जनक शिक्षा सामग्री केन्द्र
स्वरूप
गठन | २०३५ असोज ८ गते |
---|---|
प्रकार | सरकारी संस्थान |
प्रधान कार्यालय | सानोथिमि, भक्तपुर |
सेवा क्षेत्र | नेपाल |
अध्यक्ष | रामकृष्ण सुवेदी |
कार्यकारी निर्देशक | अनिलकुमार झा[१] |
वेबसाइट | janakedu |
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड कम्पनी ऐन २०२१ बमोजिम २०३५/०६/०८ मा स्थापना भएको सरकारी कम्पनी हो। संस्थाको दर्ता कार्यालय भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिकामा अवस्थित छ। प्रधान कार्यालयले २३५ रोपनी क्षेत्रफल ओगटेको छ।
संस्थाको देशभर ८ वटा शाखा सञ्जालनमा छन्।[२] संस्थाको मुख्य उद्देश्य सरकारी शिक्षा निकायले विकास गरेको पाठ्यक्रममा आधारित पुस्तकहरू छापी शैक्षिक सामग्रीको सहज पहुँच सुनिश्चित गर्दै किफायती उत्पादनको माध्यमबाट आम जनतासम्म पुर्याउनु हो। संस्थाको दृष्टि राष्ट्रको हरेक कुना र कुनाका विद्यार्थीहरूलाई सस्तो मूल्यमा सुसाङ्खीय र भौतिक रूपमा गुणस्तरीय अध्ययन सामग्री उपलब्ध गराउनु हो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "जनक शिक्षाको प्रबन्धकमा अनिलकुमार झा नियुक्त", नेपाल लाइभ (नेपालीमा), अन्तिम पहुँच ०९ भदौ २०८०।
- ↑ "हाम्रो बारेमा", जनक शिक्षा सामग्री केन्द्र लिमिटेड (नेपालीमा), अन्तिम पहुँच ०९ भदौ २०८०। वेब्याक मेसिन अभिलेखिकरण २०२३-०४-०१ मिति