सामग्रीमा जानुहोस्

दिपायल सिलगढी नगरपालिका

निर्देशाङ्कहरू: २९°१६′उ ८०°५६′पू / 29.267°N 80.933°E / 29.267; 80.933
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दिपायल सिलगढी नगरपालिका
सिलगढीको शैलेश्वरी मन्दिर
सिलगढीको शैलेश्वरी मन्दिर
दिपायल सिलगढी नगरपालिका मा पर्दछ सुदूरपश्चिम प्रदेश
दिपायल सिलगढी नगरपालिका
नक्सामा दिपायल सिलगढी नगरपालिका
दिपायल सिलगढी नगरपालिका मा पर्दछ नेपाल
दिपायल सिलगढी नगरपालिका
दिपायल सिलगढी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २९°१६′उ ८०°५६′पू / 29.267°N 80.933°E / 29.267; 80.933
देश नेपाल
प्रदेशसुदूरपश्चिम
जिल्लाडोटी
स्थापनावि.सं.२०३८
सरकार
 • नगरप्रमुखबाजीसिं खड्का (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखकलावती महर (साउद) (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१६२.६२ किमी (६२.७९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३३,९६८
 • घनत्व२१०/किमी (५४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
१०८०१
क्षेत्रीय सङ्केत+९७७-९४
वेबसाइटआधिकारिक वेबसाइट

दिपायल सिलगढी नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा अवस्थित एक नगरपालिका तथा जिल्ला सदरमुकाम हो। दिपायल सिलगढी सेती नदीको किनारमा रहेको छ। वि.सं. २०३८ सालमा रमणिय पौराणिक तथा ऐतिहासिक डोटी जिल्लाको केन्द्र भागमा नगरपालिकाको स्थापना गर्ने क्रममा कोट भैरव र सिलगढीका गाउँ पञ्चायतका सबै वडाहरूका साथै तिखा र रनागाउँ गाउँ पञ्चायतका केही भूभागहरूलाई दिपायल नगर पञ्चायत बनाइएको थियो। आरम्भमा दिपायल नगर पञ्चायत नाम राखिएको यस नगरपालिकालाई वि.सं. २०४७ सालमा बबर डाँडा र तिखा गाविसहरूको सम्पूर्ण भूभागलाई यो नगरपालिकामा समावेस गरेर १४ वटा वडा बनाइनुका साथै यसलाई दिपायल सिलगढी नगरपालिका भनेर नामाकरण गरिएको थियो। त्यस पछि लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनासँगै नेपालको संविधान २०७२को घोषणा पश्चात् स्थानीय विकास मन्त्रालयको निर्णय अनुसार राज्यको पुनर्संरचना गर्ने र नेपाललाई ७५३ वटा स्थानीय तहहरूमा विभाजन गर्ने क्रममा यस नगरपालिकामा पनि विस्तार भई साविकका लडागडा, बगलेक (८,९), खातिवडा (४-६), कलेना गाविसहरू यस नगरपालिकामा समावेस गरिएको थियो। यस नगरलाई ऐतिहासिक र धार्मिक नगरको रूपमामा पनि लिइन्छ। भगवान रामका पुर्खा राजा दिलिपले तपस्या गरि स्थापना गरेको दिल्पेश्वर मठ र स्कन्द पुराणको मानस खण्डमा वर्णित चन्दनगिरी पर्वत हालको सिलगढी नगरमा रहेको छ। यसैगरी सुदूरपश्चिमकी नौ भगवती मध्य शैलेश्वरी देवीको मन्दिर यसै नगरमा रहेको छ।[][]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दिपायल सिलगढी नगरपालिकाको कुल जनसङ्ख्या ३३,९६८ रहेको छ भने यहाँ ८,३८५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  2. "राजधानी सरेसंगै बसाइँ सर्नेको लर्को, सुनसान बन्दै गाउँ", नेपाल न्युज (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२६ 
  3. "दिपायल सिलगढ़ी नगरपालिका​", दिपायल सिलगढी नगरपालिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२६ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]