भक्तपुर जिल्ला
भक्तपुर जिल्ला | |
|---|---|
बागमती प्रदेशको नक्सामा भक्तपुर जिल्लाको अवस्थिति | |
| देश | |
| प्रदेश | बागमती प्रदेश |
| स्थापना | वि.सं २०१८ |
| सदरमुकाम | भक्तपुर |
| सरकार | |
| • प्रकार | जिल्ला समन्वय समिति |
| • अङ्ग | जिसस, भक्तपुर |
| क्षेत्रफल | |
| • जम्मा | ११९ किमी२ (४६ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | २६२,६२४ |
| • घनत्व | २२००/किमी२ (५७००/वर्ग माइल) |
| • धरधुरीहरू | १०८,५०३ |
| समय क्षेत्र | युटिसी+०५:४५ (नेपाली समय) |
| टेलिफोन कोड | ०१ |
| मुख्य भाषा(हरू) | |
| वेबसाइट | आधिकारिक वेबसाइट |
भक्तपुर (भादगाउँ वा ख्वःप) नेपालको बागमती प्रदेश मा अवस्थित एक प्राचिन सहर हो जुन काठमाडौँउपत्यकाको पूर्वी भागमा पर्दछ। यो सहर भक्तपुर जिल्ला अन्तर्गत भक्तपुर नगरपालिकामा पर्दछ। क्षेत्रफलको हिसावले भक्तपुर जिल्ला नेपालको सबैभन्दा सानो जिल्ला हो। मध्यपुर (थिमी) नगरपालिका पनि यही जिल्लामा पर्दछ। भक्तपुर जिल्ला भादगाउँले टोपी र जुजु धौ भनिने स्थानीय दहीको परिकारका लागि प्रशिद्ध छ। भक्तपुरमा ख्वःप कलेज र ख्वःप इन्जिनियरिङ्ग कलेजहरू छ्न् जुन भक्तपुर नगरपालिकाले सञ्चालन गर्दछ।
जिल्लाको नामाकरण
[सम्पादन गर्नुहोस्]
यस जिल्लाको ऐतिहासिक पृष्ठभूमितर्फ नियाल्दा भक्तपुरको नामाकरण सम्बन्धमा विभिन्न शिलालेख र प्रमाणहरूका आधारमा विश्लेषण गर्दा लिच्छवीकालीन राजा मानदेवको पालामा देवपाटनमा रहेको रत्न संघको अभिलेखमा "खोपाङ्ग" ग्रामको उल्लेख भएको छ भने भक्तपुरको खलाछें टोलमा भएको अभिलेखमा "खृपाङ्ग" ग्राम उल्लेख भएको पाइन्छ। यसैका आधारमा भक्तपुरलाई ख्वप या खोप भन्ने चलन चलेको अनुमान छ जुन चलन हालसम्म पनि नेवारी भाषामा यद्यपि छदैछ। अर्को ऐतिहासिक प्रमाण अनुसार वि.सं. १९९२ तिर भक्तपुर नगरलाई भद्रगाउँ भन्ने नाम प्रचलनमा रहेको पनि देखिन्छ। यसै भद्रग्राम शव्दका आधारमा भादगाउँ रहन गएको भन्ने अर्को अनुमान पनि छ।
भक्तपुरमा विभिन्न देवदेवीहरूका देवालय मन्दिर मठ तिर्थस्थलहरू जताततै भएको र मन्दिरमा कुँदिएको नेपाली शैलीको कलात्मक कौशल एवं सांस्कृतिक तथा धार्मिक भावनामा ओतप्रोत भएकाले र भक्तपुरका बासिन्दा ज्यादै धर्मात्मा भएकाले राणा प्रधान मन्त्री जुद्ध शम्शेरबाट साविक नाम भादगाउँको सट्टा भक्तहरूको पुर अर्थात शहर भक्तपुरको नामाकरण भएको देखिन्छ।
भौगोलिक अवस्था
[सम्पादन गर्नुहोस्]- देशान्तरः- ८५.२१" देखि ८५.३२" पूर्वी देशान्तरसम्म।
- अक्षांश:- २७.३६" देखि २७.४४" उत्तरी अक्षांश सम्म छ।
- सिमाना:- पूर्वमा काभ्रेपलाञ्चोक, पश्चिम र उत्तरमा काठमाडौँ र दक्षिणमा ललितपुर जिल्ला पर्दछ।
- क्षेत्रफल:- ११९ वर्ग किलोमिटर
- लम्वाई:- पूर्व पश्चिम लम्वाई १.६ किलोमिटर
- चौडाई:- उत्तर दक्षिण चौडाई ११.२ किलोमिटर
- सरदर उचाई:- यस जिल्लाका यसको सरदर उचाई समुन्द्र सतहबाट १,३३१ मिटर उचाइमा रहेको छ।
- सबै भन्दा अग्लो भाग :- जिल्लाको सबैभन्दा अग्लो भूभाग नगरकोट हाइटलाई मानिन्छ जसको उचाई २१९१ मिटर छ।
- सदरमुकाम:-भक्तपुर
प्रशासनिक विभाजन
[सम्पादन गर्नुहोस्]भक्तपुर जिल्लामा ४ स्थानीय तहहरू छन्, जसमध्ये ४ नगरपालिका छन्।[१]
| क्रम | स्थानीय तह | समावेश गाविसहरू | वडा सङ्ख्या | केन्द्र | जनसङ्ख्या (वि.सं २०७८) | क्षेत्रफल (वर्ग किमी) | जनघनत्व (वर्ग
किमी) |
|---|---|---|---|---|---|---|---|
| १ | भक्तपुर नगरपालिका | १० | भक्तपुर | ७९,१३६ | ६.८९ | ११,००० | |
| २ | सूर्यविनायक नगरपालिका | कटुञ्जे, सिपाडोल, नखेल, चित्तपोल, बालकोट, सिरुटार, दधिकोट र गुण्डु | १० | सूर्यविनायक सिपाडोल | १,४०,०५८ | ४२.४५ | ३,३०० |
| ३ | चाँगुनारायण नगरपालिका | चाँगुनारायण, झौखेल, दुवाकोट, छालिङ, ताथली, सुडाल, बागेश्वरी र नगरकोट | ९ | खरिपाटी, बागेश्वरी | ८८,०८३ | ६२.९८ | १,४०० |
| ४ | मध्यपुर थिमी नगरपालिका | बोडे, नगदेश, चपाचो, बालकुमारी र लोकन्थली (वि.सं २०५३ अगाडिका गाविसहरू) | ९ | मध्यपुर थिमी | १,१९,७५६ | ११.४७ | १०,००० |

धार्मिक एवं पर्यटकीय स्थलहरू
[सम्पादन गर्नुहोस्]भक्तपुर दरबार क्षेत्र, नगरकोट, चाँगुनारायण मन्दिर, सूर्यविनायक मन्दिर, ठिमी, राधे राधे, कैलाशनाथ महादेव मन्दिर, पाइलट बाबा आश्रम
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २३ असोज २०८२।