विकिपिडिया एउटा यस्तो अनलाइन ज्ञानकोष हो जसमा सामान्य ज्ञानकोषहरू, विषय-विशेष ज्ञानकोषहरू र ज्ञान-जन्तरिहरू सबैका तत्त्व समेटिएका छन् । सबै लेखलाई हाम्रो सन्दर्भ नीतिको पालन गर्नु पर्दछ, तथ्यहरूलाई विश्वसनीय सन्दर्भहरू र स्रोतहरूका साथ प्रमाणित गर्न अनिवार्य छ । जसको विकिपिडियाभन्दा भिन्न, स्वतन्त्र र विश्वसनीय स्रोतमा उल्लेख छैन विकिपिडियामा यस्ता कुनै पनि तथ्यलाई सम्मिलित गर्नमा प्रतिबन्ध छ । यस्तो कुनै पनि सामग्रीलाई विकिपिडियामा राख्न मिल्दैन जसको मूल शोध लेखकले स्वयं गरेको छ । विकिपिडिया हर सम्भव तथ्य र जानकारीको एकीकरण हैन । यो आफ्नो राय र भावनाहरूलाई प्रकट गर्ने स्थान होइन । यसमा आफ्नो बारेमा लेख्नु वर्जित छ । यो एउटा प्रजातन्त्र होइन, शब्दकोष होइन, र पत्र वा पत्रिका होइन । यसमा श्रोतका लागि प्रयोग गरिएको सामग्री पूर्ण रूपबाट नहाल्नुहोस् । पूर्ण सामग्री विकिपिडियाका साथी कोषहरूमा हाल्न सकिनेछ, जस्तै कि विक्सनरी, विकिन्यूज, र विकिसोर्स ।
विकिपिडियाको दृष्टिकोण निष्पक्ष छ अथवा हामी यस्ता लेख लेख्छौं जो कुनै विशेष पक्ष वा दृष्टिकोणलाई सहयोग दिंदैनन् । कहिले-काँही यो बहुपक्षीय सामग्रीका साथ गरिन्छ जसमा हरेक महत्वपूर्ण पक्ष आफ्नो उचित सन्दर्भका साथ प्रस्तुत गरिएको हुन्छ ताकि पाठकले त्यसलाई बुझ्न सकुन् । कुनै पनि पक्षलाई "सत्य", "सही" वा "उत्तम" ठहराउनु वर्जित हुन्छ । यसको तात्पर्य हो जहाँ संभव हुन्छ विश्वसनीय सन्दर्भ र श्रोत दिनु पर्छ, विशेषगरि विवादित विषयहरू माथि । यदि कुनै बिबाद वा मतभेद आउँछ भने, केही अन्तरालका लागि लेखमा "विवादित" चिन्ह लगाएर सम्बन्धित कार्यकर्ताहरूलाई "सेलाउने" समय दिइनेछ, जसमा लेखका संवाद पृष्ठमा कुराकानी र तर्क-वितर्कका माध्यमले मामिला हल गरिनेछ ।
विकिपिडियाको कुनै अन्य कडा नियम छैन। आत्मविश्वास र निडरताका साथ लेखहरूलाई सुधार्नुहोस् र नयाँ लेख बनाउनुहोस् । लेख लेख्नमा सिपालु हुनु एउटा राम्रो ध्येय हो तर यो लेखकहरूका लागि पटक्कै अनिवार्य छैन । यो चिन्ता मनबाट निकाल्नुहोस् कि तपाईंबाट कुनै गल्ती हुनेछ र तपाईंका फेर-बदलले लेख खराब हुनेछ । विकिपिडिया हरेक परिवर्तनको जानकारी सुरक्षित राख्दछ र आवश्यक परेमा कुनै पनि लेखलाई त्यसको पूर्व रूपमा फिर्ता लिन सकिन्छ । तपाईं विकिपिडियाका कुनै पनि लेखलाई स्थाई रूपले चाहेर पनि खराब पार्न सक्नुहुन्न । तर ध्यान रहोस् कि यहाँ जो तपाईं लेख्नुहुन्छ त्यो सधैंका लागि दर्ता हुनेछ र तपाईंको विकिपिडिया नाम (या आई॰पी॰ ठेगाना)का साथ सम्बन्धित हुनेछ । राम्रो नियत राख्नुहोस् ।
ध्यान दिनुहोस्
यो पृष्ठ विकिपिडियाका आधारभूत नियमहरूको व्याख्या गर्दछ, तर यि नियमहरू यस पृष्ठद्वारा स्थापित छैनन् । विकिपिडिया यी नियमहरूका आधारमा बनेको हो । यो सिद्धान्त पहिलेदेखि स्थापित थियो र यो पृष्ठ पछि आयो । यस पृष्ठमा फेर-बदल गर्नको लागि यो नियम छैन ।