नेपाली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अन्य प्रयोगको लागि, नेपाली (स्पष्टता) हेर्नुहोस्।
नेपाली

Buddha.jpgStatue of Araniko in Miaoying Temple.jpgLekhnath Paudyal.jpg Tribhuvan.jpgMadan bhandari.jpg
Anuradha.jpgRajesh Hamal.jpgBollywood Actress Manisha Koirala.jpgSugam-Pokharel.jpg

माथि: बुद्ध · अरनिको · लेखनाथ पौड्याल · राजा त्रिभुवन · मदन भण्डारी ·

तल: अनुराधा कोइराला · राजेश हमाल · मनिषा कोइराला · सुगम पोखरेल

जम्मा जनसङ्ख्या
३.५ करोड
बसोबास क्षेत्रहरु
 नेपाल २९,५१९,११४
 भारत ४,१००,०००
 बर्मा ४०००,०००
 साउदी अरब ३५०,०००
 मलेशिया ३००,०००
 अमेरिका ११०,६१६
 जापान १००,०००
 कतार १००,०००
 संयुक्त अरब इमिरेट्स ५०,०००
 बेलायत ५०,०००
 चीन २०,३४८
 हङकङ १५,९५०
 भुटान ११,०००
 दक्षिण कोरिया १०,०००
 अष्ट्रेलिया ७,०००
 क्यानडा ३,७८०
 पाकिस्तान १,००० [१]
भाषा

नेपाली भाषा, अङ्ग्रेजी

धर्म

मुख्तः हिन्दु धर्म
अन्य: बुद्ध धर्म
ईसाई धर्म
इस्लाम धर्म

नेपाली नेपाल देशका जनतालाई जनाउँने विशेषण हो।[२] नेपाली राष्ट्रियता कानुन अनुसार पर्ने नेपालका नागरिकहरू नेपाली हुन् । नेपालको संविधान अनुसार नागरिक अधिकार प्राप्त गर्ने सबै मानिसहरू नेपाली नागरिक हुन्। नेपाली जातियता नभई राष्ट्रियता हो। नेपाल राष्ट्रप्रति निष्ठा राख्ने व्यक्तिहरूलाई सामान्य रूपमा नेपाली भनिन्छ। तर केही गैरनागरिक नेपाली (जस्तै अनाथ नागरिकताविहीन नेपाली), दोहोरो नागरिक, विदेशिएका नेपालीहरू, आदि पनि नेपाली संज्ञाभित्रै पर्छन् वा पर्न सक्छन् ।

व्युत्पन्न[सम्पादन गर्ने]

लोक मान्यता अनुसार ने नामक ऋषिले पालेको भूमिलाई नेपाल भनिएको हो भनिन्छ । यही नेपाल शब्दको विशेषण नेपाली हो ।

राष्ट्रिय इतिहास[सम्पादन गर्ने]

राजा पृथ्वीनारायण शाह, नेपालको राष्ट्रनिर्माता

राजा पृथ्वीनारायण शाहको एकीकरणबाट नेपाल राष्ट्रको निर्माण भएको थियो। त्यसपछि नेपाली शब्दको प्रयोग नेपाल देशका नागरिकका निम्ति भयो। सम्पूर्ण क्षेत्रिय संज्ञा जस्तै, गोरखाली, कास्केली, जुम्ली, कान्तिपुरे, आदि नेपालीमा मिसिन गयो। त्यो सँगै खस कुरा जसलाई गोरखाली भाषा भनिन्थ्यो आधिकारिक नेपाली भाषा बन्न पुग्यो।

नेपाली गणको उत्पत्ति[सम्पादन गर्ने]

नेपाली आर्य मूलनिवासी महिला सन् १९०० मा
लिम्बु पुरुष र महिला १९औं शताब्दीमा

नेपालीका वंशजहरू आरम्भको विशाल नेपाल, तिब्बत, भारत, इरान, बर्मा, चीनमध्य एसिया बाट नेपालको क्षेत्रिय सामुदायिक जनसङ्ख्यासँग मिसिएका हुन्। नेपाली दुई मुख्य भाषा परिवारका सदस्य हुन्; इन्डो-आर्यन भाषा परिवारभोट-बर्मेली भाषा परिवारइन्डो-आर्यन भाषा परिवार भारोपेली भाषा परिवारको एक शाखा हो र यस बोली बोल्ने जनता इन्डो-यूरोपियन (भारोपेली) ककेसियन नश्लका हुन्। त्यस्तै भोट-बर्मेली भाषा परिवारका मातृभाषी मंगोलियाई नश्लका हुन्।

विदेशमा रहेका नेपाली[सम्पादन गर्ने]

नेपालीहरू भारतबर्मामा ठूलो सङ्ख्यामा छन् । यसको प्रमुख कारण गोरखाली सैनिक भर्ती अनुसार विदेशिएका नेपालीहरू हुन् । थुप्रै नेपालीहरू खाडी मुलुक, मलेशिया, सं रा. अमेरिका, अस्ट्रेलिया, बेलायत र जापान जस्ता मुलुकमा रोजगार र शिक्षाका निम्ति पलायन भएका छन् ।

नेपालमा रहेका विदेशी[सम्पादन गर्ने]

त्यस्तै चीनको तिब्बत, भुटानभारत राष्ट्रबाट थुप्रै मानिसहरू आएर बसोबास गरेका छन् । यसमध्ये थुप्रै शरणार्थीका रूपमा आएका थिए ।

सन्दर्भ साम्रगीहरू[सम्पादन गर्ने]