दिपायल सिलगढी नगरपालिका
दिपायल सिलगढी | |
---|---|
निर्देशाङ्क: २९°१६′उ॰ ८०°५६′पू॰ / २९.२६७°N ८०.९३३°Eनिर्देशाङ्कहरू: २९°१६′उ॰ ८०°५६′पू॰ / २९.२६७°N ८०.९३३°E | |
देश | ![]() |
प्रदेश | सुदूरपश्चिम |
जिल्ला | डोटी |
स्थापना | वि.सं.२०३८ |
सरकार | |
• मेयर | मन्जु मलासि |
• उप मेयर | शिव राज खड्का |
जनसङ्ख्या (वि.सं.२०६८) | |
• जम्मा | २३४१६ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाक कोड | १०८०१ |
क्षेत्रीय सङ्केत | ०९४ |
वेबसाइट | dipayalsilgadhimun |
दिपायल सिलगढी नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा अवस्थित एक नगरपालिका तथा जिल्ला सदरमुकाम हो। दिपालयल सिलगढी सेती नदीको किनारमा रहेको छ। सिलगढीमा थुप्रै क्षेत्रीय तथा जिल्ला स्तरीय सरकारी कार्यालयहरू रहेका छन्। दिपायल सिलगढी वि.सं. २०३९ मा नगरपालिका घोषणा भएको हो। यसका पहिलो नगरप्रमुख शिवशङ्कर भट्ट थिए भने वर्तमान नगरप्रमुख मन्जु मलासी हुन्।[१][२] यस नगरको जनसङ्ख्या २३,४१६ रहेको छ। वि.सं. २०३८ सालमा रमणिय पौराणिक तथा ऐतिहासिक डोटी जिल्लाको केन्द्र भागमा नगरपालिकाको स्थापना गर्ने क्रममा कोट भैरव र सिलगढीका गाउँ पञ्चायतका सबै वडाहरूका साथै तिखा र रनागाउँ गाउँ पञ्चायतका केही भूभागहरूलाई दिपायल नगर पञ्चायत बनाइएको थियो। आरम्भमा दिपायल नगर पञ्चायत नाम राखिएको यस नगरपालिकालाई वि.सं. २०४७ सालमा बबर डाँडा र तिखा गाविसहरूको सम्पूर्ण भूभागलाई यो नगरपालिकामा समावेस गरेर १४ वटा वडा बनाइनुका साथै यसलाई दिपायल सिलगढी नगरपालिका भनेर नामाकरण गरिएको थियो। त्यस पछि लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनासँगै नेपालको संविधान २०७२को घोषणा पश्चात् स्थानीय विकास मन्त्रालयको निर्णय अनुसार राज्यको पुनर्संरचना गर्ने र नेपाललाई ७४४ वटा स्थानीय तहहरूमा विभाजन गर्ने क्रममा यस नगरपालिकामा पनि विस्तार भइ साविकका कलेना, लडागडा गाविसको सम्पूर्ण भूभागका साथै बगलेक र खतिवडा गाविसका केही वडाहरूलाई यस नगरपालिकामा समावेस गरिएको हो। यस नगरलाई ऐतिहासिक र धार्मिक नगरको रूपमामा पनि लिइन्छ। भगवान रामका पुर्खा राजा दिलिपले तपस्या गरि स्थापना गरेको दिल्पेश्वर मठ र स्कन्द पुराणको मानस खण्डमा वर्णित चन्दनगिरी पर्वत हालको सिलगढी नगरमा रहेको छ। यसैगरी सुदूरपश्चिमकी नौ भगवती मध्य शैलेश्वरी देवीको मन्दिर यसै नगरमा रहेको छ।[३][४]
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
नेपालको वि.सं. २०६८ को जनगणना अनुसार दिपायल सिलगढी नगरपालिकाको जनसङ्ख्या २३,४१६ छ। यस मध्ये पुरुष ५१%, र महिला ४९% रहेका छन्।[५]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "‘महिलाले जित्दैनन् भन्ने भ्रम चिरिएको छ’", महिला खबर (नेपालीमा), २०१७-०७-०४, अन्तिम पहुँच २०२२-०१-२६। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०१-२६ मिति
- ↑ शर्मा, भाषा, "स्थानीय तह प्रमुखमा १६ महिला", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२६।
- ↑ "राजधानी सरेसंगै बसाइँ सर्नेको लर्को, सुनसान बन्दै गाउँ", नेपाल न्युज (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२६।
- ↑ "दिपायल सिलगढ़ी नगरपालिका", दिपायल सिलगढी नगरपालिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२६।
- ↑ "नेपालको जनगणना वि.सं. २०६८ को प्रतिवेदन", अन्तिम पहुँच नोभेम्बर २०१२।