विकिपिडिया:नेपालीमा राम्रा लेख लेख्नको निम्ति सहायता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्राय सोधिने प्रश्नहरु   राम्रा लेख लेख्नको निम्ति सहायता   पञ्च स्तम्भ   विकि कर्त्तव्य   ज्ञानसंग्रह

नेपाली विकिपिडिया नेपाली भाषा र ज्ञान प्रसारित गर्नमा योगदान दिनको लागि तपाईलाई स्वागत गर्दछ। यस पृष्ठमा तपाई नेपाली विकिपिडियामा कुनै पनि विषयमा योगदान गर्न सामान्य नियमहरू तथा निर्देशहरूको जानकारी लिन सक्नुहुनेछ। यहाँ देवनागरी लिपिमा लेख्ने उपायहरूमा पनि निर्देश उपलब्ध छन्। यस लेखमा जति पनि उदाहरण दिइएका छन् ती सबैको उद्देश्य मात्र सही ढङ्गले बुझाउनलाई हो।

  1. सबै प्रयोगकर्ताहरूसित अनुरोध छ कि तपाईंहरूले यहाँ नयाँ लेखहरूमा आफ्नो योगदान गर्नुहोस् तथा अरुलाई पनि योगदान दिनको लागि प्रोत्साहित गर्नुहोस्। तपाई पुराना लेखहरूमा सुधार कार्य पनि गर्न सक्नुहुन्छ। यद्यपि तपाई विकिपिडियाको सदस्य नभई पनि सुधार कार्य गर्न सक्नुहुन्छ - हुनत यो अनिवार्य छैन, तपाईसित अनुरोध छ कि तपाईंले नेपाली विकिपिडियामा प्रयोगकर्ताको रूपमा स्वयंलाई - दर्ता -गर्नुहोस् (प्रवेश)। जहाँसम्म हुन सक्छ सबै लेखहरू निष्पक्ष दृष्टिबाट (पक्षपात रहित दृष्टिकोण) लेख्नुहोस्। लेखहरू राष्ट्रवादी, पक्षपातपूर्ण अथवा घृणा आधारित हुनु हुँदैन। लेख तथ्यहरूमा आधारित हुनुपर्छ तथा जहाँसम्म हुन सक्छ उचित सन्दर्भहरूको पनि उल्लेख गर्नु पर्छ। सम्पादन गर्नका लागि - अङ्ग्रेजी-विकिपिडियाको सहायता पृष्ठ हेर्न सक्नुहुन्छ। प्राय सबै सामान्य विकिपिडिया सम्पादन सुविधाहरू -नेपाली-विकिपिडियामा पनि उपलब्ध छन्। लेखन सामग्रीको लागि नेपाली विकिपिडियामा पनि अन्य भाषाहरूको नै सामान्य निर्देश लागू हुन्छन्।
  2. कुनै उद्धरण दिनका अतिरिक्त कहीँ पनि आत्मकथात्मक शैलीमा नलेख्नुहोस्। सधैँ अन्य पुरुष शैलीमा नै लेख्नु पर्दछ।
  3. नेपाली विकिपिडिया आफ्नो प्रारम्भिक अवस्थामा छ, प्रयोगकर्ताले अन्य भाषाहरू विकिपिडियाबाट सामानान्तर लेखहरूको परिचय तथा आधारभूत तथ्यहरूलाई लिन सक्छन् र साना लेखहरूको अनुवाद गर्न सक्छन्।
  4. नेपालमा वा विश्वमा र कहीँ पनि अधिकतर कम्प्युटर प्रयोगकर्ताहरूद्वारा पश्चिमी शैलीको कुञ्जीपाटी उपयोग गरिन्छ, हाम्रो सल्लाह यो छ (सल्लाह मान्नु अनिवार्य छैन) कि सफ्टवेयरले चल्ने आभासी कुञ्जीपाटी प्रयोगमा ल्याउनुहोस् । नेपाली टाइपिङ गर्न मानक किबोर्ड इनस्क्रिप्ट हो जबकि नयाँ प्रयोगकर्ताहरूमा गुगल आइएमई सर्वाधिक लोकप्रिय छ यसको फायदा यो छ कि यो फोनेटिक टाइपिङ उपकरण हो, अनि अधिकतर नेपाली भाषी चैट/मैसेजाहरूमा नेपाली लेख्नमा पनि रोमन लिपिको प्रयोग गर्छन् । उदाहरणको लागि, यस प्रकारका औजारहरूमा सामान्य कीबोर्डको प्रयोगद्वारा, ga टाइप गरे पछि तथा ghaa टाइप गरे पछि घा आफैं बन्छ । अधिक जानकारीको लागि यो लेख तथा नेपाली टाइपिंग पढ़नुहोस् । यस अतिरिक्त विकिपिडियामा नेपाली टाइप गर्न एक अन्तर्निमित टूल पनि लगाइएको छ ताकि कुनै अन्य टूल उपलब्ध न भए पनि प्रयोगकर्ताले यसमा पनि नेपाली लेख्न सकून्।
  5. लेखनमा अशुद्धिहरूबाट यथा सम्भव बच्ने प्रयत्न गर्नुहोस्। नेपालीमा हिज्जेको विविधता, गलत हिज्जेहरूको प्रिन्ट मिडियामा पाइन्छ तथा टाइपिंग टूलको कारणले हुने त्रुटि प्राय: देखिन्छ। केही सर्वाधिक प्रचलित गल्तीहरूको बारेमा जान्न यो लेख हेर्नुहोस - नेपालीमा सामान्य त्रुटिहरू
  6. लेखको निर्माण गर्दा खेरी लेखको नाम नेपालीमा नै राख्नुहोस् । उर्दू वा अन्य विदेशी भाषाहरूका शब्दहरूको लागि जहाँ आवश्यक छ, सही हिज्जे राख्नुहोस् । गैर-भारतीय नामहरूको लागि लेखको शीर्षकको निम्ति त्यो हिज्जे प्रयोग गर्नुहोस् जसलाई शुद्ध मानिएको छ तथा जुन हिज्जे समाचार पत्रहरू, सामान्य ज्ञानका पुस्तकहरू, टीवी चैनलहरू आदिमा सामान्य रूपले प्रचलित छन्, उसलाई शुद्ध नाममा पुनर्निर्देशित गर्नुहोस्। उदाहरणको लागि: अमरिका (प्रचलित)को अमेरिका (शुद्ध)मा पुनर्निर्देशित गर्नुहोस्। (#अङ्ग्रेजीको एक्रोनिम/लघु रूपहरूको निम्ति रोमन लिपिमा छोटा नाम भएका पृष्ठहरू बनाउनुहोस् तथा फेरि त्यसलाई नेपालीमा पूरा नाममा पुनर्निर्देशित गर्नुहोस्। उदाहरणको लागि आइपीएलाई अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमालामा पुनर्निर्देशित गर्नुहोस् । युएनओलाई संयुक्त राष्ट्र संघमा आदि। नेपालीमा संक्षिप्त नाम यथा सं० रा० सं० राम्रो लाग्दैन, हुनत जब छोटोरूप भएको नामनै मुख्यतया: प्रचलित छ भने त्यो नामबाट पनि लेख बनाउन सकिन्छ जस्तै आइआरसी । लेखको नाममा यदि कुनै शब्दको संक्षिप्त रूप लेख्नु परे उपर्युक्त चिह्न, संक्षेप चिह्न (०)को उपयोग गरिनु पर्छ, फुलस्टप (.)को हैन । हेर्नुहोस, नेपालीमा सामान्य गलतिहरू#फुलस्टप तथा संक्षिप्त चिह्नको गलती । उदाहरणको लागि ड० राजेन्द्र प्रसाद लेख्नुहोस्, ड. राजेन्द्र प्रसाद होइन।
  7. सामान्य नेपाली - शुद्ध नेपाली: नेपाली विकिपिडियामा लेख प्रतिदिनको सामान्य नेपाली लेखिनु पर्छ। हुनत प्रविधि तथा विशेष शब्दावली हेतु शुद्ध संस्कृतिनष्ठ नेपालीको नै प्रयोगको संस्तुति गरिन्छ। नामहरूको पछि आदरसूचक जी न लगाउनुहोस् यो अविश्वकोषिक हो अर्थात कृष्ण/श्री कृष्ण तर कृष्ण जी नलेख्नुहोस्। आदरणीय व्यक्तिहरूको बारेमा लेख्ता तपाईं तथा यसको समकक्ष प्रथम पुरुष शब्द-संयोजनको प्रयोग गर्नुहोस् जस्तै श्री वाजपेयी मध्य प्रदेशमा जन्मेका थिए न कि वाजपेयी मध्य प्रदेशमा जन्मेको थियो तर "तपाईं" सर्वनामको प्रयोग आत्मकथाको अंशहरूमा नगर्नुहोस्।
  8. अङ्ग्रेजीको उपयोग आवश्यक भए मात्र गर्नुपर्छ यदि त्यसको समकक्ष शुद्ध नेपाली शब्द उपलब्ध छैन भनें अथवा धेरै कठिन एवं सामान्यतया प्रयोगमा न आउने खाले भए वा अङ्ग्रेजी शब्द कुनै अभारतीय व्यक्ति/स्थान/शब्दावली/शीर्षकको समुचित नाम भए वा यदि प्रयोक्ताको समुचित अनुवाद बारे उच्च आशंका भए। लिप्यन्तरण हेतु बेलायती अङ्ग्रेजी तथा यसको मूल उच्चारणको उपयोग गर्नुहोस्।
  9. संधै लेखको पहिलो एक वा दुई पंक्तिहरू यसको परिभाषा (कुनै मानक शब्दकोष वा अन्य विकिपिडियाबाट) वा उपयुक्त परिचयदिंदै लेख्नुहोस्। अर्थात ललिता सहस्रनामन हिन्दू धर्मसुधारक आदि शंकराचार्य द्वारा रचित देवी दुर्गाको समर्पित एक पूजा-मन्त्र हो, जसलाई धेरै हिन्दू प्रतिदिन श्रद्धासित जप गर्छन्। न कि: ललिता सहस्रनामन मन्त्र जप्नको लागि लड्डू-पेडा, ताम्बुल, सिन्दूर, रातो चुनरीसंग नित्य यस मन्त्रको पाठ गर्नुहोस्, त चाँडै नै कडा भएको खजाना मिल्नेछ। संस्तुति: वैमानिक अभियान्त्रिकी विमानहरूको अभिकल्पना, निर्माण र प्रचालन गर्नको विज्ञान, कला र कार्य हो। (Eng. Webster's New World Dictionary बाट अनुवादित) न कि: आजकल वैमानिक अभियान्तिरकीको लागि देशभरमा धेरै कलेज खुलेकाछन्, जसमा अग्रणी स्थान यूटोपीया स्थित लालू-यादव टैक्निकल कलेजको हो।
  10. देश, शहर, स्थान, भाषा, व्यक्ति, किताब, फिल्म, प्रविधि शब्दावली तथा मिथकको नामहरू हेतु लेखको यस प्रकार आरम्भ गर्नुहोस्।
    • 1. नाम बोल्डमा ('''अपोलो''')
    • 2. मूल नाम मूल लिपिमा यदि भए, प्राथमिक रूपले इटैलिकमा समकक्ष नेपाली उच्चारण सहित ([[:en:Phonetic transcription|phonological transcription]]). ([[यूनानी भाषा|यूनानी]]: Aπollων ''अपोल्लोन'')
    • 3. बाकी परिभाषा वा परिचय (प्राचीन [[यूनानी धर्म]] (ग्रीक धर्म) र प्राचीन [[रोमन धर्म]]का सर्वोच्च देवता थिए।) देशको नामको लागि पहिलो पंक्तिमा केवल मानक लघुरूपको नै आवश्यकता छ। यदि कुनै कठिन शब्द हेतु हिन्दुस्तानीमा सामान्य नाम भए यसको उल्लेख गर्नुहोस्। यसैले: अपोलो (यूनानी: Aπollων अपोल्लोन) प्राचीन यूनानी धर्म (ग्रीक धर्म) र प्राचीन रोमन धर्मका सर्वोच्च देवता थिए।
  11. कृपया कुनै पनि लेखको बिना उपयुक्त श्रेणीको ना छोडें। मौजूदा श्रेणिहरूको सूची यहाँ हेर्नुहोस; तपाईं नयाँ श्रेणी पनि बनाउन सक्नुहुन्छ। कृपया कुनै पनि लेखलाई कम भन्दा कम एक अफ़ पेजको बिना नछोडनुहोस् (जस्तै en:) अन्तरविकि लिंक जसबाट प्रयोक्ता लेखको नाम (जस्तै अपोलो)को अन्ततः पुनर्निर्देशित अंग्रेजी पॄष्ठमा हेर्न सकिन्छ तथा नेपाली लेखमा जोडन सकिन्छ ([[en:Appolo]]))। यो अन्तरभाषिक लिङ्क कुनै बटको सबै विकिपिडियामा त्यस लेखको सबै अन्तरविकि लिंकहरूलाई अद्यतन गर्नमा सहायता गर्नेछ। लेखको अन्तमा श्रेणी तथा उल्लेखित लिंक टाइप गरिनु पर्छ। यदि लेख धेरै सानो छ भने यसलाई एक आधार वा उप-आधारको रूपमा उल्लेख गर्नुहोस्। यसो गर्न लेखको अन्तमा {{आधार}} वा {{ठुटो}} लेख्नुहोस्।
  12. ढाँचाको प्रयोगको अनुशंसा (Recommend) गरिन्छ। ढाँचाको सूची यहाँ हेर्नुहोस। यदि कुनै नया ढाँचा बनाउनु हुँदैछ भने यसको नाम जहाँसम्म हुन सक्छ, नेपालीमा दिनुहोस्।
  13. वाक्यको समाप्ति हेतु पूर्णविराम (।)को प्रयोग गर्नुहोस्, पीरियड/फुलस्टप (। )को होइन। पूर्णविराम, semicolon, colon तथा dash (परन्तु comma होइन) अन्तिम शब्दका तत्काल पछि, बिना स्पेस आउँछ। यस सम्बंधमा यो तथा यो जानकारी हेर्नुहोस्।
  14. सामान्यतया संस्कृत शव्दहरूका अन्तमा आउने भएका हलन्तलाई छोड्न सकिन्छ अर्थात संसद्का स्थानमा संसद, महान्का स्थानमा महान हुनसक्छ। तर लेखको शीर्षक यदि शुद्ध रूपमा हलन्त युक्त छ भनें त्यही राख्नुहोस् जस्तै रामेश्वरम्
  15. इन्सर्ट टूलबक्सबाट उपयुक्त उद्धरण चिह्न “”को प्रयोग गर्नुहोस् न कि ""को (किनभने यी विकिमार्कअपमा प्रयुक्त हुन्छ)।
  16. तिथिहरूलाई २ मे २००६ (ईसवी वा ईसापूर्व)का रूपमा लेख्नुहोस्। ईसवी लेख्न छोड्न सक्नुहुन्छ तर यदि ईसापूर्वको प्रसङ्ग छ भने लेख्नु आवश्यक छ। समयलाई ३:५५ पूर्वाह्नका रूपमा लेख्नुहोस्।
  17. सामान्य प्रत्यय भएका शव्दहरूलाई हाइफन (-)बाट अलग गर्नुहोस् जस्तै शास्त्र, विज्ञान, ज्ञान जस्तै: रसायन-शास्त्र। अन्य अधिकतरका लागि संज्ञा-युग्मका दुइटै शव्दहरूलाई अलग छोडियोस्, यदि तिनलाई सामान्य तौरमा जोड़िन्छ भनें एकट्ठा गरिदिनुहोस् जस्तै: सामवेद।
  18. निम्न अंग्रेजी स्वरहरूका लागि met, mate, mat, मेट (ह्स्व स्वर, short vowel)को प्रकार ट्राँस्क्राइब गर्नुहोस्, मेट (मेइट हैन), waitलाई वेट (वेइट हैन)। cot, coat, caught, आदिलाउनई कट, कोट, कटको प्रकार ट्राँसक्राइब गर्नुहोस् (कौट हैन)। अंग्रेजी /t/, /d/, /f/ and /z/लाई ट, ड, फ़ तथा ज़ ट्राँस्क्राइब गर्नुहोस्।। उदाहरण: hat छट, mad मैड, fall फ़ॉल, hasn't छज़ंट आदि।
  19. विकिपिडियाको परम्पराका अनुसार संस्कृत, धर्म तथा भारतीय संस्कृति सम्बंधी लेखहरूमा पञ्चमाक्षरहरूको प्रयोग हुनु पर्छ जबकि विज्ञान, गणित,तकनीक आदि सम्बंधी लेखहरूमा सरलता हेतु आधुनिक नेपालीको प्रयोग गर्न सकिन्छ।
  20. लेखका शीर्षक (नाम)लाई शुद्ध उच्चारण तथा वर्तनीको दृष्टिबाट पञ्चमाक्षरमा राखियोस्, चाहे त्यो कुनै पनि विषयबाट सम्बंधित होस्। खोज तथा पुनर्निर्देशन हेतु आधुनिक वर्तनी भएका नामलाई पारम्परिक (शुद्ध) पञ्चमाक्षर भएका शीर्षकमा पुनर्निर्देशित गरिदिनुपर्छ ताकि शुद्ध उच्चारण एवं वर्तनी रहोस्। उदाहरणका लागि पंडितलाई पण्डितमा पुनर्निर्देशित गर्नु पर्दछ। यसका अतिरिक्त लेखका आरम्भमा कोष्ठकमा वैकल्पिक आधुनिक वर्तनी पनि दिनुपर्छ।
  21. यदि मात्रा वर्णका माथि छैन भने चन्द्रबिन्दु (ँ)को प्रयोग गर्नुहोस् परन्तु केवल nasalizationका लागि अर्थात आँखा न कि आंखा
  22. जब अन्य स्वरका पछि छ भने यसको बद्ली स्वरको पनि प्रयोग गर्न सकिन्छ (जबसम्म कि य स्पष्ट रूपबाट उच्चारित नभएमा)।
  23. कृपया क्रियाविशेषणहरू तथा क्रियाहरूमा पुल्लिंग/स्त्रीलिंग तथा एकवचन/बहुवचनमा विशेष ध्यान दिइयोस्। क्रियाविशेषण तथा क्रियाहरूमा अन्यथा वाक्य व्याकरणको दृष्टिबाट अशुद्ध बनिन्छ।
  24. लेखका शीर्षक केवल नेपाली (देवनागरी)मा नै राख्नुपर्छ। रोमनमा शीर्षक धेरै नै विशिष्ट स्थितिहरूमा राखियोस्।
  25. यदि लेखका शीर्षकको कुनै प्रचलित संक्षिप्त नाम छ भने त्यसलाई पूरा नाम भएका पन्नाहरूतर्फ पुनर्निर्देशित गर्नुपर्छ। उदाहरणका लागि आइपीएलाई अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला तर्फ।

हामी आशा गर्दछौँ कि तपाईलाई विकिपिडियामा सम्पादन गर्न, सुधार्न तथा योगदान दिनमा आनन्द अनुभव हुनेछ।

तलका पनि हेर्नुहोस