सामग्रीमा जानुहोस्

शैलेश्वरी मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शैलेश्वरी मन्दिर
शैलेश्वरी मन्दिर
प्राथमिक विवरण
सम्बन्धनहिन्दुत्व
जिल्लाडोटी
देशनेपाल

शैलेश्वरी माताको मन्दिर सुदूर पश्चिमाञ्चलविकास क्षेत्रको डोटी जिल्ला अन्तर्गत सिलगढी मा अवस्थित छ। यो मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिक स्थल रूपमा रहेको छ। यहाँ देविको नित्य पुजा सिलगाउ निवासी भट्ट ब्राह्मण द्वारा गरिन्छ। प्रतेक वर्ष जेठकात्तिक पुर्णिमा का दिन वर्षमा लक्षबहन महायज्ञ परम्परागत रूपमा प्राचीन कालदेखिनै हुँदै आएको छ। यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ। भगवान शिव र माता पार्वती आफ्नो विवाह पश्चात मधुचन्द्रिकाका निम्ति यस डोटी जिल्लामा अवस्थित रमणिय चन्द्रगिरी पर्वतलाई रोज्नु भएको थियो। ब्रह्मा विष्णु लगायत विभिन्न देवताहरू भगवान शिवको खोजि गर्दै यहाँ आई पुग्दा माता पार्वतीले देवताहरूलाई देखेर लज्जास्वरुप शिला बनेको हुनाले त्यसै बेला देखि यसलाई शिलादेवी अर्थात शैलेश्वरी देवी भनेर भनिएको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
सुदूर पश्चिमकी प्रख्यात नौ भगवतीका मन्दिरहरू
क्र.सं. मन्दिर नाम स्थान
बडिमालिका बाजुरा
बरदादेबी अछाम
शैलेश्वरी डोटी
उग्रतारा डडेलधुरा
त्रिपुरा सुन्दरी बैतडी
मेलौली बैतडी
निगालासैनी बैतडी
सुरमा बझाङ
गोदावरी कैलाली