नेपाली भाषा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
नेपाली
नेपाली Nepālī
बोलिने क्षेत्रहरू: नेपाल, भारत, भुटान
क्षेत्र: दक्षिण एशिया
कुल प्रयोगकर्ता: मातृभाषी - १.७ करोड[१], कुल - करिब ४ करोड

मुन पौश 

श्रेणी ५६
भाषा परिवार: भारोपेली भाषा परिवार
 भारतीय-इरानी
  भारतीय-आर्य
   पहाडी(उत्तरी क्षेत्र)
    पूर्वी पहाडी
     नेपाली
Language codes
ISO 639-1: none
ISO 639-2:
ISO 639-3:

नेपाली भाषा नेपालको राष्ट्रभाषा र सम्पर्क भाषा (en:Lingua Franca) तथा भारत, भुटानबर्माको केही भागमा मातृभाषाको रूपमा बोलिने भाषा हो । यो भाषा भारोपेली भाषा परिवार समूहमा पर्दछ । यो भाषा नेपाल र भारतको आधिकारीक (सरकारी काम काजको) भाषा हो । नेपालका करिब आधा जनसंख्याले आफ्नो मातृभाषाको रूपमा यो भाषा बोल्ने गर्दछन् । देवनागरी लिपिमा लेखिने यो भाषामा २ किसिमका वर्णमाला छन् । स्वरवर्णमा १२ र व्यञ्जनवर्णमा ३६ वटा वर्णहरू रहेका छन् । अक्षरको लेखन र उच्चारण एउटै हुने यो भाषा सिक्न असाध्यै सजिलो भएका कारण यसको लोकप्रियता बढेको हो ।

नेपाली भाषा विभिन्न समयमा विभिन्न नामले चिनिन्थ्यो । खस कुरा, पर्वते भाषा तथा गोर्खाली भाषा आदि। यी मध्ये खस कुरा सबैभन्दा पुरानो नाम हो। खस जातिहरूले बोल्ने भाषा भएको हुनाले यसलाई खस भाषा भनिएको हो । यो भाषा पश्चिम नेपालको कर्णाली क्षेत्रमा विकसित भएर पूर्वतर्फ फैलदै गएको हो । खस कुरा पश्चिम नेपालको मगर जातीहरूले बोल्ने भाषा खाम कुरा सँगै विकसित भएर अगाडि बढेको मानिन्छ ।

इतिहास[सम्पादन गर्ने]

यो नेपाली भाषा होइन , यो खस भाषा हो , यो बाहुन क्षत्रीको मात्रै भाषा हो

व्याकरण[सम्पादन गर्ने]

नेपाली साहित्य लाई नेपाली उखान-टुक्का तथा गाउँ खाने कथा आदिले एकदमै रोचक र धनी बनाएको छ ।

  • पुरुष: प्रथम पुरुष = म, हामी ; द्वितीय पुरुष = तँ, तिमी, तपाईँ; तृतीय पुरुष = ऊ, उनी, उनीहरू
  • वचन : एक वचन = म, तिमी, ऊ, उनी, तिनी, त्‍यो ; बहु वचन = हामी, तिमीहरू, उनीहरू, तिनीहरू


                                      अनुस्वार,  लेखन  र उच्चारण विधि 
  कं                    ं

अनुनासिक वर्ण अनुस्वार वर्णक अ + ङ्  अ + ं (अनुस्वार ) अं ( अङ्), क + ङ्  क + ं ( अनुस्वार ) कं ( कङ् ) l अनुनासिक अक्षर  :  कं खं गं घं ङं क्षं ( अनुनासिक उच्चारण अर्ध ङ / ङ् ), चं छं जं झं ञं ज्ञं ( अनुनासिक उच्चारण अर्ध ञ / ञ् ), टं ठं डं ढं णं ( अनुनासिक उच्चारण अर्ध ण / ण्), तं थं दं धं नं त्रं ( अनुनासिक उच्चारण अर्ध न / न् ), पं फं बं भं मं यं रं लं वं शं षं सं हं ( अनुनासिक उच्चारण अर्ध म / म् ), स्पर्स वर्णका अर्ध अनुनासिक वर्ण आ - आफ्नै वर्गका अघि हुँदा अनुसार उच्चारण हुँदछ ।

(स्पर्स वर्ण क देखि म सम्मका २५ अक्षर \ अनुनासिक अक्षर    ङ ञ ण न म )

क वर्गका पाँच अक्षर  ‘ क ख ग घ ङ ’ (अर्ध ङ अनुनासिक वर्ण ) कण्ठ्य उच्चारण । क वर्ग अक्षर, अनुस्वार उच्चारण हुँदा अर्ध ङ / ङ् वर्ण अघि, ‘ क ख ग घ ङ ‘ वर्ण पछि हुँदछ । जस्तै  अङ्क,पङ्खा, गङ्गा, उलङ्घन, टङ्ङ ( अंक, पंखा, गंगा, उल्लंघन, टंङ ) आदि च वर्गका पाँच अक्षर  ‘ च छ ज झ ञ ’ (अर्ध ञ अनुनासिक वर्ण ) तालव्य उच्चारण । च वर्ग अक्षर, अनुस्वार उच्चारण हुँदा अर्ध ञ / ञ् वर्ण अघि, ‘ च छ ज झ ञ ‘वर्ण पछि हुँदछ । जस्तै  अञ्चल, हुञ्छ, जनरञ्जन, झञ्झट ( अंचल , हुंछ , जनरंजन , झंझट ) आदि ।

ट वर्गका पाँच अक्षर  ‘ ट ठ ड ढ ण‘ ( अर्ध ण अनुनासिक वर्ण ) मुर्धन्य उच्चारण । ट वर्ग अक्षर, अनुस्वार उच्चारण हुँदा अर्ध ण / ण् वर्ण अघि, ‘ ट ठ ड ढ ण ’ वर्ण पछि हुँदछ । जस्तै  कण्टक , कण्ठ , डण्ड , ( कंटक , कंठ , डंड ) आदि । त वर्गका पाँच अक्षर  ‘ त थ द ध न ‘ (अर्ध न अनुनासिक वर्ण ) दन्त्य उच्चारण । त वर्ग अक्षर, अनुस्वार उच्चारण हुँदा अर्ध न / न् वर्ण अघि, ‘ त थ द ध न ’ वर्ण पछि हुँदछ । जस्तै  सन्त, पन्थ, कन्द, अन्ध, अन्न, तन्त्र, मन्त्र (संत, पंथ, कंद, अंध, अंन,तंत्र, मंत्र) आदि ) । प वर्गका पाँच अक्षर  ‘ प फ ब भ म ‘ (अर्ध म अनुनासिक वर्ण ) ओषठ्य उच्चारण । प वर्ग अक्षर, अनुस्वार उच्चारण हुँदा अर्ध म / म् वर्ण अघि ,‘ प फ ब भ म’ वर्ण पछि हुँदछ । जस्तै  कम्प, पम्फा , गुम्बा , सम्भव , टम्म ( कंप , पंफा , गुंबा , संभव , टंम ) आदि । अंतस्थ वर्णका चार अक्षर  ’ य र ल व ‘ (अर्ध म अनुनासिक वर्ण ) । अंतस्थ वर्ण, अनुस्वार उच्चारण हुँदा अर्ध म / म् वर्ण अघि, ‘ य र ल व ‘ वर्ण पछि हुँदछ । जस्तै  सम्यम, ;सम्रक्षण , सम्लाप, सम्वहन, (संयम, संरक्षण, संलाप, संवहन ) आदि । उष्म वर्णका तिन अक्षर  ‘श ष स’ तालव्य ‘श ’मुर्धन्य‘ष’ दन्त्य ‘ स ‘(अर्ध म अनुनासिक वर्ण ) उष्म वर्ण अनुस्वार उच्चारण हुँदा अर्ध म / म् वर्ण अघि र श ष स वर्ण पछि हुँदछ । जस्तै  वम्श , कम्स , सम्सार ( वंश , कंस , संसार ) आदि । प्राण वर्ण एक अक्षर  ‘ ह ‘ (अर्ध म अनुनासिक वर्ण ) प्राण वर्ण अनुस्वार उच्चारण हुँदा अर्ध म म् \ )वर्ण अघि , ह वर्ण पछि हुँदछ । जस्तै  सम्हार , सिम्ह (संहार, सिंह ) आदि ।


                चन्द्र बिन्दु, उच्चारण  र  लेखन विधि 
             चन्द्र बिन्दु          ँ     

अर्ध ञ (ञ् / ) वर्णको चिन्ह चन्द्रबिन्दु  ँ ( नाक र मुखबाट एकै चोटि उच्चारण हुँदछ ) ।

                   अ +  ञ्    अ + ँ     अँ    ( उच्चारण   अञ्  ) 
                   क +  ञ्  ञ    क + ँ      कँ  ( उच्चारण   कञ् )

चन्द्र बिन्दु  ँ अक्षर  :  कँ खँ गँ घँ ङँ चँ छँ जँ झँ ञँ टँ ठँ डँ ढँ णँ तँ थँ दँ धँ नँ पँ फँ बँ भँ मँ यँ रँ लँ वँ शँ षँ सँ हँ क्षँ त्रँ ज्ञँ

शब्दकोष[सम्पादन गर्ने]

व्याकरण पुस्‍तकहरू[सम्पादन गर्ने]

विदेशमा नेपाली भाषा[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]

भाषाहरूको ISO कोड अथवा यो हेर्नुहोस्

सन्दर्भ सामग्री[सम्पादन गर्ने]