बान्तवा भाषा
बान्तवा | |
---|---|
क्षेत्र | नेपालको पूर्वी क्षेत्र तथा भारतको सिक्किम, दार्जिलिङ र कालिम्पोङ |
मातृभाषी वक्ता | १३०,००० |
चिनियाँ-तिब्बती
| |
देवनागरी | |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-३ | bap – inclusive codeव्यक्तिगत कोडहरू: wly – Waling |
ग्लोटोलग | bant1280 [१] |
बान्तवा भाषा (जसलाई अन युङ, वान्तबा, बान्तवा दम, बान्तवा योङ, बान्तवा युङ, बोन्तवा, किरावा यिङ पनि भन्ने गरिएको छ)[२], बान्तवा जाति समूहद्वारा पूर्वी नेपालको हिमालय तथा पहाडी क्षेत्रमा बोलिने किराँती भाषा हो। यो भाषाले एउटा शब्दांश वर्णमाला प्रणालीको उपयोग गर्छन् जसलाई किराँत खम्बु (राई) को रूपमा चिन्ने गरिन्छ।[३] भारतको सिक्किम, दार्जिलिङ र कालिम्पोङ तथा पूर्वी नेपालको भोजपुर जिल्ला, धनकुटा जिल्ला, इलाम जिल्ला, झापा जिल्ला, खोटाङ जिल्ला, मोरङ जिल्ला, ओखलढुङ्गा जिल्ला, पाँचथर जिल्ला, सुनसरी जिल्ला, ताप्लेजुङ जिल्ला र उदयपुर जिल्लामा बसोबास गर्ने किराँत जातिका मानिसहरूद्वारा यो भाषा मातृभाषाको रूपमा व्यापक प्रयोग गरिन्छ।[४] नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार, कुल जनसङ्ख्याको १,३२,५८३ (०.५०%) मानिसहरू बान्तवा भाषा बोल्ने गर्दछन्। यो विश्वका सङ्कटापन्न भाषाहरूको श्रेणीमा १,००,००० मुनि पर्दछ।[५] बान्तवा भाषा व्यापक रूपले प्रयोग गरिने विविधताभित्र पर्दछ। विशेषगरी नेपालको उत्तरी क्षेत्रमा बसोबास गर्ने किराँत जातिका मानिसहरूबीच यो भाषा र नेपाली भाषा बोल्ने बीच सङ्घर्ष रहेको छ।[२]
बान्तवा भाषा विषय-वस्तु-क्रिया क्रममा बोलिने गरिन्छ र यस भाषामा कुनै संज्ञा, वर्ग वा लिङ्ग हुँदैन।[२]
बोली
[सम्पादन गर्नुहोस्]वर्तमान समयमा प्रायजसो रैथाने बान्तवाहरू भोजपुर, धरान, इलाम र धनकुटामा बसोबास गरिरहेका छन्। वर्तमान तथ्याङ्क अनुसार यिनीहरू मध्ये धेरैजसो बान्तवा भाषीहरू धरानमा बसोबास गरिरहेका छन्। एथ्नोलग अनुसार बान्तवा भाषा नेपालको निम्नलिखित जिल्लाहरूमा बोलिने गरिन्छ।
- कोशी प्रदेशको भोजपुर जिल्ला, धनकुटा जिल्ला, इलाम जिल्ला, झापा जिल्ला, खोटाङ जिल्ला, मोरङ जिल्ला, ओखलढुङ्गा जिल्ला, पाँचथर जिल्ला, सुनसरी जिल्ला, ताप्लेजुङ जिल्ला र उदयपुर जिल्ला
बोलीहरू निम्नानुसार रहेको छ:
- उत्तरी बान्तवा (दिलपाली)
- 'उत्तरी उप-क्षेत्र': मङ्पहाङ, रायपछा, आवाछा, रुङचेनबङ र याङ्मा
- दक्षिणी बान्तवा (चेवाली, ओखरेली, हतुवाली, हङ्खिम)
- दक्षिणी र उत्तरी बान्तवा, समान 'मध्यवर्ती बान्तवा' को रूपमा एकत्रित हुन सक्छ।
- पूर्वी बान्तवा (धनकुटा)
- पूर्वी बोली सबैभन्दा भिन्न छ। यो डुङ्माली भाषासँग एकदमै नजिक छ, यद्यपि यो बोली पुमा भाषा, साङ्पाङ भाषा र छिन्ताङ्गे भाषासँग समेत सम्बन्धित छ।
- पश्चिमी बान्तवा (अम्चोके, अम्चौके)
- अम्चौके बोली: सोरुङ, सहाराजा, लुलम, र सुकिता
- वाना बान्तवा (जसलाई बान्तवा पनि भनिन्छ) बान्तवा उपजातिद्वारा बोल्ने गरिन्छ। विशेष गरी पूर्वी नेपालको इलाम जिल्लामा लिम्बु बहुल क्षेत्रमा आमचौके बोली बोल्ने गरिन्छ।
किराँती परिवारमा बान्तवालाई एउटा उत्कृष्ट रैथानेको रूपमा मान्ने गरिन्छ। भारतको हिमाली क्षेत्र तथा भुटानमा राई अल्पसङ्ख्यकहरूबीच बान्तवा भाषालाई 'सम्पर्क भाषा'को रूपमा प्रयोग गर्ने गरिएको छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Bantawic", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।
- ↑ २.० २.१ २.२ "Bantawa", Ethnologue, अन्तिम पहुँच २०१७-०२-१०।
- ↑ "Bantawa language and Kirat Khambu (Rai) alphabet", www.omniglot.com, अन्तिम पहुँच २०१७-०२-१०।
- ↑ "Language use among the Bantawa: Homogeneity, education, access, and relative prestige", SIL International (अङ्ग्रेजीमा), २०१३-०१-२८, अन्तिम पहुँच २०१७-०२-१०।
- ↑ "Bantawa: observations of a threatened language", robbie.eugraph.com, अन्तिम पहुँच २०१७-०२-१०।