संविधान सभा निर्वाचन, २०६४
| |||||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||||
| यो लेख नेपालको सरकार र राजनीतिको एक शृङ्खला हो |
|
|
नेपालमा वि.सं २०६४ साल चैत्र २८ गते संविधान सभाको पहिलो निर्वाचन सम्पन्न भएको थियो।[१][२] संविधान सभाले नयाँ संविधानको मस्यौदा तयार गर्ने योजना बनाएको थियो र यसैले अन्य कुराहरूका साथै सङ्घीयताको विषयमा निर्णय गर्ने योजना बनाइएको थियो। योग्य मतदाताको सङ्ख्या करिब १ करोड ७५ लाख थियो।[३] संविधान सभाको कार्यकाल मूलतः दुई वर्षको हुने तय भएको थियो।[४]
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले ५७५ मध्ये २२० सिट जितेर निर्वाचनमा प्रथम स्थान हासिल गरेको थियो र संविधान सभाको सबैभन्दा ठूलो दल बनेको थियो। त्यसपछि नेपाली काङ्ग्रेसले ११० र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)ले १०३ सिट प्राप्त गरेको थिए। महिनौको सत्ता साझेदारी र छलफलपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड २०६५ भदौ २ गते नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। नयाँ संविधान निर्माण गर्न असफल भएपछि संविधान सभाको मूल कार्यावधि २०६९ जेठ १५ गते विघटन गरी चार वर्षको म्याद थप गरिएको थियो।[५]
नतिजा
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Nepal decides to hold crucial election on April 10" अभिलेखिकरण १६ मार्च २००८ वेब्याक मेसिन, Associated Press (The Hindu), 11 January 2008.
- ↑ "Nepal sets new date for elections", BBC News, 11 January 2008.
- ↑ "17.5 mln voters eligible for Nepali CA polls" Xinhua News Agency (People's Daily Online), 28 March 2007.
- ↑ Charles Haviland, "Electoral thunderbolt for Nepal", बीबीसी, 15 April 2008।
- ↑ CA dissolved; PM proposes fresh election for Nov 22 अभिलेखिकरण ३ अप्रिल २०१५ वेब्याक मेसिन 28 May 2012