सामग्रीमा जानुहोस्

पाटन नगरपालिका

पाटन नगरपालिका
पाटन नगरपालिका बैतडी जिल्ला-को अवस्थिति
पाटन नगरपालिका
पाटन नगरपालिका सुदूरपश्चिम प्रदेश-को अवस्थिति
पाटन नगरपालिका
पाटन नगरपालिका नेपाल-को अवस्थिति
पाटन नगरपालिका
निर्देशाङ्क: २९°३५′४९″ उत्तर ८०°३१′४९″ पूर्व / २९.५९७०° उत्तर ८०.५३०२° पूर्व / 29.5970; 80.5302
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबैतडी
स्थापित२०७१ मङ्सिर १६
सरकार
 • नगरप्रमुखगौरीसिंह रावल (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखकमलसिंह बोहरा (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा२१९.२६ किमी२ (८४.६६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२९,२३०
 • घनत्व१३०/किमी२ (३५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९५
केन्द्रसाविक पाटन गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

पाटन नगरपालिका बैतडी जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो।[३] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा ‍पाटन, सकार, सिलङ्गा, भूमेश्वर, गुजर र वसन्तपुर गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा कैलपाल, सिद्धेश्वर र सिद्धपुर गाविसहरू यसमा गाभिएका थिए।

संक्षिप्त परिचय

[सम्पादन]

नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित पाटन नगरपालिकाको स्थापना एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत नमुना शहर पाटन” का साथ २०७१/०८/१६ सालमा महाकाली अञ्चलको बैतडी जिल्लाको पाटनमा भएको हो र मिति २०७१/०८/१६गते देखि नै पाटन नगरपालिका हुन गएको हो । यो समुद्री सतहदेखि २४३९ देखि ६९३६ फीट (११३४ मि . देखि २००० मि. ) को उचाइँमा र काठमाडौँ देखि ८३३.३ कि. मि.को दूरीमा स्थित रहेको छ । पाटन नगरपालिकामा कूल १० वडा रहेका छन् । २१९.२६ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको पाटन नगरपालिकाको भु–आकृतिक स्वरुप करिब मध्य पहाडी र पहाडी भूभाग रहेको छ भने यसको पूर्वमा सिगास गाउँपालिका , पश्चिममा द.न.पा / मे.न.पा , उत्तर मा सुर्नाया गा.पा / दोगाडा केदार र दक्षिणमा डडेल्धुरा जिल्ला रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ३३ - ३७ डिग्री र न्यूनतम तापक्रम चिसो मौसम मा २ डिग्री सम्म रहेको पाइन्छ । साल २०६८ को तथ्यांक अनुसार यस नगरपालिकाको कुल जनसंख्या ३०४३५ रहेको छ भने यस क्षेत्रको जनसंख्या वृद्धिदर १.३५ अनुमानित गरिएको छ । प्रमुख चाडपर्व स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । जस्तैः दशैं, तिहार, माघि, होली, गौरा, औल्के, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि, बकर इद, उल इद फितर, आइतबारी, छठपर्व, बुद्ध जयन्ती, क्रिष्मस यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाइन्छ । [४]

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पाटन नगरपालिकाको कुल जनसङ्ख्या २९,२३० रहेको छ भने यहाँ ६,४४२ घरधुरी रहेका छन्।[२]

पाटन नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१सकार र कैलपाल (१-२)३५५५३१.०२११४.६०
२सिलङ्गा२४५८२६.५९९२.४४
३गुजर२५०३१५.३६१६२.९५
४भूमेश्वर३२८६१८.९३१७३.५८
५वसन्तपुर२४४११२.७१९२.२०
६पाटन५६२१२०.४२२७५.२६
७कैलपाल (१–७)२०५११४.८९१३७.७४
८सिद्धेश्वर (३,७–९)२८५३२८.१६१०१.३१
९सिद्धेश्वर (१-२,४–६)२०१११७.१५११७.२५
१०सिद्धपुर२४५१३४.०४७२.००
जम्मा२९,२३०२१९.२६१३३.३१

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।
  4. ↑ https://patanmun.gov.np/

बाह्य कडीहरू

[सम्पादन]