पशुपतिनाथ मन्दिर

नेपाली विकिपीडियाबाट, एक स्वतन्त्र विश्वकोष
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
पशुपतिनाथ मन्दिर
पशुपतिनाथ मन्दिर
पशुपतिनाथ मन्दिर is located in Nepal
पशुपतिनाथ मन्दिर
पशुपतिनाथ मन्दिर
नेपालको नक्शामा पशुपतिनाथको मन्दिर
निर्देशांक: 27°42′35″N 85°20′55″E / 27.70972°N 85.34861°E / 27.70972; 85.34861निर्देशाङ्क: 27°42′35″N 85°20′55″E / 27.70972°N 85.34861°E / 27.70972; 85.34861
नाम
वास्तविक नाम: पशुपतिनाथको मन्दिर
अवस्थिति
देश: नेपाल
राज्य/अञ्चल: बागमती
जिल्ला: काठमाडौं
स्थान: वनकाली, काठमाडौं
कला र संस्कृति
मुख्य देवता: महादेव
प्रमुख चाडपर्व: शिवरात्री, बाला चतुर्दशी, तीज
वास्तुशैली: प्यागोडा

पशुपतिनाथको मन्दिर काठमाडौं जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो। यो मन्दिर काठमाडौं जिल्लाको कामपा वडा नम्बर ८ मा बागमती नदीको किनारमा रहेको छ। यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्र मा पर्दछ। सन् १९७९मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो।[१] काठमाडौं उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएकोले र अति प्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरू तथा प्राचीन अभिलेखहरूको अवस्थित हुनाले पशुपतिनाथको मन्दिर क्षेत्र खुला संग्रहालय जस्तै देखिन्छ । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्र बनेको छ। पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पुजास्थल अखाडा पनि रहेका छन्। [२] पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाको रुपमा रहेको छ। जन्म देखि मृत्यु सम्मका संस्कार सम्पन्न गरिने यस पावन स्थलमा वागमती नदीले यसको महिमा अझै बढाएको छ ।

यो मन्दिर यस संसारमा रहेका २७५ पादल पेत्र स्थलम (शिवको पवित्र स्थान) मध्ये एक हो । पशुपतिनाथमा मुख्य रुपमा शिवजीको पूजा हुने भएकाले शिवरात्रि पर्व विशेष महत्वका साथ मनाइन्छ। शिवरात्रि नेपालभरि धुमधामसँग मनाइने राष्ट्रिय पर्व हो । प्रत्येक वर्ष फागुन कृष्णपक्ष चतुर्दशीका दिनमा शिवरात्रि पर्व मनाइन्छ । पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुँइचो लाग्ने गरेको छ । यस दिन आरध्यदेव पशुपति अर्थात् शिवजीको आरधना गर्दै नेपाल तथा छिमेकी मुलुक भारतका हिन्दू धर्मावलम्बीहरूको ठूलो संख्याले पशुपतिको दर्शन गर्ने गर्दछन्। शिवरात्रि एक अत्यन्त महत्त्वपूर्ण आध्यात्मिक वृत्तान्तको स्मरणोत्सव हो। सृष्टिका समस्त मनुष्यात्माका पारलौकिक परमपिता परमात्मा शिवको दिव्य जन्म वा अवतरणको महान् दिन हो शिवरात्रि। श्रद्धालु भक्तजन पशुपतिनाथको दर्शन अन्य सबै पर्वहरू मनुष्य वा देवताको जन्मदिनको स्मरणको रूपमा मनाइन्छ भने शिवरात्रि मनुष्यबाट देवता बनाउने देवका पनि देव महादेव, र्सवका सद्गति दाता परमप्रिय परमात्माको आफ्नै दिव्य र शुभजन्मको स्मरणोत्सव हो। शिवरात्रि तेत्तीस कोटी देवी-देवता लगायत ब्रह्मा, विष्णु, शंकरका समेत रचयिता, सबै धर्म मान्ने वा नमान्ने सम्पूर्ण आत्माका आफ्नै आत्मिक पारलौकिक परमपिताको जन्मदिन हो। शिवलाई महादेव, इशान, महेश, हर शंकर, रुद्र, गिरीश जस्ता नामले पनि पुकार्ने गरिन्छ ।[३]

श्लेमान्तक वन, पशुपति का. म. पा. ८ तीनथाना गा. वि. स. वडा नं. १मा रहेको विष्णु देवी क्षेत्र यस गाविसको मात्र महत्वपूर्ण स्थल नभै यस भेगकै ऐतिहासिक थलो हो। धार्मिक हिसाबले सातौ पिठको रूपमा गनिने विष्णु देवी, सरस्वती तथा ईच्छावृषेश्वर महादेव (गोलोकेश्वर) १७ औ शताब्दितिर स्थापना भएको मानिन्छ। ०३८/३९ सालतिर महादेवस्थानको दक्षिणतिर रहेको दुवै हात र स्तनसमेत काटिएको सरस्वतीको पूर्णकदको मूर्ति चोरी हुँदा मूर्ति पछाडि रहेको शिलालेखमा उक्त मिति उल्लेख गरिएको भन्ने भनाई छ। चोरी भएको सरस्वतीको मूर्तिको दुई पाऊ अद्यावधि नै छ, जहाँ २०४१ सालमा पूर्ण बहादुर महर्जनले अर्को सरस्वतीको मूर्ति बनाई स्थापना गरेको पाइन्छ। विष्णु देवीको द्वारपालको रूपमा रहेका सिंह सिंहिनीको स्थापना रिजाल भन्ने थरका ब्यक्तिले वि.सं. १९०९ सालमा स्थापना गरेको शिलालेखमा पाइन्छ। सोही मन्दिरको पश्चिमतिर रहेको ढुंगाको खम्वामाथी प्राथना गरिरहेको मूर्ति सहितको खम्बा संवत १९१०मा स्थापना गरेको देखिन्छ। पाप धर्मको परिक्षण गर्ने वागद्वार पनि महादेवस्थानको उत्तरतर्फ रहेको छ। यस विष्णु देवी क्षेत्र पुरातात्विक महत्वको क्षेत्रभित्र समेत पर्ने भएको हुनाले यसको यथार्थ खोजविन हुन आवश्यक देखिन्छ।

मन्दिर वास्तुकला[सम्पादन गर्ने]

यो मन्दिर नेपाली प्यागोडा शैलीमा निर्माण गरिएको छ । यहाँको सबै विशेषताहरू प्यागोडा शैलीमा रहेको पाइन्छ जुन अति सुन्दर खुदी काठको छन् । यस मन्दिरको दुई स्तर छाना सुन पहिरन सँगै तामाको रहेको छ । यस मन्दिरमा रहेको चार मुख्य ढोकाहरू चाँदीको रहेको छ । यस मन्दिरमा रहेको सुनको गजुरले यहाँको धार्मिक विचारको प्रतीकलाई दर्साउँछ । यस मन्दिरको पश्चिमी ढोकामा रहेको ठूलो गोरु वा नन्दीको मुर्ति कास्यको रहेको छ । यहाँ रहेको लिङ्ग देवत्व कालो पत्थरको रहेको छ, जुन ६ फिट अग्लो छ र त्यसको परिधि पनि उस्तै छ । पशुपतिनाथको पूर्वमा वासुकीनाथ रहेको छ ।

पशुपतिनाथ मन्दिरको प्यानोरेमिक दृश्य

सिन्धु–सभ्यताका पशुपतिनाथ शिव[सम्पादन गर्ने]

रुद्र वा शिवका अनेकौं नाउँमध्ये “पशुपति” शिवको प्रमुख नाउँ हो । ऋग्वेद संहितामा रुद्रको पशुपति नाउँ त पांइदैन, तर रुद्र सम्बन्धि बशिष्टको सुक्त (७।४६।।१–४) मा धनुर्धरी अजेय, तीक्ष्ण आयुध धारण गर्ने रुद्रले हाम्रो प्रार्थना सुनुन् आफ्नो तेजोमय वाण अन्तरिक्षस्थ विद्युत्, जो पृथ्वीमा घुम्दछ, हामीलाई नष्ट नगरोस् । हामीलाई रोग–व्याधिले ग्रस्त नपार, हजारौ औषधीका ज्ञाता हे रुद्र १ हाम्रा पुत्र–पौतादिलाई नष्ट नगर, हाम्रो हिंसा नगर, तिम्रो क्रोधका भागी हामी नबनौ हाम्रो रक्षा गर, इत्यादि । यस्तै ऋक् (१।११४) सूक्तमा कुत्सआङ्गिरस ऋषि रुद्रको स्तुति गर्दै भन्दछन्– महान् वीरका स्वामी जटा मुकुटधारी रुद्रको स्तुति गर्छौ । यस गाउँका सबै प्राणीहरू निरोगिताका साथ पुष्ट रहुन्, दोपाया चौपाया सुखी रहुन् । हे रुद्र । दया गर, सुखी बनाऊ ।

हिन्दू धर्मका सबै धार्मिक ग्रन्थहरूमा भगवान शिवलाई पशुपतिनाथ भनिएको छ । महाभारतमा भगवान शिवको अस्त्रलाई पाशुपतास्त्र भनेर बर्णन गरिएको छ । महाभारतका पात्र अर्जुनले हिमालय पर्वतमा किराँतरुपी शिवलाई युद्ध गरेर खुसी बनाएकाले पाशुपतास्त्र दिएका थिए ।

पौराणिक कथानुशार महाभारतको युद्वपछी पाण्डवहरूले भगवान कृष्ण र भिष्मसँग युद्वमा आफन्तहरू मृत्य गरेकाले गोत्रहत्याको पापबाट मुक्त हुनकोलागी के उपाय गर्नु पर्ला भनेर सोधेका थिए । भगवान शिवको दर्शन गरेपछी गोत्रहत्याको पापबाट मुक्त हुन्छ भन्ने कुरा थाह पाएपछी पाण्डवहरू शिवजीको दर्शन गर्ने हिमालयमा गए । पाण्डवहरू आएको देखेर भगवान शिव भैंसीको रुप लगेर भैंसीको बथानमा लुकेका थिए । पाण्डवहरूले भैंसीरुपी भगवान शिवलाई चिनेर दर्शन गर्न नजिकै जाँदा भैंसीरुपी शिव जमिन भित्र धासिएका थिए । यसरी शिवजी जमिनमा धासिएपछी भैंसीरुपी शिवको पुछर पाण्डवले स्पर्श गर्दा केदारनाथमा केदारनाथ भगवान प्रकट भए भने भैंसीरुपी शिवको शिर नेपालमा पशुपतिनाथ भगवान प्रकट भएका थिए । यसरी पाण्डवहरूले पशुरुरी शिवको पुछर स्पर्श गरेर गोत्रहत्यको पापबाट मुक्त भएका थिए । यसरी पशुको रुप लिएर प्रकट भएको हुनाले भगवान शिवलाई पशुपतिनाथ भनिन थालियो [४]

एक अर्को कथाका अनुशार भगवान शिवले मृगको रुप लगेर श्लेष्मान्तक वनमा पार्वतीको साथमा विहार गरेका थिए । यसैले भगवान शिवलाई पशुपतिनाथ भनियो [५]

लिङ्ग पूजासम्बन्धी भारतीय र अन्य विद्वान्हरूको धारणा[सम्पादन गर्ने]

आर्य पराम्पराको विकासक्रमलाई नै ध्यानमा राखेर प्रस्तुत गरिने यस ग्रन्थको विषय अन्य सभ्यतामा प्रचलित प्रजनन शक्तिको रुपमा उपासना गरिने लिङ्गको परिचर्चा त्यति आवश्यक थिएन तर मुर्तिपूजासम्बन्धी परिपाटी विदेशी प्रभाव हो भनेर मन्तव्य प्रकट गर्ने विद्धानहरूको पनि तर्क सुत्र र विवेचना गर्नु पनि आवश्यक हुन्छ । किनभने हिन्दु विद्धानलाई पनि विदेशीहरूको उक्त तर्कले निकै प्रभाव पारेको छ र तुलनात्मक रुपमा सिन्धुसभ्यता तथा वेविलोन सभ्यताको अनुदान नै लिङ्गपूजा हो भन्ने कुरा प्रस्तुत गरिएको पाइन्छ [६]

पशुपतिनाथ मन्दिरमा नित्य र नैमित्रिक पूजापर्व[सम्पादन गर्ने]

पशुपतिनाथ मन्दिरको व्यवस्थापन[सम्पादन गर्ने]

पशुपतिनाथ मन्दिरको व्यवस्थापन हाल सबै पशुपति विकास कोषको मातहतमा रहेको छ ।

‌‌पशुपतिक्षेत्रका मन्दिर, मूर्ति तथा अभिलेखहरू[सम्पादन गर्ने]

पशुपतिक्षेत्रको संरक्षण, संवर्द्धनका प्रयासहरू[सम्पादन गर्ने]

पशुपतिनाथ मन्दिरको सामान्य दैनिकी[सम्पादन गर्ने]

  • ४ बजे भट्ट द्वारा पशुपतिनाथ को जागा गरिन्छ।
  • भट्टजी द्वारा पशुपतिनाथको स्नान गराईन्छ साथै सरसफाइ गरेर सफा लुगा लगाईन्छ।
  • त्यस पछि बालभोग (हलुवा) को भोग दिइन्छ।
  • १२:३०-१ बजे देखि २ बजे सम्म विषेश पुजा हुन्छ।
  • त्यस्तै सांझ ५:३० बजे बेलुकाको आरती हुन्छ।
  • विषेश दिन बाहेक सामान्यता ६ बजे मन्दिर बन्द हुन्छ।

सन् २००९को घटना[सम्पादन गर्ने]

पशुपतिनाथको पुजारीहरूलाई भट्ट भनिन्छ र मूल पुजारीलाई मूल भट्ट वा रावल भनिन्छ । केही नेपालीहरूले मन्दिर भित्र घुस भएको आरोप लगाएका थिए । जनवरी २००९ मा माओवादीको सरकारले मुल भट्टहरूलाई राजीनामा दिन लगायो र नेपाली पुजारीहरूलाई मन्दिर चलाउन दिइयो ।[७]यो चलिआएको मान्यता(प्रक्रिया) विपरित रहेको तर नेपाली पुजारीहरूलाई स्थान दिइएकोमा आफ्नो विरोध नरहेको भनी मन्दिरका भण्डारीहरूले विरोध गरे । यो विषय सर्वोच्च अदालतसम्म पुग्यो[८][९]तर सरकारकै आदेशलाई सहि ठहरायो । यसको विरोधमा आन्दोलनहरू भए र आन्दोलनको प्रति विरोध वाइसीएलहरूले गरे जसका कारण दर्जनौं विरोधिहरू घाइते पनि भए ।[१०]

देश बाहिर र भित्रका हिन्दुहरूद्वारा तत्कालीन नेपाल सरकारको चर्को विरोध गरियो र आफ्नो फैसला फिर्ता लिई सर्वोच्च अदालतले पुरानै भट्टहरूलाई पशुपतिनाथको पुजारी बन्ने जिम्मा लगायो ।

पशुपतिनाथ भ्रमण[सम्पादन गर्ने]

भारतका प्रख्यात अभिनेता, गायक, अभिनेत्री र थुप्रै व्यक्तित्वहरूको पशुपतिनाथको चर्चा बढाउने गरेको छ । जुलाई २०१४मा भारतका प्रधानमन्त्री मोदीले पनि नेपाल भ्रमण गर्दा पशुपतिनाथको दर्शण गरे ।

मोदी पशुपतिनाथमा

महाभूकम्प २०७२[सम्पादन गर्ने]

विक्रम संवत २०७२ वैशाख १२ गतेको महाभूकम्पमा पशुपतिनाथ मन्दिर क्षेत्रक भत्किएको देवलहरु

विक्रम संवत २०७२ वैशाख १२ गते गोरखा जिल्लाको वारपाकलाई केन्द्रविन्दु बनाई गएको ७.८ रेक्टर स्केलको महाभूकम्पमा पनि मूल मन्दिर दैविक-वैदिक-वास्तु शक्ति (शिव-कथित भूतत्त्व-विग्यान)को कारण सुरक्षित रहेको देखियो । यस्तै २ वर्ष अगाडी महाप्रलयमा श्रीकेदारनाथ मन्दिर पनि सुरक्षित रहेको थियो ।

चित्र दीर्घा[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "विश्व सम्पदा सूचीमा प्रस्तावित डेढ दर्जन सम्पदा ओझेल". review publications. Retrieved 1 August 2013. 
  2. "श्री पशुपतिनाथ". pashupati area development trust. Retrieved 1 August 2013. 
  3. "मुलुक भरि महाशिवरात्री पर्व मनाईदै". souryadaily.com. Retrieved 1 August 2013. 
  4. शिव पुराण
  5. स्वस्थानी व्रतकथा
  6. कुलचन्द्र केइराला, नेपालका आराध्य देव भगवान् श्री पशुवतिनाथ, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, प्रथम संस्करण वि.सं.२०५१,पेज नं.५७, प्रतिवोध प्रिन्टिङ्ग प्रेस, काठमाडैं
  7. "Indian Express". Indian Express. 2009-01-05. Retrieved 2014-08-05. 
  8. "Kantipur". Kantipuronline.com. Retrieved 2011-10-30. 
  9. "Hindu Shrine: Pashupatinath in Nepal". Newsblaze.com. 2009-01-08. Retrieved 2011-10-30. 
  10. "Kantipur". Kantipuronline.com. Retrieved 2011-10-30. 

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

  1. मन्दिर
  2. नेपालका हिन्दू मन्दिरहरूको सूची

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]