास पानीमा कम मात्रामा घुल्छ ।-७८°C मा यसलाई ठोस अवस्थामा परिवर्तन गर्न सकिन्छ।

रासायनिक गुणहरु[सम्पादन गर्ने]

  1. कार्बनडाइअक्साइड ग्यास पानीमा कम मात्रामा घुल्छ। यसरी घुल्दा यो कार्बोनिक अम्ल(H2 CO3 ) बन्छ।

CO2 + H 2 O → H2 CO3

उपयोगिता[सम्पादन गर्ने]

  1. बिरुवाहरु खाना बनाउने प्रक्रियामा ग्यासको प्रयोग गर्छ्न् ।
  2. कार्बनडाइअक्साइड ग्यास आगो निभाउने कार्यमा प्रयोग गरिन्छ ।
  3. सोडापानी, बियर, कोकाकोला जस्ता पेयपदार्थहरुमा यो ग्यासको प्रयोग गरिन्छ ।
  4. विभिन्न बस्तुहरुलाई सुरक्षित राख्न परेमा सुख्खा बरफ (dry ice) को रुपमा यो ग्यासलाई प्रयोग गरिन्छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]