ऋषिकेश मन्दिर
Jump to navigation
Jump to search
ऋषिकेश मन्दिर पाल्पा जील्लाको अर्गली गाविसमा पर्दछ। ऋषिकेश मन्दिर पाल्पा, गुल्मी र स्याङजाको सिमानामा पर्ने कालिगण्डकी र रिडि खोलाको संगम स्थलमा अवस्थित छ।
इतिहास[सम्पादन गर्ने]
उहिले बाइसे र चौबिसे राज्यहरू रहेको बेलामा पाल्पामा सेन राजाहरूको राज्य थियो।पाल्पाका राजा मणिमुकुन्द सेन पवित्र कालिगण्डकीमा स्नान गर्न पुगेको बेलामा ऋषिकेश भगवानको मुर्ति फेला पारेका र त्यस मुर्तिलाई त्यही कालिगण्डकी र रिडि खोलाको संगममा मन्दिर बनाइ स्थापना गरेकोविश्वास गरिन्छ।
मेला[सम्पादन गर्ने]
माघे सङ्क्रान्तिको बेला यहाँ भब्य मेलालाग्दछ ।पाल्पा, गुल्मी, रुपन्देही, कपिलवस्तु, नवलपरासी, अर्घाखाँची लगायतका जील्लाहरूबाट श्रदालु भक्तजनहरूको घुइचो लाग्ने गर्दछ। माघे सङ्क्रान्तिको अवसरमा तीन दिन मेला लाग्दछ। मेलाको अबसरमा राष्टिय कलाकारहरूबाट सास्कृतिक कार्यक्रमहरू पनि देखाइन्छ।