रैका राजवंश

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

रैका राजवंश नागराजका वंशज मानिने जुम्लादुल्लुमा राज्यमुकाम राखेर कर्णालीक्षेत्रमा राज्यगरी बसेका राजाका पूर्वजहरू चापिल्ल, चल्ल हुँदै मल्ल, पदवी, पद, थरबाट परिचित रहन पुगेका थिए । विभिन्न नामका मस्टो अन्तर्गतका देबी देवतासँग सम्बन्धित यी राजाले आफ्ना ताम्रपत्रमा राईका भाषा भई, राईका माया चितोई, राइका, रायका, रैका, भनेर आफुलाई परिचित गरेको कारण यी राजालाई राइका अथवा रैका राजा भनिन्थ्यो । यिनका ताम्रपत्रमा पनि यो शब्द भेटिन्छ । जुम्ला र दुल्लुवाट डोटी कत्युरी पाल राज्य बिजय गरेर डोटीमा स्थापित भएको यो वंशजले डोटीमा रैका राजा नागीमल्लको समयदेखि रैकाराजा शाके १४८० रैका राजा भूपति मल्लको राज्यकालसम्म मल्लथरले परिचित भयो । यसपछि महिपति शाही शाके १५०२ वाट शाही थर लेख्न थालेको इतिहास ताम्रपत्र बाट देखिन्छ । जुम्ला बाट डोटी गएको र रैका अथवा राईका बाट परिचित भएको कारण यस वंशजलाई जुमलाको रैका मल्ल राजा पनि भन्ने गरिएको हो ।

डोटी रैका राजाको डोटी गनारी गौंडा कोट (दरवार)को भाग्नावासेष/बि.स १८४७ साल भाद्रमा गोर्खा राजाको एकिकरणमा धोस्त गरिएको
डोटी गनारी गौंडा कोट (दरवार)को भाग्नावासेष / बि.स १८४७ साल भाद्रमा गोर्खा राजाको एकिकरणमा धोस्त गरिएको
डोटी गनारी गौंडा कोट (दरवार)को भाग्नावासेष /बि.स १८४७ साल भाद्रमा गोर्खा राजाको एकिकरणमा धोस्त गरिएको -3
डोटी रैका राजवंश सम्बन्धि संछिप्त (छोटकरी) जानकारी
विवरण  अन्य जानकारी
प्रथम राजा नागराज १२औ शताब्दी जुम्ला सिंजा
कर्तिकेयपुरी धोस्त गर्ने राजा क्रचल्ल, अशोकचल्ल बि.स.१२८०  
देवतासंग युद्द गरेर चर्चित बनेका राजा नागी मल्ल  बि.स.१४४१  
गोर्खाले बिजय गरेका राजा दीपा शाही ( १८४७ भाद्र ३१ गते )
अन्तिम राजा पहाडी शाही  बि स १८५५
राजाको गोत्र शौनक
राजाको वंश सूर्यवंश
राजाको कुलदेवता टेडी मस्टो र निमौने (दाडे मस्टो /खापर)
पुर्खा आगमन जुम्ला /दुल्लु
राजभाषा पाली
बोलचालको भाषा खस
राजाको युद्द्निती कटुयुद्द नीति
पुर्खाका ब्राह्मण कश्यप र अत्रि गोत्रीय मस्टो कुलदेवता भएका
लेख्ने गरेको थर मल्ल ,शाही र शाह
जुम्ला दुल्लु बाट सैन्य फौज लगेर राजा क्रचल्ल र राजा अशोकचल्लले कुमाऊ गडवाल कत्युरी राज्य धोस्त गरेर कुमाऊ गडवालमा पनि केहि समय राज्य गरे ।  कुमाऊका नागरिक र अधिनस्त रहेका कुमाऊका चन्द राजाले बिद्रोह गरे पछि डोटी क्षेत्रमा फर्केर आई राज गरि बसेका हुन् ।

विषयसूची

रैका राजाको इतिहास[सम्पादन गर्ने]

शौनक गोत्रीय, सूर्यवंशी, कुशको वंशज, विभिन्न नामका मष्टो देवता र मष्टोसँग सम्बन्धित स्त्रीरुप( शिलादेबी, शैलेश्वरी,मालिका)लाई कुलदेवता मान्ने रैका राजाका प्रमाणित मूल पुर्खा १२औं शताब्दीमा जुम्ला खारी प्रदेशमा देखापरेका नागराज थिए । इतिहासकारहरूका अनुसार यी राजा बौद्ध धर्मका अनुयाई थिए । ७औं शताब्दीमा दक्षिण भारत गंगाको मैदानबाट आदि शंकराचार्य सँगै आएका बैदिक आर्य राजपुतसँग कुमाउँ क्षेत्रमा टकराव हुँदा यी त्यहाँबाट उत्तर खारी प्रदेश प्रवेश गरेको भन्ने इतिहास भेटिन्छ । यिनका अभिलेखमा आफुलाई खस राजा महाराजा भनेर लेखिएको पाईन्छ । यी राजा हिमालपारी तिब्बतको खारी, गुंगे, पुरांग, ताक्लाखर क्षेत्रमा राज्य गर्दथे । १२औं शताब्दीमा यिनको आगमन जुम्ला क्षेत्रमा भयो । यिनैका वंशजहरूले राईका भाषा भई राइका ज्यु, राइका भन्दै राईका, रैकाको रुपमा परिचित भएका थिए । जुम्ला र दुल्लु यिनको राज्य मुकाम थियो । यसै वंशका राजा क्रचल्ल बि.स १२८० को दशकमा भएंकर बहादुर शासक थिए । यिनले कार्तिकेयपूरीको कत्युरी राज्य धोस्त गर्न दुल्लु ,दैलेख ,अछाम, बझाङ ,बाजुरा ,कालिकोट ,जुम्ला सहितका १० मण्डलीक राजा (बोटे राजा)को शक्ति संगठित गरेर कार्तिकेयपूरीको कत्युरी राज्य ध्वस्त गरेका थिए । यिनका अभिलेखमा यो कुरा उल्लेख छ । यिनका पुत्र अशोक चल्लले केदार भुमि बिजय गरेका थिए । केदार भुमि बिजय गरे भन्ने अभिलेख यिनले लेखाएका छन् । यसै वंशका सुर्यमल्ल, अभय मल्ल, नागिमल्लले डोटी कत्युरी पाल राज्य १४औं शताब्दीमा बिजय गरेका थिए । कत्युरी राजवंशको डोटी पाल राज्य विजय गरेपछि यिनको बसोबास डोटी क्षेत्रमा भयो । डोटीमा ताम्रपत्रमा रैका/राईका आदेशलेखाउने राइका अथवा रैका राजाको रुपमा चिनिए । गोरखाले बि.स १८४७ मा यो राज्य बिजय गरेपछि यो राज्यको स्वतन्त्र हैसियत सकियो यसै वंशका बिष्णु शाही र पहाड शाहीले गोर्खाको अधिनस्त भएर १८५५ सम्म राज्य गरेका थिए । यो वंशज जुम्ला र दुल्लु बाट डोटी आएपछि जुम्लामा कल्याल अछाममा सोवंशी, कालिकोट क्षेत्रमा रासकोटीको नियन्त्रण हुन गयो । यी राजाका अभिलेख केलाउदा १४औं सताब्दी पहिलेका अभिलेख अनुसार बौद्ध धर्म मान्दथे । १४औं सताब्दीपछि हिन्दू धर्मलाई अनुसरणगर्न पुगेको भेटिन्छ । यिनका देबी देवताबाट पनि धेरै कुराको बिषयमा तर्क गर्न सकिन्छ । [१]

रैका राजाको कुलदेवता तेडीमष्टो आफ्नो भरांड ल्याउन सिंजा (जुम्ला) गएको[सम्पादन गर्ने]

युद्दको अभियानमा सिंजा का राजाले डोटी पाल राज्य बिजय गरेपछि पुरुष हरु सबै डोटी मै बसे र तेडी देवता आफ्ना देवताको भराँण जुम्ला बाट डोटी ल्याउन सिंजा (जुम्ला) गएको अवस्थामा त्यहाँ रहेकी राजाकी महारानी र तेडी मष्टोका बीच भएको करुणा मय श्लोक (जागर) यस्तो छ ।[२] जय हो..... गुरु ज्यू ....। तुमारी वाचा... । हे सिद्ध ज्यू..... तुमारी बाचा, आकाशका इन्द्र वलि देवता तो पन्ना भया , पातालका भूमेश्वरौ देवता हौ त पन्ना भया । हे नमो नमो पूर्वकी श्री पशुपति, पश्चिमकी माहाकालिका उत्तरकी मालिका त दक्षिणकी भुवानी उइत पन्ना भया । हे नमो नम.....। अव आयो सुनदेवी, शिलादेवी, लाटीदेवी, दूर्गादेवी, पगलेकी, कवलेकी, केदार, भुमेश्वरौ, ग्वासी समैजी, नन्देवी, वनदेवी, लाटीदेवी दूर्गादेवी ऐपार दुधधारी नमौ नवौ । अव आयो सुनदेवी, शिलादेवी, लाटीदेवी, दूर्गादेवी, पगलेकी, कवलेकी, केदार, भुमेश्वरौं लाटेश्वर,भोगेश्वर, गौडीबाघ, नवादेउ, खम्तडो, धारमोरे, छडी,बासकोटे अव आयो नमो नव अव आयो उक्यानी कुक्यानी दुधधारी कृष्ण मष्टमहाराज को पुत पन्ना भयो । डाँडाबाघ , गौडीबाघ ऐपार लाट वाउने देवता उत पन्ना भया । उत पन्ना भया । मष्टो महाराज उत पन्ना भया । ए नमो नम अव आया । अव आयो मौराकी भेष, कौछाकी कन्चुसाकी भेष सूर्जवंशी तेडी, लैजा हो गया सिंजाकी धाड, सिजाको सिजाकी को नेत्रकी झाल अरिङ्यालकी भेष, मौराकी भेष कई । सिजाको सिंजो हल्लायो, सिंजो चल्लायो , जव लाग्या रानी सिंजापति रानी धुड धुड रुन... । छाडीदे बुवा तेरा मेरा नेत्रकी झाल ऐसे तो पन्ना तो सूर्जवंशीका तेडी पुतकी होइ लैजा न वुवा तेरा सिंजाकी धाड,

  • (१) हेलुवाघोडो,
  • (२) केलुवादमाई,
  • (३) लछुलीपात,
  • (४) रम्भारम्जुत्यदमाउ,
  • (५) रातीआलम,
  • (६) कालीचम्मर,
  • (७) सेतीचम्मर,
  • (८) नवभोक्कर, लैजा हो वुवा तेरा सिंजाकी धाड, येसे उतो पन्नाको सूर्जवंशी तेडीकी होइ तव म धुर धुर रोय लैजा वुवा तेरा सिंजाकी धाड, सूर्जवंशीले तव सिंजो हल्लायो, सिंजो चल्लायो, अटकसिल्लाराई, फटकसिल्ला राई कुन राईले सिंजो हल्लायो, कुन राईले सिंजो चल्लायो । लैजा वुवा तेरा सिंजाकी धाड छाडी दे वुवा मेरा नेत्रकी झाल, यसे तो सूर्यवंशी तेडीकी होई वाटाघाटाकी रक्षा गर्या । पडपखानकी रक्षा गर्या । मड मसानकी रक्षा गर्या । एकला दोकला की रक्षा गर्या । अटकसिल्ला राई, फटकसिल्ला राई, लैजा वुवा तेरा सिंजाकी धाड । तव सूर्जवंशी तेडीले सिंजो हल्लायो सिंजो चल्लायो । ल्यायो सिंजागडी सिंजागढपती सिंजाकी धाड...... । रम्भारम्जुत्यदमाउ, लछुडीपात, केलुवादमाइर्,
  • (९) सेतोसाँग, रातीआलम,
  • (१०) चौवुण्यागणाल,
  • (११) सौैवुण्याघाँट, लैजावुवा तेरा सिंजाकी धाड । यसै त पन्नाकी सूर्जवंशी की होई । लैजा वुवा तेरा सिंजाकी धाड यति भनि सिंजापति रानीले तेडीका झाल सुनी लै दियो । आप्mनो सिंजाको धाड ....। कौशिल्ला देवी, सुनदेवी, शिलादेवी, भगवती त पन्ना भइन , सब देवता आफ्ना-आफ्ना रुप आफ्ना-आफ्ना छल-वल दिएर देवताको अम्ले सिंजाकी धाड को अम्ले को सव देवताको सेवादारी भई नमो नम ।

रैका राजाको वंशावली[३][सम्पादन गर्ने]

डोटी रैका मल्ल शाही राजाको जुम्लादुल्लु पश्चात डोटीमा स्थापित प्रमाणित वंशावली निम्न अनुसार छ । [४]

१) नागराज

१२औ सताब्दीका राजाधिराज नगराज देखि पृथ्बीमल्ल सम्मनको वंशावली तिब्बती वंशावलीमा पनि उल्लेख छ ।

२) चाप
३) चपिल्ला
४) क्राशी चल्ल
५) क्राधि चल्ल
६) क्रचाल्ल

कत्युरी राजवंशकत्युरी नरेशहरूको कुमाऊ कार्तिकेयपुरी राज्य धोस्तगर्ने राजा यिनै हुन् । यिनका अभिलेखमा पनि यो कुरा उल्लेख छ । कुमाऊँको बालेश्वर मन्दिरमा राजा क्राचल्लदेवको संस्कृत भाषामा लेखिएको एउटा ताम्रपत्र भेटिएको छ । त्यस अनुसार क्राचल्लले वि.स.१२८० मा कुमाऊँमाथि विजय प्राप्त गरेका थिए । त्यस वखत उनको राजधानी दुल्लु नजिकै श्रीसम्मपन्न नगरमा थियो । क्राचल्लका छोरा अशोक चल्लले त्यस भन्दा अझै पश्चिमको गढवाल विजय गरेका थिए । गढवाल गोपेश्वरको अभिलेखमा अशोक चल्लले आफ्ना सर्वगामिनी सेनाद्वारा केदारभूमि (कुमाऊँ–गढवाल) विजय गर्नु भयो भनिएको छ [५]

७) अशोक मल्ल

अशोक चल्ल/मल्लको पालामा खश अधिराज्य अन्तरगत कर्णाली प्रदेश,गण्डकी प्रदेश,खारी प्रदेश(कैलाश मानसरोवर), केदारखण्ड(कुमाऊँ गढवाल) समेत समावेश थियो । यो एउटा ठूलो साम्राज्यनै थियो । अशोक चल्ल पछि उनका छोरा जितारी मल्ल राजा भए जितारी मल्लको पालादेखि खश राजाहरुले नेपाल उपत्यका(तत्कालिन काठमाडौं उपत्यका)मा आक्रमण गर्न थाले । गोपाल वंशावली अनुसार वि.स.१३४४ देखि १३९१ सम्म नेपाल उपत्यकामा जितारी मल्ल, रिपु मल्ल, आदित्य मल्ल, पुण्य मल्लले आक्रमण गरेका थिए [६]

८) जितारी मल्ल
९) अक्षय मल्ल
१०) रिपुमल्ल
११) आदित्य मल्ल

शाके १२३८ (बि.स.१३७३)

श्री शाके १२४३ (वि.स.१३७८) श्री श्री आदित्य/मदादित्य मल्ल "राइका " आदेश ताम्रपत्र सामागाउँ गाविस ९ साम्दो निवासी डुइटुप लामासँग सुरक्षिता [७]

(यिनको एउटा ताम्रपत्र तिब्बतसँग युद्ध लड्न जाँदा बासा गाउँको एउटा गुम्म्बामा भेटिएको छ, त्यसमा शाके १२४३ (बि.स १३७८ उल्लेख छ र "राइका " आदेश शब्द पनि उल्लेख छ । यसमा रैका ज्यु भेनेको छ ।,

१२) पुण्य मल्ल /श्री मल्ल

शाके १२५८ (बि.स.१३९३)

१३) पृथ्बी मल्ल /अभय मल्ल

शाके १२७९ (बि.स १४१४) (यी कत्युरी पाल राजा सँगको युद्दमा सक्रिय रैका राजाहरू ) (पृथ्बी मल्लको ताम्रपत्र बैतडी मल्लो स्वराडमा बि.सं.१४१४ मा जारी भएको छ । त्यस ताम्रपत्रमा "कटक स्वराडी" उल्लेख भएको कारण त्यस समय बैतडीका स्वराडी चन्द पृथ्वी मल्लका कटक (सेना) रहेको प्रमाणित हुन्छ | त्यो ताम्रपत्रमा रैका/राईका आदेश उल्लेख छ ।[८] त्यही "राईका आदेश" भन्ने सब्द नै " रैका /राईका " बनेको हो । त्यसकारण डोटीको मल्ल/शाही राजालाई "रैका राजा " भिनिन्थ्यो ।

१४) सुर्य मल्ल

शाके १२८९ (बि.स.१४२४)(डोटी पाल संग युद्द गर्न सेना पठाउने राजा ) ,

१५) अभय मल्ल

शाके १२९८ (बि.स.१४३३)(डोटी पाल राज्य बिजेता जुम्ली राजा )

१६ ) नागी मल्ल

शाके १३०६ -१३१५ (बि.स.१४४१-१४५०)( डोटी कत्युरी पाल राज्य बिजय गरेर राजधिराज बनेका रैका राजा ) (यिनका ताम्रपत्रमा पनि "राईका आदेश" उल्लेख छ । बि.स. १४४१ पछि जारी भएका डोटी रैका राजा नागी मल्लका ताम्रपत्रमा जुम्ला तिर भेटिने जातिहहरू बुढा, थापा , रोकाया जस्ता थरका मानिसहरू साँक्षी भेटिन्छन् । नागिमल्ल आफ्नो जन्मथलो जुम्ला जाँदा आछ्म तिमल्सेना गाउँकी बिधवा ब्राह्मणीसँग सल्के भन्ने किवदन्ती यिनको इतिहाससँग सम्बन्धित छ । यसैले यी जुम्लाबाट डोटी क्षेत्रमा पाल राज्य कब्जा गरेर बसेको पाईन्छ । यी राजा कत्युरी गणका नभएर जुम्लामा राज्य गर्ने नागराजको वंशजका चल्ल /मल्ल राजाका उत्तराधिकारी राजा हुन् । नागी मल्ल सिंजाली वंशावलीका पुरुष थिए र निरयपाल देवका छोरा थिएनन् । भन्ने आधारहरुमा प्रयाप्त प्रमाण दिन सकिने हुँन आएको छ ।[९] डोटी पाल राज्य बिजय गरेपछि पाल राजाका पुरोहित (ब्राहमण)का कुलदेवता प्राचीन (शिव) बागेश्वर जसलाई डोटी डडेल्धुरा क्षेत्रमा भागेश्वर भनिन्छ यी देवतासंग तँ देवता होइनस् तँलाई म मान्दैन तँ भन्दा म ठुलो हुँ भन्दै भागेश्वर को अवहेलना गर्दै विवाद गरेपछि भागेश्वर ले नागी मल्लको बिथिति मचाउँदा नागिमल्लले भागेश्वरसंग हार स्वीकार गर्दै मानव कलंकको रुपमा रहेको डोटी क्षेत्रमा देउका देउकी प्रथा चलाएका थिए । यस वंशका वृद्दव्यक्तित्वहरूले आफ्ना जिजुबाजेको मुखबाट सुनेअनुसार पनि वहाँहरूको पूर्वज जुम्लाबाट डोटी आएको हो । जुम्लाबाट जारी गरिएका यी राजाहरूका अभिलेखहरूमा यिनले आफूलाई खस राजाधिराज भनेको भेटिन्छ । त्यसैले इतिहासकारहरूले यी राजालाई खस राजा भनेर लेखेका छन् । डोटी बिजय गरे पछि यिनले खस भन्ने शब्द प्रयोग गरेनन् तर रैका(राईका) भन्ने शब्द भने प्रयोग गर्दै रहे, त्यसैले यस खान्दानका राजाका ताम्रपत्रमा रैका भन्ने शब्द भेटिन्छ । यिनै राजाका ताम्रपत्र ,अभिलेख अनुसार नेपालको संविधान २०७२ मा खश आर्य भनेर ठकुरी ब्राहमण सहितकालाई उल्लेख गरेको हो । )

१७) त्रिभुवन मल्ल

शाके १३१७ (बि.स १४५२)

१८) रिपुमल्ल

शाके १३३६ (बि.स १४७१)

१९) आनन्द मल्ल

शाके १३५३ ,

२०) कल्याण मल्ल

शाके १३६९ ,

२१) सुर्तन मल्ल

शाके १३९० ,

२२) कृति मल्ल

शाके १३९९-१४०४ ,

२३) पृथ्बी मल्ल

शाके १४१९ ,

२४) अशोक मल्ल

शाके १४१९ ,

२५) प्रताप मल्ल

शाके १४२८-१४४४,

२६) नृप मल्ल

शाके १४७७-१४९४,

२७) भूपति मल्ल

शाके १४८० -,

२८) महिपति शाही

शाके १५०२,

२९) हरि शाही

शाके १५१८-१५२०,

३०) राम शाही

शाके १५२५-१५४० ,

३१) रुद्र शाही

शाके १५३६-१५५५ ,

३२) पहाडी शाही (क)

शाके १५५९-१५९४ ,

३३) बिक्रम शाही

शाके १५९३-१६०७ ,

३४) मन्धता शाही

शाके १६१०-१६४१ ,

शाके १६१२ डोटी रैका राजा मन्धता शाही द्वारा जारी ताम्रपत्र
३५) रघुनाथ शाही

शाके १६४२-१६४८ ,

३६) कृषण शाही

शाके १६८२-१६९४ ,

३७) दीपा शाही

शाके १७०८ - १७१२ (बि.स १८४३-१८४७) गोर्खा राज्य बाटकब्जा गरिएका रैका स्वतन्त्र राजा ,

३८) बिष्णु शाही

शाके १७१३ बि.स.१८४८ (गोर्खा राज्य अधिनस्त राजा ),

३९) पहाडी शाही (ख)

शाके १७२० बि.स.१८५५ (गोर्खा राज्य अधिनस्त राजा र अन्तिम राजा डोटी ) यस वंशजका ठकुरीहरू डोटी, डडेल्धुरा, बझांग, कैलाली ,कञ्चनपुर र भारतको सिंगाही,लखनउ क्षेत्रमा रहेका छन् । डोटी रैका राजाका वंशज भनेर चिनिन्छन् । जुम्लाबाट आएको यो वंशले डोटी पालराज्य बिजय गरेपछि राज्यमुकाम अजयमेरु, निरोलीसम्मन कब्जा गर्यो, अजयमेरुबाट बिस्थापित भएपछि राजपुरहुँदै गनैगौडा डोटीमा दरवार बनाएर बस्यो, यसै स्थानमा गोर्खाले कब्जा गरेर यहाँको दरवार नस्ट गरेको थियो । आज यो दरवार भाग्न अवस्थामा छ ।[१०]

रैका वंशको बसोबास[सम्पादन गर्ने]

रैका वंशजसंग सम्बन्धित पहिचान तालिका[सम्पादन गर्ने]

क्रस रैका वंशजका शाखा सन्तानले वर्तमानमा लेख्ने गरेको थर बसोबास भएको स्थानहरु गोत्र वंश सन्तान कुलदेवता वैवाहिक सम्बन्ध कैफियत
शाह डोटी राजपुर /गडसेरा चौकी / जोरायल लिड्के कोट /सहजपुर मस्से /भारत सिंगाही तुर्कौली /लखनौ / गोरखपुर शौनक सूर्यवंशी ऋषिमुनीहरुको मन्त्रबाट काँसकुश हुँदै जन्मेका तथा अयोध्यपति रामका कान्छा पुत्र कुशको सन्तान तेडी मष्टो/निमौने तथा मष्टो देवता / मष्टो गण (आलका देवी देवताहरु) चन्द/ पाल ,बम(थर) बोगटी रजवार, सिंह /हमाल/ अछामी शाह /--- राजा हरि शाही (प्रथम)को राज्यकालबाट देउवासंग वैवाहिक सम्बन्ध बन्द भएको शाह र शाहीको
शाही डोटी मुडेगाउँ / डुमराकोट/ गुठेउरी/ चौकोट /केदार गाउँ /बनलेख/जोरायलको लिड्केकोट, मान्नाकापडीको गर्खा, डडेल्धुराको बोगटा/ डिलेली/ चोरेला ----- शौनक सूर्यवंशी ऋषिमुनीहरुको मन्त्रबाट काँसकुश हुँदै जन्मेका तथा अयोध्यपति रामका कान्छा पुत्र कुशको सन्तान तेडी मष्टो/निमौने तथा मष्टो देवता / मष्टो गण (आलका देवी देवताहरु) चन्द/ पाल ,बम (थर) बोगटी रजवार, सिंह /हमाल/ अछामी शाह /--- राजा हरि शाही (प्रथम)को राज्यकालबाट देउवासंग वैवाहिक सम्बन्ध बन्द भएको शाह र शाहीको
मल्ल डोटीको पचनाली, दियाली, तिछडा, धुरकोट, झुण्डा, डडेल्धुराको लुलानगर्षा गाङखेत, बझाङको रायल, चिर, सुदडा, सैसु (सन्सु), सेरा, शौनक सूर्यवंशी ऋषिमुनीहरुको मन्त्रबाट काँसकुश हुँदै जन्मेका तथा अयोध्यपति रामका कान्छा पुत्र कुशको सन्तान मष्टो / निमौने तेडी मष्टो, जठे तथा मष्टो देवता / मष्टो गण (आलका देवी देवताहरु) चन्द/ पाल ,बम(थर) बोगटी रजवार, सिंह /हमाल/ अछामी शाह/देउवा --- -------

सगोत्री दाजु/भाइ[सम्पादन गर्ने]

शौनक गोत्रीय राइका / रैका कुलका : मल्ल ,[[शाही ,शाह

रैका राजवंशको डोटी रैकाराज्यकाल देखि वैवाहिक सम्बन्ध हुनेगरेको[सम्पादन गर्ने]

दार्चुला पाल , बैतडी चन्द ,डोटी तल्लो बोगटान क्षेत्रका बम ,ठकुरी बोगटी ,मर्माली सिंह ,बझांगी सिंह, अछामी शाह,...................आदि |

रैका राजाका देबी/देवता[सम्पादन गर्ने]

कर्णाली प्रदेश,गण्डकी प्रदेश,खारी प्रदेश(कैलाश मानसरोवर), केदारखण्ड(कुमाऊँ गढवाल) क्षेत्रमा समेत प्रभाव रहेको शक्तिशाली खश रैका राजाहरुको वंशावली १४३३ पछि नेपालका केही इतिहासकार भनिनेहरुका प्रकाशनमा गोल माल बनाई राख्नु , समाज र इतिहासलाई भ्रमित तुल्याउनु हो । राइका आदेश लेख्ने खश राजाहरु मष्टो देवतासँग सम्बन्धीत थिए । डोटी रैका राजवंश यिनै खश राजाको उत्तराधिकारी वंश हो । रैका राजा कत्युरी वंशजका नभएर सिंजा(जुम्ला) बाट डोटी आएका खश राजाका वंशज हुन भन्ने प्रयाप्त प्रमाणहरु अहिले पनि सुरक्षित छन् । यी प्रमाणहरु मध्येको एउटा महत्वपूर्ण प्रमाणित आधार उनका देवी देवताहरु हुन् । मष्टो देवतालाई खशहरुको देवता भनिएको छ । रैका राजासंग सम्बन्धित निम्न उल्लेखित सम्पूर्ण देबी देवताहरु मष्टो कै हाँगा बिँगा भेटिन्छन । कार्तिकेय गणका देवता रैका राजवंशसंग छैनन् । डोटी रैका राजाका देबी देवतासंग सम्बन्धित नामहरु

  • १) – ढँडारमष्टो (काफली), २) – कटारी मल्ल , ३)– तेडी मष्टो,[११](तियाडी थान) ४)– निमाउने(खापर/खपरे मष्टो), ५)–कैलास, ६)– लोहाखडी, ७) – शिलादेवी (शैलेश्वरी), ८)– दूधेमष्टो(मन्ठा), ९) – एकसरे, १०) – गौडीबाग(दाडेमष्टो), ११) – सैम, १२) – कम्कडे, १३) – ढारामोरी, १४)– मसानी, १५)– खम्कडो, १६)– बासकोटे, १७)– काफली, १८)– कपडेउती, १९)– राँकरे, २०)– चिमराडो, २१)– कलारै, २२)– क्राँक्रे, २३)– कुवँरे, २४)–चौड्याल, २५)–वेताल, २६) –किमकडे, २७)– निराल, २८) –विकुले, २९) –रातोढुङ्गो, ३०) – कालभैरव, ३१)– वटुकभैरव, ३२)–कौछे, ३३)– मसे, ३४) – विजाशैन, ३५) – लटे(कपालका लाटापाल्ने मष्टो/लाटो), ३६)– चौहत्तीमल्ल, ३७)– अठौती मल्ल(जिम्दार), ३८) – तिखुले, ३९) – पँरडे, ४०) – डब्बले, ४१)– सब्बले,४२)–नवा, ४३) –छडी, ४४)– भगवती,४५) –अलखे,४६) दाडेमष्टो, ४७) गुडुल्य,४८) गोरघट्टे, ४९) भमदेली,५०) मौभेरीमष्टो ५१) भैरव कुल र इस्टदेवता, इस्ट देबीको रुपमा शिला देवी (शैलेश्वरी) भगवती, मालिकासँग सम्बन्धित रहेका रैका मल्ल/शाही राजाका यी देवताहरु डोटी गडसेरा,तेलेकोलेक देखिपारी सेतीनदी पूर्वकोभूमि, अछाम, बझांग ,बाजुरामा धेरै भेटिन्छन।
    डोटी रैका राजाको गनारी गौंडा कोट (दरवार) को नजिकै भैरव देवताको मन्दिर यहाँ कुखुरा/ हाँस र बोकाको बलि हुन्छ

मष्टो समुदायका कुलायन[सम्पादन गर्ने]

    1. रैका राजा

डोटी रैका राजाका कुलदेवता तेडी मष्टो [१२] र निमाउने हुन् । जुम्ला भामगाउँमा तेडी देवताको स्थापना छ | यस देवताको स्थापना गडसेरामा नागीमल्ल राजाका वंशजले गरेको भनाइ पाईन्छ । रैकाराजाले तेडी देवतालाई पूजा आराधानाकालागि त्यस भेगमा जमिनगुठ दिएकाछन् । डोटी राजा रुद्रशाहीका पालामा वि.स.१६८७–९४ देखिका अभिलेखमा तेडी देवताको उल्लेख पाईएको छ । यी राजाले वि.स.१६८७ मा यस तेडी देवतालाई भूमीदान दिएका थिए । त्यस्तै वि.स.१७६५ मा रैका राजा मान्धता शाहीबाट विनलो परियोको पानीघट्ट र ऐरी भन्ने खेत संकल्पगरी दिइयो भन्ने उल्लेखगरी तेडी देवतालाई गुठ चढाएको बताईएको छ ।

    1. बझाङ्गी राजा

बझाङ्गी राजा शक्ति सिहले साके १३६५ देखि बझाङ्गको ढँडारमा मष्टो देवता स्थापना गरी आप्mना कुलदेवता मानेकोमा त्यो परम्परा अझै रहेको छ । वि.स.१८३३ मा गजपती जोईसीद्वारा लेखिएको ग्रहशान्ति विवाह पद्दती नामक हस्तलिखित पुस्तकमा ग्रमादि देवतालाई हवन दिनु पर्ने क्रममा कुलदेवता कलंकी देवता मष्टा मण्डाल्नी, कालिका, मालिका, ठिँगेल्नी, चुगेल्नी ,नौकोटी दुर्गा, पुग्याल्नी आदि ग्रामदेवताको उल्लेख रहेकोछ ।

    1. अछामका राजा

नेपाल सरकारबाट वि.स.१८६३ मा आछाम विनायकका पूजारी सुपारिपाध्याय, जसु धामी र चाउरु धामीलाई लेखिएको पत्रमा उप्रान्त आछामका राजाहरुले श्री कालासिल्ला मष्टादेवतालाई चढाएको गुठ पश्चिम आउन्या श्री चौतरिया काजी अछामका अमालीले पनि थामी दियाको रहेछ आदि लेखिएको छ ।

    1. जुम्लाका राजा

नेपाल सरकारबाट वि.स.१८९५ मा जुम्ला खत्याड दराका जसिवन्त थापा, जगदेव रावल र विश्राम राउतका नाममा जारी गरिएको रुक्का मोहरमा श्री रुमाल मष्टो र श्री खेस्माली भवानीको धुपवत्ती चलाउन सालिन्दा ३÷३ रुपैया प्रर्दान गरिएको पाईएको छ । त्यस्तै रास्कोटी ठकुरीहरुका कुलदेवता क्षेत्रपाल मष्टो र इस्टदेवी वंदाशैनी तथा अछामका सोमवंशी शाही ठकुरीहरुका कुलदेवता मष्टो र ईष्टदेवी बन्डाल्नी वताईएकोछ

डोटी रैका राजाका देबी देवता सम्बन्धि ब्याख्या[सम्पादन गर्ने]

    1. सैमलोहाखडी देवता

बनलेख गाउँ विकास समिति वार्ड नं १ बानेडुग्रासैनका शेरबहादुर भट्टराई(भू.पु शिक्षकका अनुसार डोटी जिल्ला पचनाली गाउँ विकास समितिको वार्ड नम्बर ६ तलकोटसेराको मैदानी ठाउँ सिलगडी जाने पिच वाटोको छेवमै लोहाखडी देवताको मन्दिर रहेकोछ । यी लोहाखडी देवता रैका मल्लठकुरीका देवता हुन् । मल्लका महारानीहरु यिनका अधेगा रहन्छन् र छेउलो हाल्ने गर्दछन् । लोहाखडी देवता फलामका चिउरा बुकाउने देवता हुन भन्ने मान्यता छ । पहिलेका दिनमा लोखाखडी भोटेभाषामा वोल्ने गर्दथे तर आजभोलि भोटेभाषा वोल्न छोडी सकेको छ । यस सम्बन्धमा पचनाली तलकोटका कर्ण बहादुर मल्ल भन्नु हुन्छ लुहाखडी भनेका काठमाण्डौका स्वयम्भू हुन् । लुहाखडीको अर्कोनाम स्वयम्भू हो । यी देवता अत्रिगोत्रिय गेडे पूmलारा पुजारीले पाएका हुन् । यी देवताको इतिहास छसय वर्ष भन्दा पुरानो छ । लोहाखडी देवतामा लक्षहोम हुने गर्दछ ।

  • लोहाखडीमा लक्षहोम हुँदा ६ ठाउँका ब्राह्मणहरु जस्तै तिजालीगाउँ, मुरभडागाउँ ,चुडीगाउँ, उजलीगाउँ, मौवागाउँ, सुन्नगाउँका २/२ जनाका लागि १२ विणा(वस्ने स्थान) छुट्याउँने चलन छ । यहाँ सैम र लुहाखडी देवताको नामसँगै उच्चारण गरिन्छ तर यी फरक फरक देवता हुन् । सैम भनेको गादिको धनी दुधधारी देवता हो भने लोहाखडी भनेको सैमको ईसारामा काम गर्ने देवता हो । सैम देवता एकै पटक सबैको हितमा वोल्छ भने लोहाखडी एक एक गरेर छिनोफानो गर्दै किटानी गर्दै काम गर्ने गर्दछ । लोहाखडी देवता भारद्वाज गोत्रका साउद जातिको मान्छेमा अवतार हुन्छ ।
  • सैमलोहाखडीसँग मष्टो,
  • तेडी,
  • एकसरे,
  • गौडीबाघ,
  • मसानी देवता पनि सम्बन्धित छन् । मसानी देवता तलजातिमा अवतार हुन्छ । वैतडी जिल्लाको उत्तर पश्चिम क्षेत्रमा पर्ने डिलासैनी गाउँ विकास समिति अन्तरगत रहेको धामी गाउँमा डिलासैनीको मन्दिर स्थापना हुनु भन्दा पहिले त्यहाँ लोहाखडी देवताको स्थापना थियो । त्यस लोहाखडी देवताको स्थान भएको ठाउँमा नागी मल्ल राजाले एउटा ढुँङ्गा फलामको साङलामा फसाई थारो बाँधेको अहिले सम्म छ । त्यसलाई नागी मल्ल राजाको थारो भन्ने चलन छ । यस कारण नागी मल्लको वंशजसँग लोहाखडी देवता सम्बन्धित रहेको थाहा हुन्छ । डोटी तलकोटको सेरोमा मल्ल परिवारको जेठो राठीको रोपाईको सुरुवात भए पछिमात्र अन्यले रोपाई गर्ने पुरानो चलन अझै रहेकोछ । पचनालीमा एक सयको संख्यामा मल्ल परिवारको वसोवास छ । यहाँका अधिकाँस मल्ल परिवारले अझैसम्म पनि हलो जोतेका छैनन् । यहाँका मल्ल परिवारमा पाको उमेरका गणेश बहादुर मल्ल, जोगी(तिलक) मल्ल र पंचायतकालका क्षेत्रपाल कर्ण बहादुर मल्ल आप्mनो पुर्खेउली सम्बन्धी जानकार छन् । हरिहर उच्च.मा.वि पचनाली तलकोट निर बसोबास भएका यिनका अनुसार पचनालीको मल्ल परिवार अत्यत्र नगएको भन्ने छ । समाजसेवी ७३ वर्षिय कर्ण बहादुर मल्लका अनुसार पचनाली मल्लका गुरु पुरोहित खत्याडीका अत्रि गोत्रिय मिश्र ब्राह्मणका सन्तान मानिने अत्रि गोत्रकै चूँडीका पूmलारा र रिठाभूवाका अत्रि गोत्रकै जोशीहरु छन् । यस क्षेत्रका देवता पुज्ने र रैका मल्ल÷शाहीको जजमानी गर्ने गुरु पुरोहित यिनै छन् । लाटाकाफली देवताको जाँत कार्तिक शुक्ल त्रैयोदशीका दिन पचनाली गाउँ विकास समितिको देकुरालीमा हुने गर्दछ । यी लाटाकाफलीसँग कटारी मल्ल पनि आउँछ । लाटा र काफली अलग अलग देवता हुन् । लाटा देवताको धामीले कपालका लटा पाल्ने गर्दछ । कपालका लटा पाल्ने भएको कारण लटे भनिएको हो । सैम लोहाखडी देवताको मुख्य भँराड पचनाली गाविसको चुँडी गाउँमा छ । लुहाखडी देवताको जाँत कार्तिक शुक्ल पूर्णिमाको दिन हुन्छ । यी देवता माघ शुक्ल पुर्णिमाको दिनमा पुजिन्छन् । बुद्घधर्मकोलागि पूर्णिमा तिथि अति उत्तम तिथि मानिन्छ भने लुहाखडी देवताको यो तिथिको सम्बन्ध बुद्घधर्मसँग छ । पचनाली मल्लको कोट मुडभराको धुरकोट भन्ने स्थानमा थियो । यस धुरकोटबाट ओल्लकाँडा हुँदै मल्लहरु पचनाली आएका हुँन् । लाटाकाफली देवता मल्लहरुको धेरै पुरानो देवता हो । लोहाखडी देवता पछिको देवता हो । लाटाकाफलीका पुजारी अत्रिगोत्रका जोशी छन । धामी र भँराडे वोहराहरु छन् । लोहाखडीका पुजारी अत्रिगोत्रका पूmलारा छन । धामी र भँराडी साउदहरु छन् । लुहाखडीको माण्डौमा घीउका मेधा वालिन्छ भोकरबाट घीउ पर्दछ । पहिलेका दिनमा पचनालीका मल्ल ठकुरीहरुलाई कण्ठे भन्ने चलन थियो । यहाँका गैर ठकुरीहरु पचनालीका मल्ल ठकुरीहरुलाई कण्ठे भनेर सम्वोधन गर्ने गदर्थे । यहाँ तिलक मल्ल लाई जोगी मल्ल पनि भन्ने गरिन्छ । यी जोगी मल्ल एकसरे देवताका धामी छन् तर कानमा सूनका मुदडा लाउने हातमा वाला हाल्ने मुन्टामा पकडी वाँध्ने धामी भने होईनन् देवताको हाँक आउने भएको कारण धामी भनिएका हुन् । पचनालीका मल्ल परिवारहरु अप्mनो गोत्र सुना(सुनउ) गोत्र भन्ने गर्दछन् । यिनका पुरोहितहरु पनि यिनको सुना(सुनाउ)गोत्र भनेर सनकलो वोल्दछन् । यहाँका समाजसेवी कर्ण बहादुर मल्लका अनुसार
  • सैमलोहाखडी,
  • मष्टा(मन्ठा),
  • तेडी,
  • काफली,
  • लाटा,
  • एकसरे,
  • मसानी,
  • गौणीवाघ,
  • विजाशैन,
  • कालिका स्थान र महादेव देवता त्यहाँ छन् । लोहाखडीले भूल्यार फकाएर आपूmसँग राखेको कारण महादेव देवता त्यहाँ देखिएका हुँन् । त्यहाँको मन्ठा देवतामा वलि पनि चढाईन्छ ।
    1. शैलेश्वरी (शिलादेवी)

डोटी जिल्ला सिलगडी नगरपालिकाको सिलगडी बजारमा रहेकी शैलेश्वरी (शिला)देवी डोटी रैका राजाकी कुलदेवी हुन । यिनको पूजा कार्तिक शुक्लपुर्णिमा, माघशुक्ल पुर्णिमा र जेठ शुक्ल पुर्णिमामा हुने गर्दछ । पुर्णिमाको दिन भगवान गौतमबुद्धको जन्म भएको दिन मानिन्छ । यस कारण प्रत्येक पुर्णिमाको दिन बुद्धधर्मको लागि महत्वपूर्ण दिन हो । बुद्धधर्मसँग शैलेश्वरीको सम्बन्ध के छ त्यो अनुसन्धानको विषय होला तर डोटी रैका राजाकी कुलदेवी मानिने यी शैलेश्वरीसँग रैका राजाका कुलदेवताहरु सम्बन्धित छन् । सिलगडी नगरपालिका वार्ड नम्बर ५ धामीगाउँ निवासी तेडी देवताका धामी वर्ष ६६ का डम्मर सिं पार्कीका अनुसार

  • शैलेश्वरीको शोभायात्रा र पूजाहुँदा
  • तेडी,
  • निमाउने,
  • मष्टो,
  • कम्तडो,
  • नवा,
  • ढारामोरी,
  • लाटो,
  • बास्कोटे,
  • छडी सहितका देवताहरु आउने गर्दछन् । दाडेमष्टा पनि यही गणको देवता हो । यहाँ निमाउने र तेडी देवताको अवतार पार्की जातिमा हुन्छ भने नवा देवता महरा जातिमा, खम्तडो देवता धामी जातमा, वास्कोटे देवता दमाईमा, ढारामोली देवता कोली जातिमा,मष्टो देवता वोहरा जातिमा अवतार भएर बोल्ने गर्दछन् । निमाउने देवताको जेठ पुर्णिमामा पूजा हुन्छ र त्यस समयमा यसलाई वलि दिईन्छ । शैलेश्वरी देवताको बाजा बजाउने धेरै छन् । यो बजाउन सुरुवात गर्दा तथा उदघाटन गर्दा पार्की जातिको मान्छेले दमाउ बजायर सुरुवात गरिदिनु पर्दछ तव मात्र अन्यले बजाउने परम्परागत चलन यहाँ छ । सिलगडी नगरपालिका ५ पुन्ना बसोबास भएका बास्कोटे देवताका धामी हरि दमाईका अनुसार मष्टा र तेडी देवताकी वहिनी शैलेश्वरी तथा शिला देवी हुन् । शैलेश्वरीका पुत्र नवादेउ र खम्तडो देवता हुन भने अन्य देवता शैलेश्वरीका गार्ड हुन् । निमाउने देवता शैलेश्वरीलाई वैना(वहिनी भन्ने गर्दछ । वास्कोटे देवता शैलेश्वरीलाई ठकुरानी भन्ने गर्दछ । चाँदीको लठ्ठी समातेर अगाडि अगाडि शैलेश्वरीको सवारी चलाउनेकाम वास्कोटे देवता गर्दछ ।
    1. कपल्लेकी भनिएका ढँडारमष्टो र कटारी मल्ल

डोटी दिपायल देखि दक्षिण तर्फ रहेका तीन गाउँ विकास समितिहरु भूमिराजमाण्डौ, कपल्लेकी र मुडेगाउँका बीचमा स्थापित र तीनवटै गाउँ विकास समितिका मान्छेका साझा देवता कपल्लेकी केदार (ढँडारमष्टो) हुन् । कपल्लेकीका चारैकुनामा स्थापित गणमानिने देवताहरु

  • तेडी,
  • मष्टो,
  • निमाउने,
  • कपडेउती,
  • राँकरे,
  • गौडीवाघ,
  • चिमराडो,
  • लाटा,
  • कलारै
  • नवादेउ,
  • मसानी
  • कटारीमल्ल,
  • कौछे ,
  • लोहाखडी,
  • एकसरे सहितका धेरै देवता मानिन्छन । यिनै देवताहरुलाई त्यस भेगका मानिसहरुले आप्mना कुदेवता मानि पुज्दै आएकाछन् । कपल्ले भनिने यहाँका ढंडार मष्टोका ठूला शक्तिशाली मानिने कटारी मल्ल तथा खापरे देवता हुन् । यहाँको जाँतमा नागी मल्लको वंशजको खोजि हुने गर्दछ । पचनाली तलकोटकी जानकी देवी मल्लका अनुसार कफलेकी केदार भनिने ढँडार मष्टाको अधेगा नागीमल्ल राजाकी महारानीहरु हुने गर्दछन् । कटारी मल्ल देवताका धामी र भंराडी सिमलडोर सलेनाका वलायर जातिका हुन्छन् । पहिलेका दिनमा मुडेगाउँ र कपल्लेकी गाउँ विकास समितिको क्षेत्रलाई जिजिकोट गर्खा क्षेत्र भन्ने गरिन्थ्यो । भूमिराजमाण्डौ गाउँ विकास समितिको क्षेत्रलाई सलेना गर्खा भनिन्थ्यो । यी कटारी मल्लदेवता जिजिकोट र सलेना गर्खाका सच्चा देवता हुन । यस क्षेत्रमा यिनकै वोलवाला चल्दछ । कपल्लेकी (ढँडारमष्टो) र शिखरको जाँत प्रत्येक वर्षको भाद्र शुक्ल पक्ष अनन्ते चर्तुदशीमा हुन्छ । शिखर लाटाकाफली देवता मुडभराको दक्षिण तेलेको लेकको बीचमा छन् ।
  • यिनको स्थापना नागी मल्लले गरेको वताईन्छ ।
  • कपलेकी केदार र शिखर एउटै देवता हुन् ।
  • कफलेकीमा जाँतका वेला १२ गाउँका १२ देउरा आउँछन् । सलेनाको देउरो, डाणागुमको देउरो, मल्लिगुमको देउरो, वेलडुमराको देउरो, खचाडाको देउरो, खाती गाउँको देउरो सहितका यहाँका ठूला ठूला देवताका देउराहरु यहाँ आउछन् ।
  • कटारी मल्ल देवता त्यहाँ वर्षदिनको भविश्य वाँणी वोल्छन् । त्यो वर्षको अनिकाल, भूईचालो, खोला पैरो, भोकमरी, असिना पानी, खेती पाती के हुने के नहुने के गर्नु पर्ने के गर्न नहुने जस्ताकुरा कटारी मल्लले सुनाउने गर्दछन् । यहाँ प्रत्येक १२ वर्षमा कपल्लेकीमा लक्षहोम हुन्छ । लक्षहोम सकिने दिन तथा दशहरामा मेधा हुन्छ । डोटी खत्याडीका अत्रि गोत्रिय मष्टो कुलदेवता भएका मिश्रथरका ब्राह्मण र कटारी मल्ल देवताका धामी दुवै जना साथै देवताको माडौको धुरीमा चढेर तामाका गाग्रीभरेको घीउ धुरीवाट आगामा खन्याउछन् । त्यो आगोका ज्वाला मेधाको दर्शन गर्नु उत्तम मानिन्छ । यहाँका बासीन्दाहरुलाई कटारी मल्ल देवताले पुरानो हमरो साखा भाखा के हो ? पुरानो रीति थिति के हो ? कसले के काम गरेको हो भनेर आप्mनो क्षेत्रका बासिन्दालाई वताउने गर्दछन् । यहाँ कटारी मल्ल देवता आपूmलाई २२ काना ५२ दलको धनि भन्ने गर्दछन् । यसबाट यी कटारी मल्ल देवतासँग ठूला साना गरेर ५२ दल रहेको थाहा हुन्छ ।

नोट- डोटी वोगटानमा रहेको मान्यता अनुसार- ५२ दलको धनी खापरे भयो उता ५२ दलको धनी कार्तिकेय (मोहन्याल)भएको कारण खापरेसँग युद्ध जित्न कठिन हुँदा सूर्खेतबाट भैरौवेताल ल्याएर ५३ दल बनाएपछि मात्र कार्तिकेय (मोहन्याल)ले खापरेलाई वोगटानबाट खेद्न सकेको कुरा बताईन्छ । मष्टाको उग्ररुप मानिने र जेठो मष्टो ढँडारमष्टो हो । ढँडार मष्टो र खपरेको तिथि र मितिमा कपल्लेकी केदार, शिखर र त्यहाँको कटारी मल्ल देवता पूजिने भएका कारण खपरे भनिएको नै यिनै कटारी मल्ल(अठौती मल्ल) हुन । वैतडी क्षेत्रमा खपरेको चैत भनेर अठौत मल्लको चैत सुनाउँने गरिन्छ । वोगटानमा ठाँटीमर्काल र उनको खापरे देवता भन्ने गरिन्छ । ठाँटीमर्काल भनेका कोहुँन भन्दा राजपुरे राजा भनिन्छ । यस कारण राजपुरे राजाका देवता कटारीमल्ल(निमाउने)लाई खपरे भनिएको हुँन् सक्छ ।

बझाङ क्षेत्रमा दाडेमष्टो का अधेगा मल्लकी ठकुरानी[सम्पादन गर्ने]

बझाङको चिर क्षेत्रका मल्लको कुलदेवता सम्बन्धमा चिर खल्पटा माइति बताउँने वर्ष ८५ की करुणा पाल (मल्ल) भन्नु हुन्छ की मल्लहरुका श्रीमति दाडेमष्टाका अधेगा हुँने गर्दछन् । दाडेमष्टो काम्दा मल्लकी ठकुरानीहरुको दृष्ट्रि नपरोस भनेर छेउलो हालेर काम्ने गर्दछ । बझाङमा मल्लहरुले भमदेली देवताको जाँतमा जानै पर्ने हुन्छ । यो देवतामा वोकाको वलि हुन्छ । देउकी पनि चढाउँने गरिन्थ्यो । भमदेली मल्लको कुलदेवता हो । यस देवताका धामी र भंराणी क्षेत्री जातिका छन । भने धामी गाउँमा बसोबास भएका जोशी ब्राह्मणहरु पूजारी छन् । भमदेलीको मन्दिर गर्खामा छ । बझाङको चिर, सुदडा, रायल, सन्सु र सेरामा मल्लहरुको बसोबास छ । त्यहाँका मल्लका देवता

  • भवानी,
  • भमदेली,
  • कैलाश,
  • दाडेमष्टो,
  • गुडुल्य र
  • गोरघट्टे हुँन् ।
  • त्यहाँ दाडेमष्टो दाँतले वोकाको घाँटी काट्छ ।

मल्ल देवता भएकाहरु[सम्पादन गर्ने]

पालहरुमा कैलपाल, निलपाल, देउपाल, सुरपाल, सहपाल र सुनपालले देवताको रुप लिए जस्तै मल्लहरुमा

  • कटारी मल्ल,
  • चौहाती मल्ल,
  • अठौती मल्लले देवताकोरुप लिएका हुन् । लाटाकाफलीलाई कपालका लटापाल्ने देवता भएकोले लटाकाफली भनिएको हो । यहाँ कटारीमल्लका धामी लोहार जातिका दलितछन् । चौहाती मल्लका धामी वोहराहरुछन् ।

नोट- अछामी राजाको अत्रि गोत्र डोटी खत्याडीका मिश्र ब्राह्मणको गोत्र हो भन्ने मान्यता छ । जुम्ली राजाकी हरमता मैयाँको विवाह यिनै अत्रिगोत्रिय मिश्र ब्राह्मणसँग भएको र जुम्ली राजाकी मैयाँसँग विवाह गर्ने मिश्र ब्राह्मणलाई जुम्ली राजाले अछाम क्षेत्र दाईजो दिएको किवदन्तीसँग नागी मल्लवंशजका कफलेकी केदार (ढँडारमष्टो) र कटारी मल्ल देवतासँग डोटी खत्याडीका मिश्र ब्राह्मण साथ साथै देखा पर्नु यसैको उदाहरण हो । मिश्र ब्राह्मण पहिले जुम्ली राजाका गुरु पुरोहित थिए । जुम्लाको खत्याड भन्ने स्थानबाट आएर बसेकोले यिनको बसोबास भएको स्थानलाई पनि खत्याडी भनिएको हो । अझै पनि जुम्लाबाट डोटी आएका मानिने राइका (रैका) राजाका कफलेकी केदार (ढँडारमष्टो) र कटारमल्ल देवतासँग डोटी खत्याडीका अत्रिगोत्रिय मिश्र ब्राह्मण खान्दानका शाखा सन्तानको भूमिका भाद्रशुक्ल अनन्त चर्तुदशीको जाँतमा देखिन्छ । अछामी राजाका पूर्वजद्वारा जारी भएको ताम्रपत्रमा यस्तो लेखिएको छ । यसले पनि माथिको विषयलाई पुष्टि गर्दछ । जस्तै– ओम स्वस्ति अत्रि गोत्रस मुत्पन्नौ इन्द्र चन्द्रो नृपदरो ....श्री शाके १३५० (बि.स १४८५ ) समय मार्ग्सिर सुदि अस्टमय रबिदिने चन्द्रब्रहम ्रइन्द्रब्रहम दुवै रजवारको आदेश......भनेर अछामी राजाकापूर्वज चन्द्रब्रहम र इन्द्रब्रहमको ताम्रपत्र छ । बि.स १५६७ फागुन सुदि एकादशीको हरिब्रह्मको ताम्रपत्रमा पनि हरिब्रहम भूमिदाताको रुपमा उल्लेख भएतापनि यसमा हरिब्रहम रजवारको आदेश भनेर अधिनस्त राजाको हैसियत देखीएको छ । त्यस समयमा अछाम राज्य जुम्ली रैका अधिनस्त राज्य थियो । जुम्ली रैका राजाकी राजकुमारीसँग अत्रि गोत्रीय ब्राह्मणको बिबाह हुँदा रैका राजाबाट अछाम राज्य दाईजो पाएको मानिने अत्रि गोत्र, सोमवंशी यो वंशज ब्रहम, बम्म, शाही,शाह भएर चिनियो ्र यो राज्यको उत्तरार्धमा राजामहाराजको हैसियत यस राज्यलाई पनि भयो । अत्रिगोत्रिय ब्राह्मण, रैका र अछामी राजा गरी यी तीन थरी पनि मष्टो देवतासँग सम्बन्धित छन् ।

रैका वंशजको कुलदेवता “तेडी मष्टो र निमाउने” सम्बन्धमा[सम्पादन गर्ने]

स्थानीय जानकारहरुका अनुसार- श्रोत- कोमल प्रसाद भट्ट, वर्षः ६९, सुब्बासाप, भारद्वाज गोत्रीय, भागेश्वर कूलदेवता, गडसेरा गाविस वार्ड नम्बर ९, भुलखेत हाल श्रीपुर गाविस वार्ड नम्बर २, भँुयारा, (वडेहा) तेडी देवताका करिया १२ गाँइ रैका शाही र खडायत हुन् । खडायत भनेका लगाएको काम गर्ने वाला हुन् । पातली थरका क्षेत्रीहरु गैरिलेकको मालिकामा समावेस हुन्छन् । तेडी पूज्ने स्थान गैरीलेकको मालिकामा छ । चोखालको पनि तेडी पूज्ने स्थान अलग छ । तेडी सच्याउँदा कश्यप गोत्रीय वोहराको गादी र तल्लो चोखालको पोेटेलो (कपडाको एक धर्सौ) भएर मात्र सच्चिने गर्दछ । तेडीका अन्य पनि करिला छन् । तेडीको देव कचहरीमा निर्णय हुन्,नसकेको कुराको निर्णय भुलखेतका भारद्वाज गोत्रीय भट्टले भनेको कुरा निर्णायक हुन्छ । भारद्वाज गोत्रीय भट्टलाई तेडीको जेठो टीको तिलक वनाउनुभन्दा पहिले सुरुवाबाट लगाई दिने गर्दछन् । तेडीका धामी र भँराणे खड्यात छन् । तेडीका पूजारी मष्टोलाई कुलदेवता मान्ने चिउर्याल भाट÷भट्ट बामनका भैयाद मानिने कश्यप गोत्रीय जोशी छन् । पहिलेका दिनमा दानसिह खडयतका दुई भाइ थिए । ती दुई भाइमा एक जना धामी र एक जना भँराणे भए कालान्तरमा यी दुई जनामा आपसमा झगडा हुन् गयो । प्रसादे खडयतको छोरी मरी त्यो लास तेडीको सिहासनमा राखि दियो । धामीपट्टीको मानिने प्रसादेको अपुताली भयो ।

  • तेडी देवताको खुट्टा “गडसेरा”,
  • नाभी “दिपायल” र
  • शिर (टाउको ) सेती नदीदेखि उत्तर दिपायलबाट एक दिनको पैदल बाटोमा रहेको स्थान “गिरीचौका” लाई मानिन्छ |यूटुबमा /डोटीका रैकामल्ल/शाही राजाका कुलदेवता धामीले बोकाको घाँटी दांतले काटेको दृश्य निमौने भन्ने देवता लाई खपरे को अर्को रुप हो भन्ने मान्यता छ । यई लाई डाडा बाघ पनि भन्ने गरिन्छ । शिर(मुन्टो) भएको गिरि चौका मुख्य स्थान हो । गिरि चौकामा रैका राजाको देवता ले ६४ बोकेको घाँटी दांत ले काट्नछ । बोकेको घाँटी दाँतले कटदै पिपलकोट ,मयल्कोट हुनै बझांग थालारा पुगंछ ।

तेडी पुजन विधि— भारद्वाज गोत्रीय भट्ट ब्राह्मणले वेद पढी दिने, अत्रि गोत्रका ओझाले कर्मकाण्ड गर्ने र कश्यप गोत्रीय जोशीले पूजन गर्ने गर्दछन् । यस देवताको बयाँल हुन्छ । बझाङमा पनि ढँडारमष्टा (मुलमष्टो)को पूजा सुवेडा गाउँका भारद्धाज गोत्रीय सुवेदीले गर्नुपर्दछ । भातेखोलाका जोशी र सुवेडाका कुशाभट्टका सन्तानले यस देवताको पूजा गरेको भन्ने छ । यस मानेमा गडसेराको भातेखोला, निमाउने देवता र ढँडारमष्टोको सम्बन्ध कुनै न कुनै रुपमा एउटै छ । श्रावण शुक्ल पुर्णीमामा मालिका पूजे पछि मात्र तेडी देवता पूजिन्छ । तेडी देवताको स्थापना रहेको स्थान भन्दा माथि गडसेरा गाविस वार्ड नम्वर ७ धामी गाउँदेखि माथि रहेको डाँडालाई गैरीलेक भनिन्छ । यसै डाँडाको टुप्पामा मालिकाको स्थापना रहेको छ । रैकाराजा मल्लबाट शाही भएपछि तेडी देवता चार पटक पूजिन थालेका हुन् ।

  • १— वैशाष शुल्क अष्टमी तिथि,
  • २— भाद्र शुक्ल अष्टमी तिथि, (यो तिथि कहिले काँही श्रावणमा पनि पर्दछ)
  • ३— कार्तिक शुक्ल अष्टमी तिथि
  • ४— माघ शुक्ल अष्टमी तिथि गरी चार पटक पूजिन्छ । त्यो भन्दा पहिले तेडी दुई पटक पूजिन्थ्यो । हाल पनि वैशाख शुक्ल अष्टमी र श्रावण मालिका पूजिएपछि गरी दुई पटकनै पूजिन्छ ।

तेडीसँग सम्बन्धित अन्य देवताहरु

  • मसानी,
  • किमकडे,
  • पँरणे,
  • निरालयको स्थानमा तेडीको पनि शिला राखिएको हुन्छ । पूजारी एक हातले तेडीको सुरुव र अर्को हातले यिनै सम्बन्धित देवताको सुरुव समाती पूज्ने गर्दछन् । निमाउनेसँग तेडी देवता हुने नै भयो । तेडीलाई बलि चढ्दैन् । दूध चढ्छ किनभने यी तेडेनामका बाहुनका पिचास हुन् पिचासलाई बलि चढ्ने कुरै भएन ।

निमाउने/निभाउने — रैका शाहीको कुलदेवता निमाउने हो । तेडी देवता निमाउनेका घोडा चढ्दछ । कार्तिक शुक्ल सप्तमीका दिन “अनामजेली” भन्ने घरमा निमाउने पूजिन्छ । त्यस दिन १२ गाँई शाही र कठायतहरु आउने गर्दछन् । राती १२ वजे निमाउने पूज्ने गर्दछन् । यसको विहान वँयाल गरेर तेडी माँडौमा तेडी पूजिन्छ ।

  • मंसिरशुक्ल द्वितीयाकादिन विहान भातेखोलामा निमाउने पूजिने र त्यसको वँयाल गएर त्यसै दिन धामी गाउँमा दिउसडी हुने गर्दछ । गडसेराको भातेखोलामा निमाउने पुजिने र बझाँङ्ग जिल्लाको “भातेखोला” गाविस वार्ड नम्बर २ मा ढँडारमष्टो पुजिने भएको कारण निमाउनेका नामहरु खापरे, ढँडारमष्टो, काफलीकेदार, अठौती मल्ल(कटारीमल्ल) पनि भएको हुनु पर्दछ । गडसेरा धामी गाउँको तल अगेरोखेतको बीचमा दुई माँडौ भन्ने स्थानमा तेडीको बयाँल जान्छ । त्यहाँ तेडी पूजिन्छ । अनामजेलीमा बोका काटिन्छ । यो अनामजेली शाहीको कुलदेवताको स्थान हो । निमाउने खुन खाने देवता हो । यहाँ दूध चढ्दैन । रैका शाहीहरुमा आप्mना कुलदेवता निमाउनेको बोका पाल्ने चलन छ । यो बोका पूजारी गएको समयमा जहाँ पनि जहिले पनि काट्दा हुन्छ तिथि÷मिति, दिनवार हेर्नु आवश्यक हुँदैन् ।

निमाउनेलाई सेती पारी गिरिचौका तिर “दाडेबाघ (दाढेमष्टो)” पनि भन्ने गरिन्छ । २०३६ सालको जनमत संग्रहमा गडसेराका कोमल प्रसाद भट्ट बझाँग गएका रहेछन् । बझाँगबाट घर फर्कदा गिरी चौका क्षेत्रमा बास भएछ । त्यहाँ निमाउनेको जाँत भइरहेको हुँदा त्यो स्थानमा गएछन् । निमाउनेले त्यहाँ मुखका दाँतले बोका काटेर बाहिर मिल्काई दियो । यो देखेर अचम्म लागेको कुरा भट्टजीको छ । उनी भन्छन् त्यहाँ गडसेराका मान्छेलाई “कालाखोला” को मान्छेभन्दा रहेछन् । भित्र बोलाएर गडसेरा निमाउनेकालागि भोकर, दमाउ सहितका सामन लैजा भनेछ । तर त्यो सामान भट्टजीले ल्याउन मानेनन् । निमाउनेलाई खप्तडमा बसेका कारण “खापरे” पनि भनियो ।

तेडीको धमारीका केही अंश[सम्पादन गर्ने]

लडुओझा पूजारी, कनैया धामी, १२ गाउँको पोखलो पाउने, तवज कुण्डको अविच्छलो पानी, लडुओझा पूजारी कनैया धामी.......दिपायल गोदरे गाडको वारी र पारी तेडी र दूर्गा मांडौं छ । यी दूवैमा पूजा हुन्छ ।

तेडी देवता गिरि चौका[१३][सम्पादन गर्ने]

डोटी जिल्लाको गिरिचौका गाउँ विकास समिति अन्तरगत गिरिचौका भन्ने स्थानमा तेडी देवताको मूलमाणौ छ । त्यहाँको मान्यता अनुसार माणौ रहेको क्षेत्रमा बसोबास गर्दैआएका ढाँट थरका क्षेत्री जातिका एक जना मान्छेले बल्लजोती रहँदा, हलोको फाली लागेर रगत बग्यो । के रहेछ भनेर हेर्दा त्यहाँ जमिन मुनि दविएका देवता देखिए । यसपछि सिल्लका क्षेत्री अधिकारीले आप्mनो साथमा रहेको भैंसीको दूधको पारो खन्याएको र ढाँट क्षेत्रीले शरीरमा ओडेको खास्टो ओडाएपछि हल्ला भयो । सबै आई हेर्दा त्यहाँ तेडी देवता रहेछ भनेर थाहा भयो । त्यसपछि त्यसलाइ देवताको रुपमा गिरिचौका गाउँको बीचभागमा स्थापित गरी मान्न थालेको बताईन्छ । त्यहाँ तेडीले ढाँटजातिलाई पिता र अधिकारी जातिलाई माता भनि सम्बोधन गर्दछ । त्यहाँको काँणा बस्ने थापा जातिलाई धामी र भँराणी, खतेडागाउँ बस्ने ओझा ब्राह्मणलाई पूजारीको जिम्मेवारी दिई प्रतिवर्ष असोज नवरात्री, दशैंपछि तेडी देवताको जाँत हुँने गरेको पाईन्छ ।

  • त्यहाँ तेडी अन्तरगतका देवताहरु
  • झलले,
  • डाडाबाग,
  • असंखी,
  • मष्टो,
  • लटे,
  • मसानी छन् ।

तेडी देवता बझाङ दाङजी बाह्पाटमा[सम्पादन गर्ने]

तेडी देवताको मित दाडेमष्टो भएकोले दुवै थरीसँग–सँगै रहने गर्दछन् । दाडेमष्टो पशुआहारमा निकै प्रशंन्न हुँने भएकोले उसलाई औधिखुसि बनाउँन । ६४ वोकाको वलि दिनेगर्दा डाँणावागको धामी काँपेर त्यहाँ रहेका ६४ वोकालाई एक–एक गरी दाडेमष्टाको धामीलाई दिँदैजाने र दाडेमष्टाले तेडीका साम्ने ती सबै बोका दाँतले दनादन काटी शिर एकतर्फ ढाडअर्को तर्फ बनाउदैजाँदा त्यहाँ वगेको रगत तेडी धामीको शरीरमा नपरेकोले तेडीलाई निर्मासीको सज्ञा दिएको बताईन्छ । यहीबाट तेडीलाई दुधचढ्ने र तेडीको साथमा रहेको दाडेमष्टोलाई वलि चढ्ने चलन चलेको हो । बझाङ दाङाजी बाहबाटामा तेडी माँडौ छ । दाङजी निवासी एक जना गिरिचौकाामा तेडी दर्शन गर्न आउँदा उनले त्यहाँ देवताको आगनमा कुनै निर्जिव धाँतुआकारको फटेग्रो उफ्रनलागेको देखे । त्यसपछि त्यसलाई समाति ल्याई आप्mना अग्रजलाई देखाए । स्थानीय धने खड्का नामका एक जनाले धामी काँपेर त्यो फट्ग्रो नभई तेडी देवताको रुप हो भने । त्यसपछि सबै जम्मा भई त्यसलाई स्थापित गरेर पूजा चलाएको बताईन्छ । थलारी सिहले तेडीलाई बाजे र तेडीले थलारी सिहलाई नाती भन्ने गर्दछ । यो विषय खोजपूर्ण छ । स्रोत ः व्यासाचार्य खेमराज ओझा, पश्चिम गुठी, दर्शन ग्रन्थ पृष्ठ १९२

तेडी सम्बन्धमा [१४][सम्पादन गर्ने]

तेडी निर्मासी हुन् । खापरे वलि खाने हुन् । तेडीको मूलस्थान डोटी गिरीचौका हो । तेडीको स्थापना नजीक खापरको पनि स्थापना गरिएको हुन्छ । कालान्तरमा यो खापर ६४ बोकाको बलिखाने गर्दथ्यो । यसको भयावहरुप थियो । दाँतले बोका काट्ने गर्दथ्यो । बोकाको खून खानसक्ने उजिर परे छिनोफानो गर्ने गर्दछन् । त्यसैले खप्तडको खापरे र तेडीको नजिकको सम्बन्ध छ । खापर हिँसावादी र तेडी अहिँसावादी हुन् । यी दुवैसँगै रहन्छन् । डोटी गडसेरा र सेती पूर्वका स्थानहरु गिरीचौका, बझाँङ्ग, अछाम सहितका क्षेत्रमा ठाउँमा ठाउँमा तेडी र खपरेको स्थापनाहरु पाईन्छन् ।

तेडी देवताका पूजारी परिवारका दीर्घराज जोशीका अनुसार[सम्पादन गर्ने]

स्रोत- दीर्घराज जोशी, कश्यप गोत्रीय,पहाड गडसेरा, हाल धनगडी हसनपुर गैरालेक मालिका पूर्णिमामा पूजिन्छन् । मालिका पूजिए पछि मात्र तेडी र निमाउने अन्तरगतका देवताहरु पूजिन्छन् । यो स्थान तेलेको लेकदेखि दक्षिण पश्चिममा रहेको छ । तेडीको “अनामजेलीभराँड” लाई भँराडे र पूजारी मात्र गएर पूज्ने गर्दछन् । तेडी १२ गाँई शाहीहरु आएपछि पूजिन्छ । यो रैका शाहीको कुलदेवता हो । गडसेरामा रहेको तेडीको माडौ रैका शाहीका पूर्वजले तामाले छाएका छन् । त्यहाँ तामाको गजुर छ । रैका शाही खान्दानका शंकर शाही डोटी जिल्ला सभापती भएको समयमा वजेट छुट्ट्याएर तामाको गजुर बनाएका हुन् । तेडीको पाईतलो गडसेरा हो । नाभी दिपायल हो, भने तेडीको शिर गीरचौका हो । गीरचौकामा तेडी पूज्दा गडसेराको तेडी पूज्ने पूजारीको खोजी हुन्छ । शाला गाउँका खड्यात, पुनेवाटी खडयत र शाहीहरु तेडी पूज्ने गर्दछन् । यस तेडीका धामी र भँराणेहरु पनि खड्यात थरका क्षेत्रीहरु छन् । तेडी दूधधारी देवता हुन् । यी चैत्र अष्टमीको नवरात्री र मार्गशुक्ल अष्टमी गरी दुई पटक तेडी पूजिन्छ । निमाउने, वेताल, किमकडे, पँरणे र निराल पँञ्चरात्री बस्ने यी सबैको मिलाउने भएपछि तेडी सच्याउन पनि यी सबै बस्नु पर्दछ । किमकडे चोखालको कुलदेवता हो । निराल रावल पातलीको कुलदेवता हो । वेताल पनि रावल पातलीको देवता हो । निमाउने देवतालाई बोकाको बलि गर्नु पर्दछ । नोटः— मध्यकालमा जुम्ली राजाहरु मालिकाको ठूलो श्रद्धा र सम्मान गर्दथे । जुम्लाका राजा त्यहाँको छिनासिम दरवारबाट आप्mना भारदारहरु मार्फत वर्षेनी सरजाम र भेटी लिएर तीन चार दिनको बाटो पैदल हिँडी मालिकाको पूजा गर्न वाजुराको बडिमालिका पुग्दथे । यस मानेमा जुम्लाबाट डोटी आएका रैका राजाले श्रावण शुक्ल पूर्णिमाका दिन मालिका पुजिय पश्चात रैका राजाका अन्य देवता पूजिनु स्वभाविक हो । यसैक्रम अनुसार गैरीलेक मालिका पूजिय पछि लगतै तेडी र अन्य देवता पूज्ने चलन डोटी गडसेरा क्षेत्रमा चलेको हो ।

तेडी देवताका धामी खलकका अनुसार[सम्पादन गर्ने]

स्रोत- धामी खलक मानिएका गेहेन्द्र बहादुर खडयत वर्ष ः ७१ र अमर बहादुर खडायत वर्ष- ६० गडसेरा गाउँ विकास समिति ८ धामीगाउँ हाल श्रीपुर गाविस ५ जमुनाघारी तेडीका धामी धनेवस्तीका खडायत थिए । पछि भीमसेनका हिडिम्वाबाट जन्मेका पुत्र घटोत्कछ वा घटाल कुलदेवता बताउने डडेल्धुरा सोलफरबाट गडसेरा गएका खड्यात धामी भएका हुन् । धनेवस्ती क्षेत्रका खडायत भँराणे भए । धने बस्तीका खडायत धामी र भँराणे भएको समयको एक घटना यसप्रकार छ । एकदिन तेडीको जाँत भएको दिनमा धनेवस्तीका खडायत तेडीको गादीमा बसेका थिए । उता घरमा धनेवस्तीका खडायतको एक्लो छोरो मरेछ र घरकाले त्यो लास ल्याएर तेडीको गादीमा फालिदिए छन् । यसबाट विवाद भएछ । यसै दिनबाट सोलफरिका खडायत धामी भएका हुन् । जनैपूर्णिमा भाद्रमा मालिका पूजिन्छन् । मालिकाको स्थानमा निमाउने जाँदैन तेडी जान्छ । मालिकाको स्थानमा पनि तेडी पूजिन्छ मालिकाको माँडौभित्र तेडी नाँच्ने गर्दछ । निमाउने देवता आपूmलाई ५२ दलको धनी हुँ भन्ने गर्दछ । निमाउने पनि दुई वटा छन् ।

  • १– बुढो निमाउने- यसका धामी तिरुवा जातिका दलित छन् भने अर्को,
  • २–निमाउने- यसका धामी पार्की जातिका दलित छन् । यो निमाउने रैका राजाको कुलदेवता हो ।
  • संकटलाई निभाउने भएका कारण यस देवतालाई निभाउने भन्ने गरिएको हो । निमाउने बोका र कुखुराको बलि खान्छ ।
  • कालो रंग बाहेक जस्तो रंगको बोका, कुखुरा ल्याए पनि हुन्छ ।
  • निमाउने भित्रका कठाली गाँउका भाँण,
  • ओलकट्टेका भुल, पार्की, तिरुवा, खडायत पनि हुन् ।
  • यो देवताको धामी पहिले रैका राजाका भाइ भैयादमा आउन थाल्यो निमाउनेको धामीको घोडा तेडीको धामी चड्ने भयो ।
  • अव राजाका भाइ भैयादका घोडा खडायत चढ्न थालेपछि यो भएन भनेर निमाउने तिरुवा र पार्की जातिमा सारिएको हो ।
  • मस्सेमा अझै शाहीकै भैयादमा निमाउने आउँछ । शाहीका घोडा खडायत चढन थाले पछि दलितमा सारेका हुन् । निमाउने र तेडी केदारको खलामा जाँदैनन् ।

रैका राजाका वंशजहरुको भनाईहरु[सम्पादन गर्ने]

  • धन बहादुर शाही — , वर्ष ः– ६६, तिखातर गाउँ विकास समिति वार्ड नम्बर–६, डुम्राकोट, हाल भिमदत्तनगरपालीका वार्ड नम्बर १८ कटान

हाम्रो खान्दानको कुलदेवता तेडी कार्तिक पूर्णिमाका दिन र जेष्ठ पूर्णिमाका दिन पूजिन्छ । यस तेडीलाई दुई किसिमबाट पूज्ने गरिन्छ । तेडी देवतामा दूध पनि हाल्ने ३÷४ मीटर दुरमा लगेर छेउलो हाली बोका काटी बलिदिने गरिन्छ । दूध हाल्ने स्थानलाई शिला भन्ने गरिन्छ । यहाँ गाई वा भंैसीमध्ये दुवैको दूध हाल्ने चलन छ भने निमाउने देवतामा बोकाको बलि मात्र गर्ने गरिन्छ । डुमराकोटमा तेडीका धामी छैनन् । तेडीका पूजारी डुमराकोटमा ओझा थरका ब्राह्मण छन् । डुमराकोटका शाहीको मट्टे तथा कुलदेवता निमाउने हो ।

  • दान बहादुर शाह, वर्ष ः ६५, सहजपुर गाउँ विकास समिति ८ सहजपुर, हाल श्रीपुर ५ हरैया

हाम्रो खास कुलदेवता निमाउने हुन् । यसका धामी पार्की र तिरुवा जातका तलजाति छन् । तेडी देवता पनि कुलदेवता हो । यसका धामी र भँराणे खडायत जातका छन् । पूजारी कश्यप गोत्रीय जोशी छन् । १२ गाँई ठकुरी भनिएका हाम्रा भाइ भैयाद र १२ देउरा देवता आएपछि पूज्ने काम हुन्छ ।

  • कर्ण बहादुर मल्ल पचनाली तलकोटका का अनुसार तेडी देवता तरवार नचाउँने देवता हुन् । लटाकाफली र लोहाखडी जाँतमा तेडीले मेरो क्षेत्रे हुनु पर्यो भनेर पचनालीका मल्लको खोजि गर्दछ ।
  • बम बहादुर शाह सहजपुर गाउँ विकास समिति— सहजपुर

तेडी देवताको धामी सामु विरामी बालक लगेर पुछ(धमेउल) गर्दा तेडीले भनेछ “तेई म ढल्ल नईदिउ हेर, त्यो ढलीगए त, म पनि ढली जाउलो” भनेछ घरमा बालक मरिसकेको थियो । फेरि तेडीका धामीलाई सोध्नी तथा पुछ गर्दा अझ त्यही भनेछ “त्यई ढल्ल नई दिउ हेर त्यो ढली गए म ब के गरुलो म पनि ढली जाँउलो” भने पछि रीसले चुर भएका शाहीले खुकुरी निकालेर तेडीको धामीको घाँटी काटी दिएछन् । त्यसपछि शाहीहरु गढसेरा छोडेर मस्से आएका हुन् । तेडीको धामी काटेका कारण तेडी जाँतमा मस्सेका शाहीका परिवारले दण्ड स्वरुप केही दिनु पर्ने हुन्छ । निमाउने देवता तेडीले पछि लगाई दिएको देवता हो । निमाउनेकोथान डोटी दिपायल राजपुरको लोकसेवा आयोगको घरनजिक पनि थियो । राजपुरमा सहजपुरका शाहीको डोटी राजाबाट भाइ भागको जग्गा पनि छ ।

  • लोक बहादुर शाह , वर्ष ७० सहजपुर गाउँ विकास समिति सहजपुर

डोटी राजपुरबाट आएर गडसेरा चौकीबसे चौकीबाट आएर सहजपुरक्षेत्रमा बसेकाहुन । पूर्वजहरु जुम्लाबाट आएर गडसेरा बसेका थिए । गडसेराबाट राजपुर तिरगएकाहुन । गोबर्धन शाही, रण बहादुर शाहीहरु यही कुरा भन्ने गर्दर्थे । मेरा बुवा दल बहादुर शाहीले पनि जुम्लाबाट गडसेरा आए त्यहाँबाट राजपुर गए फेरी राजपुरबाट गडसेरा चौकी आएर चौकीबाट मस्से सहजपुर आएकाहुन भन्ने गर्दर्थे । यही सुनेको हुँ जेठा बुवा तिलक बहादुर शाही पनि जुम्लाबाटै आएको बताउँने गर्दर्थे आज यी सबैको स्वर्गे भई सक्यो भन्दै वर्ष ७२का लोक बहादुर शाही थप्छन् । निमाउने देवताको भँराण शाहीका घरको माथिल्लो तला (पाँण)को कुण्डामा राखेको हुन्छ । निमाउनेलाई पुज्ने बोका पनि पाँणमा लगेर तलबाट रुडी रुडी गरी काट्ने र रगत त्यही भित्तामा छर्कने गरिन्छ । बाहिर बोका काट्दैनन् । यहाँ सुनारी घर भएका शेर बहादुर शाहको घरमा निमाउनेको भँराण छ । शेर बहादुर शाह हाल निमाउनेका भँराणी छन । निमाउनेका धामी पनि यिनै शाही खान्दानकै निम बहादुर शाह छन् । निमाउने तेडी देवताको घोडो हो । हाम्रो खास कुल देवता निमाउने हो । निमाउनेको जाँत पंचमीमा हुन्छ । पहिले गोबर्धन शाही धामी भएको समयमा बोका वलि गर्ने गर्दर्थे हाल बोका वलि गर्न पनि छाडी सकेकाछन् । निमाउनेको भँराणमा दमाउ, भोकर, घाँट, आलिम , धाजा दक्षिणाको पैशा रहेकाछन् । राणा शासन पूर्व शाही थर लेख्थे । प्रजाराज चलेपछि शाहथर लेख्न थालेकाहुन । प्रजाराजका नेताले राणाराजमा दवेको देश, प्रजा राजमा अगाडि बढ्दै जाँऊ भन्ने नारा लगाएका थिए ।

नोटः दिपायल सिलगडी नगरपालीका गोदरेगाडको वारी र पारी तेडी र दूर्गाको माण्डौ छ । यी दुवैमा पूजा हुन्छ । डोटी रैका राजाको तेडे बामन र दूर्गा नामकी राजकुमारीका बीच अनैतिक सम्बन्ध हुन गएकोकुरा थाहा पाएपछि तेडे बामनको हत्या गरियो । यस कुराले राजाकी राजकुमारीलाई दुखित बनायो र उनले आत्म हत्या गरिन । यिनको ईच्छापूर्ण नभएको र हत्या गरिएकाले पिचास भएर रहनगए । यस पछि यी दुवैले रैका राजाबाट देवताको रुपमा पुजिने मान्यता पाएका हुँन्

कैलास देवता [१५][सम्पादन गर्ने]

बझाङमा बसोबास गर्ने रैका मल्ल खान्दानकाहरु आप्mनो कुलदेवताको रुपमा कैलासलाई लिने गर्दछन । बझाङ र बाजुराको कैलासको सम्बन्ध एउटै बताईन्छ । बाजुराको कैलास देवताको सम्बन्धमा कैलासका डागर परिवारका कमल बहादुर खत्रीका अनुसार कैलास दुई वटा छन् । एक चीनबाट आएको र अर्को बाजुरा क्षेत्रको स्थानीय कैलास चीनबाट आएको कैलास आगोमा पस्दैन । नाँच्दा घाँटीमा खाक्कर घुङुराको माला लगाएर हातमा चौरीको पुच्छर समाती नाच्ने गर्दछ र चाईनीज भोटे भाषा बोल्छ । चाईना कैलास कालीकोट भुमरा गाउँ विकास समिति क्षेत्र सहितका सेतीपारिका विभिन्न स्थानमा छ । भने बाजुरा काँणाकोट पचाडामा रहेको कैलास यहाँको स्थानीय कैलास मानिन्छ । यसलाई कैलासऋषी पनि भन्ने गरिन्छ । कैलास बोकाको बलि खाने देवता हुन् । यी देवताका धामी भँराडे खत्रीहरु छन् । यी खत्रीलाई डाँगर भन्ने गरिन्छ । कैलासका १२ भाइ छन् । कैलासलाई सहयोग गर्न यी सबै आउँछन् । यी सहयोगीहरु कुखुराको बलि खान्दान यिनका नाम यस प्रकार रहेकाछन् ।

  • १—डब्बले,
  • २—सब्बले,
  • ३—काँके,
  • ४—कुवँरे,
  • ५—विकूले,
  • ६—तिखुले,
  • ७—गहते,
  • ८—मसुरे ,
  • ९— निमाउने,
  • १०—जठे,
  • ११–रातोढुङ्गो,
  • १२— अलखे...आदि । यी कैलासका वाहानहरु नाँच्दा विभिन्न पशु, चराका आवाज निकाल्दछन् । विकूले भन्ने स्यालका जस्तो आवाज निकाल्छ । यिनीहरु कुनै ठाउँ जानु परेको खण्डमासँगै जान्छन् । यी कैलासका वाहानहरु कैलासको पूजा भइसकेपछि पूजा भएको स्थानमा मान्छे नभएको समयमा आउँछन् । यिनलाई कुखुरा दिए खुसि हुन्छन् । कुखुरा छैन भने कुखुराको प्वाँख दिए पनि हुन्छ । अलखे भनेको कैलासको भाइ हो । कैलास देवता आगाको भुँमरोमा नाच्ने गर्दछन् । बाहिर आगोको ठूलो धुनी बालेर आगाको कौल भएको समयमा भित्रबाट कैलास दुईघाँट समातेर नाकबाट सिँगान चुहाउँदै आगामा हाम फाल्छ र आगाको कौलमा नाँचेर आप्mनो शक्ति देखाउँछ । यस देवताको पूजा भएको समयमा १००/१५० जति बोकाको बलि हुन्छ । यहाँ कैलासऋषी देवतासँग अन्य देवताको लडाई भएको थियो । यो लडाईमा कैलास भागेर जंगलमा लुक्न गए र जंगल ओकोटर बसे । देवातहरुले कैलासको बाटो बन्द गरिदियो भुवानी माईले कैलासलाई लड्न नजा भनेर बाटो छेकेर राख्यो भन्ने भनाई बाजुरामा रहेको छ ।

कुनै मान्छेलाई मार्नु छ वा देवता लगाउनु छ भने बाख्रा वा कुखुरा जिउँदै ऋषिकैलासको मन्दिरमा झुण्डयाउनु पर्दछ । जतिखेर झुण्ड्याको पशु पन्छि मर्दछ । त्यतिनै खेर जसलाई मार्न झुण्डाएको हो त्यो पनि मर्दछ । भन्ने विश्वास यस क्षेत्रमा रहेकोछ ।

खापर र खप्तडको सम्बन्ध बझाँङ्ग छान्नाको खापर माण्डौसँग[सम्पादन गर्ने]

खप्तडको लेकदेखि पूर्व अछाम, बाजुरा पश्चिम दक्षिणमा डोटी उत्तरमा बझाँङ्ग गरी चार जिल्ला पर्दछन् । यी चार जिल्लाको बीचमा रहेको लेकलाई खप्तडको लेक भन्ने गरिन्छ । खप्तडी भनेर नाम जोडीएकाहरुको मूल थलो यही खप्तडलाई मानिन्छ । खप्तडको लेकमा रहेको खापरमाण्डौ क्षेत्रमा जेठ शुक्ल दशमीमा गंगादशहराको दिन र श्रावण पूर्णिमाको दिनमा ठूलो मेला लाग्छ । त्यहाँ ८० मिटर लामो ५० मिटर चौडा रहेको पानीको एक दह छ । त्यस दहको पूर्वपट्टी प्राचीन खापरमाण्डौ रहेकोछ । यस खापरदह क्षेत्रमा भाद्रशुक्ल अन्नत चर्तुर्दशीमा मेला लाग्छ । यस खापरको सम्बन्ध बझाँङ्ग छान्ना पूजारी गाउँ स्थित खापरमाण्डौंसँग रहेको छ । अन्नतपूर्णिमाको दिन पनि ठुलो मेला लाग्छ । खापरमाण्डौनेर एक प्राचीन हवन कुण्ड छ । यसको नजिकै एक सार्कीमाडौं छ । जहाँ सार्कीहरुले मात्र पूजा गर्दछन् । खापरे सम्बन्धमा बझाङ जिल्ला ब्याँसी गाउँ विकास समितिको श्रीमातोला हाल भीमदत्त नगरपालीका भाँसी कञ्चनपुर बस्ने वर्ष ९२ का आपूm बझाङ्गी राजाको वंशज बताउने नागी सिह ठकुरी भन्नु हुन्छ । हाम्रो कुलदेवता पहिले खापरे थिए । खापरेको मुलस्थान खप्तड हो । खप्तडबाट उठाएर पूज्नकालागि यता उता लगेका हौ । खापरे सम्बन्धमा ठूलो काम गर्नु पर्यो भने खप्तडमै आउँने गर्दछौ । खापरेको थानमा बोकाको वलि हुन्छ । त्यो बोका घाँटीको तलबाट रुडी रुडी गरी काट्ने गरिन्छ । पहिले दाँतले काट्ने गर्दथे । हाल हतियारले काट्ने गर्दछन । हाल आएर हामी मष्टादेवता पुज्ने गर्दछौ । दाडेमष्टो पनि हाम्रो कुलदेवता हो । होरी पछि आउँने पूर्णिमा पछिको औशीमा मष्टालाई पुज्ने चलन छ । बझाङ पाटादेवल गाउँ विकास समिति अन्तरगत पूजारी गाउँ सयल डाँडामा खापरेमाणौ रहेको छ । त्यहाँ खड्काजाति पुजारी छन् । त्यहाँको खापरे देवतालाई थलारी राजाले उन्नाईसरैणे पाँचखेत, चरुगडो गूठी भनि दिएकाछन् । यहाँको खापरमाणौंमा भाद्र ईन्द्रजात्राका दिन दुइ दिने मेला लाग्छ । अछाम विन्धावासिनी गाविस वार्ड नम्बर ५ र ६ को बीचमा खापरेश्वर महादेव नामका देवता छन् । खापरे देवताका वाहानलाई डुँडो र चौखुट्टे देवता भनिन्छ । मुद्दामामिला परेमा मानिसहरु पक्राउ गर्न डँुडो र चौखुट्टे देवता जान्छन् । मुद्दा फैसला भए पछि यिनलाई वलि दिनु पर्ने हुन्छ । खापरे देवताका वाहान ६४ दल सिपाही हुन्छन् । पाप गर्नेहरुलाई ती सिपाहीका दलले अनिष्ठ, वहुलाहा,हानी गराउने विश्वास छ ।

ढँडार मष्टमाण्डौं र भातेखोला [१६][सम्पादन गर्ने]

बझाङ जिल्लाको भातेखोला गाविस वार्ड नम्बर २ मा प्राचीन र मष्टाहरुको मुलमष्टो मानिने ढँडारमष्टो देवताको मन्दिर छ । यी मष्टाहरुको मुलमष्टो भएका कारण यिनको महिमा अन्य मष्टा भन्दा ज्यादा छ । यहाँ बझाङी राजाले वर्षेनी र ब्राह्मणहरुले ३,५ र १२ वर्षमा विधिवत ढँडार मष्टोको पुजा गर्नु पर्ने मान्यता छ

  • प्रत्येकवर्ष भाद्रशुक्ल अनन्ते चर्तुदशीमा त्यहाँ ठूलो मेला लाग्ने गर्दछ ।
  • यस दिन यहाँ दाडेमष्टो भन्नेका धामीले काँप्तै दाँतले बोकाको घाँटी छिन्छन् ।
  • स्थानिय वयोवृद्धका अनुसार यो माडौ जालन्धरी राजाका पालामा बनेको हो भन्ने छ ।
  • जालन्धर राज्य नेपालबाट झण्डै ७६० किलो मिटर पश्चिम वर्तमान भारतको पंजाव राज्यमा पर्दछ । यस मन्दिर भित्र पश्चिममा उपाशक बस्ने र पूर्वका थामका बीचमा मष्टाको वैठक बनाईएको छ । सो वैठकमा गवीर प्राकृतिक शिलामा पूजा गर्ने चलन छ । ढँडारमष्टाको पूजा सुवेडा गाउँका भारद्वाज गोत्रिय सुवेदी ब्राह्मणहरुबाट हुने गर्दछ । यिनको घरमा जुठो सुत्केरो भएको खण्डमा यिनले खटाएका ब्राह्मण पुजारी भएर पूजा चलाई दिने गर्दछन् । यहाँ भारद्वाज गोत्रिय कुशा भट्टको फाग हरेक मष्टा माडौमा गाउने गरिन्छ । ढँडार मष्टामा पहिले नित्य पूजा हुने गर्दथ्यो । आजभोली आईतबार र बुधवारका दिनमा पुजा हुन थाल्यो । यसका धामी गिरी थरकाहरुछन् । त्यहाँ धामीको अवतार हुने परम्परा पहिला धामीबाटै रही आएको छ । ढँडार मष्टाको पहिला धामीको नाम जसराज हो भने पहिला पूजारीको नाम कुशा भट्ट हो ।

मष्टा वण्डालीे पोखरीजाँतसँग तेडी देवता[सम्पादन गर्ने]

डोटी जिल्ला पूर्वीचौकी गर्खा र अछाम आठसयको साझा आस्थाका देवताको जाँत पोखरीको मष्टावण्डाल्नी देवताको जाँत हो । यो जाँतमा अछाम र पूर्वी डोटी क्षेत्रका मान्छेहरु सहभागी हुने गर्दछन् । यहाँको पोखरी, सलेना ,गजाडा, सोगट, दानकोट, वाराला, अछाम, काँडा, पूmलौट आदि गाउँवाट जाँतका दिन पूजाको सामान सहित मष्टावण्डाल्नी देवताका भक्तजनहरु आउँने गर्दछन् । मष्टा वण्डाल्नी देवता वैदिक र तान्त्रीक दुवै विधिले पूजन हुने गर्दछ् । यी देवताको पूजाहुने पक्ष तथा तिथि

  • भाद्रशुक्ल अष्टमी,
  • मंसिरशुक्ल अष्टमी ,
  • चैत्रशुक्ल अष्टमी र
  • गंगादशहरा हुन् । त्यसमध्ये गङ्गादशहरामा पूजारीले आप्mनै घरमा पूजागर्ने गर्दछन् । यहाँ मष्टावण्डाल्नी देवताको प्रत्येक १२ वर्षमा लक्षहोम गर्ने चलन छ । यहाँको भनाई अनुसार मष्टा वण्डाल्नी देवता भनेका फरक फरक देवता हुन् । मष्टा भनेका शिवरुप र वण्डाल्नी भनेका विष्णूरुपका देवता हुन् । यी देवतासँग दक्षिणकाली पनि हुन्छन् ।
  • चौड्याल,
  • नर्याल,
  • मन्तालीमष्टा,
  • वण्डाली,
  • छडी,
  • लटेमष्टो र
  • तेडी देवताको पनि मष्टावण्डाल्नीसँग विषेश महत्व हुने गर्दछ् । यी देवताको जाँतमा गाँज घुमाउँने र त्यो गाँजसँग धामीहरु घुम्ने गर्दछन् । यहाँको मान्यता अनुसार मष्टावण्डाली देवता र त्यहाँ रोपीएको पिपलको रुख जालन्धरवाट ल्याएको वताईन्छ । यस मष्टावण्डालीको जाँतमा भूत पीचासहरुले कार्तिकेय गणका देवी देवताहरुको नाम लिएर कही कतै काँप्ने गरेपनि वास्तवमा मष्टो नाम जोडिएका यी देवी देवताको खेलमा शैव सम्प्रदाय कार्तिकेयगणका देवताको सम्बन्ध हुँदैन् । किनभने यिनका पूजन हुँने तिथि, मिति, विधि, विधान र मान्यता फरक फरक छन् ।

लोहाखडी देवताका पुजारी गेडे फुलारा हुँन् । लोहाखडी देवता सम्बन्धी कविता[१७][सम्पादन गर्ने]

  • सैम हो, गादीको धनी लोहाखडी अक्त्यार ।
  • कामन्छ तेडीको धामी फट्काउँछ तरवार ।।
  • लोहाखडी बायल खेल्ने मसानीका कान ।
  • सैमको भोकर वडाई वलायरको सान ।।
  • लाटो मष्टो गौडीबाघ आप्mना पालामी ।
  • कामी कामी नाँच लाउनदेउ थली खालामी ।।
  • गादीबाट ठमका मान्ने वीजा सैम सैम ।।
  • काफलीको धामी पनि वीणामा अखीम ।
  • चुडी होई छतीउरो आउँछ पुतुली वनिन्छ ।
  • जाँतकी तामासा हुन्छ , पचकट्टे खनिन्छ ।।
  • काँसीबाट राम हेद्दीन पचनालीकी रानी ।
  • स्कुलबाट राम हेद्दीन चुडीकी वामनी ।।

डोटी रैका राजाका कुल पुरोहित ३ थरका ब्राह्मण[सम्पादन गर्ने]

डोटी रैका राजाका कुलका पुरोहित ३ थरी ब्राह्मणहरु रहेको भेटिन्छ । यस रैका (राइका) परिवारका सर्वप्रर्थम कुलका पुरोहित मष्टो देवता कुलदेवता भएका अत्रि गोत्रका खत्याडी ब्राह्मणका वंशज हुन् । यो शाखा हाल मिश्र, फुलारा र जोशी गरेर तीन समुहमा विभाजन भएको छ । रैका राजाका कुलदेवता डडार मष्टो(काफली) र लुहाखडी देवता यिनैको हातवाट पुजिने परम्परा अझै कायम रहेको कुरा ती देवताको जाँतमा देखा पर्दछ । अछामी राजाका पूर्वजले यिनै ब्राह्मणको गोत्र धारण गरेका थिए । यसकारण अछामी राजाका वंशजको गोत्र अत्रि रहेको हो । जुम्लाबाट डोटी आएको राजाको वंशज यिनै रैका राजाको वंशज थियो । जुम्ली राजाकी हरमता नाम गरेकी राजकुमारी यिनै अत्रि गोत्रिय खत्याडीका ब्राह्मणसँग विवाह गरिदिए पश्चात यिनैवाट फैलिएका वंशजहरु अछाम भेग दाईजो पाए पछि हमाल/समाल ठकुरीको रुपमा त्यहाँका राजा हुन पुगेका हुन् । अर्को ब्राह्मणको कुल कश्यप गोत्रका जोशी र भट्टमा विभाजित डोटी गडसेरा क्षेत्रका तेडी र निमाउने देवता पुज्ने ब्राह्मणहरु हुन् । रैका राजाका देवता तेडी र निमाउने पुज्न यिनैको आवश्यकता हुन्छ । मष्टो देवतासँग सम्बन्धित यो ब्राह्मण कुल रैका राजासँग सम्बन्धित छ । शाके १६०२ वि.स.१७३७ पश्चात रैका राजा विक्रम शाहीको पालामा रैका राजालाई खुसि बनाए पछि पन्त ब्राह्मणहरुले रैका राजाको गुरु पदवी र मालपर्वतको दफदरीकाम पाए पछि पन्तहरु पनि रैका राजाका पुरोहित बन्न पुगेका हुन् । डोटी जिजोडामाण्डौ ८, जैनोलाका वत्सगोत्रिय पन्त ब्राह्मणसँग रहेको ताम्रपत्र अनुसार पन्त ब्राह्मणले गुरु पदपी पाएको कुरा उल्लेख गरेको छ । यी बाहेक अन्य ब्राह्मणहरुले अवस्था र अनकुलताको हिसावले रैका राजाका वंशजको जजमानी पुरोहितको काम कुरो गरेता पनि मुख्य रुपमा रैका राजाका पुर्खेउली ब्राह्मणको वारेका माथि उल्लेख भएकाहरु हुन् ।

कुल्गुरु /ब्राहमण[सम्पादन गर्ने]

कश्यप गोत्रीय , आत्रिय गोत्रीय ,अत्रि गोत्री र वत्स गोत्रीय (१७औ सताब्दी बाट वत्स गोत्री कुल्गुरु बने)

समाजमा रहेको भ्रम र सत्यता[सम्पादन गर्ने]

सत्यको उजागर हुन् सकेन दुर्भाग्य इतिहासकारहरुले सत्यतालेख्न सकेनन | कुमाऊ -गडवालबाट डोटी प्रवेशगर्ने पाल राजा (राजा निरयपाल ,नागपाल) को वंशज डोटी बोगटानमा रहेको छ | १४औ शताब्दीमा पाल राज्य राईका / रैकाराजाले विजय गरेको हो |डोटी पाल राज्य राजा निरयापाल (कत्युरी नरेश) को राज्यकालमा बिजय गरेर डोटी क्षेत्रमा देउका /देउकी प्रथा रैका नागी मल्लले बि.स १४४१ पछि चलाएको हो | कुमाऊ गडवालबाट डोटी आएको पाल राजाको राज्य रैका सुर्य मल्ल /अभ्यमल्ल /नागिमल्ल द्वारा बि.स.१४४१मा पूर्णरुपमा विजय भएपछी रैका राजा डोटीमा राजा महाराजाधिराज बन्न पुगे |कुमाऊ - गडवाल बाट डोटी आउने कार्तिकेय (मोहन्याल) कुलदेवता भएका कत्युरी नरेश को वंशज डोटी रैका राजासंगको धितधरम(सम्झौता) पछि रजवार र रैका अधिनस्त डोटी बोगटानको राजामा मात्र समेटिए पछि यी ओझेल हुन् गए | कुमाऊका इतिहासकार बद्रिदत्त पाण्डेले कुमाऊका इतिहास लेख्दा डोटीबाट सन् १९९० - १९९७मा डोटी राजाको वंशावली मगाईयो | त्यसरी मगाउदा डोटी रैका राजाहरुको नाम पठाईयो र त्यसलाई कुमाऊबाट डोटी जाने कत्युरी राजाको वंशज भनेर रैका राजाका नाम लेखे यसरी गलत लेखेर देखाए पछि नेपालका कोठे लेखकले त्यसैलाई आधार बनाएर सार्दै इतिहासको नाम दिएर पुस्तक प्रकाशनगर्न थाले | यसपछि डोटीको रैका राजालाई उनको वास्तविक पूर्वज जुम्ला नागराजको वंशज भन्दापनि कत्युरी राजवंशसंग जोडेर हेर्नथालियो |यो नै ठुलोभुल हुन गयो | सत्यतालेख्न को लागि डोटी रैका राजाका वृद्दव्यक्तित्वहरुसंग भेटेर पूर्वज आएको कुरा सोध्नु पर्थ्यो | रैका राजाका कुलदेवता(मष्टो देवता अन्तर्गतका देबी/देवता)को बिश्लेष्ण गर्नु पर्थ्यो | रैका राजाका कुल्गुरुपुरोहित हेर्नु पर्थ्यो | रैका राजाका कुल्पुरोहितका पनि मष्टो देवताकुलदेवता रहेको र मानेको हेरेको भए | नागिमल्ल आफ्नो जन्मथलो जुम्लाजांदा अछाम तिमल्सेना गाउमा बसेको भन्ने कुरा , नागिमल्ल राजाका ताम्रपत्रमा सांक्षीबसेका (बुढा, थापा, रोकाया ,कार्की)थरका व्यक्तिको पहिचान गरेको भए | डोटी बोगटानका ठकुरी रजवारहरुको इतिहास खोज्ने कुलदेवत पुरोहित ,रैती सम्बन्धि विश्लेषण गर्ने गरेको भए जुम्ला/दुल्लु बाट डोटी आएको रैका राजालाई कत्युरी राजवंश भनेर लेख्ने काम हुँदैन थ्यो | जुम्लाका शक्तिशाली सम्राट कुनै समय काठमान्डू उपत्यका, गण्डकी क्षेत्र र क्रचाल्ल , अशोक चल्लको राज्यकालमा कुमाऊ - गडवाल विजय गर्ने ठुलो शक्ति सम्पन्न कुनै समय जुम्ला/दुल्लु राज्यमुकाम भएको नागराजको वंशको अपुताली भयो त्यो वंश सकियो भनेर गलत लेखिने थिएँन | यो कुराको खोज गर्न देवता, मान्यता ,रैती, आगमन क्षेत्र बिश्लेष्ण गर्दा प्रस्ट हुन्छ | मान्छेका ठाउँ गाउँ बदलिए ,थर बदलिए तर कुलदेवत बदलिएन पुर्खाले मानेको कुलले पूजेको देवता जहाँ गएपनि जहाँ रहेपनि पुज्ने र मान्ने चलन छ | यसर्थ जुम्ला/दुल्लु को रैका राजाको समाप्ति भएको छैन डोटी पाल राज्य बिजय गरेर डोटीमा स्थापित रैका राजाहरुनै १४औ शताब्दी पूर्व जुम्ला /दुल्लु राज्यमुकम भएका चल्ल/मल्ल राजाका सन्तान हुन् | रैका राजाको वंशजको बसोबास भएको बझांग, डोटी सम्मन समान किसिमका देवता र मान्यता छन् | यो कुरा को सत्यता बुझेर जानेर इतिहास अध्यन गर्ने र जान्नु आबस्यक छ | यसको इमान्दारीका साथ् सत्य बिश्लेष्णगर्दा पुस्टि हुन्छ |[१८]

रैका राजाका वंशज कुमाऊ गडवालमा २ अवधि राज्यगरी बसे[सम्पादन गर्ने]

(जुम्लाको रैका मल्ल राजा ) को शासन कुमाऊ गडवाल क्षेत्रमा दक्षिण भारतबाट आएका कार्तिकेयपुरी राज्यको स्थापना गर्नेहरुसंग मुकाबिला हुनु पहिलेको समय अवधि र क्रचाल्ल राजाले बि.स १२८० मा कार्तिकेयपुर् राज्य धोस्त गरेदेखि रैका राजा सुर्यमल्लको राज्यकाल बि.स १४२४ सम्मगरी दुई अवधि राज्य रहन गयो | यस अवधिमा कुमाऊ गडवालमा मष्टो देवता स्थापित भएका हुन् | कटारी मल्ल सुर्यमन्दिरपनि यहि अवधिमा बनेको हो | रैकाराजा नागीमल्लको राज्यकालमा कुमाऊ गडवालक्षेत्रबाट गडवालका राजा र चम्फावतका चन्द राजाले रैका राजालाई त्यहाँबाट डोटी लखेटेका थिए | यो कुराको जानकारी त्यहाँको इतिहास र समाज बाट पाउन सकिन्छ |[१९]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. कत्युरी राजवंश, डोटी बोगटान राज्यका राजा /रजवार ठकुरी वंशावली (२०७०)
  2. डोटी का रैका (मल्ल/शाही)राजाका कुलका दमाईहरु डोटी सिलगडी नगरपालिका १ बस्ने नर बहादुर औजी बर्ष ५२ , प्रेम औजी बर्ष ६६ र धर्म औजी बर्ष ६४ संग लिएको देवताको श्लोक (जागर /भाडा) अनुसार
  3. वैदिक आर्यन ठकुरी , इतिहास र वास्तविकता , कैलाली कंचनपुरसंग डोटी राज्यको ऐतिहासिक सम्बन्ध, रैका राजाको वंशावली , पृष्ट ४० - ४२ ( २०७२ साल )
  4. बाइसेराज्यको इतिहास, प्रकाशित मिति २०६० खश साम्राज्यको इतिहास प्रकाशित मिति २०६१
  5. इ.टी.एट्किन्सन, कुमाऊँ हिल्स ( दिल्ली ः पुनर्मुद्रित १९७४ इ) पृष्ट ५१० देखि १२
  6. प्रा.डा.सूर्यमणि अधिकारी, बाइसे राज्यको इतिहास, पेज ११ (पहिलो संस्करण २०६०) प्रकाशक धुँडी पुराँण प्रकाशन
  7. तिब्बतसँगको युद्धका बेला युद्ध लड्न जाने फौजले खाना खाने वेलामा सो गुम्बाको व्यवस्थापन गर्न तत्कालीन बासागावा लामा लाई जिम्मा दिइएको र सो वापत राज्यलाई तिर्नु पर्ने सर्वकर मिनाहा गरेको ताम्रपत्रमा उल्लेख छ । शाके १२४३ (वि.स.१३७८ मा सिजाँ -जुम्लाका) राजा आदित्य मल्लको नामबाट जारी गरिएको ताम्रपत्र सामागाउँ गाविस ९ साम्दो निवासी डुइटुप लामासँग सुरक्षिता राखेका छन् । त्यस ताम्रपत्रलाई तिब्बत क्षेत्रको तेकापेमा छयोलिङ्ग गुम्वा (ताघाबाई गुम्वामा राख्दा असुरक्षित हुने भएकोले गाउँलेहरुको सल्लाह अनुसार गाउँका अगुवा डुइटुपलाई राख्न दिइएको स्थानियहरुको भनाई छ ।
  8. प्रा.डा.सूर्यमणि अधिकारी , बाइसे राज्यको इतिहास पेज २५/२६ (प्रकासित २०६०) (पृथिबी मल्लको बि.स १४१४ को ताम्रपत्र)
  9. डा. देवी प्रसाद ओझा,डोटी क्षेत्रको इतिहास तथा संस्कृति
  10. कर्णाली प्रदेशको मध्यकालीन इतिहास २०५४ नेपालको तथ्य इतिहास(२०६१) कर्णाली प्रदेशमा मध्यकालीन डोटी राज्य (२०५६)
  11. नेपाल परिचय (२०५६), प्रकाशक रत्नपुस्तक भण्डार
  12. प्रा.डा.सूर्यमणि अधिकारी बाइसेराज्यको इतिहास पृष्ठ ३११ मा लेख्छन, डोटेली राजाहरुका कुलदेवता तेडी देवता भन्ने मष्टो थिए । डोटेली परम्परामा तेडीदेवताको ठूलो स्थान छ ।
  13. व्यासाचार्य खेमराज ओझा, पश्चिम गुठी, दर्शन ग्रन्थ पृष्ठ २०६
  14. व्यासाचार्य खेमराज ओझा न्वादेउ गाविस नकाली वैतडी, हाल कञ्चनपुर सुडा गाविस ५ परमानन्दकुटी नारायण मन्दिर
  15. कमल बहादुर खत्री , बाजुरा गोत्रीमहत्ती गाविस ५ थारिकाँडा
  16. डा. राजाराम सुवेदी, कर्णाली प्रदेशमा मध्यकालीन डोटी राज्य पृष्ट ५७ र ५८ बाट उतार गरिएको )
  17. डोटी पचनाली निवासी , रैका नागीमल्ल वंशज , कर्णबहादुर मल्लसंग रहेको लोहाखडी देवताको कबिता अनुसार (२०७२ साल)
  18. अध्ययन खोज अनुसन्धान, ताम्रपत्र, अभिलेख, प्रकाशित र अप्रकाशित वंशावलीहरु र विभिन्न व्यक्तिहरुसँगको भेटघाट सोधपुछ, स्थलगत अध्यन खोज , देबी देवता मान्यता देवता पुजन बिधि बिधान तिथि, मिति, ब्राह्मण,रैती ,मान्यता
  19. अनुसन्धान खोज,अध्ययन |

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

योपनि हेर्नुहोस्[सम्पादन गर्ने]