ईश्वरपुर नगरपालिका
ईश्वरपुर नगरपालिका | |
---|---|
देश | नेपाल |
विकास क्षेत्र | मध्यमाञ्चल |
अञ्चल | जनकपुर अञ्चल |
जिल्ला | सर्लाही जिल्ला |
स्थापना | २०७१ जेष्ठ ४ |
सरकार | |
• मेयर | मनोज कुमार देवकोटा |
• उप मेयर | एकावती देवी चौधरी |
जनसङ्ख्या (बि.स.२०६८)[१] | |
• जम्मा | ४०,५११ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-४६ |
वेबसाइट | www.ishworpurmun.gov.np |
ईश्वरपुर नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलमा पर्ने सर्लाही जिल्लामा अवस्थित एक नगरपालिका हो ।[३] ईश्वरपुर बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[४] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा ईश्वरपुर, भक्तिपुर र बेला गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।[१] आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा ईश्वरपुर पनि नगरपालिका बनेको हो ।[५] ईश्वरपुर नगरपालिकामा ७,६२५ घरधुरि छन । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।[५]
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
ईश्वरपुर, भक्तिपुर र बेला गाविसहरूलाई मिलाएर ईश्वरपुर नगरपालिका बनाइएको हो ।[२] त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर ईश्वरपुर नगरपालिकाको जनसङ्ख्या ४०,५११ रहेको छ ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ १.२ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
- ↑ २.० २.१ "जिल्ला विकास समिति, सर्लाही (संक्षिप्त परिचय)", जिल्ला विकास समिति, सर्लाही, http://www.ddcsarlahi.gov.np/app/webroot/index.php/content_pages/view/1556।
- ↑ "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार।
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।[dead link]
- ↑ ५.० ५.१ कृष्ण ज्ञवाली, बलराम बानियाँ (२०७१ वैशाख २५), "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, अन्तिम पहुँच वैशाख २५। वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२३ मिति
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |