साझा प्रकाशन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
साझा प्रकाशन
सहायक कम्पनीसाझा प्रकाशन
स्थितिसक्रिय
स्थापनावि.सं. १९७० (सन् १९१३)
मूल राष्ट्रनेपाल
मुख्यालय स्थानपुलचोक, ललितपुर
वितरकसाझा पुरस्कार

साझा बालसाहित्य पुरस्कार

साझा लोकसाहित्य पुरस्कार
प्रकाशन प्रकारगरिमा
No. of employees१००
आधिकारिक वेबसाइटwww.sajha.org.np

साझा प्रकाशन नेपालको पुरानो प्रकाशन गृह हो । यस संस्थामा नेपाल सरकारको ६०% सेयर लगानी भएको छ भने बाँकी ४०% सेयर साहित्यकार, पत्रकार, शिक्षासेवीसहित सर्वसाधारण नेपाली नागरिक विभाजन गरिएको छ ।

स्थापना[सम्पादन गर्नुहोस्]

यसको स्थापना वि.सं. १९७० मा गोर्खा भाषा प्रकाशिनी समितिको नाममा भएको हो । उक्त समितिको नाम वि.सं. १९९० मा नेपाली भाषा प्रकाशिनी समिति भएको थियो। वि.सं. २०२१ साल मंसिर १७ गतेदेखि उक्त संस्था साझा प्रकाशनको नामबाट सञ्चालन हुँदै आएको छ।[स्रोत नखुलेको]

यस प्रकाशनले २०३९ साल पुस महिनादेखि नियमितरूपमा गरिमाको प्रकाशन गर्दै आएको छ।[स्रोत नखुलेको]

वर्तमान स्थिति[सम्पादन गर्नुहोस्]

साझा प्रकाशनका वर्तमान अध्यक्षडा.विजय सुब्बा हुन् । साझा प्रकाशनको महाप्रबन्धकको रूपमा जनक शिक्षा सामग्री केन्द्रका पूर्व कर्मचारी,साहित्यमा कलम चलाउने गरेका श्री मिलनराज गर्तौला खुला प्रतिस्पर्धाबाट हालै नियुक्त भएका छन्।

सहकारी नियमावली २०७५ को व्यवस्थाअनुसार ९ जनाको सञ्चालक समितिमा अध्यक्षसमेत ४ जना अंशियारहरूको साधारण सभाबाट निर्वाचित हुने व्यवस्था छ भने भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव, अर्थ मन्त्रालयका सहसचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव, राष्ट्रिय सहकारी विकास बोर्डका प्रतिनिधि तथा नेपाल सरकारले तोकेको एक जना विज्ञसमेत ५ जना रहने व्यवस्था छ । सहकारी ऐन २०७४ को व्यवस्थाअनुसार साझा प्रकाशनको साधारण सभाले १ संयोजक र २ सदस्य रहेको लेखा सुपरिवेक्षण समितिको चयन गरेको छ ।

पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

यस् प्रकाशनले २०२६ सालदेखि साझा प्रकाशनले वर्षभरि आफूले प्रकाशित गरेका कृतिहरूमध्ये सर्वोत्कृष्ट ठहरिएको कुनै एक कृतिलाई प्रत्येक वर्ष साझा पुरस्कार दिने गरेको छ। यसका सबै पुरस्कारहरूः[स्रोत नखुलेको]

प्रकाशित कृतिहरू[सम्पादन गर्नुहोस्]

साझा प्रकाशनद्वारा प्रकाशित केही उत्कृष्ट कृतिहरू:-[स्रोत नखुलेको]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]