विकिपिडिया:लेखन शैली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लेखन शैली वा विकि शैली नेपाली विकिपीडियामा भएका सम्पूर्ण लेखहरू बनाइँदा वा लेखिँदा ध्यान दिनुपर्ने कुराहरू हुन्। विकिपीडियामा भएका लेखहरू सरल, सरस र अर्थपूर्ण हुनुपर्छ भन्ने 'लेखन शैली'को उद्देश्य हो र सम्पूर्ण लेखहरूमा लेख लेखिने तरिकामा एकरुपता बनाउनु यसको अर्को महत्त्वपूर्ण लक्ष्य हो।

लेखमा गार्‍हो, नबुझीने अति नै अफ्ट्यारो शब्द प्रयोग नगर्नुहोस् । लेखाइ सम्पूर्ण नेपाली भाषीहरूले बुझिने खालका हुनु अत्यन्त आवश्यक छ। व्याकरण हिसाबले पनि वाक्य शुद्ध हुनु आवश्यक छ।

लेखको शीर्षक, उप-शीर्षक र अन्य भाग[सम्पादन गर्नुहोस्]

लेखको शीर्षक[सम्पादन गर्नुहोस्]

लेखको शीर्षक प्रष्ट, लेखको सम्पूर्ण भागलाई प्रतिनिधित्व गर्ने र नेपालीमा नै लेखिएको हुनु आवश्यक छ । प्रत्येक लेखको शीर्षक आफैमा अन्य लेखको शीर्षकबाट फरक हुनु जरुरी छ ।

लेखका विभिन्न भागहरू[सम्पादन गर्नुहोस्]

लेखका विविध भागहरू लेख अनुसार फरक हुन सक्छन्। सम्पूर्ण लेखहरूको मुख्य अनुच्छेद (लिड सेक्सन वा लेखको शीर्ष अनुच्छेदहरू) को मुल उद्देश्य लेखको संक्षिप्त्त रूप दिनु हो। लेख अनुसार लेखको अन्य भागहरूको उप-शीर्षक लेखिनु आवश्यक छ जसमा सम्पादकहरूले प्रमुख लेखहरूको लेखन शैलीको सहायता लिन सक्नेछन् ।

लेखमा चार वटा वा सो भन्दा बढी उप-शीर्षक भएको खण्डमा स्वत: लेखमा विषय सूची, लेखको प्रमुख अनुच्छेद र पहिलो उप-शीर्षकको बीचमा देखिनेछ ।

उप-शीर्षकहरू[सम्पादन गर्नुहोस्]

उप-शीर्षकहरू == शीर्षक == दिई लेखिन्छ । उप-शीर्षकहरू भन्दा पनि अन्य तहका शीर्षकहरू थप्न परेको खण्डमा ===शीर्षक ======== शीर्षक ===== दिई लेखिन्छन् ।

  • उप-शीर्षकहरू लेखको शीर्षक हुनुहुदैँन ।
  • उप-शीर्षकहरूले अरू लेखसँग जोड्न गरि [[ ]] लिङ्क दिएको हुनुहुदैँन ।
  • उप-शीर्षकमा सन्दर्भ सामग्री जोड्नु हुदैँन, यो तस्बिर वा कुनै आइकन हुनुहुदैँन ।
  • उप-शीर्षकमा अङ्क नलेख्नुहोस् ।

नेपाली भाषा शैली[सम्पादन गर्नुहोस्]

  • लेखमा भाषा प्रयोग गर्दा व्याकरण मिलेको हुनु आवश्यक छ ।
  • वाक्य संयोजन र संरचना अर्थपूर्ण र प्रत्येक नेपाली भाषीले बुझिने हुनु जरुरी छ ।
  • कुनै पनि लेख लेख्दा वाक्यहरूलाई साहित्यिक रूप दिने हेतुले नलेख्नुहोस् ।

शब्दको लघुरुप[सम्पादन गर्नुहोस्]

शब्दको लघुरूप (अङ्ग्रेजी: Abbreviations) शब्दको छोटो रूप हो । यस प्रकारका शब्द लेख्दा सुरूमा शब्दको पूर्णरूप र मात्र लघु रुप लेख्नुहोस् ।

जस्तै: काठमाडौं महानगरपालिका (का.म.न.पा.) वा काठमाडौं महानगरपालिका (कामनपा)

अङ्ग्रेजी शब्दको लघुरूप दिदाँ पूर्ण रुपमा नेपालीमा नै लेखेपनि छोटो रूप भने अङ्ग्रेजी/नेपाली मा लेख्नुहोस् ।

जस्तै: डिअक्सिराइबो न्युक्लिक एसिड (डिएनए) वा डिअक्सिराइबो न्युक्लिक एसिड (DNA)

नयाँ शब्दको नभएको छोटो रुप बनाएर भने प्रयास नगर्नुहोस् ।

इटालीक्स : शब्द ढल्काइ लेख्ने[सम्पादन गर्नुहोस्]

कुनै लेखको शीर्षक (आवश्यक अनुसार), जीवको वैज्ञानिक नाम, नेपाली भन्दा अन्य भाषालाई ढल्काई लेख्नुहोस् ।

चिह्न प्रयोग[सम्पादन गर्नुहोस्]

नेपाली भाषामा प्रयोग हुने चिह्नको तपाईमा ज्ञान हुनु आवश्यक छ । लेख लेखिँदा त्यसै अनुरूपको लेख्य चिह्न प्रयोग गर्नुहोस् ।

  • लेखमा अङ्कहरू नेपालीमा नै लेखिन्छन्। अङ्क १ देखि ९ सम्म लेखिनु परेमा अङ्कमा नै तर ९ भन्दा माथिका अङ्क लेख्नु परेमा अक्षरमा नै लेख्न सकिनेछ। जस्तैः एघार लाख
  • पाँच वा सो भन्दा बढी अङ्क आएमा दाँयाबाट क्रमशः सुरुका तिन, तत्पश्चात् दुई अङ्कमा अल्पविराम दिनुहोस्। जस्तैः १२,३४,५६७
  • विज्ञानपुरक लेखमा अङ्कहरू जस्तैः १.८×१०किलोग्राम) वैज्ञानिक सङ्केतमा नै लेख्नन सकिन्छन्।
  • लेखमा एकरुपता ल्याउनु आवश्यक छ। लेखमा अङ्क र प्रतिशत चिह्न सँगै मिलाइ लेख्नुहोस्ः ५%, पाँच प्रतिशत, तर  % (खाली ठाउँ दिइ) वा अक्षर र चिन्हलाई जस्तै पाँच % नमिसाउनुहोस्।

गणितीय चिह्न[सम्पादन गर्नुहोस्]

व्याकरण प्रयोग[सम्पादन गर्नुहोस्]

व्याकरण सधैँ सकेसम्म शुद्ध लेख्नुहोस् । भाषा र व्याकरण शुद्धीकरणका विषयमा अन्य सम्पादक वा प्रबन्धकहरू सँग छलफल गर्नुहोस् । लेख सम्पूर्ण नेपाली भाषीहरूले बुझ्न सक्ने किसिमको हुनु आवश्यक छ ।

व्याकरण शुद्ध प्रयोगका थप जानकारीका लागि पृष्ठ १पृष्ठ २ पनि पढ्न सक्नुहुन्छ ।

लेखका विषय अनुसार लेखमा चित्रमा सहुाउँदा चित्रहरू हुनु आवश्यक हुन्छ ।

बुलेट प्रयोग[सम्पादन गर्नुहोस्]

जानकारीहरू अनुच्छेदमा भन्दा क्रमैसँग लेख्नु परेमा बुलेट को प्रयोग गर्न सकिन्छ । यसका लागी * वाक्यको अगाडि राख्नुहोस् । यसका साथै # पनि प्रयोग गर्न सकिन्छ ।

बाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]

लेखको अन्तिम भागमा लेखसँग सम्बन्धित तर लेखमा सन्दर्भ सामग्रीका रुपमा प्रयोग नभएका वेवसाइटहरू राख्न सकिन्छ । यसका लागि ==बाह्य लिङ्कहरू== लेखी लिङकहरू क्रमैसँग निम्न प्रकारले राख्नुहोस् । जस्तै:

* [http://psc.gov.np लोकसेवा आयोग]
* [http://moe.gov.np शिक्षा मन्त्रालय]

यस्तो देखिनेछ:

* लोकसेवा आयोग
* शिक्षा मन्त्रालय

अन्य ढाँचाहरू {{Official website}}, {{Official websites}} and {{URL}} पनि प्रयोग गर्न सकिन्छन् ।

  • समस्या परेको बेला प्रबन्धकसँग सहायता माग्नुहोस् ।
  • विकिपीडिया सम्पादनमा असजिलो/अफ्ठ्यारो भएमा अङ्ग्रेजी विकिपीडियाका सहयोगी पृष्ठहरूबाट सहायता लिन पनि सक्नुहुन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]