मध्यपुर थिमी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मध्यपुर थिमी
मध्यपुर थिमी नगरपालिका भित्र रहेको ऐतिहासिक दरबार
मध्यपुर थिमी नगरपालिका भित्र रहेको ऐतिहासिक दरबार
मध्यपुर थिमी is located in बागमती प्रदेश
मध्यपुर थिमी
मध्यपुर थिमी
नक्सामा नगरपालिकाको स्थान
मध्यपुर थिमी is located in नेपाल
मध्यपुर थिमी
मध्यपुर थिमी
मध्यपुर थिमी (नेपाल)
निर्देशाङ्क: २७°४०′५०″उ॰ ८५°२२′५५″पू॰ / २७.६८०५६°N ८५.३८१९४°E / 27.68056; 85.38194निर्देशाङ्कहरू: २७°४०′५०″उ॰ ८५°२२′५५″पू॰ / २७.६८०५६°N ८५.३८१९४°E / 27.68056; 85.38194
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाभक्तपुर जिल्ला
नगरपालिकावि.सं. २०५३ चैत्र १४[१]
समावेश (गाविस)बोडे, नगदेश, चपाचो, बालकुमारी र लोकन्थली
सम्मिलित (मिति)वि.सं. २०५३ चैत्र १४
सरकार
 • मेयरमदनसुन्दर श्रेष्ठ
 • उप मेयरअन्जना देवी मधिकर्मी
क्षेत्रफल
 • जम्मा११.४७ किमी (४.४३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा८३,०३६
 • घनत्व७,२००/किमी (१९,०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
वेबसाइटआधिकारिक वेबसाइट

मध्यपुर थिमी नेपालको बागमती प्रदेशमा पर्ने भक्तपुर जिल्लाको एक नगरपालिका हो। काठमाडौँ उपत्यकाको भक्तपुर जिल्लामा रहेका तत्कालिन बोडे, नगदेश, चपाचो, बालकुमारी र लोकन्थली गाउँ विकास समिति मिलाएर वि.सं. २०५३ चैत्र १४ गते यो नगरपालिकाको गठन गरिएको थियो। १७ वटा वडामा विभाजित यो नगरपालिकालाई देशमा सङ्घीय शासन व्यवस्था लागू भएपछि वि.सं. २०७३ फाल्गुन २२ गते नेपाल सरकार मन्त्रिपरिषदको निर्णय र वि.सं. २०७३ फाल्गुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम यो नगरपालिकालाई ९ वटा वडामा सीमित गरिएको हो।[२] यस नगरको पूर्वमा भक्तपुरचाँगुनारायण नगरपालिका, पश्चिममा काठमाडौँ महानगरपालिकाको सिनामङ्गल, उत्तरमा कागेश्वरी मनोहरा नगरपालिका र दक्षिणमा सूर्यविनायक नगरपालिकामहालक्ष्मी नगरपालिका पर्दछन्।[३]

भूगोल[सम्पादन गर्नुहोस्]

विश्व मानचित्रमा यो नगरपालिका २७ डिग्री ४०’ देखि २७ डिग्री ४२’ उत्तरी अक्षांशसम्म र ८१ डिग्री २२’३०” पूर्व देखि ८५ डिग्री २५’०” देशान्तरसम्म फैलिएर रहेको छ। कुल ११.४७ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो नगर समुद्री सतहबाट १,३२६ मिटरको उचाइमा अवस्थित छ। यस नगरपालिकाले जिल्लाको कूल भूभागको (११९ वर्ग किलोमिटर) ९.६ प्रतिशत भूभाग ओगटेको छ। यो सहर ऐतिहासिक, कला, संस्कृति र शिल्पकारिताका कारण विश्वप्रसिद्ध छ।[४] समशितोष्ण हावापानी भएको यस नगरपालिकामा औसत तापक्रम न्यूनतम १ डिग्री सेल्सियस देखि ३५ डिग्री सेल्सियससम्म पुग्ने गर्दछ। नगरपालिका क्षेत्रमा औसत वर्षा १२३.१ मिलिमिटर सम्म हुने गर्दछ।

पेशा[सम्पादन गर्नुहोस्]

यहाँका अधिकांश जनता कृषि पेशामा संलग्न छन्। यहाँ मौसम अनुसारका हरियो तरकारी र धानबालीका लहलहाउँदा बालाहरूले यहाँको सौन्दर्यमा रौनक त थपिरहेकै हुन्छ, ठाउँ ठाउँमा सुकाउन राखिएका विभिन्न आकार प्रकारका माटाका भाँडाकुँडाहरूले पनि आगन्तुकहरूलाई छुट्टै आनन्द दिइरहेको हुन्छ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

वि.सं. २०६८ सालको जनगणना अनुसार यस नगरपालिका क्षेत्रमा ४०,३१३ महिला र ४२,७२३ पुरुष गरि कुल जनसङ्ख्या ८३,०३६ रहेको छ।[५]

नदीनाला[सम्पादन गर्नुहोस्]

मध्यपुर थिमी नगरपालिकामा बग्ने मुख्य नदीहरूमा मनोहरा र हनुमन्ते छन्।[६] यी नदीहरूको बहाव वर्षा याममा मात्र बढी हुने र अन्य समयमा पानीको मात्रा ज्यादै कम हुने गर्दछ। मनोहरा नदी मणिचुडबाट निस्केर शालीनदी हुँदै काठमाडौँ जिल्लाभक्तपुर जिल्लाको सिमाना हुँदै बग्ने गर्दछ। यो मध्यपुर थिमी नगरपालिकाको उत्तर पश्चिम सिमाना भएर बग्दछ। यो नदीमा हनुमन्ते खोला मिसिएपछि बागमती नदीमा मिसिन्छ। यसले काठमाडौँ, भक्तपुर र मध्यपुर थिमी नगरपालिका क्षेत्रमा सिँचाइ सुविधा पुगाउनुका साथै जल प्रवाह गर्दछ। हनुमन्ते नदी महादेव पोखरी डाँडावाट बगेर नगरकोट डाँडा र वागेश्वरी डाँडाको मध्य भागबाट पश्चिमतर्फ बग्दै भक्तपुरको दक्षिणी भाग हुँदै मध्यपुर थिमी नगरपालिकाको दक्षिणी सिमाना भएर बग्ने गर्दछ।

मुख्य धार्मिक स्थलहरू[सम्पादन गर्नुहोस्]

नगरपालिकामा रहेका मुख्य धार्मिक तथा ऐतिहासिक स्थलहरूमा निलबाराही, महालक्ष्मी मन्दिर, कुमारीको मन्दिर, सिद्धिगणेश मन्दिर, विश्वविनायक मन्दिर, सिद्धिकाली मन्दिर, दिगु भैरव मन्दिर, राज गणेश मन्दिर, स्वेतभैरव मन्दिर, गुरु गणेश, लोकेश्वर मन्दिर, थासोमा गणेश मन्दिर, बालकुमारी मन्दिर,[७] ताहानारायण मन्दिर, बिष्णुवीर मन्दिर, वामुने गणेश मन्दिर, प्रथम गणेश, नगदेश बुद्ध विहार, पाटी बिहार, धर्मचक्र गुम्वा, शिवा गणेश मन्दिर, विश्वेश्वर महादेव, सिलेश्वर महादेव, शोणे कामदेव मन्दिर, निलवर्ण गणेश मन्दिर, महालक्ष्मी मन्दिर, भवानी शङ्कर मन्दिर, दिव्यश्वरी मन्दिर, नित्यनाथ मन्दिर, आकाश भैरव मन्दिर, वसुन्धरादेवीको मन्दिर, नारायण मन्दिर,[८] तछ्छु गणेश मन्दिर, अजिमाद्यो मन्दिर, इन्द्रायणी वम्हायानी मन्दिर, गोरखनाथ मन्दिर, हरिसिद्धि मन्दिर, तलेजु भवानी मन्दिर, कुशल भैरव मन्दिर, नवदुर्गा भवानी मन्दिर, नाट्यश्वरी मन्दिर, विन्दवासीनी (वडा नं. २) मन्दिर, कुकीइनाय गणेश मन्दिर, सूर्यविनायक मन्दिर, भक्ति मन्दिर श्यामाश्याम धाम राधेराधे मन्दिर, शंखधर साख्वाचोक आदि रहेका छन्।[९][१०]

जातजाति[सम्पादन गर्नुहोस्]

नेवारहरूको वाहुल्यता रहेका यस नगरमा भने क्षेत्री, बाहुन, राई, मगर, दमाई, सार्की लगायत अन्य जातजातीको पनि यहाँ बसोबास छ। पेशागत रूपले मध्यपुर थिमीलाई श्रृजना र शिल्पीहरूको सहर भन्ने गरिएको छ।[४]

सांस्कृतिक पक्ष[सम्पादन गर्नुहोस्]

यस नगरमा मनाइने जात्राहरूमा विस्केट जात्रा, जिब्रो छेड्ने जात्रा[११], गाईजात्रा, इन्द्रजात्रा, खड्ग जात्रा, दिपंकर जात्रा र पुलुकिसि जात्रा प्रमुख जात्रा हुन् भने महाकाली नाच, भैरव नाच, निलबाराही गण नाच, इन्द्र अप्सरा नाच, हनुमान नाच, अष्टमात्रिका नाच, मयुर नाच, आदि प्रमुख नाचहरू हुन्।[१२][१३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२ 
  2. "गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको क्षेत्र तोकी केन्द्र क़ायम गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच फेब्रुअरी २०२२ 
  3. "‘स्थानीय बासिन्दा खुसी हुने गरी काम गरेका छौँ’", गोरखापत्र अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०२ 
  4. ४.० ४.१ "रूप फेर्दै मध्यपुर थिमि (फोटो फिचर)", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०३ 
  5. "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२ 
  6. "बिहानै मनोहरा नदी किनारको फोहर टिप्दै पूर्वप्रधानमन्त्री नेपाल", नयाँ पेज (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०२ 
  7. "लेन्सबाट उतारिएको लिच्छविकालीन एउटा सहरको कथा", नेपाल लाइभ (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०२ 
  8. "बालकुमारी मन्दिर दुई भैरव नाच", न्युजअभियान (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०२ 
  9. "सम्पदा पुनर्निर्माणपछिको मध्यपुर थिमी (फोटो फिचर)", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०२ 
  10. "पर्यटकीय क्षेत्रको अध्ययन सुरु, थिमिलाई जीवित संग्रहालय बनाइने", देशसञ्चार (नेपालीमा), २०१८-०२-२३, अन्तिम पहुँच २०२२-०२-०२ 
  11. "११ वर्षपछि मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा हुने", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०२ 
  12. "मध्यपुर महोत्सव हुने", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०२ 
  13. "के महामारीकै बीच होला त रातो मत्स्येन्द्रनाथको जात्रा ?", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०२ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]