बियर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बियर भरिएको ग्लास

बियर जौ र अन्न(चिनी जन्य पदार्थ) र हप्सको समिश्रणलाई कुहाएर तयार पारिने हल्का अल्कोहल युक्त मादक पदार्थ वा पेय पदार्थ हो । हब्सको सुगन्ध आउने, पिउँदा जिब्रोमा तीतोपनाको स्वाद बस्ने बियर नै स्वादिलो बियर हो । त्यसमा पनि करबि आठ घन्टासम्म फ्रिजमा चिस्याइएको बियर पिउनका लागि सबैभन्दा स्वादिष्ट मानिन्छ। वर्गीकरणका हिसाबले बियरको स्वाद फरक हुने गर्छ । विदेशमा बियरको मिश्रण र गुणस्तर अनुसार वर्गीकरण गर्ने गरिए पनि नेपालमा अल्कोहलको मात्रा हेरी छुट्याइने गरिएको छ। पश्चिमा मुलुकहरूमा सामान्य पेयसरह मानिए पनि नेपाल, भारतलगायतका दक्षिण एसियाली मुलुकमा भने यसलाई मदिराजन्य पेयकै रूपमा लिने गरिएको छ ।

बनाउने तरिका[सम्पादन गर्नुहोस्]

पानीमा भिजाएर राखिएको जौमा टुसा उम्रिएपछि करबि एक साता चिनीको झोलमा डुबाएर राखिन्छ। त्यसपछि मर्चा मिसाएर काठको ढ्यांग्रोमा करबि १७-२० दिन राखेपछि परपिक्व बियर बन्छ। कतिपयले १०-१२ दिन मै पनि निकाल्ने गरेका छन्। तर, अन्तर्राष्ट्रिय स्तरको बियर भने १७-२० दिनसम्म राखिन्छ । ड्रमबाट निकालेपछि कार्बनडाइअक्साइड मिसाएर बोतलमा हालिन्छ । बोतलमा हालिएको नौ महिनाभित्र पिउँदा स्वादिलो हुन्छ ।


बियर गुगल