सामग्रीमा जानुहोस्

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(नेकपा (माओवादी केन्द्र)बाट अनुप्रेषित)
नेपाल कम्युनिस्ट पार्टी

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
अध्यक्षपुष्पकमल दाहाल
वरिष्ठ उपाध्यक्षनारायणकाजी श्रेष्ठ
महासचिवदेव गुरुङ
संस्थापक
स्थापना
  • वि.सं २०५० मा नेकपा (एकता केन्द्र) (मूल दलसँग समानान्तरमा)
  • वि.सं २०५२ मा नेकपा (माओवादी )
  • वि.सं २०६५ मा एकीकृत नेकपा (माओवादी)
  • वि.सं २०६३ मा नेकपा (माओवादी केन्द्र)
  • २०७७ फागुन २४ (दोस्रो पुनरावृत्ति)
विघटन२०७५ जेठ ३ (पहिलो पुनरावृत्ति)
टुक्रिएकोनेकपा (एकता केन्द्र)
विलयनेपाल कम्युनिस्ट पार्टी[][][] (पहिलो पुनरावृत्ति) (वि.सं २०७५–२०७७)
प्रमुख कार्यालयपेरिसडाँडा, कोटेश्वर, काठमाडौँ
विचारधारा
राजनीतिक स्थानचरम वामपन्थ[][]
गठबन्धनसमाजवादी मोर्चा[]
रङहरू    
नारा"संसारका मजदुर एक होऔं!"
सशस्त्र सङ्गठनजनमुक्ति सेना, नेपाल (शान्ति सम्झौता पछि विघटन)
निर्वाचन आयोग स्थितिराष्ट्रिय दल
प्रतिनिधि सभा
३० / २७५
राष्ट्रिय सभा
१५ / ५९
प्रदेश सभा
८२ / ५५०
मुख्यमन्त्री
० / ७
नगरप्रमुख/अध्यक्ष
१२१ / ७५३
वडाध्यक्षहरू
५,०४४ / ३५,०११
निर्वाचन चिह्न
राजनीतिक दलको झन्डा
वेबसाइट
cpnmc.org

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), सङ्क्षिप्त नेकपा (माओवादी केन्द्र) वा नेकपा (माके) नेपालको तेस्रो ठूलो राजनीतिक दलसमाजवादी मोर्चाको सदस्य पार्टी हो।[] वि.सं २०५० मा नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र) बाट अलग्गिएर यसको स्थापना भएको थियो। पार्टीले वि.सं २०५२ मा नेपाल सरकारविरुद्ध सशस्त्र सङ्घर्ष सुरु गरेको थियो। नेपालको जनआन्दोलन २०६३ पछि विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरी वि.सं २०६२ मा पार्टी औपचारिक रूपमा मूलधारको राजनीतिमा प्रवेश गरेको थियो।[]

पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्थापनाकालदेखि नै पार्टीको नेतृत्व सम्हाल्दै आएका छन्। प्रतिनिधि सभामा यो पार्टीको हाल ३२ सिट छ, जसले गर्दा यो तेस्रो ठूलो संसदीय दल बनेको छ। प्रतिनिधि सभा निर्वाचन, २०७९ सत्तारुढ गठबन्धनको सदस्यका रुपमा दाहालले करिब डेढ वर्ष र २०८१ असार सम्म प्रधानमन्त्रीका रूपमा काम गरेका थिए।[] यस पार्टीले यसअघि तीन वटा सरकारको नेतृत्व गरेको थियो। वि.सं २०६५, २०७३ मा दाहालको नेतृत्वमा र २०६८ मा बाबुराम भट्टराईको नेतृत्वमा सरकारको नेतृत्व गरेको थियो।[१०][११][१२]

नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र) को नामबाट वि.सं २०५० मा स्थापना भएको यस पार्टीको नाम वि.सं २०५२ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राखिएको थियो। नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र–मसाल) र यसको चुनावी मोर्चा, जनमोर्चा नेपाल २०६४ सालमा पार्टीमा विलय भएपछि एकीकृत पार्टीको नाम एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) रहन गएको थियो। वि.सं २०७३ मा विभिन्न समूहबीच पार्टी एकता भएपछि पार्टी अहिलेकै अवस्थामा पुगेको थियो।[१३][१४]

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)सँग एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएपछि २०७५ जेठ ३ मा पार्टी विघटन भएको थियो तर सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि २०७७ फागुन २४ मा पुनर्जीवित भएको थियो।[१५][१६] पार्टीले २०७८ मङ्सिर सम्ममा ७,५०,००० सदस्यहरू भएको दाबी गरेको थियो जसले उनीहरूलाई सदस्यताको आधारमा नेपालको तेस्रो ठूलो पार्टी बनाएको थियो।[१७]

दलमा महिला सहभागीता

[सम्पादन गर्नुहोस्]

टुक्रिएका समूहहरू

[सम्पादन गर्नुहोस्]

चुनावी प्रदर्शन

[सम्पादन गर्नुहोस्]

भातृ सङ्गठहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "NCP commits to social justice and economic prosperity : Co-chairs PM Oli and Dahal", thehimalayantimes.com, १७ मे २०१८। 
  2. "UML and Maoist Centre to form Nepal Communist Party tomorrow", १६ मे २०१८। 
  3. "Nepal: Left alliance unifies to form single party", www.aninews.in 
  4. Nepali Journal of Contemporary Studies (अङ्ग्रेजीमा) 7, Nepal Centre for Contemporary Studies, २००७, पृ: 2। 
  5. Sajjad, Tazreena (२०१३), Transitional Justice in South Asia: A Study of Afghanistan and Nepal (अङ्ग्रेजीमा), Routledge, पृ: 36, आइएसबिएन 978-1-135-98201-0 
  6. "Socialist Front comprising four leftist parties announced" 
  7. "Socialist Front comprising four leftist parties announced", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०७-१७ 
  8. "Nepal govt, Maoists sign accord to end civil war", DAWN.COM (अङ्ग्रेजीमा), २००६-११-२२, अन्तिम पहुँच २०२३-०१-०१ 
  9. "Dahal sworn in as prime minister", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०१-०१ 
  10. Pokharel, Tilak; Sengupta, Somini (२००८-०८-१५), "Nepal Elects a Maoist to Be the Prime Minister", The New York Times (अङ्ग्रेजीमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २०१७-०६-२६ 
  11. PTI, "Prachanda is new Nepal PM", The Hindu (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०६-२६ 
  12. "Baburam Bhattarai elected prime minister of Nepal", BBC News (en-GBमा), २०११-०८-२८, अन्तिम पहुँच २०१७-०६-२६ 
  13. "Nepali leading CPN-M unified with minor communist party – People's Daily Online", अन्तिम पहुँच २५ फेब्रुअरी २०१५ 
  14. "Ten Maoist parties merge to form CPN Maoist Centre" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०६-२६ 
  15. "Nepal's 2 major parties merge to form Nepal Communist Party – Xinhua | English.news.cn", www.xinhuanet.com, मूलबाट मे १७, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-१२-२४  वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-०९ मिति
  16. Ghimire, Yubaraj (८ मार्च २०२१), "Nepal top court quashes 2018 formation of ruling Nepal Communist Party", The Indian Express, अन्तिम पहुँच ८ मार्च २०२१ 
  17. अधिकारी, अशोक (८ डिसेम्बर २०२१), "जनाधार बलियो बनाउँदै दल", गोरखापत्र (नेपाल), पृ: 1, अन्तिम पहुँच ११ डिसेम्बर २०२२ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]