मधेश प्रदेश
मधेश प्रदेश | |
|---|---|
|
घडीको दिशामा शीर्षबाट जानकी मन्दिर, कङ्कालिनी मन्दिर, नेपालको प्रवेशद्वार वीरगन्ज महानगरपालिका, छिन्नमस्ता मन्दिर र गढीमाई मन्दिर | |
नेपालमा मधेश प्रदेशको अवस्थिति | |
मधेश प्रदेशको नक्सा | |
| राष्ट्र | |
| स्थापना | सन् २०१५ सेप्टेम्बर २० |
| राजधानी | जनकपुर |
| ठुलो सहर | वीरगन्ज महानगरपालिका |
| जिल्ला | ८ |
| सरकार | |
| • अङ्ग | मधेश प्रदेश सरकार |
| • प्रदेश प्रमुख | हरि शङ्कर मिश्र[१] |
| • मुख्यमन्त्री | सतिस कुमार सिंह |
| • उच्च न्यायालय | जनकपुर उच्च न्यायालय |
| • प्रदेश सभा | एकसदनीय (१०७ सिट) |
| • संसदीय निर्वाचन क्षेत्र | ३२ |
| क्षेत्रफल | |
| • जम्मा | ९,६६१ किमी२ (३७३० वर्ग माइल) |
| • क्रम | ७औँ |
| जनसङ्ख्या (सन् २०७८) | |
| • जम्मा | ६,१४४,६०० |
| • क्रम | दोस्रो |
| • घनत्व | ६४०/किमी२ (१६००/वर्ग माइल) |
| • क्रम | प्रथम |
| वासिन्दा | मधेशी |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
| आधिकारिक भाषाहरू | मैथिली, भोजपुरी र नेपाली |
| अन्य भाषाहरू | बज्जिका, थारू र उर्दु |
| माविसू | ०.४८५ (न्युन) |
| साक्षरता | ४९.५४% |
| लैङ्गिक अनुपात | १०१.१८ ♂ /१०० ♀ (२०११) |
मधेश प्रदेश[२][३] नेपालको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित एक प्रदेश हो। नेपालको संविधान २०७२ लागु भएपछि यो प्रदेशको स्थापना भएको थियो। यो नेपालको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको र क्षेत्रफलको आधारमा सबैभन्दा सानो प्रदेश हो।[४][५] यो प्रदेशको पूर्व दिशामा कोशी प्रदेश, उत्तर दिशामा कोशी प्रदेश र बागमती प्रदेश, पश्चिम दिशामा बागमती प्रदेश र दक्षिणमा भारतको अन्तर्राष्ट्रिय सीमा छ। यो प्रदेशको क्षेत्रफल ९,६६१ किमी२ (३,७३० वर्ग माइल) रहेको छ। वि.सं. २०७८ को एघारौँ राष्ट्रिय जनगणना अनुसार यो प्रदेशको जनसङ्ख्या ६१,४४,६०० रहेको छ जुन यसलाई नेपालको सबैभन्दा बढी मानव जनघनत्व भएको प्रदेश बनाएको छ।[६]
पूर्वमा सप्तरी जिल्लादेखि पश्चिममा पर्सा जिल्लासम्म फैलिएको यो प्रदेशमा जम्मा ८ जिल्ला रहेको छ। यो प्रदेशको अधिकांश मानिस मैथिली, भोजपुरी र नेपाली बोल्ने गर्छन्।[७][८] धार्मिक र सांस्कृतिक धरोहरको केन्द्रको रूपमा रहेको जनकपुर, यो प्रदेशको राजधानीको रूपमा रहेको छ। प्राचीन किम्बदन्ती अनुसार यो विश्वास गरिन्छ कि यो क्षेत्र विदेह वंशको राजधानी थियो जसले प्राचीन मिथिलामाथि राज्य गरेको थियो।[९]
नेपालको पहिलो नियोजित रूपमा बसालिएको सहर राजविराज, नेपालको ९औँ र तराई क्षेत्रको पुरानो नगरपालिकाहरू मध्ये एक हो।[१०] यो सहरको नाम प्राचीन राजदेवी मन्दिरको नाममाथि राखिएको छ। यो प्रदेशको एक मात्र महानगरपालिका वीरगन्ज व्यापारिक र आर्थिक रूपले महत्वपूर्ण छ। यो सहरलाई नेपालको प्रवेशद्वार समेत भन्ने गरिएको छ।[११][१२]
सन् २०१८ जनवरी १७ मे नेपालको मन्त्रिपरिषद बैठकको निर्णयानुसार यो प्रदेशमा अवस्थित जनकपुरलाई अन्तरिम राजधानी घोषित गरेको थियो जसलाई सन् २०२२ जनवरी १७ मा मधेश प्रदेश सभाद्वारा मतदान गरि स्थायी राजधानीको रूपमा मूर्त रूप दिएको हो।[१३] सन् २०१८ मा सम्पन्न प्रदेश सभा निर्वाचनको परिणामस्वरूप ससफोका संसदीय नेता मोहम्मद लालबाबु राउत प्रदेशको वर्तमान मुख्यमन्त्री हो। यो प्रदेशको नामाकरण मधेश प्रदेशको रूपमा सन् २०२२ जनवरी १७ मा बसेको मधेश प्रदेश सभाद्वारा मतदान गरि तय गरिएको हो।[१४]
व्युत्पत्ति
[सम्पादन गर्नुहोस्]ऐतिहासिक रूपमा नेपालमा मधेश नामक भूभाग नभएता[१५] पनि वि.सं. २०६३/०६४ मा नेपालको पूर्वी तराईदेखि पश्चिमी तराईसम्म भएको जनआन्दोलनपछि यो शब्दले नेपालभरि व्यापकता पाएको हो।[१६][१७][१८] वि.सं. १९६८ मा गरिएको नेपालको पहिलो जनगणनामा समेत झापादेखि पर्सासम्मको भूभागलाईपूी तराई, पाल्ही, माजखन्ड, खजनी, शिवराज (वर्तमान कपिलवस्तु, नवलपरासी र रूपन्देही)को भूभागलाई मध्यपश्चिम तराई र बाँकेदेखि कञ्चनपुरसम्मको भूभागलाई सुदूर पश्चिम तराई उल्लेख गरिएको छ।[१९]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "प्रदेश २ को प्रदेश प्रमुखमा हरि शङ्कर मिश्र नियुक्त", प्रशासन (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-१७।
- ↑ "प्रदेश २ को नाम मधेश, स्थायी राजधानी जनकपुर", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-१७।
- ↑ "प्रदेश नं २: प्रादेशिक राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित, अब प्रदेशको नामबारे छलफल", बिबिसी नेपाली (नेपालीमा), २०२२-०१-१७, अन्तिम पहुँच २०२२-०१-१७।
- ↑ "मधेश राजनीति: भविष्यको आकलन", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-१७।
- ↑ "साढे ७ लाख जनसङ्ख्या वृद्धि", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-१७।
- ↑ "National Population and Housing Census 2011", केन्द्रीय तथ्याङ्क विभाग, नेपाल, अन्तिम पहुँच १ मार्च २०१४। अभिलेखिकरण १ अगस्ट २०१४ वेब्याक मेसिन
- ↑ "प्रदेश २ को भाषा, नाम र स्थायी राजधानीमा यस्तो छ विवाद", खरिबोट (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-१७।
- ↑ "प्रदेश २ मा भाषाको बहस", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-१७।
- ↑ "जनकपुर कति पुरानो?", जनकपुर टुडे (नेपालीमा), २०२१-१०-१९, अन्तिम पहुँच २०२२-०१-१७। अभिलेखिकरण २०२२-०१-१८ वेब्याक मेसिन
- ↑ "मुहार फेर्ला राजविराजले?", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-१७।
- ↑ "कुन प्रदेशको राजधानी कहाँ ? उच्च न्यायालयले जन्मायो बहस", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-१७।
- ↑ "वीरगन्जलाई प्रदेश राजधानी बनाउन माग गर्दै प्रदर्शन", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-१७।
- ↑ "प्रदेश २ को नाम ‘मधेश’ कायम", इमेज खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-१७।
- ↑ "प्रदेश २ को नाम मधेश प्रदेश पारित", खबरहब (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-१७।
- ↑ "तराई–मधेशको इतिहास", हिमाल खबरपत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-१८।
- ↑ "ब्याटल अफ मधेश : ‘मधेशवाद’लाई श्रद्धाञ्जलि !", पहिलो पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-१८।
- ↑ "अध्येताको प्रश्न- ‘मिथिला’ किन लत्याइयो ? ‘मधेश’ ले कसको पहिचान बोक्यो ?", नेपाल प्रेस (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-१८।
- ↑ "प्रदेश २ को नामाङ्कन : पहिचान मेटाउने अस्त्र 'मधेश' !", लोकान्तर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-१८।
- ↑ "॰तराई कि मधेस?", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-१८।