पञ्चायती व्यवस्था

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पञ्चायती व्यवस्था (पुष १२,२०१७-चैत्र २०४६) नेपालमा ३० वर्ष सम्म कायम भएको एउटा माैलिक राजनीतिक व्यवस्था थियो। बहुदलीय संसदीय व्यवस्था नेपालमा अफाप सिद्ध भएको भन्दै एक घोषणा मार्फत निर्वाचित संसद र विश्वेश्वर प्रसाद कोइरालाको मन्त्रीमण्डल बिघटन गरेपछि २०१७ सालमा पञ्चायती व्यवस्था सुरू गरिएको थियो। यो एकदलीय व्यवस्था थियो।

१९५९मा राजा महेन्द्रले लोकतान्त्रिक अभ्यास अन्त्य गरी "निर्दलिय" पञ्चायत व्यवस्था लागु गरी राज्य गरे। नेपालको संविधान २०१९ जारी गरियो जसले निर्दलीय पञ्चायती व्यवस्थाको जग झन् मजबुत तुल्यायो। २०४६ को "जनआन्दोलन"ले राजतन्त्रलाई संबैधानिक सुधार गर्न र बहुदलिय संसद बनाउन बाध्य तुल्यायो[१] फलत नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य भै बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना भयो।

पञ्चायती व्यवस्थाका मुख्य घटनाहरू[सम्पादन गर्नुहोस्]

पञ्चायती व्यवस्था लागू भैसकेपछि त्यसको जग मजबुत बनाउनका लागि राज्यका तर्फबाट विभिन्न कार्यक्रमहरू ल्याइएको थियो। त्यसैगरी पञ्चायती व्यवस्था हटाउनका लागि विभिन्न राजनीतिक पार्टीहरूबाट शसस्त्र तथा शान्तिपूर्ण आन्दोलनहरू पनि भैरहे।

  • शाही घोषणाबाट निर्वाचित सरकार तथा संसद विघटन गरी निर्दलीय पञ्चायती व्यवस्थाको घोषणा। दलमाथि प्रतिबन्ध, मुख्य राजनीतिक दलका प्रमुख नेताहरूलाई जेल हालियो - २०१७ पुष १
  • राजा महेन्द्रको अध्यक्षतामा मन्त्रीमण्डल गठन २०१७ पुष १२
  • नेपाली कांग्रेसको शसस्त्र विद्रोह २०१८
  • महेन्द्र राजमार्ग निर्माण (सुरू २०१८ माघ उद्घाटन २०२२)
  • नेपाल अधिराज्यको संविधान २०१९ लागू - २०१९ पुष १
  • भूमिसुधार व्यवस्था लागू - २०२१
  • नयाँ मुलुकी ऐन लागू -२०२० भाद्र ९
  • गाउँफर्क अभियान -
  • बीपी लगायत केही राजनीतिक बन्दीहरू रिहा - २०२४
  • जनकपुर बम काण्ड - २०१८ माघ ९
  • राजा महेन्द्रको निधन बीरेन्द्रको गद्धिरोहण - २०२८ माघ १७
  • झापामा कम्युनिष्ट सशस्त्र बिद्रोह - २०२८/२९
  • नेपाल शान्तिक्षेत्रको प्रस्ताव - २०३१ फाल्गुन १३
  • निर्वासित प्रधानमन्त्री बीपी कोइराला मेलमिलापको नीति लिएर नेपाल फर्के - २०३३
  • जनमत सङ्ग्रह - २०३७ जेठ १०
  • कांग्रेस द्वारा सत्याग्रह - २०४२
  • सिंहदरवार बम काण्ड - २०४२
  • भारत द्वारा नाकाबन्दी - २०४५/४६
  • संयुक्त जनआन्दोलन - २०४६
  • बहुदलीय व्यवस्थाको घोषणा - २०४६ चैत्र २६

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Timeline: Nepal", BBC News  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता); |accessmonthday= प्यारामिटर ग्रहण गरेन (सहायता)