सामग्रीमा जानुहोस्

संस्कृत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(शास्त्रीय संस्कृतबाट अनुप्रेषित)
संस्कृत
संस्कृत-, संस्कृतम्
(माथि) १९औँ शताब्दीको सचित्र संस्कृत पाण्डुलिपि श्रीमद्भगवद गीताबाट लिइएको थियो, जुन इस्वी संवत् पछि संस्कृत भाषा आएको हो (तल) तेस्रो सबैभन्दा पुरानो संस्कृत महाविद्यालय, कलकत्ताको १७५औँ वार्षिकोत्सवको टिकट। सबैभन्दा पुरानो सन् १७९१ मा बनारस संस्कृत संस्कृत महाविद्यालयको रूपमा स्थापना भएको थियो।
क्षेत्रदक्षिण एसिया (प्राचीन र मध्ययुगीन), दक्षिणपूर्व एसिया (मध्ययुगीन)
मातृभाषी वक्ता
पुनरुद्धारसंस्कृतको कुनै पनि स्थानीय भाषा बोल्नेहरू छैनन्।
प्रारम्भिक रूप
देवनागरी लिपि (वर्तमान दिन)। मूल रूपमा मौखिक रूपमा प्रसारित। ईपूर्व पहिलो शताब्दीसम्म लिखित रूपमा प्रमाणित गरिएको छैन, जब यो ब्राह्मी लिपिमा लेखिएको थियो, र पछि विभिन्न ब्राह्मी लिपिहरूमा।
सरकारी दर्जा
आधिकारिक भाषा
भारत (राज्य-अतिरिक्त अधिकारी)
अल्पसङ्ख्यक भाषाको
रूपमा मान्यता
भाषा सङ्केतहरू
आइएसओ ६३९-१sa
आइएसओ ६३९-२san
आइएसओ ६३९-३san
ग्लोटोलगसंस्कृत[]
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

संस्कृत (गुणात्मक रूपमा संस्कृत-; नाममात्रको संस्कृतम्) योभाषा देवता हरु सँग सम्बन्धित एक शास्त्रीय भाषा हो। जसलाई देवभाषा पनि भनिन्छ। संस्कृत भाषा सनातन धर्मको पवित्र भाषा, शास्त्रीय हिन्दु दर्शनको भाषा, र बौद्ध धर्मजैन धर्मका ऐतिहासिक ग्रन्थहरूको भाषा हो। यो प्राचीन र श्रृष्टिको एक मात्र पहिलो भाषा थियो, र दक्षिणपूर्व एसिया, नेपालभारतमा हिन्दु र बौद्ध संस्कृतिको प्रसारण पछि, यो धर्म र उच्च संस्कृतिको भाषा बन्यो, र यी क्षेत्रहरू मध्ये केहीमा राजनीतिक अभिजात वर्गको भाषा बन्यो। फलस्वरूप, संस्कृतले दक्षिण एसिया, दक्षिणपूर्व एसिया र पूर्वी एसियाका भाषाहरूमा, विशेष गरी तिनीहरूका औपचारिक र सिकेका शब्दावलीहरूमा स्थायी प्रभाव पाऱ्यो।

संस्कृतले सामान्यतया धेरै पुरानो आर्य भाषाका प्रकारहरूलाई सङ्केत गर्दछ। यीमध्ये सबैभन्दा पुरातन ऋग्वेदमा पाइने वैदिक संस्कृत हो, जुन इस्वी संवत् पछि मात्र संस्कृत भाषा आएको हो। आर्य जनजातिहरू द्वारा रचित १,०२८ भजनहरूको सङ्ग्रह हो जुन हालको अफगानिस्तानबाट उत्तरी पाकिस्तान र उत्तर-पश्चिमी भारतमा बसाइँ सरेका थिए। वैदिक संस्कृतले उपमहाद्वीपको पूर्व-अस्तित्वमा रहेका प्राचीन भाषाहरूसँग अन्तरक्रिया गर्यो, नयाँ सामना गरिएका वनस्पतिहरू र जनावरहरूको नामहरू अवशोषित गर्यो; यसबाहेक, प्राचीन द्रविड भाषाहरूले संस्कृतको स्वरविज्ञान र वाक्यरचनालाई प्रभावित गरेका थिए।

संस्कृत शब्दले शास्त्रीय संस्कृतलाई पनि अझ संकीर्ण रूपमा उल्लेख गर्न सक्छ, एक परिष्कृत र मानकीकृत व्याकरणिक रूप जुन ईपूर्व पहिलो शताब्दीको मध्यमा देखा पर्यो र प्राचीन व्याकरणको सबैभन्दा व्यापक, पाणिनीको अष्टाध्यायीमा संहिताबद्ध गरिएको थियो। संस्कृतका महान् नाटककार कालिदासले शास्त्रीय संस्कृतमा लेखे र आधुनिक अङ्कगणितको जग सर्वप्रथम शास्त्रीय संस्कृतमा वर्णन गरिएको थियो। दुई प्रमुख संस्कृत महाकाव्यहरू, महाभारतरामायण, तथापि, महाकाव्य संस्कृत नामक मौखिक कथा शैलीरहरूको एक शृङ्खलामा रचना गरिएको थियो जुन दोस्रो सताब्दी देखि 18औं सताब्दी मा लेखिएको थियो। उत्तरी भारतमा प्रयोग गरिएको थियो, र लगभग शास्त्रीय संस्कृतको साथ समकालीन थियो। त्यसपछिका शताब्दीहरूमा, संस्कृत परम्परा-बन्धित भयो, पहिलो भाषाको रूपमा सिक्न बन्द भयो, र अन्ततः जीवित भाषाको रूपमा विकास गर्न बन्द भयो।

इरानेली र युनानी भाषाका परिवारका अधिकांश पुरातन कविताहरू, पुरानो अवेस्तानका गाथाहरू र होमरका इलियाड विशेष गरी ऋग्वेदका भजनहरूसँग मिल्दोजुल्दो छन्। ऋग्वेदलाई असाधारण जटिलता, कठोरता र निष्ठाको स्मरण गर्ने विधिद्वारा मौखिक रूपमा प्रसारित गरिएको हुनाले, विभिन्न पाठहरू बिना एकल पाठको रूपमा, यसको संरक्षित पुरातन वाक्य रचना र आकृति विज्ञान सामान्य पूर्वज भाषा आदिम भारोपेली भाषाको पुनर्निर्माणमा महत्त्वपूर्ण महत्वको छ। संस्कृत विभिन्न ब्राह्मी लिपिहरूमा लेखिएको छ, र आधुनिक युगमा सामान्यतया देवनागरीमा लेखिएको छ।

भारतको सांस्कृतिक सम्पदामा संस्कृतको स्थिति, कार्य र स्थानलाई भारतको आठौँ अनुसूची भाषाहरूको संविधानमा समावेश गरेर मान्यता दिइएको छ। तथापि, पुनरुत्थानको प्रयासको बावजुद, भारतमा संस्कृतको पहिलो भाषा बोल्नेहरू छैनन्। भारतका हालैका प्रत्येक दसवर्षीय जनगणनामा हजारौँ नागरिकले संस्कृतलाई आफ्नो मातृभाषाको रूपमा लिखित गरेका छन्, तर यो सङ्ख्याले भाषाको प्रतिष्ठासँग जोडिने इच्छालाई सङ्केत गर्दछ। परापूर्वकालदेखि नै परम्परागत गुरुकुलमा संस्कृत भाषाको पढाइ हुँदै आएको छ। यो आज माध्यमिक विद्यालय स्तरमा व्यापक रूपमा सिकाइएको छ। सबैभन्दा पुरानो संस्कृत कलेज बनारस संस्कृत कलेज हो जसको स्थापना सन् १७९१ मा इस्ट इन्डिया कम्पनीको शासनकालमा भएको थियो। हिन्दु र बौद्ध भजन र मन्त्रहरूमा संस्कृतलाई औपचारिक र कर्मकाण्डी भाषाको रूपमा व्यापक रूपमा प्रयोग गरिएको छ।

एसिया को प्राचीनतम् ग्रन्‍थ 'ऋग्वेद' (ठीक काल निर्णय गर्न नसकिने र कसैले ईशा पूर्व भनेको छ) संस्‍कृत भाषामा नै रचिएको हो। ऋग वेद को सबै भन्दा पुरानो लिपि १४६४ ई.पू. को भेटीएको छ। त्यस्तै अन्‍य वेदहरू - यजुर्वेद, सामवेदअथर्ववेद - पनि संस्‍कृत भाषामै लेखिएका छन्। सबैभन्दा पुरानो जीवित संस्कृत व्याकरण पाणिनिको हो, जुन करिव ई.पू. ५०० मा रचिएको थियो। अधिकांश मानिस पाणिनिको अष्टाध्यायीबाट काव्य संस्कृतको आरम्भ मान्दछन्। अहिले मुख्यतया धार्मिक प्रयोजनको लागि मात्र प्रयोग गरिएपनि भारतवर्षमा संस्कृत हजारौँ वर्षदेखि बोलचालको भाषा रहँदै आएको थियो। यस भाषामा रचना गरिएको अमरकोष प्राचीनतम शब्दकोश हो।[][] हिन्दु तथा बुद्ध धर्मका प्रायजसो सबै ग्रन्थहरू संस्कृतमै लेखिएका छन्। संस्कृतको प्राचीनतम रूप वैदिक संस्कृत हो जो हिन्दु धर्मको प्रमुख ग्रन्थ वेदको भाषा हो। रामायण, महाभारतपुराण, काव्य संस्कृतमा लेखिएका छन्।

देवी माहत्म्य

संस्कृत भाषाको संस्कृत व्याकरण अत्यन्त परिमार्जित एवं वैज्ञानिक छ। धेरै प्राचीन कालबाट नैं अनेक व्याकरणाचार्यहरूले संस्कृत व्याकरणमा धेरै नैं लेखेका छन्। तर पनि पाणिनिको संस्कृत व्याकरणमा गरिएको कार्य सबैभन्दा प्रसिद्ध छ। पाणिनि संस्कृत भाषाका प्रसिद्ध व्याकरण शास्त्री हुन्। उनको जन्म लगभग ५००० वर्ष पहिले नेपालको हाल अर्घाखाँची जिल्लाको पणेना गाउपालिकामा भएको हो। उनको यही गाउँमा जन्म भएकोले नै यस गाउँपालिकाको नामाकरण पाणिनिको नाममा राखियको हो। उनले व्याकरण शास्त्रको रचना गरेका थिए जसलाई चार भागमा लेखिएको छ। पाणिनिद्वारा पहिलो माहेश्वर १४ सूत्रहरूको रचना भएको थियो। जसलाई महेश्वर (शिव)ले वरदान स्वरुप प्रदान गरेका थिए भनिन्छ। त्यसैले पहिलो रचनालाई माहेश्वरसूत्र भनिन्छ। दोस्रो अष्टाध्यायी जसमा आठ अध्याय र लगभग चार हजार सूत्र छन्। उनका अष्टाध्यायी कुनै पनि भाषाका व्याकरणको सबैभन्दा प्राचीन ग्रन्थ छ। संस्कृतमा संज्ञा, सर्वनाम, विशेषणक्रियाका धेरै प्रकारबाट शब्द-रूप बबनाइन्छन्, जो व्याकरणिक अर्थ प्रदान गर्दछन्। अधिकांश शब्द-रूप मूलशब्दका अन्तमा प्रत्यय लगाएर बनाइन्छन्। यस प्रकार यो भन्न सकिन्छ कि संस्कृत एक बहिर्मुखी-अन्त-श्लिष्टयोगात्मक भाषा हो। संस्कृतका व्याकरणलाई वागीश शास्त्रीले वैज्ञानिक स्वरूप प्रदान गरेकोछ।

ध्वनि-तन्त्र र लिपि

[सम्पादन गर्नुहोस्]

संस्कृत भारतको धेरै लिपिहरूमा लेखिंदै आएकोछ, तर आधुनिक युगमा देवनागरी लिपिका साथ यसको विशेष सम्बन्ध छ। देवनागरी लिपि वास्तवमा संस्कृतका लागि नैं बनेको हो, यस कारण यसमा हरेक चिह्नका लागि एक र केवल एक नैं ध्वनि छ। देवनागरीमा १२ स्वर र ३४ व्यञ्जन छन्। देवनागरीबाट रोमन लिपिमा लिप्यन्तरणका लागि दुइ पद्धतीहरू अधिक प्रचलित छन् : IAST र ITRANS. शून्य, एक वा अधिक व्यञ्जनहरू र एक स्वरका मेलबाट एक अक्षर बन्दछ।

संस्कृत भाषाको विशेषताहरू

[सम्पादन गर्नुहोस्]
  1. संस्कृत, विश्वको सबैभन्दा पुरानो पुस्तक (वेद)को भाषा हो। यस कारण यसलाई विश्वको प्रथम भाषा मान्नमा कुनै कुनै संशयको छैन।
  2. यसको सुस्पष्ट व्याकरण र वर्णमालाको वैज्ञानिकता का कारण सर्वश्रेष्ठता पनि स्वयं सिद्ध छ।
  3. सर्वाधिक महत्त्वपूर्ण साहित्यको धनी हुनले यसको महत्ता पनि निर्विवाद छ।
  4. यसलाई देवभाषा मानिन्छ।
  5. संस्कृत केवल स्वविकसित भाषा हैन अपितु संस्कारित भाषा पनि हो अतः यसको नाम संस्कृत हो। केवल संस्कृत नै एकमात्र भाषा हो जसको नामकरण त्यसको बोलने वालहरूका नाममा गरिएको छ। संस्कृतलाई संस्कारित गर्ने वाला पनि कुनै साधारण भाषाविद् हैन तर महर्षि पाणिनि, महर्षि कात्यायन र योग शास्त्रका प्रणेता महर्षि पतंजलि हुन्। यी तीनहरू महर्षिहरूले धेरै नै कुशलताबाट योगको क्रियाहरूलाई भाषामा समाविष्ट गरेको हुन्। यही यस भाषाको रहस्य छ।
  6. शब्द-रूप - विश्वका सबै भाषाहरूमा एक शब्दको एक वा मात्र केहीरूप हुन्छन्, जबकि संस्कृतमा प्रत्येक शब्दका २५ रूप हुन्छन्।
  7. द्विवचन - सबै भाषाहरूमा एक वचनबहु वचन हुन्छन् जबकि संस्कृतमा द्विवचन अतिरिक्त हुन्छ।
  8. सन्धि - संस्कृत भाषाको सबैभन्दा महत्त्वपूर्ण विशेषता हो सन्धि। संस्कृतमा जब दुइ शब्द निकट आउँछन् त त्यहाँ सन्धि हुँदा स्वरूप र उच्चारण परिवर्तन हुन जान्छ।
  9. यसलाई कम्प्यूटर र कृत्रिम बुद्धिका लागि सबैभन्दा उपयुक्त भाषा मानिन्छ।
  10. शोधबाट यस्तो पाइएको छ कि संस्कृत पढनाले स्मरण शक्ति बढ्दछ।
  11. संस्कृत वाक्यहरूमा शब्दहरूलाई कुनै पनि क्रममा राख्न सकिन्छ। यसबाट अर्थको अनर्थ हुने धेरै कम वा कुनै पनि सम्भावना छैन। यस्तो यस कारण हुन्छ किनभनें सबै शब्द विभक्ति र वचनका अनुसार हुन्छन् र क्रम परिवर्तनमा पनि सही अर्थ सुरक्षित रह्दछ। जस्तै - अहं गृहं गच्छामि वा गच्छामि गृहं अहम् दुइटै नैं ठीक छन्।
  12. संस्कृत विश्वको सर्वाधिक 'पूर्ण' (perfect) एवं तर्कसम्मत भाषा हो।
  13. देवनागरी एवं संस्कृत नैं दुइ मात्र साधन छन् जो क्रमश: अङ्गुलिहरू एवं जीव्रोलाई लचिलो बना्दछन्। यसका अध्ययन गर्ने वाला छात्रहरूलाई गणित, विज्ञान एवं अन्य भाषाहरू ग्रहण गर्नमा सहायता मिल्दछ।
  14. संस्कृत भाषामा साहित्यको रचना कमबाट कम छह हजार वर्षदेखि निरन्तर हुँदै आएको छ। यसका धेरै लाख ग्रन्थहरूका पठन-पाठन र चिन्तनमा भारतवर्षका हजारहरू पुस्ताका करोडौ सर्वोत्तम मस्तिष्क दिन-रात लागिरहेछन् र आज पनि लागेकाछन्। थाहा छैन संसारका कुनै देशमा यति कालसम्म, यति दूरीसम्म व्याप्त, यति उत्तम मस्तिष्कमा विचरण गर्ने कुनै भाषा छ वा छैन। शायद छैन।

विश्वका लागि संस्कृतको महत्त्व

[सम्पादन गर्नुहोस्]
  • संस्कृत सबै भारतीय भाषाहरूको जननी हो। यिनको अधिकांश शब्दावली वा त संस्कृतबाट लिइएकाछन् वा संस्कृतबाट प्रभावित छन्। भारतमा संस्कृतकोअध्ययन-अध्यापनबाट भारतीय भाषाहरूमा अधिकाधिक एकरूपता आउँनेछ जसबाट भारतीय एकता बलवती हुनेछ। यदि इच्छा-शक्ति छ भनें संस्कृतलाई हिब्रूको भाँति पुनः प्रचलित भाषा पनि बनाउन सकिन्छ।
  • हिन्दु, बौद्ध, जैन आदि धर्महरूका प्राचीन धार्मिक ग्रन्थ संस्कृतमा छन्।
  • हिन्दुहरूका सबै पूजा-पाठ र धार्मिक संस्कारको भाषा संस्कृत नैं छ।
  • हिन्दु, बौद्धहरू र जैनहरूका नाम पनि संस्कृतमा आधारित हुन्छन्।
  • भारतीय भाषाहरूको प्राविधिक शब्दावली पनि संस्कृतबाट नैं व्युत्पन्न गरिन्छ।
  • संस्कृतले भारतलाई एकताका सूत्रमा बाँध्दछ।
  • संस्कृतको प्राचीन साहित्य अत्यन्त प्राचीन, विशाल र विविधतापूर्ण छ। यसमा अध्यात्म, दर्शन, ज्ञान-विज्ञान, र साहित्यको खजाना छ। यसका अध्ययनबाट ज्ञान-विज्ञानका क्षेत्रमा प्रगतिलाई बढावा मिल्नेछ।
  • संस्कृतलाई कम्प्यूटरका लागि (कृत्रिम बुद्धिको लागि) सबैभन्दा उपयुक्त भाषा मानिन्छ।
  • संस्कृत भाषा नेपालमा बोलिने एक प्रमुख भाषा हो।

विश्वका बहुप्रचलित भाषाहरूमा प्रभाव

[सम्पादन गर्नुहोस्]

विश्वका बहुप्रचलित भाषाहरूमा यसको केकस्तो प्रभाव छ। हेरौं केही उदाहरण–
अङ्ग्रेजी भाषा संस्कृतको पितृ शब्दबाट पश्चिममा पीटर र फादर, मातृबाट मदर र मादर, भ्रातृबाट ब्रदर जस्ता शब्द प्रभावित देखिन्छन्। त्यसै गरी संस्कृतको नस् शब्दबाट नोज, दन्तबाट डेन्ट र टूथ, स्थानबाट स्टेशन, मनबाट माइण्ड, कुप्यबाट कप, द्वारबाट डोर, कोटरबाट क्वाटर, हस्तबाट ह्याण्ड, हृद्.बाट हार्ट, मत्तबाट म्याड, दिव्यबाट डिवाइन, जननबाट जेनेटक्स, शरणबाट सरेन्डर आदिसंग तुलना गर्दा यी शब्दहरूको सम्बन्ध न्यूनाधिक रूपमा कहिं न कहीं संस्कृत भाषाबाट अवश्य रहेको छ भन्ने कुरा यो कुरा घाम झैँ छर्लंग हुन्छ।
रुसी भाषा संस्कृतको प्रभाव रुसी भाषामाथि पनि स्पष्ट परिलक्षित भएको छ। उदाहरणका लागि संस्कृतको अग्नि रुसीमा अगोन््, द्वारबाट द्वेर, नभबाट नेका, अस्तिबाट एस्त, कुत्रबाट कुदा, तत्रबाट तुदा, ज्ञानबाट जिनानिय, नवोढाबाट निवेस्ता, प्लावनबाट प्लावनिये आदि रूपमा देख्न सकिन्छ।
चिनियाँ भाषा यद्यपि चीनीयां अति प्राचीन भाषा हो तर पनि संस्कृतको छाप त्यहां पनि परिलक्षित हुन्छ। जस्तै, संस्कृतको पुषबाट चीनीयांमा पौहुआ, माघबाट माकुआ, फागुनबाट फगुना आदि अनेक शब्द प्राप्त हुन्छन्।
मङ्गोल भाषा मध्य एसियाको मंगोल भाषामा वारहरूको नाम संस्कृतमा आधारित छन्, जस्तै, संस्कृतको सोम मंगोलमा सोमिया, आदित्य मंगोलमा आदिया, बुद्ध बधिया, शुक्र सूकर, र शनिको संचीव बनेको छ।
इन्डोनेशिया र काम्बोज देशमा रामायण रं महाभारतका कथाहरू इन्डोनेशियामा राष्ट्रिय कथाका रूपमा स्वीकृत छन्। इन्डोनेशिया शब्द दुइ शब्दको योगबाट बनेको छ इन्डस् र नेसस्। त्यसै गरी इन्डोनेशियाका द्वीपका नामहरू संस्कृतमा आधारित देखिन्छन्। जस्तै, सुमात्रा त्यहांको एक स्थान छ जुन शुद्ध संस्कृत शब्द हो। यसै गरी एक स्थानको नाम जोगजकार्ता हो। जुन संस्कृतको योग्यकर्ताको तद्भवस्वरुप छ। जोगजकार्ताको सुलतानको उपाधि हो, भुवनो सेनापति, जुन संस्कृतको शब्द हो। यहांको एक प्रसिद्ध बन्दरगाहको नाम प्रोबोलिंगो हो। जुन पूर्व र कलिंग शब्दबाट बनेको छ। यसै गरी कम्बोडिया (हाल काम्पूचि) शब्द काम्बोजको तद्भव रुप हो। यहां पनि संस्कृत भाषा एवं साहित्यको प्रभाव छ।
पश्तो भाषा पश्तो अफगानिस्तानको भाषा हो। त्यहांका जनता र सरकारले पश्तो र संस्कृतका सम्बन्धको अनुभव गरेर संस्कृतको अध्ययनमाथि विशेष बल दिने गरेको थियो। काबुल विश्वविद्यालयको पाठ्यक्रकमा सन् १९८० सम्म संस्कृत महत्त्वपूर्ण र अनिवार्य विषय हो। संस्कृतको व्याकरणका आधारमा पश्तोलाई वैज्ञानिक भाषा बनाउन त्यसो गरिएको बताइएको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Sanskrit", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान। 
  2. कुलचन्द्र गौतम, अमरकोष, बालकृष्णाचार्य, बनारस।
  3. कुलचन्द्र गौतम, नेपाली संस्कृत शब्दकोश, नेपाल संस्कृत विश्वविद्यालय।