पद्म शमशेर जङ्गबहादुर राणा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पद्म शमशेर जङ्गबहादुर राणा
Padma Shamsher Jang Bahadur Rana.jpg
नेपालका प्रधानमन्त्री
पूर्वाधिकारीजुद्ध शमशेर
उतराधिकारीमोहन शमशेर
नेपालको प्रधान सेनापति
कार्यकाल
वि.सं. २००२ – २००५
शासकराजा त्रिभुवन
पूर्वाधिकारीरुद्र शमशेर
उतराधिकारीमोहन शमशेर
व्यक्तिगत विवरण
जन्म(१८८२-१२-०५)डिसेम्बर ५, १८८२
मृत्युअप्रिल ११, १९६१(१९६१-०४-११)

पद्म शमशेर जङ्गबहादुर राणा नेपालको राणा शासनका 15th श्री ३ महाराज हुन्। उनका दुई छोराहरू र चार छोरीहरू थिए। "म राष्ट्रको नोकर हुँ" भनी उद्घोषण गर्नी पद्म शमशेर उदार तथा सुधारका पक्षधर थिए ।

वि.स. २००२ मंसिर १४ गते जुद्ध शमशेर आफूलाई राजर्षि संज्ञा दिँदै अर्गली लागेपछि पद्म शमशेर श्री ३ महाराज भए र नियमानुसार सिंहदरबार सर्नुपर्थ्यो तर उनी सरेनन्। आफ्नै विशालनगर दरबारमा बसे।

कार्य[सम्पादन गर्ने]

पद्म शमशेरले तराईमा पूर्व पश्चिमी सडक बनाउन लगाएका थिए। हुलाकीहरूको लागि छोटो र सजिलो बाटो बनाउन लगाएकाले यसलाई हुलाकी राजमार्ग भनिन्छ। यसलाई पद्मशमशेरले आगाडि बढएकाले पद्मरोड पनि भनिन्छ।

शिक्षा[सम्पादन गर्ने]

  • शिक्षण प्रतिष्ठानहरूको व्यवस्थापनका कमीकमजोरीलाई महसुस गरी पद्म शमशेरले पद्मोदय हाईस्कुल, पद्म कन्या क्याम्पस तथा अन्य विद्यालयहरू खोलेर सञ्चालनमा सुधार गर्न लगाए। शिक्षकहरूलाई तालिमका लागि विदेश पठाउने कार्य गरेकाले पद्म शमशेर गुणात्मक शिक्षाको समर्थक थिए।[१]
  • नेपालमा भएको पहिलो निर्वाचन राणाकालको अन्त्यमा भएको म्यूनिसिपल चुनाव हो। यो निर्वाचन राणा प्रधानमन्त्री पद्म सम्शेरले २००४ जेठ ३ गते गराएका थिए।[२]

वैधानिक कानुन[सम्पादन गर्ने]

राणा प्रधानमन्त्री महाराजा पद्म शमशेरले अप्रिल २८ १९४७ मा गठन गरेको सुधार समिति[३][४]
सि.नं. नाम हैसियत
१. श्री बहादुर शमशेर जवरा अध्यक्ष
२. श्री सिंह शमशेर जबरा सदस्य
३. श्री कृष्ण शमशेर जबरा सदस्य
४. मृगेन्द्र शमशेर जबरा सदस्य
५. ब्रह्म शमशेर जबरा सदस्य
६. शारदा शमशेर जबरा सदस्य
७. विजय शमशेर जबरा सदस्य
८. हेमराज पाण्डे सदस्य
९. रत्नमान सिंह सदस्य
१०. सरदार श्री गुन्जमान सिंह सदस्य
११. सरदार नरेन्द्र मणि आचार्य दीक्षित सदस्य
१२. सुवर्ण शमशेर जवरा सदस्य-सचिव
१३. कुलनाथ लोहनी सदस्य

भारत स्वतन्त्र भएको हुनाले नेपालमा जनतालाई थाम्न नसक्ने ठानी पद्मशम्शेरले बैधानिक कानुन २००४ को घोषणा गराए। त्यो कार्यका निम्ति भारतबाट ३ जना सल्लाहकार झिकाएर नेपालको पहिलो संविधानको मस्यौदा तयार गरे। सो संविधान २००४ माघ ४ गते घोषणा गरी २००५ वैशाखसम्म लागू हुने टुङ्गो गरे। वैधानिक कानुनमा श्री ५ र श्री ३ को अस्तित्व, जनताका मौलिक हक, दुई सदनात्मक व्यवस्थापिका, मन्त्रिमण्डल, पञ्चायतीसभा, प्रधानन्यायलय, प्रधान परीक्षक, दरखास्त परिषद् को व्यवस्था गरिएको थियो। बालिगहरूलाई मतदानको अधिकार प्रदान गर्ने पद्मशमशेरलाई उनका अनुदार भारदारहरूले ज्यान लिने धम्की दिए। त्यसकारण वि.सं. २००४ फागुन १८ गते औषधि गर्ने बाहानामा भारततिर गए। त्यसपछि वैधानिक कानुन क्रियाशील हुन पाएन।[५]

राजीनामा र उत्तरार्ध जीवन[सम्पादन गर्ने]

उदार विचारवाला भएर पनि भारदारहरूले पद्मशमशेरको सातो उडाइसकेका हुनाले उनी डराउँथे, आफ्नै भाइभारदारहरूबाट मारिनुपर्ला भनेर। राणाशासकहरूमा गोत्र हत्या भनेको सामान्य कुरा थियो। त्यसकारण शान्तिपूर्वक कुनै बहानामा पलायन गर्नु नै एउटा बाटो उनले देखे। वि.स. २००४ फागुन १८ गतेका दिन पद्म शमशेर औषधि उपचारका निमित्त भारत नयाँ दिल्ली पुगी प्रधानमन्त्री जवाहरलाल नेहरूसँग भेटे। नेहरूले उनलाई सम्झाई नेपाल फर्केर वैधानिक कानुन लागू गर्न निर्देशन दिए तर उनी लागे राँचीतिर। राँची पुगेपछि उनका साथमा गएकाहरूले राजीनामा दिन जोड गर्न थाले। तदनुसार वि.सं. २००५ वैशाख १६ गते श्री ३ पदबाट विधिवत् राजिनामा दिए।

उनी राँचीमा पनि बस्न नसकेकाले कलकत्ता पुगे। २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि पनि आउजाउ गर्दथे। २०१७ मा पक्षाघात रोगले पिडित भई कलकत्तामा ७८ वर्षमा उनको मृत्यु भयो।[६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. शिक्षा क्षेत्रमा कहिले नविसर्ने कार्य गर्नेहरू
  2. नेपालको निर्वाचन इतिहास, निर्वाचन आयोग नेपाल, २०७४, पृ: ८७१। 
  3. Regmi Mukunda (२००४), constitutional development:Constitution of the Kingdom of Nepal 1990 
  4. Surendra Bhandari (२०१४), Self-Determination & Constitution Making in Nepal: Constituent Assembly, पृ: २१३। 
  5. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २६५, आइएसबिएन 99933-2-406-X 
  6. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २६६, आइएसबिएन 99933-2-406-X 

बाह्य कडीहरू[सम्पादन गर्ने]