जौ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

उच्च पहाडी भागमा फल्ने एक प्रकारको अन्न।

जौ
बाला सहितको जौको बोट
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति जगत
(unranked): Angiosperms
(unranked): Monocots
(unranked): Commelinids
गण: Poales
कुल: Poaceae
वंश: Avena
प्रजाति: A. sativa
द्विपद नाम
Avena sativa
L. (1753)

जौ एक दुईदलिय अन्नबाली हो। यो सामान्यतया घरपालुवा जनावरहरूको खाध्यको रूपमा साथै कतैकतै मानवहरूले पनि खाध्यवस्तुको रूपमा प्रयोग गर्ने गरेको पाईन्छ।

संस्कृतमा यव भनिने जौ पौष्टिक खाद्यपदार्थ हो। जौलाई स्वास्थ्यका दृष्टिले पनि औषधि मानिन्छ। वैदिक ग्रन्थहरूमा जौलाई रोग हटाउने यज्ञ-यज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने अन्नका रूपमा लिइएको छ। यज्ञादिमा जौको प्रयोग प्रशस्त मात्रामा गरिन्छ। पौराणिक ग्रन्थहरूमा पनि यवोसि धान्यश भनेर जौलाई अन्नको राजा मानिएको छ। गीतामा भगवान् श्रीकृष्णले पनि औषधिनामहं यवः अर्थात् औषधीहरूमा म जौ हुँ भन्नुभएकाले पनि यसको महत्त्व पुष्टि हुन्छ। श्रीमद्भागवत् महापुराणमा पनि वामन अवताररूपी भगवान् विष्णुको पूजा गर्दा लोकपालहरूले जमरा चढाएको प्रसंगबाट के बुझ्न सकिन्छ भने हिन्दू संस्कृतिमा जमराको महत्त्व परापूर्वकालदेखि नै थियो।

BarleyEars.JPG

वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौको महत्त्व कम छैन। आयुर्वेदिक ग्रन्थहरूमा जांै र अङ्कुरित जौबाट गर्न सकिने उपचारहरूको व्यापक उल्लेख भएको पाइन्छ। विविध रोगका लागि जौ उपयुक्त रहेको वैज्ञानिकहरूले पनि पुष्टि गरिसकेका छन्। चिकित्सकहरूका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्ने हो भने उच्च रक्तचाप, अर्वुद -क्यान्सर) एवं मधुमेहजस्ता रोगमा फाइदा मिल्छ। जमराको रसको सेवनले सौन्दर्यमा समेत निखार ल्याउँछ। यसैगरी बिरामी भएर कमजोर भएका व्यक्तिहरूलाई जौबाट निर्मित खाद्यपदार्थ ख्वाउनाले शरीरमा चाँडै शक्तिसञ्चार हुने कुरा विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेका छन्। हाम्र्रा गाउँघरमा अझै पनि दसैंको जमरालाई सुकाएर राखी विभिन्न रोग लाग्दा पानीमा उमालेर पिउने चलन छ।

"http://ne.wikipedia.org/w/index.php?title=जौ&oldid=365893" बाट निकालिएको