विकिपिडिया:हस्ताक्षर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गांधीजीको हस्ताक्षर

कुनै व्यक्तिको हस्ताक्षर (signature) उसको हातबाट लेखियेको (र कहिले-कहिले विशिष्ट शैलीमा) उसको आफ्नो नाम, उपनाम (अथवा केहि अरूपनि) आदिलाई भन्छन् । यो कुनै दस्तावेज वा घोषणा आदि माथि गरिन्छ जसले दर्शाउँछ कि यो 'सही व्यक्ति' द्वारा नै प्रसारित छ वा अमुक व्यक्तिले यो घोषणा गरेको छ । यदि कुनै रचनामा कुनै व्यक्तिको हस्ताक्षर छ भने थाहा पाईन्छ कि त्यो रचनालाई कस्ले सृजित गरेको हो । कुनै पनि व्यक्ति आफ्नो हस्ताक्षर विश्वको कुनै ज्ञात भाषाको लिपिमा गर्न सक्दछ । हस्ताक्षर व्यक्तिको एउटा अलग्गै पहिचान हो । त्यस्तै विकिपीडियामा सम्पादन गर्ने विकिपीडियनहरूले आफ्नो हस्ताक्षर गर्नु आवश्यक हुन्छ । यदी हस्ताक्षरको विना कुनै पनि व्याक्तीको वार्ता पृष्ठ अथवा छलफल पृष्ठमा लेखेमा पछि गएर विवाद पनि उठ्न सक्छ । विकिपीडियामा सम्पादकहरूलाई हस्ताक्षर गर्न सजिलो होस् भन्ने हेतुले यसका निर्माण कर्ता द्वारा एक अलग्गै तरिका अपनाई दिएका छन् । विकिपीडिया वार्ता पृष्ठहरूमा आफ्नो सन्देशको तल हस्ताक्षर गरौँ। यो मात्र वार्ता पृष्ठ अथवा छलफल पृष्ठमा मात्र गरिन्छ, लेखहरूको पानामा गर्न हुदैन । यस्तो गरेपछी संवादमा सजिलो हुन्छ । साथै हर सन्देशको लेखकलाई चिनाउनमा मदद मिल्छ । मिलेर सम्पादन गर्नाको लागी संवाद धेरै जरूरी छ किन भने यसलाई पढ्ने व्याक्तीलाई लेखको आरूप र प्रगति बुझ्नमा सजिलो हुन्छ ।

हस्ताक्षर कसरी गर्ने

  1. आफ्नो सन्देश पछि चार वक्रका चिन्ह (~), यसरी छोडौं: ~~~~
  2. सम्पादन पानामा औजार-पट्टीमा हस्ताक्षर चित्र ()मा क्लिक गरेमा पनि चार वक्र सन्देशमा जोडिन्छ।

परिवर्तन रक्षितमा तपाईको हस्ताक्षर पानामा देखिन्छ, र साथै समय पनि । माथीको दुइवटै तरीकाले एक-जस्तै हस्ताक्षर जोडिन्छ ।

तीन वक्र (~~~) राखेमा मात्र तपाईंको हस्ताक्षर (बिना समय) र पाँच वक्र (~~~~~) राखेमा मात्र समय (बिना हस्ताक्षर) जोडिने छ।

विकिमार्कप कोड प्रदर्शित
~~~~
[[User:SampleUser|SampleUser]] ०९:००, मार्च १९ २०२४ (UTC) SampleUser ०९:००, मार्च १९ २०२४ (UTC)
~~~
[[User:SampleUser|SampleUser]] SampleUser
~~~~~
०९:००, मार्च १९ २०२४ (UTC) ०९:००, मार्च १९ २०२४ (UTC)

ध्यान राख्नुहोला यदि तपाईंले लग-इन गरेको छैन भने, पनि तपाईंको हस्ताक्षर देखिन्छ, तर तपाईंको नामको ठाउँमा तपाईँको आई-पी ठेगाना देखिने छ।

हस्ताक्षर कसरी बदल्ने

तपाई आफ्नो हस्ताक्षरलाई बदल्न सक्नु हुनेछ। यस्तो गर्नाको लागी "मेरो अभिरूची"मा जानुस् र "तपाईंको उपनाम (दस्तखत/सहीको लागी)"लाई सम्पादन गर्नुहोस् । तपाईं यस खानामा विकिमार्कप र कोडको प्रयोग गर्न सक्नु हुनेछ, रंग बदल्नाको लागी, नेपालीमा नाम लेख्नाको लागी अथवा अन्य भीतरी लिङ्क राख्नाको लागी । (हस्ताक्षरमा बाहिरी लिङ्कहरू राख्न मनाही छ।)

अहस्ताक्षरित सन्देशहरूलाई के गरौँ

यदि कुनै वार्ता पृष्ठमा तपाईलाई हस्ताक्षर-रहित सन्देश देखिन्छ भने कृपया {{अहस्ताक्षरित}} टैम्प्लेटको प्रयोग गरौं र उस सदस्यको हस्ताक्षर जोडिदिउँ ताकि अगाडी वार्तामा सजिलो होस्। यस टेम्प्लेटको प्रयोग यसरी गरौं:

विकिमार्कप कोड प्रदर्शित
{{अहस्ताक्षरित|प्रयोगकर्ता नाम अथवा आई पी}} {{अहस्ताक्षरित|उदाहरण}} — यो अहस्ताक्षरित टिप्पणी: उदाहरणले (वार्तायोगदान)
{{अहस्ताक्षरित|प्रयोगकर्ता नाम अथवा आई पी|मिती}} {{अहस्ताक्षरित|उदाहरण|23:59, 1 April, 2006 (UTC)}} — यो अहस्ताक्षरित टिप्पणी: उदाहरणले (वार्तायोगदान) 23:59, 1 April, 2006 (UTC) (नेप्रस)मा गर्नुभएको हो।

नयाँ प्रयोगकर्ताहरूलाई ध्यान दिलाउदै राखौं की वार्ता पानामा हस्ताक्षर गर्नु पर्छ। यसको लागी यस टेम्प्लेटको प्रयोग गरौं: {{हस्ताक्षर}}।