सुपा देउराली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सुपा देउराली मन्दिर
300px
सुपा देउराली मन्दिर
सुपा देउराली मन्दिर नेपाल-এ অবস্থিত
सुपा देउराली मन्दिर
सुपा देउराली मन्दिर
नेपालको नक्सामा सुपा देउराली मन्दिर
निर्देशांक:२७°५४′००″उत्तर ८३°०८′१२″पूर्व / २७.९००१०९१° उत्तर ८३.१३६५३०६° पूर्व / 27.9001091; 83.1365306निर्देशाङ्क: २७°५४′००″उत्तर ८३°०८′१२″पूर्व / २७.९००१०९१° उत्तर ८३.१३६५३०६° पूर्व / 27.9001091; 83.1365306
नाम
वास्तविक नाम:सुपा देउराली
अवस्थिति
देश:नेपाल
राज्य/अञ्चल:लुम्बिनी
जिल्ला:अर्घाखाँची
स्थान:सन्धिखर्क - गोरुसिङ्गे मार्ग, अर्घाखाँची
कला र संस्कृति
मुख्य देवता:देउराली
प्रमुख चाडपर्व:प्रत्यक हप्ताको शनिवार
वास्तुशैली:प्यागोडा शैली
वेबसाइट:supadeurali.org.np


सुपा देउराली झण्डै ४,५०० फिटको उचाइमा अवस्थित अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित देवीस्थल हो।[१] त्यस मार्गमा आवतजावत गर्ने धर्मात्माहरूको इच्छा पूरा गराइदिने सुपादेवी स्थानीय क्षेत्रमा आस्थाकी प्रतीक मानिन्छिन्। सन्धिखर्क गोरुसिङ्गे राजमार्गस्थित सुपाखोलाको पश्चिम पाउमा अवस्थित छ यो देवी मन्दिर। नरपानी र फलामे दुवै अग्ला महाभारतको बीच अधिक उचाइको भञ्ज्याङमा अवस्थित सुपा मन्दिर कहालीलाग्दो भीमकाय खोंचमा रहेको छ। सयौं फिटमाथिबाट मन्दिरको पूर्वमा खस्ने सुपा खोलाको आकर्षक प्राकृतिक छाँगोले प्रत्येक यात्रुको मन लोभ्याउँछ। तराइको सिरसिरे हावा यही सुपाको छेंडो भएर निरन्तर हिमालतर्फ बतासिने भएकोले सुपा देउराली सदावहार उच्च शिखर मानिन्छ। दुईटा फूल र ढुङ्गो चढाएर देउरालीप्रतिको सद्भाव दर्शाउने बटुवाहरूको सनातन परम्परा अक्षरस छ। सुपा देउरालीपारिको राष्ट्रिय योजनामा सूचीकृत सिमेण्ट उद्योगको घाउले सुपाको महिमा जिल्ला, अञ्चल, केन्द्र हुँदै भारतसम्म उजागर छ।

भौगोलिक अवस्था[सम्पादन गर्ने]

पश्चिम नेपालको लुम्बिनी अञ्चलमा पर्ने अर्घाखाँची जिल्लाको गोरुसिङ्गे - सन्धिखर्क मार्गको ४७ किलोमिटरको दुरीमा महाभारत पर्वत श्रृङ्खलाका ठुला ठुला पहाडहरूको खोचमा सुपा देउराली मन्दिर अवस्थित छ । प्राचिन प्यागोडा शैलिबाट निर्मित यो मन्दिर धार्मिक तिर्थ स्थलको रुपमा चिनिन्छ । प्राकृतिक एवं रमणयिय स्थानमा अवस्थित यो मन्दिरको दर्शन गर्नाले मनोकाँक्षा पुरा हुने विश्वास गरिन्छ । भाकल अनुशार पूजा गरेमा मनको इच्छा पुरा हुने हुनाले यस मन्दिरको महत्व दिन प्रतिदिन बढ्दै गएको कुरा यहाँ आउने श्रद्धालु भक्तजनहरूको भिंडले थाह हुन्छ ।[१]

स्थापना[सम्पादन गर्ने]

यस प्रसिद्ध धार्मिक मन्दिरको स्थापना कहिले र कसरी भयो भन्ने सान्दर्भमा विभिन्न किम्वदन्तिहरूका आधार र पहरामा लाहुरे टाँसिएको, भगवान रामकी पत्नि सीताले बनाएको चुलो, जाँतो आदीका शिलाहरूबाट त्रेता युग देखि नै यहाँ शक्ति थियो भन्न सकिन्छ । पछि आएर बाइसे चौबिसे राज्यका पालामा खाँचिकोट राज्यका राजकुमार र भारतको बलरामपुरकी राजकुमारी बीच विवाह गरि घर तर्फ ल्याउँदा बाटोमा केही कुरा झुटो बोलेर अथवा ढाँट छल गरेर विवाह गरेको हल्ला दुलहीले सुनिन् । डोलिमा बोकेर ल्याएकी दुलही हाल सुपा देउराली मन्दिर रहेको स्थान भन्दा करिब पचास मिटर दक्षिणमा पुग्दा डोलिबाट रगतको थोपा झरेछ । यो रगतको थोपा देखेर हाल मन्दिर रहेको स्थानमा आएर डोलिमा हेर्दा दुलही मृत अवस्थामा थिइन् । त्यसपछि खाँचिकोट राज्यमा विभिन्न रोग व्याधी र महामारी फैलिएर विभिन्न विध्न वाधाहरू उत्पन्न हुन थाले । एक जना खनाल थरका ज्योतिषलाई बोलाएर धामी (झाँक्री) हेराउँदा त्यस ठाँमा दैविक शक्ति उत्पन्न भएको र कोलो पाठी बलि दिनु पर्छ भनेकाले त्यसै समय देखि खाँचिकोट राज्यका राजा ठकुरी राजाका रजौटा खड्का, कब्दार र नेवार थरका समुदायले कुल पूजा गर्दै हालसम्म आएको इतिहास पाइन्छ । त्यही समय देखि यस मन्दिरमा आफ्नो मनोकामना पुर्ण होस् भनेर भाकल गर्ने विभिन्न जिन्सी सुन, धजा, वस्त्र, रातो फूल, माला चढाएर पाठा पाठीको बलिपूजा गर्ने र परेवा उडाउने व्यापक प्रचलन रहेको छ । [१]

पूजा अर्चना[सम्पादन गर्ने]

दैनिक गोरुसिङ्गे पत्थरकोट गर्ने पचासौँ सवारी साधनका यात्रुहरू सुपा देउरालीमा दान, भेटी चढाएर यात्रा गन्तव्य गर्नु नैसर्गिक धर्म ठान्दछन्। परापूर्वकालदेखि बटुवा, लाहुरे विद्यार्थीको चाहना पूरा गर्दै आएकी यी देवीको व्यवस्थित मन्दिर २०४२ सालमा मात्र निर्माण भएको थियो। मन्दिरमा खस्ने धारोको पानी अचाएर घण्ट बजाउँदै मन्दिर परिक्रमा गर्दा शरीरमा उच्छवास सञ्चार हुने सुपा देउराली देवीको अपार दैवी शक्ति रहेको मानिन्छ। मन्दिर प्राङ्गणका विश्रामस्थल देवी देउरालीका भगिनी शृङ्गार रहेका छन्। पक्की बाटोको दुर्लभ निम्सरो डिलमा अवस्थित मन्दिर प्राङ्गणमा पहिलो पदार्पण गर्ने जुनसुकै यात्रु मन्दिरको दुर्लभ चुनौती देखेर सहजरूपमा आश्चर्य प्रकट गर्छन्। हप्ताको प्रत्येक शनिवार भाकल गरिएका बलि चढ्ने सुपा देउराली मन्दिर एकादशी, औंसीपूर्णिमा बाहेक अरू सबै समयमा पनि भाकल चढाउन खुला रहन्छ। त्यही भाकल, भेटी सङ्कल्पलाई आयस्रोतको आधार मानिन्छ मन्दिरको लागि। मन्दिरकै आयस्रोतको आधारमा नित्य साँझ-बिहान पाठ-पूजा गर्न ब्राह्मणको व्यवस्थासमेत गरिएको सुपा देउराली मन्दिर एक मात्र जिल्लाको सदावहार मन्दिर हो। पिउने पानी, यात्रु आश्रयको लागि विश्रामको व्यवस्था भएको सुपा देउराली मन्दिर अर्घाखाँचीको सम्पदा धरोहर धार्मिक शृङ्गार हो। चाहनाअनुसार प्रत्येक यात्रुहरूको इच्छाशक्ति पूरा गराइदिने दैवी शक्तिको केन्द्र पनि हो सुपाको देवी देउराली मन्दिर।

चित्र सङ्ग्रह[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

  1. मन्दिर
  2. नेपालका हिन्दू मन्दिरहरूको सूची

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ http://supadeurali.org.np/about-us