सामग्रीमा जानुहोस्

डोटी राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डोटी राज्य
राजधानीदिपायल
सरकारराजतन्त्र
राजा 
 बि.सं १४०९ (प्रथम)
निरय मल्ल
 बि.सं. १८४२-१८४७ (अन्तिम)
दीप शाह
इतिहास 
 स्थापना
विसं
 विलयकाल
विसं वि.सं १८४७
अचेलडोटी जिल्ला
  1. ...

डोटी राज्य बाइसे राज्य थियो। डोटी राज्य मध्यकालमा बाइसे राज्यहरूमा सबैभन्दा शक्तिशाली राज्य थियो। यो राज्य पूर्वमा चौखुट्टेको लेक अछाम वैजनाथधाम, पश्चिममा गढवाल, उत्तरमा बझाङ सुनीकोट, दक्षिणमा सिंघाईसम्म फैलिएको थियो।[]

डोटी राज्यको दरवार अर्थात मूलगढ हालको महाकाली अञ्चल अन्तर्गत डडेलधुरा जिल्ला स्थित अजयमेरुमा थियो। जसलाई अद्यावधि अजैमर कोट भनिन्छ। पहिला यहाँबाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुदै आएकोमा डोटेली राजा भूपति शाहीको शासनकालमा हालको नगर क्षेत्र स्थित दिपायलको बाँयातिर गनैर गौडा नामक डाँडामा राजदरवार अर्थात कोट निर्माण हुन गई त्यहाँवाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुन थाल्यो। जसलाई अद्यावधि दिपायलकोट (वडा सं १०) भनिन्छ। तत्कालिन डोटेली राजाको दरवारलाई कुनै पनि प्रयोजनमा ल्याउन नसकिएबाट दिनानुदिन जीर्ण हुन गई हाल भग्नाबशेषका (वडा सं १०) रूपमा रहेका छन्। डोटी राजाको मूल दरवार अजैमेरकोट हिउँदको समयमा ज्यादै चिसो भएबाट सित्कालीन दरबारको रूपमा दिपायलमा कोट निर्माण भई यहाँबाट नै डोटी राज्यको राज्य व्यवस्था सञ्चालन हुन गएको हो भन्ने जनश्रुति पाइन्छ। तर सन् १४३८ देखि ५० सम्म डोटी र कुमाउँको युद्ध पछि त्रासित तत्कालिन राजा कल्याणमल्लले दिपायलकोटमा राजधानी सारेका थिए।[]

बि.सं १८१५ मा राजा हरि शाह विषद्वारा मारिँदा गृहकलह आरम्भ भएको थियो। उनीपछी उनका भाइ कृष्ण शाह राजा भए। यिनीहरूका पिता रघुनाथ शाहले थलहराका राजालाई आफ्ना अधीनमा ल्याई त्यस रियासतको पश्चिमी भाग जिती डोटी राज्यको पूर्व सीमाना सेती नदीबाट पूर्वपट्टि बढाएका थिए। कृष्ण शाहले पनि बझाङ र अछामका राजाहरूलाई अधीनमा ल्याउने बडो उद्योग गरे। यस काममा कान्छा दीप शाहले केही सफलता पएका हुनाले यिनलाई उत्तराधिकारी बनाई जेठा छोरा विष्णु शाहलाई कैद गरे। बि.सं १८३७ मा यिनका मरणपछि केही भारदार विष्णु शाहका पक्षमा भएर यिनलाई राजा बनाए। दीप शाहले विरोधी भारदारहरूलाई पक्री बडो दुर्दशासँग मारे। विष्णु शाहका आँखा झिकी एक गढीमा लगेर कैद गरे।[]

गोर्खालीहरूको आक्रमण

[सम्पादन गर्नुहोस्]

शाके संवत १९७० तदअनुसार वि.सं १८४७ मा अमरसिंह थापाको नेतृत्वमा आएका गोर्खाली फौजद्वारा तत्कालिन डोटेली राजा दीप शाही परास्त भएपछि मात्र शक्तिशाली डोटी राज्य बृहत नेपालको एक अङ्ग बन्न पुग्यो। नेपाल एकीकरणको क्रममा पश्चिम तर्फको विशाल जुम्ला राज्य टुक्रिएर खडा भएका बाइसे राज्यहरूमा प्राय:धेरैले गोर्खालीहरूको आश्रित राज्यको रूपमा रहन स्वीकारे। फलत: ती राज्यहरूलाई नेपालको(गोर्खाली) एक अधिनस्थ राज्यको रूपमा अर्थात रजौटाको रूपमा मान्यता दिइयो। जस अन्तर्गत दुल्लुका उत्तिम शाही दर्नाका रुद्र शाही र बाजुराका दुगुर सिंह आदि पर्दछन्। तर डोटेली रैका राजा दीप शाहीले गोर्खालीहरूको अधिनस्थ स्वीकार गर्न चाहेन। तसर्थ गोर्खालीहरूले वाह्य कुमाउँ राज्यसँग मित्रता कायम गरी डोटी राज्य माथि विजय प्राप्त गर्न सकेका थिए।

युद्धमा पराजयको कारण दीप शाही भारतको सिंगाही पसेकाले शरणमा आएका उनका भाइ विष्णु शाहीलाई गोर्खालीको रजौटा बनाइयो। विष्णु शाही पछि उनका जेष्ठ पुत्र पहाडी शाही (द्धितीय) रजौटा भएका थिए। रजौटा डोटेली साहेव भनिने पदम विक्रम शाहका माइला पुत्र वर्ष ७९ का विष्णु शाहीदेखि निम्न पुर्ख्यौली जेष्ठ पुत्रहरू रजौटाका रूपमा रही आएका थिए। विष्णु शाही,पहाडी शाही(द्धिप्तीय),बलदेव शाही,सुरजंग शाह, शमसेर बहादुर शाह,पदम विक्रम शाह,मोहन विक्रम शाह। यस प्रकार वि सं २०१८ मा "राज्य रजौटा" ऐन जारी भएपछि यहाँको रजौटा समाप्त हुन गएको थियो। तत्कालीन अन्तिम रजौटाका रूपमा मोहन बिक्रम शाह थिए। वि सं २०१८ देखि रजौटा प्रथाको अन्त भएपनि राजपुर स्थित शाह खलकमा पुख्यौली जेष्ठ पत्रलाई आदरपूर्वक सम्मान दिइनुका साथै बडा दशैंमा घरपरिवारका साथै खलकका बाल बयोबृद्ध सवैले उनका हातबाट टिका ग्रहण गर्ने र उनले पनि पारिवारिक तथा खलकको रितिरिवाजको परिधिमा रहनुपर्ने र जसको अनुशरण नगरेमा खलक तथा परिवारले सम्मान नदिने प्रचलन अद्याबधि छँदैछ।[] अन्य राज्य सरह गोर्खालीको अधिनस्य सहजै स्वीकार नगर्नु,जसलाई परास्त गर्न बाह्य मुलुक कुमाउसँग सन्धी गर्नु जस्ता वास्तविकताहरूबाट प्रभावित भएर परास्त डोटेली शासकबाट पुन: बिद्रोह हुनसक्ने आशंका आदि कारणहरूले नै गोर्खालीहरूले शक्ति केन्द्रको रूपमा हालको नगर क्षेत्र स्थित सिलगढी क्षेत्रलाई छनौट गरी डोटी मोहडा गौडाको स्थापना साथै हजार पल्टन रहने व्यवस्था गरिएको थियो भन्ने जनसाधारण वास्तविकताको नजिक रहेको छ। यस प्रकार मध्यकालको उत्तरार्द्ध अर्थात नेपाल एकिकरण पूर्व डोटी राज्यको राजधानी,गोर्खालीबाट परास्त भएपछि अर्थात नेपाल एकीकरण पछि गोर्खालीहरूको शक्ति संचय तथा प्रशासकीय केन्द्रको रूपमा डोटी मोहडा गौडाको केन्द्र,वि सं २०१८ मा नेपाल अधिराज्यको राजनीतिक विभाजन अनुरूप डोटी जिल्लाको सदरमुकाम र वि सं २०३८ मा सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रको (सेती महाकाली) विकास केन्द्रद्वारा प्रतिष्ठित हुँदै आएको हालको नगरक्षेत्रले वि सं २०३८ मा नै नगरमा प्रवेश गर्ने शुभ अवसर प्राप्त गरेको थियो।

डोटीमा रैका राजवंश(रैकाज्यू) राजाको राज्य []

[सम्पादन गर्नुहोस्]

नागराजका वंशज चल्ल/मल्ल/शाहीको राज्य गुँगे, पुराँङ्ग, राक्षस(राकस)ताल, कैलाशक्षेत्र ओगटेको खारिप्रदेशबाट जुम्ला र दुल्लु आई त्यहाँको राज्य मुकामबाट राज्य गरेको वि.स.१२००—१४४० सम्म २४० वर्ष , डोटी कत्युरी राजवंशका पालको राज्य विजय पश्चात नागीमल्ल र उनका उत्तराधिकारीको अभिलेखअनुसार वि.स.१४४१ देखि १८४७ सम्म ४०६ वर्ष स्वतन्त्र र १८४७ देखि १८५५ सम्म गोर्खा अधीनस्त विष्णु शाही र पहाडशाहीको राज्यकाल ८ वर्ष गरी जुम्लादेखि डोटीसम्मको जम्मा ६५४ वर्षराज्य चलेको थियो ।

  1. निरयपाल -बि.सं १४०९
  2. नाग मल्ल - बि.सं १४४४-१४५०
  3. रिपु मल्ल
  4. कल्याण मल्ल
  5. संसारी मल्ल
  6. सुरतान मल्ल
  7. पृथ्वी मल्ल
  8. प्रताप मल्ल
  9. अर्जुन मल्ल
  10. भूपति मल्ल
  11. हरि शाही (महीपति)
  12. राम शाही
  13. रुद्र शाही
  14. पहाडी शाही
  15. विक्रमबहादुर शाही
  16. मान्धाता शाही
  17. रघुनाथ शाही
  18. हरि शाही द्वितीय
  19. कृष्ण शाही
  20. दीप शाही - बि.सं. १८४२-४७

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]
  1. राजाराम सुवेदी (बि.सं २०५६), कर्णाली प्रदेशमा मध्यकालीन डोटी राज्य, भोजपुर: रणबहादुर राई, पृ: ३५-५५।
  2. राहुल सांकृत्यन
  3. भण्डारी, देवीप्रसाद (बि.सं २०४१ फागुन), "ऐ.शि. बाबुराम आचार्यले रचना गर्नुभएको नेपालको संक्षिप्त इतिहास", पूर्णिमा १६ (०१): 26।
  4. महेन्द्र बिक्रम शाह राजपुर वडा सं. ७
  5. बैदिक आर्यन ठकुरी कैलाली कंचनपुरसंग डोटी राज्यको इतिहास(२०७१)मा उल्लेखित डोटी रैकाराजाको वंशावली, राज्यकाल

बाहिरी कडीहरू

[सम्पादन गर्नुहोस्]