गिरिजाप्रसाद कोइराला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

गिरिजाप्रसाद कोइराला
The Prime Minister of Nepal, Shri Girija Prasad Koirala being seen off by the Union Minister of Water Resources, Prof. Saif-ud-din Soz at Indira Gandhi International Airport in New Delhi on April 06, 2007 (cropped).jpg
गिरिजाप्रसाद कोइराला २०६४ मा
नेपालका राष्ट्र प्रमुख
कार्यकाल
२०६३ माघ १ – २०६५ साउन ८
पूर्वाधिकारीज्ञानेन्द्र शाह (राजा)
उतराधिकारीरामवरण यादव (राष्ट्रपति)
नेपालका प्रधानमन्त्री
कार्यकाल
२०६३ वैशाख १२ – २०६५ भदौ २
शासकराजा ज्ञानेन्द्र
सहायकरामचन्द्र पौडेल
पूर्वाधिकारीशेरबहादुर देउबा
उतराधिकारीपुष्प कमल दाहाल
कार्यकाल
२०५६ चैत ९ – २०५८ साउन ११
शासकराजा वीरेन्द्र
राजा दीपेन्द्र
राजा ज्ञानेन्द्र
पूर्वाधिकारीकृष्णप्रसाद भट्टराई
उतराधिकारीशेरबहादुर देउबा
कार्यकाल
२०५५ वैशाख २ – २०५६ जेठ १७
शासकराजा वीरेन्द्र
पूर्वाधिकारीसूर्यबहादुर थापा
उतराधिकारीकृष्णप्रसाद भट्टराई
कार्यकाल
२०४८ जेठ १२ – २०५१ मङ्सिर १४
शासकराजा वीरेन्द्र
पूर्वाधिकारीकृष्णप्रसाद भट्टराई
उतराधिकारीमनमोहन अधिकारी
नेपाली कांग्रेसका ५औँ सभापति
कार्यकाल
२०५३ वैशाख २९ – २०६६ चैत ७
पूर्वाधिकारीकृष्णप्रसाद भट्टराई
उतराधिकारीसुशील कोइराला
व्यक्तिगत विवरण
जन्मगिरिजा प्रसाद कोइराला
वि.स. १९८१ असार १८
सहरसा जिल्ला, बिहार, भारत
मृत्युवि.सं. २०६६ साल चैत ७
काठमाण्डौ, नेपाल
नागरिकतानेपाली
राजनीतिक पार्टीनेपाली कांग्रेस
जीवन साथी(हरू)सुष्मा कोइराला
सन्तान(हरू)सुजाता कोइराला
अभिभावक(हरू)कृष्णप्रसाद कोइराला
दिव्या कोइरालाका
नातेदारविश्वेश्वरप्रसाद कोइराला
मातृकाप्रसाद कोइराला (दाजुहरू)
पेशाराजनीतिज्ञ

गिरिजाप्रसाद कोइराला एक नेपाली राजनीतिज्ञ र नेपाली कांग्रेसका सभापति थिए।[१] उनी वि.सं. २०४८ जेठ १२ देखि वि.सं. २०५१ मङ्सिर १४, वि.सं. २०५५ वैशाख २ देखि वि.सं. २०५६ जेठ १७, वि.सं. २०५६ चैत्र ९ देखि वि.सं. २०५८ साउन ११ र वि.सं. २०६५ जेठ १५ देखि वि.सं. २०६५ भदौ २ सम्म गरि चार पटक नेपालको प्रधानमन्त्री भएका थिए।[२]उनी वि.सं. २०१६ पछिको पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए। त्यति बेला उनका दाजु विश्वेश्वरप्रसाद कोइराला र उनको राजनैतीक पार्टी नेपाली कांग्रेसले नेपालको प्रथम लोकतान्त्रिक निर्वाचनमा स्पष्ट बहुमत ल्याएको थियो।[३] उनी नेपाली कांग्रेसका सभापति र सात राजनैतिक दलहरूको मोर्चाको नेता थिए।[४] उनी ६० वर्षभन्दा धेरै समयसम्म राजनीतिमा संलग्न रहेका थिए।[५] उनले आफ्नो राजनीतिक जीवनको सुरुवात, आफ्नो गृहनगर विराटनगरको जुट मिलका श्रमिक नेताको रूपमा गरेका थिए।[६] वि.सं. २०६६ साल चैत ७ गते मध्यान्ह १२ बजेर १० मिनेट जाँदा उनको निधन भएको थियो।[७] माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराएका उनलाई एक निर्भीक र निडर नेताका रूपमा लिने गरिन्छ। [८][९]

परिवार र प्रारम्भिक जीवन[सम्पादन गर्ने]

गिरिजा प्रसाद कोइराला भारतको बिहार राज्यको सहरसा जिल्लाको टेडी भन्ने गाउँमा वि.सं. १९८१ असार १८ मा जन्मेका थिए।[१०] त्यसबेला उनका बुबा-आमा भारतमा निर्वासित जीवन विताइरहेका थिए।[११] उनी कृष्णप्रसाद कोइराला तथा दिव्या कोइरालाका कान्छा छोरा हुन्। उनका दुई दाजुहरू वि.पी. कोइराला तथा मातृकाप्रसाद कोइराला नेपालका प्रधानमन्त्री भएका थिए।[१२] गिरिजाले २००८ सालमा सुष्मा कोइरालासँष विवाह गरेका थिए भने उनको निधन २०२४ मा भएको थियो। [१३]सुजाता कोइराला गिरिजा प्रसादकी छोरी हुन्।[१४] उनले भारतको दिल्ली विश्वविद्यालय अन्तर्गतको किरोरी मल कलेजमा अध्ययन गरेका थिए।[१५]

राजनीतिक जीवन यात्रा[सम्पादन गर्ने]

Girija Prasad Koirala.jpg

वि.सं. २००४ सालमा कोइरालाले नेपाल मजदुर कांग्रेसको स्थापना गरेका थिए जुन पछि नेपाल ट्रेड युनियन कांग्रेसको रूपमा परिचित बनेको थियो।[१६] वि.सं. २००८ सालमा गिरिजा प्रसाद कोइराला नेपाली कांग्रेस मोरङ जिल्लाको सभापति बनेका थिए भने वि.सं. २०१७ सालमा नेपालका तत्कालिन राजा महेन्द्रले सत्ता कब्जा गरी पञ्चायती शासन लगाई[१७] उनलाई गिरफ्तार गरी कैद नगरुन्जेल सम्म सभापतिको कार्यभार सम्हालिरहेका थिए। २०२४ मा रिहाइ पाए पछि गिरिजा प्रसाद कोइराला पार्टीका कार्यकर्ताहरू र नेताहरूसँग भारततिर निर्वासित भएका थिए र वि.सं. २०३५ सालमा नेपाल फर्किएका थिए।[१८] गिरिजा प्रसाद कोइराला वि.सं. २०३१ साल देखि वि.सं. २०४७ साल सम्म नेपाली कांग्रेस पार्टीको महासचिव भएका थिए।[१९] गिरिजा प्रसाद कोइरालाको वि.सं. २०४६ सालको जनआन्दोलनमा सक्रिय रूपमा सहभागी भएका थिए, जुन आन्दोलनले पञ्चायती व्यवस्थालाई हटाएर देशमा बहुदलीय व्यवस्थाको स्थापना गराएको थियो।[२०]

प्रधानमन्त्रीको रूपमा[सम्पादन गर्ने]

प्रथम कार्यकाल[सम्पादन गर्ने]

वि.सं. २०४६ सालको जनआन्दोलन पश्चात नेपालको पहिलो बहुदलीय लोकतान्त्रिक निर्वाचनमा उनी मोरङ क्षेत्र नं. १ र सुनसरी क्षेत्र नं. ५ बाट प्रतिनिधि सभाको सदस्य निर्वाचित भएका थिए।[२१] यस निर्वाचनमा नेपाली कांग्रेस पार्टीले प्रतिनिधि सभा (संसदको तल्लो सदन)मा २०५ सिट मध्ये ११० सिटको बहुमत प्राप्त गरि विजयी भएको थियो।[२२] यो विजय पछि उनी नेपाली कांग्रेस पार्टी संसदीय दलका नेता तथा तत्कालिन राजा वीरेन्द्रद्वारा प्रधानमन्त्री नियुक्त भएका थिए।[२३]

उनको पहिलो कार्यकालको समयमा संसदमा शिक्षा, सञ्चार र स्वास्थ्यमा उदार कानुन बनेको थियो।[२४]सरकारले पूर्वाञ्चल विकास क्षेत्रमा पूर्वाञ्चल विश्वविद्यालय र स्वास्थ्य विज्ञानको वी. पी. कोइराला विज्ञान तथा स्वास्थ प्रतिष्ठानको स्थापना गर्दै स्थापित निजी क्षेत्रहरूलाई देशका विभिन्न भागहरूमा चिकित्सा र इन्जिनियरिङ कलेजहरू सञ्चालनको लागि अनुमति दिएको थियो।[२५] यसका साथै सरकारले वि.सं. २०५७ सालमा भरतपुरमा चीन सरकारको सहायतामा बिपी कोइराला क्यान्सर अस्पतालको निर्माण गरेको थियो।[२६]

वि.सं. २०५० सालमा उनकै दलका ३६ जना संसदहरूले सरकारका प्रस्तावित कार्यविरुद्ध मतदान गरि उनलाई व्यवस्थापिका संसद भङ्ग गर्न तथा पुन: संसदीय निर्वाचन आयोजना गर्न लगाइएको थियो।[२७] उक्त निर्वाचन पछि नेपाल कम्युनिस्ट पार्टी (एमाले)को नेतृत्वमा सरकार गठन भएको थियो र प्रधानमन्त्रीमा मनमोहन अधिकारी नियुक्त भएका थिए।[२८]

दोस्रो कार्यकाल[सम्पादन गर्ने]

सूर्यबहादुर थापा गठबन्धन सरकारको विघटन पश्चात् कोइरालाले प्रधानमन्त्रीमा नियुक्त भएका थिए।[२९] कोइरालाले पहिलो पटक नेपाली कांग्रेसले प्रतिनिधित्व गरेको सरकार प्रमुखको रूपमा २०५५ पौष १० गतेसम्म र त्यसपछि नेकपा एमाले र नेपाल सद्भावना पार्टी सँगको गठबन्धन सरकारको नेतृत्व गरेका थिए।[३०]

तेस्रो कार्यकाल[सम्पादन गर्ने]

२०५७ सालमा आफ्नै पार्टीका असन्तुष्ट पक्षको अविस्वासको प्रस्तावका कारण प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको राजिनामा पश्चात् गिरिजाप्रसाद कोइराला तेस्रो पटक प्रधानमन्त्री भए।[३१] त्यस समय नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राज्य शक्ति विरुद्ध जनयुद्ध लडी रहेको थियो। उनको प्रधानमन्त्रीको रूपमा तेस्रो कार्यकालको समयमा उनको सरकार भ्रष्टाचारका आरोपहरूद्वारा ग्रस्त भएको थियो।[३२] नेपालको दरबार हत्याकाण्ड पछि, कोइराला सङ्कटकाल सम्हाल्ने अक्षमताको लागि आलोचित हुनु परेको थियो। पहिलो पटक माओवादी विद्रोह विरुद्ध नेपाली सेना परिचालन गर्ने असफल प्रयास गरे पश्चात् २०५८ आषाढमा उनले प्रधानमन्त्री पदबाट राजिनामा दिएका उनले थिए। यस पश्चात्, उनकै समकक्षी भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेपालका प्रधानमन्त्रीमा नियुक्त भएका थिए।[३३]

चौथो कार्यकाल[सम्पादन गर्ने]

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह र कोइराला, २०६१ असार १५ मा

२०६३ वैशाख ११ को लोकतान्त्रिक आन्दोलन पछि प्रतिनिधि सभाको पुनर्बहाली भएको थियो र सात दलका नेताहरूद्वारा गिरिजा प्रसाद कोइराला पुन नेपालका प्रधानमन्त्री बनाइएका थिए।[३४] २०६३ आषाढ १९ गते उनी छातीको दुखाइबाट ग्रस्त भए र गम्भीर हालतमा अस्पतालमा भर्ना गरिएको थियो। यसको केवल एक हप्ता अगाडि उनी बैङ्ककमा चिकित्सा परीक्षण तथा उपाचार गराएर फर्किएका थिए। उनीलाई अस्पतालमा भर्ती गराइएको एक दिन पछि उनले संसदमा "नीति र कार्यक्रम ' सम्बन्धि भाषण दिने कार्यक्रम रहेको थियो।

उनको चौथो कार्यकालमा, गिरिजाप्रसाद कोइरालाले राजालाई उनको शक्तिहरूबाट हटाउने तथा नयाँ सैन्य कार्यद्वारा सैनिकलाई संसदको नियन्त्रणमा ल्याउने विधान तयार गरेका थिए जसलाई संसदले पारित गरेको थियो। २०६३ कार्तिक २१ गते गिरिजाप्रसाद कोइराला तथा सात दलका नेताहरूले नेपाल कम्युनिष्ट पार्टी (माओवादी) सँग मिलेर जनविद्रोहको अन्त्य र संविधान सभाको निर्वाचन गराउने सम्झौतामा हस्ताक्षर गरेका थिए।[३५] २०६३ मङ्सिर ५ गते कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी)) सँग विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरी ऐतिहासिक रूपमा "हिंसा र आतङ्कको राजनीति समाप्त भएको" घोषणा गरेका थिए।[३६] यस बाहेक २०६३ मङ्सिर १२ गते देखि गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकार संयुक्त राष्ट्र सङ्घको प्रत्यक्ष निगरानिमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को जनसेना समायोजन तथा हतियार नियन्त्रणको सम्झौतामा व्यस्त भएको थियो।[३७]

विविध[सम्पादन गर्ने]

२०६१ माघ १९ गते तात्कालिक राजा ज्ञानेन्द्रले प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गरी शाही घोषणा मार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएका थिए। त्यस पश्चात् उनले नेपालको राज्य प्रमुखको रूपमा सेवा गरेका थिए।[३८] माओवादीहरूलाई मुलधार राजनीतिमा ल्याएका गिरिजाप्रसाद कोइरालालाई नेपालको पहिलो राष्ट्रपति हुने रहर रहेको थियो।[३९] तथापि, माओवादीको कारण उनको सपना पुरा हुन सकेन। माओवादीलाई मनोनयनको बाटोबाट अन्तरिम व्यवस्थापिकामा ल्याएपछि राष्ट्रपतिको निर्वाचन सम्पन्न भएको थियो। दलहरूबाट आपसी सहयोग नभएको भन्दै उनले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका थिएनन्। नेकपा माओवादीबाट रामराजाप्रसाद सिंह र काङ्ग्रेसबाट रामवरण यादवले यस पदको लागि उम्मेदवारी दर्ता गराएका थिए।[४०] नेपालको राष्ट्रपतीय निर्वाचन, २०६५मा ५२.२०% मत ल्याउँदै रामवरण यादव नेपालको प्रथम राष्ट्रपतिमा निर्वाचित भएका थिए।[४१] उनी पश्चात्, पुष्पकमल दाहाल नेपालको प्रधानमन्त्री बनेका थिए।

विवादहरू[सम्पादन गर्ने]

२०५० सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपाल वायुसेवा निगमको कामकारबाहीमा हस्तक्षेप गर्दै भारतीय मूलका बेलायती व्यापारी दिनेश धमिजालाई मनोमानी ढङ्गले निगमको युरोपको लागि मुख्य प्रतिनिधिमा नियुक्त गरेका थिए जुन धमिजा प्रकरणको रूपमा परिचित छ।[४२][४३] यो प्रकरणमा नेपाल वायुसेवा निगमले रु.३९ करोड ५५ लाख घाटा बेहोरेेेेको थियो। २०५७ सालमा नेपाल तात्कालिक शाही वायुसेवा निगमसँग (हाल नेपाल वायुसेवा निगम)सँग तीन वटा विमान रहेको अवस्थामा सरकारले अस्ट्रियाको कम्पनी लाउडा एअरसँग सम्झौता गरि चौथो विमान भाडामा लिएको थियो जसलाई "लाउडा काण्ड" भनिन्छ।[४४] यो काण्ड पश्चात्, संसदको तत्कालीन अधिवेशन पूर्णरूपमा अवरुद्ध भएको थियो र यस प्रकरणबाट निगमलाई अनुमानित २ अर्ब घाटा परेको जनाइएको थियो।[४५] लाउडा विमान भाडा प्रकरणमा तात्कालिक काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री पदमा रहेका गिरिजाप्रसाद कोइराला मुछिएका थिए। उनी २०५५ सालमा चेज एअर काण्डमा पनि मुछिएका थिए। [४६]

मृत्यु[सम्पादन गर्ने]

सुजाता कोइराला गिरीजा प्रसाद कोइरालालाई दागबत्ति दिँदै

गिरिजा प्रसाद कोइरालाको निधन मिति २०६६ चैत्र ७ गते शनिबार ८५ वर्षको उमेरमा छोरी सुजाता कोइरालाको घरमा भएको थियो। चिकित्सकहरूको अनुसार उनको निधन १२ बजेर १० मिनेटमा भएको थियो।[४७] उनको दाहासंस्कार चैत्र ८ गते पशुपतिनाथ मन्दिर नजिक आर्यघाटमा हिन्दू परम्परा अनुसार गरिएको थियो। उनको मृत्युको खबर पाएपछि धेरै राजनीतिज्ञहरूले शोकको बयान जारी गरेका थिए।[४८]भारतीय पत्रिका द हिन्दूले उनलाई "राष्ट्रिय अभिभावक" भनेर वर्णन गरेको थियो। तात्कालिक भारतीय प्रधानमन्त्री मनमोहन सिंहले शोक व्यक्त गर्दै एक विज्ञप्ति जारी गरेका थिए। संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि मूनले, कोइराला निडर भई आफ्नो देशको न्याय र प्रजातान्त्रिक अधिकारको लागि पर्याप्त व्यक्तिगत त्यागमा लडेको बताएका थिए।[४९]

सम्मान[सम्पादन गर्ने]

उनको निधन पश्चात्, २०७१ जेठ १५ गते नेपाल सरकारले उनलाई नेपालको सर्वाधिक ठूलो सम्मान नेपाल रत्न मानपदवीबाट सम्मानित गरेको थियो।[५०] बङ्गलादेश सरकारले उनलाई आफ्नो स्वतन्त्रता युद्धमा योगदान पुर्‍याएको भन्दैै उच्च राष्ट्रिय सम्मान प्रदान गरेको थियो।[५१]

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. "'नव नेपाल निर्माणमा गिरिजाप्रसाद कोइरालाको योगदान महत्वपूर्ण'"रातोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ जनवरी २०२१ 
  2. "२८ वर्षमा २५ जना प्रधानमन्त्री"अन्नपूर्ण पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ जनवरी २०२१ 
  3. "केवल एक पार्टी प्रमुखले जितेका थिए पहिलो आमनिर्वाचन"देश सञ्चार ((नेपाली भाषा)। सङ्ग्रह मिति ८ फेब्रुअरी २०२१ 
  4. "काँग्रेसका दिवंगत यी ७ नेता, जसको अभाव पार्टीमा सधैं रहनेछ (भिडियोसहित)"केन्द्रविन्दु ((नेपाली भाषा)। सङ्ग्रह मिति ८ फेब्रुअरी २०२१ 
  5. "गिरिजाप्रसाद कोइरालालाई सम्झँदा" ((नेपाली भाषा)। सङ्ग्रह मिति ८ फेब्रुअरी २०२१ 
  6. "विराटनगरका एक सय वर्ष" (नेपाली) भाषा)। सङ्ग्रह मिति २७ जनवरी २०२१ 
  7. "अलबिदा कोइराला !" (नेपाली) भाषा)। नेपाल प्लस। सङ्ग्रह मिति २७ जनवरी २०२१ 
  8. चिरञ्जिवी घिमिरे। "जसले डोर्‍याए दुई दशकको नेपाली राजनीति"नागरिक दैनिक ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  9. "यस कारण गिरिजा निडर नेता"ब्रिट नेपाल ((नेपाली भाषा)। सङ्ग्रह मिति ८ फेब्रुअरी २०२१ 
  10. "नेका सभापति गिरिजाप्रसाद कोइरालाको निधन", नेपाली पोस्ट, article.wn.com, २०१०-०३-२०। 
  11. "पूर्वप्रधानमन्त्री कोइरालाको स्मृति दिवस मनाउँदै कांग्रेस"खबर हब ((नेपाली भाषा)। सङ्ग्रह मिति ८ फेब्रुअरी २०२१ 
  12. "कोइराला परिवारका चौथो प्रधानमन्त्री सुशील कोइराला"नयाँ विकल्प ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  13. "महान् योद्धा गिरिजाप्रसाद कोइरालाको नेपाली राजनीतिमा योगदान"खबरहब ((नेपाली भाषा)। सङ्ग्रह मिति ८ फेब्रुअरी २०२१ 
  14. "गिरिजा पुत्री सुजता कोइराला किन देश छाड्दै छिन् ?"मकालु खकर ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  15. "सम्झनामा गिरिजा बाबु"नेपाल तारा ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  16. "गिरिजाप्रसादको नाममा ट्रेड युनियन सम्मान घोषणा"नेपाल जापान ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  17. "राजा महेन्द्रको अलग धार"कान्तिपुर दैनिक ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  18. "राजनेता,शिखर पुरुष स्वर्गीय गिरिजा प्रसाद कोइराला नेपालको राजनीतिको धरोहर हुन"हिमाल पोस्ट ((नेपाली भाषा)। सङ्ग्रह मिति ८ फेब्रुअरी २०२१ 
  19. "प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय"नेपाल सरकार 
  20. "जनआन्दोलन दिवसमा मुख्यमन्त्री पोखरेलको शुभकामना– ४६ सालको जनआन्दोलन गणतन्त्र स्थापनाको कोसेढुङ्गा"नेपाल लाइभ (नेपाली) भाषा)। सङ्ग्रह मिति ९ जनवरी २०२१ 
  21. "उम्मेदवारी सिफारिस नपरेपछि सुजाताले भनिन्, गिरिजाबाबुको हिष्ट्री समाप्त पार्ने षडयन्त्र"सेतोपाटी ((नेपाली भाषा)। सङ्ग्रह मिति ८ फेब्रुअरी २०२१ 
  22. "संसदीय अभ्यास र आम निर्वाचनको सन्दर्भमा कम्युनिष्ट सरकारको भविष्य"तामाकोसी सन्देश ((नेपाली भाषा)। सङ्ग्रह मिति ८ फेब्रुअरी २०२१ 
  23. "Nepalese ex-leader Girija Prasad Koirala dies", बीबीसी समाचार, २० मार्च २०१०, अन्तिम पहुँच २१ मार्च २०१० 
  24. डा. विमल कोइराला। "'उदार अर्थतन्त्रको ढोका गिरिजाले नै खोलेका थिए'"नागरिक दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  25. श्रीधर खनाल। "नबनाइएका राष्ट्रपति !"नागरिक दैनिक (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  26. "भरतपुर क्यान्सर अस्पताललाई चीनको निरन्तर साथ : राजदूत होउ"अनलाइन खबर ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  27. हरि शर्मा। "गिरिजाले विघटन गरेको त्यो संसद, ओलीले विघटन गरेको यो संसद"सेतोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  28. "यस्तो छ संसदीय अभ्यास" ((नेपाली भाषा)। हिमालय टाइम्स। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  29. अरुण बराल। "संसद विघटनका दुई अभ्यास : ती राजा, यी राष्ट्रपति !"अनलाइन खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  30. "नबनाइएका राष्ट्रपति!"मुक्ति खबर ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  31. "Nepal MPs elect new leader"बिबिसी समाचार। २०००। सङ्ग्रह मिति १८ मार्च २००० 
  32. "कानुन नलाग्ने राजनीतिज्ञ"सौर्य अनलाइन ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  33. "को हुन् देउवा ? (जीवनी)"खसोखास ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  34. "सम्झनामा राजनीतिका शिखरपुरुष स्व."विकास टाइम्स ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  35. "विस्तृत शान्ति सम्झौताका १२ वर्ष"रातोपाटी ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  36. "ऐतिहासिक विस्तृत शान्ति सम्झौताको १३ वर्ष पूरा"अनलाइन खबर ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  37. "यसरी भएको थियो सेना समायोजन"जनबोली ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  38. "ज्ञानेन्द्र शाहले गरेको त्यो गल्ती !" ((नेपाली भाषा)। सङ्ग्रह मिति ८ फेब्रुअरी २०२१ 
  39. "नबनाइएका राष्ट्रपति !"नागरिक दैनिक ((नेपाली भाषा)। सङ्ग्रह मिति ८ फेब्रुअरी २०२१ 
  40. "हार्ने राष्ट्रपति, जित्ने राष्ट्रपति र भित्ते राष्ट्रपति !"अनलाइन खबर ((नेपाली भाषा)। सङ्ग्रह मिति ८ फेब्रुअरी २०२१ 
  41. "नेपालका प्रथम राष्ट्रपतिमा रामवरण यादव निर्वाचित"बीबीसी नेपाली ((नेपाली भाषा)। सङ्ग्रह मिति ८ फेब्रुअरी २०२१ 
  42. ""के को महान ? भ्रष्टाचारी नेता हुन गिरिजा""नेपाल प्लस ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  43. "नेपालकै ठुलो भ्रष्ट्राचारी को हो ? एक दर्जन भ्रष्टहरुको चिरफार"कान्तिपथ ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  44. "लाउडा काण्ड : १९ वर्षदेखि अदालत घुमेको भ्रष्टाचार मुद्दा कहिल्यै लागेन किनारा"नेपाल लाइभ ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  45. "जहाज खरिदसँग जोडिएका चर्चित ६ वटा भ्रष्टाचार काण्ड"सफल खबर ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  46. "भ्रष्टाचारले बदनाम राजनीति : यी हुन् चर्चित भ्रष्टाचार काण्ड"रातोपाटी ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  47. "'इतिहास पुरुष' गिरिजाप्रसाद कोइरालाको निधन/आइतवार अन्त्यष्टि गरिने", कुलचन्द्र न्यौपाने, कान्तिपुर दैनिक, २०६६-१२-०७। 
  48. "ने कां सभापति गिरिजा प्रशाद कोईरालको निधन" ((नेपाली भाषा)। सङ्ग्रह मिति ६ फेब्रुअरी २०२१ 
  49. "Nepal's former leader Koirala dies", एबिसी न्युज, २१ मार्च २०१०, अन्तिम पहुँच २१ मार्च २०१० 
  50. "क-कसले पाए राष्ट्रपतिबाट मानपदवी, अलङ्कार र पदक? स्व. गिरिजा 'नेपाल रत्न', नीर शाह, कोमल ओलीदेखि पेट्रोल डिलरका अध्यक्षसमेत सूचीमा" ((नेपाली भाषा)। सङ्ग्रह मिति ८ फेब्रुअरी २०२१ 
  51. "बङ्गलादेशले गिरिजालाई राष्ट्रिय सम्मान गर्ने"कान्तिपुर दैनिक ((नेपाली भाषा)। सङ्ग्रह मिति ८ फेब्रुअरी २०२१ 

बाह्य कडीहरू[सम्पादन गर्ने]

राजनीतिक कार्यालय
अघिल्लो
कृष्णप्रसाद भट्टराई
नेपालका प्रधानमन्त्री
२०४७ वैशाख ६–२०४८ जेठ १२
पछिल्लो
मनमोहन अधिकारी
अघिल्लो
सूर्यबहादुर थापा
नेपालका प्रधानमन्त्री
२०५४ असोज २१–२०५५ वैशाख २
पछिल्लो
कृष्णप्रसाद भट्टराई
अघिल्लो
कृष्णप्रसाद भट्टराई
नेपालका प्रधानमन्त्री
२०५६ जेठ १७–२०५६ चैत्र ९
पछिल्लो
शेरबहादुर देउवा
अघिल्लो
शेरबहादुर देउवा
नेपालका प्रधानमन्त्री
२०६१ जेठ २१–२०६१ माघ २९
पछिल्लो
पुष्पकमल दाहाल
अघिल्लो
राजा ज्ञानेन्द्र
नेपालको राजाको रूपमा
नेपालका राष्ट्रपति
कामचलाउ सरकार

२०६५ जेठ १५–२०६५ भदौ २
पछिल्लो
रामवरण यादव
पार्टी राजनीतिक कार्यालय
अघिल्लो
कृष्णप्रसाद भट्टराई
नेपाली कांग्रेसका सभापति
२०४८ पुष २७-२०६६ चैत ७
पछिल्लो
सुशील कोइराला