माधवकुमार नेपाल
माधवकुमार नेपाल | |
|---|---|
माधवकुमार नेपाल | |
| ३४ औँ प्रधानमन्त्री (नेपाल) | |
| पदमा वि.सं. २०६६ जेठ ११ – २०६७।१०।२२ | |
| राष्ट्रपति | रामवरण यादव |
| पूर्वाधिकारी | पुष्पकमल दाहाल |
| उतराधिकारी | झलनाथ खनाल |
| उपप्रधानमन्त्री | |
| पदमा २०५१ मंसिर १४ – २०५२ भदौ २७ | |
| पूर्वाधिकारी | गिरिजा प्रसाद कोइराला |
| उतराधिकारी | प्रकाशचन्द्र लोहनी |
| परराष्ट्रमन्त्री | |
| पदमा २०५१ मंसिर १४ – २०५२ भदौ २७ | |
| पूर्वाधिकारी | गिरिजा प्रसाद कोइराला |
| उतराधिकारी | प्रकाशचन्द्र लोहनी |
| व्यक्तिगत विवरण | |
| जन्म | ६ मार्च १९५३ २००९ फागुन २३ [१] |
| दल | नेकपा एमाले (समाजवादी) |
| मातृ शिक्षाप्रतिष्ठान | त्रिभुवन विश्वविद्यालय |
| वेबसाइट | www |

माधवकुमार नेपाल (जन्म वि.सं. २००९-११-२३)[१] नेपालको एक राजनीतिज्ञ र नेपालको पूर्वप्रधानमन्त्री हुन्। यसभन्दा अघि पन्ध्र वर्षसम्म उनी नेकपा (एमाले)का महासचिव थिए। *मन पर्ने गीतकार, लेखक : हेमन्त खतिवडा
प्रारम्भिक जीवनकाल
[सम्पादन गर्नुहोस्]माधवकुमार नेपालको जन्म वि.सं. २००९ फागुन २६ गते रौतहट जिल्लाको गौरमा एक उच्च ब्राह्मण कुलमा भएको हो। उनको पिताको नाम मंगलकुमार उपाध्याय र आमाको नाम दुर्गादेवी उपाध्याय हो। उनी तीन दाजुभाइमध्ये जेठो हुन्। उनले गौरको श्री जुद्ध माध्यमिक विद्यालयबाट एस.एल.सी. पास गरे। वि.सं. २०२२ सालमा वीरगञ्ज को ठाकुरराम बहुमुखी क्याम्पसमा भर्ना भए। राजनीतिमा आउनु अघि उनले बैँकमा जागिर पनि खाएका थिए।
तेह्र वर्षको उमेरदेखि नै राजनीतिमा लागेका नेपालले वि.सं. २०२६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता पाए। वि.सं. २०२८ सालमा सङ्गठन विस्तारका लागि काठमाडौँ आए। नेपाल सन् १९९३ देखि नेकपा (एमाले)का महासचिव भए। उनमा माथिल्लो सदन राष्ट्रिय सभाको प्रतिपक्षी दलको नेताको अनुभव पनि छ। उनी त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यमा स्नातक हुन्। उनलाई नेपाली, हिन्दी मैथिली र अङ्ग्रेजी भाषाको राम्रो ज्ञान छ।
सन् १९९१-९३ अवधिमा विभिन्न अन्तर्राष्ट्रिय गोष्ठी वा सम्मेलनमा नेपालले भाग लिएका थिए। सन् १९९० मा नेपाल संविधान सुधार सुझाव आयोगका सदस्य थिए भने त्यसपछिका २-३ वर्षमा राष्ट्रिय विकास परिषद् र राष्ट्रिय जलस्रोत विकास परिषद्को पदेन सदस्य भए। नेपाल सन् १९९३ मा नेकपा (एमाले)को विदेश मामिला विभागका प्रमुख थिए। त्यस्तै, केही वर्षअघि नेकपा (एमाले)ले स्थापना गरेको प्रथम संसदीय निर्वाचन समितिका संयोजक पनि भए। नेपाल सन् १९९० मा संयुक्त वाम मोर्चाको सदस्य र सन् १९९१ मा नेकपा (एमाले)को केन्द्रीय सङ्गठन समितिका पोलिटब्यूरो सदस्य थिए। सन् १९७८ मा उनी नेकपा (माले) का संस्थापक सदस्य र पोलिटब्यूरो सदस्य थिए। नेपाल सन् १९७६ मा राजनीतिक अभियोग-राजकाज अपराध ऐनअन्तर्गत दुई वर्ष कारावासमा परेका थिए। उनी सन् १९७५ मा समन्वय केन्द्रका संस्थापक सदस्य, १९७१-७४ अवधिमा नेपाल क्रान्तिकारी सङ्गठन (माले) मोरङको जिल्ला सदस्य र १९७० मा वीरगञ्ज एस.टी.आर. कलेजमा स्वतन्त्र विद्यार्थी संघको विधान मस्यौदा समितिका सदस्य थिए।
भ्रमण
[सम्पादन गर्नुहोस्]देशभित्र पचहत्तरै जिल्ला भ्रमण गरिसकेका नेपालले भारत, चीन, फिलिपिन्स, अमेरिका, बङ्गलादेश, उत्तर कोरिया, जर्मनी, स्वीट्जरल्यान्ड, फ्रान्स, बेलायत, बेल्जियम, निदरल्यान्ड्स, लक्जेम्बर्ग, जापान, थाइल्याण्ड, सिंगापुर, इन्डोनेसिया, रसिया, बेलारुस, भियतनाम, लाओस, यमन, मेक्सिको, क्युवा, मलेसिया, कतार, भुटान, श्रीलङ्का, माल्दिभ्स, स्विडेन, नर्वे, फिनल्यान्ड, डेनमार्क, दक्षिण कोरिया, अस्ट्रेलिया, इरान, पराग्वे, ब्राजिल, अस्टि्रया, हङ्गेरी, पूर्वमाल, संयुक्त अरब इमिरेट्स र काजकिस्तान लगायतका मुलुकहरूको समेत भ्रमण गरेका छन्।[१]


प्रतिनिधि सभा २०७९
[सम्पादन गर्नुहोस्]प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का उम्मेदवार माधवकुमार नेपाल रौतहट प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट ३३५२२मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । [२]उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार अजयकुमार गुप्ताले २६९२२मत प्राप्त गरेका थिए।[३]
| पूर्वाधिकारी पुष्पकमल दाहाल |
नेपालको प्रधानमन्त्री २००९ देखि २०११ |
उत्तराधिकारी झलनाथ खनाल |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 3 4 "व्यक्तिगत विवरण", www.madhavnepal.com। अभिलेखिकरण २०११-१०-०१ वेब्याक मेसिन
- ↑ "रौतहट : प्रदेश २ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-२४।
- ↑ "मतगणना प्रगतिको विवरण", result.election.gov.np, अन्तिम पहुँच २०२२-११-२४। अभिलेखिकरण २०२२-११-२३ वेब्याक मेसिन
- अज्ञात पारामिटरहरू प्रयोग गरिएका पदाधिकारी सूचनाबाकसका पृष्ठहरू
- Pages using infobox officeholder with deprecated parameters
- नेपालका प्रधानमन्त्रीहरू
- नेपाली राजनीतिज्ञहरू
- नेपाल कम्युनिस्ट पार्टी (२०७५–२०७७)का राजनीतिज्ञहरू
- नेपालका परराष्ट्र मन्त्रीहरू
- त्रिभुवन विश्वविद्यालयका पूर्व विद्यार्थीहरू
- सन् १९५३ मा जन्म
- माओवादी जनयुद्धका मानिसहरू
- नेपालका सांसदहरू २०७४–२०७९
- नेपालका सांसदहरू २०७९–२०८२
- रौतहट जिल्लाका मानिसहरू
- २१औँ शताब्दीका नेपालका प्रधानमन्त्रीहरू