पाँचथर जिल्ला
पाँचथर जिल्ला | |
|---|---|
| देश | |
| प्रदेश | पुर्वाञ्चल |
| अवस्थिति | पहाडी |
| नगरपालिका | १ |
| सदरमुकाम | फिदिम |
| क्षेत्रफल | |
| • जम्मा | १२४१ किमी२ (४७९ वर्ग माइल) |
| उच्चतम उचाई | ४५७५ मिटर (१५०१० फिट) |
| न्यूनतम उचाई | ३८३ मिटर (१२५७ फिट) |
| जनसङ्ख्या (२०६८[१]) | |
| • जम्मा | १९१८१७ |
| • घनत्व | १५०/किमी२ (४००/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
| क्षेत्रीय सङ्केत | ०२४ |
| मुख्य भाषाहरू | लिम्बु, नेपाली, किरात, |
| प्रमुख जातिहरू | बाहुन, क्षेत्री, लिम्बु, किराँत, राई, भोटे, लेप्चा |
| वेबसाइट | www.ddcpanchthar.gov.np |
पाँचथर जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत मेची अञ्चलको पूर्वी पहाडी जिल्ला हो। यो जिल्ला समूद्र सतहबाट ३८३ मिटर, जिल्लाको दक्षिण तमोर बगर देखि ४,५७५ मिटर फलैचा गाविसको उच्च भागसम्म अवस्थित छ। नेपाल अधिराज्यको पूर्वी सिमानामा रहेको मेची अञ्चल पर्ने यो जिल्ला उत्तर-दक्षिण फैलिई पल्लो किराँतको नामले पनि प्रसिद्ध छ। प्राचिन समयको लिम्बुवान क्षेत्रको केन्द्रबिन्दुको रूपमा रहेको यस जिल्लाको सदरमुकाम फिदिममा दश लिम्बुवान क्षेत्रका राजाहरू (फेदेन)ले संयुक्त रूपमा सभा गरी सामुहिक रूपले महत्त्वपूर्ण विषयहरू यहाँ स्थित आम्बे पोजोमा भन्ने तिर्थस्थलमा जम्मा भई सभा (चुम्लुङ्ग)द्वारा निर्णय गर्ने परम्परा भएको देखिन्छ।
जिल्लाको नामाकरण
यस जिल्लाको नामाकरण कसरी भयो भन्ने स्पष्ट कुनै तार्किक आधार नदेखिए पनि सोधकर्ताहरूका अनुसार पाँचथर लिम्बु भाषाकाे शब्द "पान्थरथुमु"बाट आएको हो र सो "पान्थरथुम" शब्द "पान्थरु" र "थुम" मिलेर बनेको शब्द हो। पान्थरुको अर्थ कुरा थामेको (Agreed), थुमको अर्थ इलाका वा किल्ला (District) हो। यसै शब्दार्थका आधारमा नेपाल एकीकरण पश्चात यहाँका चलिआएका धर्म, संस्कृति र रीतिरिवाजका बारेमा 'फेदेन'मा 'चुम्लुङ्ग'बसी सभाले तय गरेका निर्णय नेपाल सरकारमा पेश हुँदा तत्कालिन राजाले त्यसलाई स्वीकृती दिएपछि लिम्बुवान क्षेत्रको रितिरिवाज सम्बन्धि कुरामिलेको (पान्थरु) हुँदा यस क्षेत्रकै नाम पान्थरु रहेको हो भन्ने मत पाइएता पनि किराँत इतिहासका पुराना साहित्यहरूमा इस्वी सम्वत ५५० ताकाको बर्णन गर्ने क्रममा नै पान्थर शब्दको प्रयोग भएको पाइन्छ।
प्रशासनिक विभाजन
जिल्लामा १ नगरपालिका, ७ गाउँपालिका गरि ८ वटा स्थानीय तहहरू रहेका छन्।[२]
| क्रम | स्थानीय तहहरू | समावेश गाविसहरू | वडा सङ्ख्या | केन्द्र | जनसङ्ख्या (वि.सं २०७८) | क्षेत्रफल (वर्ग किमी) |
जनघनत्व (वर्ग किमी) |
|---|---|---|---|---|---|---|---|
| १ | फिदिम नगरपालिका | फिदिम, चोकमागु र सिवा | १४ | फिदिम | ४८,४९५ | १९२.०५ | २५० |
| २ | फालेलुङ गाउँपालिका | एकतीन, मेमेङ, प्राङबुङ, याङनाम (६-९) र सिदिन | ८ | थोक्लिम्बा | २०,३६१ | २०७.१४ | ९८ |
| ३ | फाल्गुनन्द गाउँपालिका | नवमीडाँडा, इम्बुङ, पौवासर्ताप, चिलिङदिन, आङसराङ र फाक्तेप | ७ | फाक्तेप | २१,२८१ | १०७.५३ | २०० |
| ४ | हिलिहाङ गाउँपालिका | अमरपुर, पञ्चमी, सुभाङ र भारपा | ७ | पञ्चमी | १९,०८५ | १२३.०१ | १६० |
| ५ | कुम्मायक गाउँपालिका | यासोक, रानीगाउँ, माङजाबुङ, र स्याबरुम्बा | ५ | यासोक | १२,७४६ | १२९.०३ | ९९ |
| ६ | मिक्लाजुङ गाउँपालिका | आरुबोटे, सराङडाँडा, रवी, कुरुम्बा, लिम्बा र दुर्दिम्बा | ८ | रवी | २१,०६१ | १६६.६१ | १३० |
| ७ | तुम्बेवा गाउँपालिका | आङना, ओलने, हाङगुम र मौवा | ५ | मौवा | ११,१८१ | ११७.३४ | ९५ |
| ८ | याङवरक गाउँपालिका | च्याङथापु, फलैँचा, ओयाम, थर्पु र नागी | ६ | थर्पु | १६,८२१ | २०८.६३ | ८१ |

भौगोलिक अवस्था
- अक्षांस २६.२८" देखि २६.५९" उत्तरी अक्षांश
- देशान्तर ८०.०२" देखि ८०.३०" पूर्वी देशान्तर
- सिमाना:- पूर्व-सिक्किम र दार्जिलिङ्ग (भारत), पश्चिम-तेह्रथुम र धनकुटा जिल्ला, उतर-ताप्लेजुङ जिल्ला,दक्षिण-इलाम र मोरङ जिल्ला
- क्षेत्रफल:- १,२४१ वर्ग किलोमिटर
- भौगोलिक विभाजन:- ४१ गाविस, ११ ईलाका, २ निर्वाचन क्षेत्र
- सदरमुकाम:- फिदिम
- उचाई:- समुद्री सतहवाट करिब ३८३ मी. देखि ४,५७५ मी. सम्म
पाँचथर जिल्लाको उत्तरी फलैँचा गाविस वडा नम्बर ९ले भारतको सिक्किम प्रान्तलाई छोई भारतसँग यस जिल्लाको उत्तरी स्पर्शबिन्दु कायम गर्दछ भने, भारतसँग स्पर्श गर्ने यस जिल्लाको दक्षिणी बिन्दु सिदिन गाविस वडा नम्बर १मा पर्दछ। यी दुई बिन्दुहरूको स्थलगत लम्वाई ४७ किमि रहेको छ। यस जिल्लामा राष्ट्रिय स्तरको २ लोक मार्गहरू (Highways) रहेका छन। मध्यपहाडी राजमार्गको सुदुर पूर्वी बिन्दु च्याङ्गथापु यसै जिल्लामा पर्दछ। हाल यस मार्गको नाम पुष्पलाल लोकमार्ग भनी रूपान्तरण गरिएको छ।[३]
हावापानी
हावापानीको दृष्टिले विविधता बोकेको यस जिल्लामा गृष्म ऋतुमा अधिकांश भू-भागमा रमाईलो मौसम रहन्छ भने हिउँदको समयमा निकै चिसो मौसम रहन्छ। यस जिल्लाको बार्षिक वर्षा २,०७१ मीलि मीटर छ भन्ने तापक्रम अधिकतम २६.१ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १२.३ डिग्री सेल्सियससम्म रहेको पाइन्छ। यस जिल्लाको जलवायुलाई तीन किसिममा विभाजन गर्न सकिन्छ।
समशितोष्ण हावापानी
लेकाली भेग २००० मीटर देखि ३६००० मीटर जिल्लाको उतरी भागमा रहेको सिंहलिला पर्वत श्रृखला तथा अन्य अग्ला भागहरू समशितोष्ण हावापानी पाइन्छ। यस्ता लेकाली भागहरूमा मंसिर महिनादेखि फाल्गुण महिना सम्म हिउँ परिरहने हुदाँ यसको आसपासको क्षेहरूमा निकै जाडो हुन्छ। यस क्षेत्रमा हिउँदे फलफुल, केराउ, फापर, मकै तथा आलुको खेती गरिन्छ।
अर्धोष्ण हावापानी
मध्य पहाडी भाग १,२०० मीटर देखि २,००० मीटर सम्मको भागमा अर्धोष्ण हावापानी पाइन्छ। यस क्षेत्रमा जाडो र गर्मी बराबर हुन्छ। यस क्षेत्रमा सुन्तला जातका फलफुलहरू, तरकारी तथा खाद्यान्न लगाउने गरिन्छ।
उष्ण हावापानी
समुन्द्रि सतह देखि ६०० मीटर देखि १००० मीटरको उचाई सम्ममा पाइने यस प्रकारको हावापानी नदी किनाराका बेसीहरू, खोंच तथा टारहरूमा पाइन्छ। यहाँ गर्मीको समयमा निकै गर्मी हुन्छ। यस्ता हावापानी पाइने स्थानहरूमा धान, गहुँ, मकै, दलहन, तेलहन र आँप लिची केरा रुखकटहर भूँइकटहर आदि सदावहार फलफूलहरूको खेती गरिन्छ।
प्रमुख नदी तथा तालहरू
यस जिल्लामा अवस्थित प्रमुख नदीहरू ईन्द्रावती, कावेली, तमोर, हेवा, ईवा, केवा, फेमे, निवू, मगना, जिमजुवा ,धुवा, नावा, नाम्दु, आदि हुन।जोरपोखरी, सुके पोखरी आदि
प्रमुख धार्मिक स्थलहरू
काबेली, तिम्बुपोखरी, महादेव स्थान, जोरपोखरी, आगेजुङ्ग गुम्बा, पाथीभरा देवीस्थान (याङनाम), सिद्ध देवीस्थान, गढी मन्दिर, थाक्ले मन्दिर, किराँतहरूको प्रसिद्ध लुब्रेकुटी मन्दिर, महागुरु फाल्गुनन्द को मन्दिर ,यासोक को सिद्धदेबी , देउराली , राउतेको बेहुली ढुङ्गा आदि।
ऐतिहासिक स्थानहरू
जोरसाल गढी, आहाल गैह्री, छाला सुकुवा डाँडा, उत्तरे, फौदार पाटी (अमरपुर), च्याखलेपाटी, जोरपाटी (एकतिन), सिम्राहा पाटी (रानीगाउँ), तीनधारे पाटी (फिदिम), जोरसाल पाटी (फिदिम), हेवाखोला पाटी (नागिन) आदि।
सन्दर्भ सामग्रीहरू
- ↑ Household and population by districts, Central Bureau of Statistics (CBS) Nepal वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
- ↑ "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२।
- ↑ http://www.ekantipur.com/np/2066/12/1/full-news/308403/[स्थायी मृत कडी]