जुम्ला जिल्ला
जुम्ला जिल्ला | |
|---|---|
सिंजा उपत्यकाको हवाई दृश्य | |
कर्णाली प्रदेशमा जुम्ला जिल्लाको अवस्थिति (गाढा पहेँलो) | |
| निर्देशाङ्क: २९°१६′३१″N ८२°११′००″E / 29.275278°N 82.183333°E | |
| देश | |
| प्रदेश | कर्णाली प्रदेश |
| स्थापना | वि.सं २०१८ |
| सदरमुकाम | खलङ्गा (चन्दननाथ नगरपालिका) |
| स्थानीय तहहरू | |
| सरकार | |
| • प्रकार | जिल्ला समन्वय समिति |
| • अङ्ग | जिसस, जुम्ला |
| • संसदीय निर्वाचन क्षेत्र | १ सिट सूची |
| • प्रदेश सभा निर्वाचन क्षेत्रहरू | २ सिट |
| क्षेत्रफल | |
| • जम्मा | २,५३१ किमी२ (९७७ वर्ग माइल) |
| उच्चतम उचाई | ४,६७९ मिटर (१५३५१ फिट) |
| न्यूनतम उचाई | ९१५ मिटर (३००२ फिट) |
| जनसङ्ख्या | |
| • जम्मा | ११८,३४९ |
| • घनत्व | ४७/किमी२ (१२०/वर्ग माइल) |
| • घरधुरी | २४,४३८ |
| जनसाङ्ख्यिकी | |
| • जातीय समूहहरू | क्षेत्री, बाहुन, ठकुरी |
| • महिला ♀ | ५०% |
| मानव विकास सूचकाङ्क | |
| • साक्षरता दर | ७०.२% |
| समय क्षेत्र | युटिसी+०५:४५ (नेपाली समय) |
| टेलिफोन कोड | ०८७ |
| आधिकारिक भाषा(हरू) | जुम्ली खस [३] • नेपाली |
| मुख्य राजमार्गहरू | कर्णाली |
| वेबसाइट | जिप्रका, जुम्ला जिसस, जुम्ला |

जुम्ला जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने उच्च हिमाली जिल्ला हो। चन्दननाथ नगरपालिकाको खलङ्गा बजार जुम्ला जिल्लाको सदरमुकाम तथा यस क्षेत्रको शिक्षा, स्वास्थ्य तथा व्यापारिक केन्द्र पनि हो। यसको क्षेत्रफल २,५३१ वर्ग किलोमिटर (९७७ वर्ग माइल) रहेको छ। २०७८ अनुसार जिल्लाको जनसङ्ख्या १,१८,३४९ थियो। यसको क्षेत्रफल ८१⁰ २८' र ८२⁰ १८' पूर्व देशान्तर र २८⁰ ५८' र २९⁰ ३०' उत्तर अक्षांशको बीचमा पर्दछ।[४]

नेपाली भाषा (त्यतिबेला खस भाषा भनेर चिनिन्थ्यो) सिंजा उपत्यकामा उत्पत्ति भएको थियो। सिंजा खस राज्यको राजधानी थियो, र "खस भाषा" भनिने बोली अझै पनि त्यस क्षेत्रका मानिसहरूमाझ बोलिन्छ।[५]
नामकरण
[सम्पादन गर्नुहोस्]परापूर्व कालदेखि यस जिल्लाको सदरमुकाममा रहेको स्वामी दत्तात्रेय मूर्तिलाई डस्न/टोक्न दुईवटा अजिङ्गर (नाग) आउँदा भेट्टाउन नपाउँदै स्वामी दत्तात्रेयको शक्तिले ती दुवै नाग एकैचोटी भष्म भए। यसरी भष्म भएका ती नागहरू पछि जुम्ल्याहा पहाडको रूपमा देखिएकाले जुम्ल्याहा शब्दको अपभ्रंश हुँदै यस जिल्लाको नाम जुम्ला रहन गएको हो भन्ने जनश्रुती छ।
इतिहास
[सम्पादन गर्नुहोस्]खस राज्य
[सम्पादन गर्नुहोस्]११औँ देखि १३औँ शताब्दी सम्म जुम्ला खस राज्यको एक अंश थियो। १३औँ शताब्दी पछि, खस राज्यको पतन भएको थियो र कर्णाली-भेरी क्षेत्रमा रहेका बाइसे राज्यहरूमा विभाजित भएको थियो र जुम्ला राज्य तिनिहरू मध्ये एक थियो।
जुम्ला राज्य
[सम्पादन गर्नुहोस्]गोरखाका राजा पृथ्वीनारायण शाह र पछि उनका कान्छा छोरा बहादुर शाहले नेपालको एकीकरण गर्नुअघि नेपालमा रहेका धेरै राज्यहरूमध्ये जुम्ला राज्य एक थियो। यत्से (मल्ल) राज्यका अन्तिम शासककी छोरीसँग विवाह गर्ने बलिराजाले आफ्नो ससुराको उत्तराधिकारी हुँदा यो राज्यको स्थापना वि.सं १४६० तिर भएको थियो। यो पश्चिमी नेपालको सबैभन्दा शक्तिशाली राज्यहरू मध्ये एक थियो, जुन कर्णाली क्षेत्रको बाइसे राज्यहरू मध्ये एक थियो जुन पहिले ठुलो यत्से राज्यको भाग थियो।[६] शताब्दीयौँ अन्तरालको युद्ध पछि, यसले वि.सं १८१६ मा मुस्ताङ राज्यलाई कब्जा गरेको थियो।[७] १८औँ शताब्दीको अन्त्यतिर जुम्ला राज्यले राजा पृथ्वीनारायण शाहको पहिलो आक्रमणबाट सफलतापूर्वक आफ्नो रक्षा गरेको थियो, र किंवदन्ती अनुसार उनी युद्धमा घाइते समेत भएका थिए। पछि, जुम्ला वरपरका राज्यहरूको सहयोगमा, बहादुर शाहले फेरि यसमा आक्रमण गरेका थिए र वि.सं १८४५ मा जुम्लालाई कब्जा गर्दै गोर्खा राजाहरूसँग यसलाई गाभेका थिए।[८] जुम्लाका राजाहरू गोर्खाका राजाहरू जस्तै ठकुरी (सिजापति, मल्ल, शाही) थिए।
जुम्ला राज्य नेपालको एकीकरणपूर्वको व्यापक राज्यहरूमध्ये एक थियो। आफ्नो शक्तिको उचाइमा यो पूर्वमा मुस्ताङदेखि वर्तमान उत्तराखण्डसम्म फैलिएको थियो, जुन आधुनिक भारतको एक राज्य हो। यो क्षेत्र वि.सं १८७२ मा नेपाल विभाजनको समयमा नेपाल राज्यले इस्ट इन्डिया कम्पनीबाट गुमाएको थियो।[९]
भूगोल र जलवायु
[सम्पादन गर्नुहोस्]भौगोलिक रूपमा, जुम्ला एक हिमाली जिल्ला हो जसको उचाइ ९१५ मिटर (३,००२ फिट) देखि ४,६७९ मिटर (१५,३५१ फिट) सम्म छ। उच्च हिमालयी क्षेत्रमा पतारसी र कान्जिरोवा हिमालय शृङ्खलाहरू छन्। जुम्लाका प्रमुख नदीहरू हिमा, तिला र जावा हुन्।
| हावापानी क्षेत्र[१०] | उचाइ दायरा | क्षेत्रफलको % |
|---|---|---|
| शीतोष्ण कटिबन्ध | २,००० देखि ३,००० मिटर ६,४०० देखि ९,८०० फिट |
२५.३% |
| उप पर्वतीय | ३,००० देखि ४,००० मिटर ९,८०० देखि १३,१०० फिट |
४९.७% |
| उच्च पर्वतीय | ४,००० देखि ५,००० मिटर १३,१०० देखि १६,४०० फिट |
१३.९% |
| हिमरेखा | ५,००० मिटर भन्दा माथि | ७.३% |
| भोट हिमालय[११][१२] | ३,००० देखि ६,४०० मिटर ९,८०० देखि २१,००० फिट |
३.८% |
जनसाङ्ख्यिकी
[सम्पादन गर्नुहोस्]| जनगणना वर्ष (वि.सं) | जन. | ±% प्र.व. ±% |
|---|---|---|
| २०३८ | ६८,७९७ | — |
| २०४८ | ७५,९६४ | +१% |
| २०५८ | ८९,४२७ | +१.६५% |
| २०६८ | १०८,९२१ | +१.९९% |
| २०७८ | ११८,३४९ | +०.८३% |
| स्रोत: सिटी पपुलेसन[१३] | ||
राष्ट्रिय जनगणना २०७८ अनुसार, जुम्ला जिल्लाको जनसङ्ख्या १,१८,३४९ थियो। जनसङ्ख्याको ९.०४% ५ वर्ष मुनिका छन्। यहाँको साक्षरता दर ७०.२०% छ र लिङ्ग अनुपात प्रति १००० पुरुषमा ९९८ महिला छ। २१,०३६ (१७.७७%) नगरपालिकाहरूमा बसोबास गर्दछन्।[२]
९७% जनसङ्ख्याको साथ जिल्लामा खस मानिसहरू बहुमतमा छ। क्षेत्रीहरू ६०% जनसङ्ख्या सहित जिल्लामा बहुसङ्ख्यक छन्, जबकि खस दलितहरू जनसङ्ख्या १८% रहेको छ। मुख्यतया तामाङ र अन्य पहाडी तिब्बती मानिसहरू सहित पहाडी जनजातिहरू जनसङ्ख्याको २% ओगटेका छन्।[१४]
राष्ट्रिय जनगणना २०७८ अनुसार, जनसङ्ख्याको ५१.१६% ले खस, ४२.८४% नेपाली र ४.१४% जुम्लीलाई आफ्नो पहिलो भाषाको रूपमा बोल्दछन्।[१५]
प्रशासनिक विभाजन
[सम्पादन गर्नुहोस्]जुम्ला जिल्लामा ८ स्थानीय तहहरू छन्, जसमध्ये १ नगरपालिका र ७ गाउँपालिका छन्।[१७]
| क्रम | स्थानीय तह | समावेश गाविसहरू | वडा सङ्ख्या | केन्द्र | जनसङ्ख्या (वि.सं २०७८) | क्षेत्रफल (वर्ग किमी) | जनघनत्व (वर्ग किमी) |
|---|---|---|---|---|---|---|---|
| १ | चन्दननाथ नगरपालिका | महतगाउँ, तलिउम, कार्तिकस्वामी र चन्दननाथ | १० | खलङ्गा | २१,०३६ | १०२.०३ | २१० |
| २ | कनकासुन्दरी गाउँपालिका | बुम्रमाडीचौर, मालिकाबोता, कनकासुन्दरी, विराट र पाण्डवगुफा | ८ | विराट | १३,६२५ | २२५.३९ | ६० |
| ३ | सिंजा गाउँपालिका | धापा, नराकोट र शनिगाउँ | ६ | नराकोट | १२,५५६ | १५३.२९ | ८२ |
| ४ | हिमा गाउँपालिका | बड्की, कालिकाखेतु र महावैपाथरखोला | ७ | कालिकाखेतु | १२,१९१ | १३२.३२ | ९२ |
| ५ | तिला गाउँपालिका | घोडेमहादेव, मालिकाठाँटा, कुँडारी र रारालिही | ९ | रारालिही | १८,८३२ | १७५.४९ | ८३ |
| ६ | गुठिचौर गाउँपालिका | गुठिचौर, गर्ज्याङ्गकोट र देपालगाउँ | ५ | गुठिचौर | १०,९२२ | ४२७ | २६ |
| ७ | तातोपानी गाउँपालिका | लाम्रा, हाँकु, तातोपानी र ताम्ती | ८ | तातोपानी | १५,५७५ | ५२५.५६ | ३० |
| ८ | पातारासी गाउँपालिका | पट्मारा, डिल्लीचौर, छुमचौर र पातारासी | ७ | डिल्लीचौर | १६,८२४ | ८१४.०७ | २१ |

चित्र दीर्घा
[सम्पादन गर्नुहोस्]-
नराकोट सिंजा उपत्यका
-
हिउँद महिनामा जम्ला
-
तिला उपत्यका, जुम्ला
-
काठको पुल, सिंजा, जुम्ला
-
जुम्लाको बाटो
-
जुम्लाको परिदृश्य
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "जिल्ला प्रशासन कार्यालय, जुम्ला"।
- ↑ २.० २.१ "Provincial/District/Local reports: Karnali Province", राष्ट्रिय जनगणना २०७८, राष्ट्रिय तथ्याङ्क कार्यालय।
- ↑ "Teaching and learning in Khas language", रेडियो नेपाल (en-USमा), अन्तिम पहुँच २०२२-११-०२।
- ↑ "District profile of Jumla", मूलबाट २०१९-०६-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०८-०१। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-१७ मिति
- ↑ The origin of Nepali language is Sinja of Jumla, अन्तिम पहुँच Feb २५, २०१८।
- ↑ Ram Niwas Pandey (1998) The making of modern Nepal: A study of history, art, the culture of Western Nepal. Nirala Press.
- ↑ Rishikesh Shaha (1997) Ancient and medieval Nepal. New Delhi: Manohar, p. 67.
- ↑ Rishikesh Shaha (1996) Modern Nepal: A political history 1769-1955, Vol. I. New Delhi: Manohar, p. 53.
- ↑ Rishikesh Shaha (1996) Modern Nepal: A political history 1769-1955, Vol. I. New Delhi: Manohar, p. 139.
- ↑ The Map of Potential Vegetation of Nepal – a forestry/agroecological/biodiversity classification system, . Forest & Landscape Development and Environment Series 2-2005 and CFC-TIS Document Series No.110., २००५, आइएसबिएन 87-7903-210-9, अन्तिम पहुँच २२ नोभेम्बर २०१३।
- ↑ Shrestha, Mani R.; Rokaya, Maan B.; Ghimire, Suresh K. (२००५), "Vegetation pattern of Trans-Himalayan zone in the North-West Nepal", Nepal Journal of Plant Sciences 1: 129–135, अन्तिम पहुँच ७ फेब्रुअरी २०१४।
- ↑ Banerji, Gargi; Basu, Sejuti, "Climate Change and Himalayan Cold Deserts: Mapping vulnerability and threat to ecology and indigenous livelihoods", Pragya, Gurgaon, Haryana, India, अन्तिम पहुँच ७ फेब्रुअरी २०१४।
- ↑ "NEPAL: Administrative Division", www.citypopulation.de (अङ्ग्रेजीमा)।
- ↑ १४.० १४.१ "Table 1: Caste/Ethnicity and sex", Census Nepal 2021, राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २०२४-०३-१६।
- ↑ १५.० १५.१ "Table 5: Mother tongue and sex", राष्ट्रिय जनगणना २०७८, राष्ट्रिय तथ्याङ्क कार्यालय।
- ↑ "Table 5: Religion and sex", राष्ट्रिय जनगणना २०७८, राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २०२४-०३-१६।
- ↑ "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २३ असोज २०८२।