कोशी प्रदेश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोशी प्रदेश
Mount Everest as seen from Drukair2 PLW edit.jpg
Repuk Makalu Barun Valley Nepal.jpg
Kanchenjunga Shines as it gets first sunrays (By Saroj Pandey).jpg
Tea Estate near Ilam Bazar, Ilam. (By Saroj Pandey).jpg
Gokyo Lakes 01.jpg
Halesi Mahadev Temple.jpg
Tengboche monastery II.JPG
कोशी प्रदेशको निशान छाप
नेपालमा कोशी को स्थानको अवस्थिति
नेपालमा कोशी को स्थान
कोशी प्रदेश
राष्ट्र नेपाल
नेपालका प्रदेशहरूकोशी प्रदेश
स्थापनावि.सं. २०७२ असोज ३
राजधानीविराटनगर[१]
प्रमुख सहरहरूबिराटनगर, इटहरी, धरान, धनकुटा, बिर्तामोडदमक
जिल्लाहरू१४
सरकार
 • अङ्गकोशी प्रदेश सरकार
 • प्रदेश प्रमुखपर्शुराम खापुङ[२]
 • मुख्यमन्त्रीहिक्मतकुमार कार्की (नेकपा एमाले)
 • सभामुखप्रदीपकुमार भण्डारी
 • निर्वाचन क्षेत्रहरू
 • प्रदेश सभा
दलको नाम
क्षेत्रफल
 • जम्मा२५,९०५ किमी (१०००२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४,५३४,९४३
 • घनत्व१८०/किमी (४५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
भूसङ्केतNP-ON

कोशी प्रदेश नेपालको संविधान २०७२ लागू भएपछि वि.सं. २०७२ असोज ३ गते राज्य विभाजन गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो । देशलाई सङ्घीय ढाँचामा लगेर पुनर्संरचना गर्ने उदेश्यका साथ स्थापना गरिएको यो प्रदेश नेपालको सबैभन्दा पूर्वी भागमा रहेको प्रदेश हो ।

निर्वाचन क्षेत्र सीमाङ्कन आयोगको रिपोर्ट अनुसार फर्स्ट पास्ट द पोस्ट मतदान प्रणाली तहत यस प्रदेशमा २८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ५६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ।[३] १७ जनवरी २०१८ मा भएको मन्त्रिमण्डलको बैठकमा बिराटनगरलाई प्रदेशको अस्थायी राजधानी घोषित गरिएको छ। वि.सं. २०७९ साल फाल्गुण १७ गते बसेको प्रदेश सभाको बैठकले बहुमतद्वारा "कोशी प्रदेश" नाम पारित गरेको हो । [४][५][६]

वि.सं. २०६८ को जनगणना अनुसार यस प्रदेशमा लगभग ४५ लाख मानिसहरू १७५.६ प्रतिवर्ग किमी जनसङ्ख्या घनत्वको दरले बसोवास गर्छन । [७]

इतिहास किरात[सम्पादन गर्नुहोस्]

किराँतीहरू पूर्वोत्तर हिमालका मूल निवासी हुन । बाबुराम आचार्यले भने अनुसार उनीहरू ७०० ईशा पूर्वमा नेपाल आएर बसोबास गर्न थाले र यस क्षेत्रमा आधिपत्य कायम गरे । उनीहरू धनुर्विद्यामा निपुण थिए र उनीहरू नै आजका लिम्बु, याक्खा , सुनुवार, राई , कुलुङ, थुलुङ, नाछिरिङ र येल्लुङहरूका पूर्वज थिए।

किराँत राजा यलम्बरले अहिर वंशको अन्तिम राजा भुवन सिंहलाई युद्धमा हराए पछि काठमाडौंमा उपत्यकामा किराँत अधिराज्यको स्थापना गरे। उनको अधिराज्य पूर्वमा टिष्टा नदी र पश्चिममा त्रिशूली नदी सम्म फैलिएको थियो।[८]

पछि किराँत अधिराज्य कयौं ससाना राज्यहरूमा टुक्रा टुक्रा भएर पूर्व नेपालमा राज्य गरे। लिम्बुवान ससाना राज्यहरूमा एक थिए।

१७७१ ई० देखि १७८९ ई० बीच गोर्खाको राजाले ति ससाना किराँती राज्यहरूलाई नेपालमा एकीकरण गरे।[९]

२० सितम्बर १०१५ मा नयाँ संविधान जारी हुनु अगाडि यस क्षेत्रका भूभागहरू पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत आउने गर्थ्यो, जुन नेपाल अधिराज्य को पाँच विकास क्षेत्रहरू मध्य एक थियो। पूर्वाञचलमा जम्मा १६ वटा जिल्लहरू थिए, १४ वटा जिल्लाहरू हालको कोशी प्रदेश को र दुईवटा जिल्लाहरू सिराहा जिल्लासप्तरी जिल्ला हालको मधेश प्रदेश को। पूर्वाञ्चल विकास क्षेत्र ३ अञ्चलहरूमा विभाजित थिए र ति तीन अञ्चल १६ जिल्लाहरूमा विभाजित थिए। सगरमाथा अञ्चलकोशी अञ्चलमा ६–६ वटा जिल्लाहरू थिए र मेची अञ्चलमा ४ वटा जिललाहरू थिए। पूर्वाञ्चलको जम्मा क्षेत्रफल २८,४५६ किमी२ थियो

भूगोल[सम्पादन गर्नुहोस्]

मौसम[सम्पादन गर्नुहोस्]

हिमाली जिल्ला सोलुखुम्बु ,संखुवासभा र ताप्लेजुङ जाडो हुन्छ उदयपुर, खोटाङ, ओखलढुंगा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलामसहित आठ जिल्ला कहिले जाडो कतिबेला चिसो हुन्छ तथा झापा, मोरङ र सुनसरी तराईका जिल्ला हुन् गर्मि हुन्छ ।

  • मेची नदि

संरक्षित क्षेत्र[सम्पादन गर्नुहोस्]

कन्चनजङ्घा संरक्षण क्षेत्र

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

४५,३४,९४३

पर्यटन[सम्पादन गर्नुहोस्]

 नेपालमा रहेको विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा यस प्रदेशमा रहेको छ। यहाँ हरेक वर्ष हिमाल आरोहण गर्न‌ पर्यटकको घुइँचो लाग्ने गर्दछ।

पाथीभरा देवीको मन्दिर पनि यहीँ प्रदेशमा रहेको छ। पाथीभरा देवीको मन्दिरमा गई पूजा गर्नेको यहाँ घुइँचो लाग्ने गर्दछ। विश्व सम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज पनि यहीँ पर्दछ।

हिमाल, पहाड, तराई/ मिश्रित[सम्पादन गर्नुहोस्]

राजनैतिक[सम्पादन गर्नुहोस्]

उपप्रसासन ‌[सम्पादन गर्नुहोस्]

प्रशासनिक संरचना अनुसार कोशी प्रदेश '१४ जिल्लाहरू"मा विभाजित छ भने ति १४ वटै जिल्लाहरू १३७ स्थानिय तहमा विभाजित छन्। १३७ मध्ये १ महानगरपालिका, २ उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ गाउँपालिकाहरू छन्।

जिल्लाहरू[सम्पादन गर्नुहोस्]

सङ्घीय संरचना बमोजिम कोशी प्रदेश मा १४ वटा जिल्लाहरू रहेको छ ।

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Winners root for Biratnagar as provincial capital", thehimalayantimes.com, १८ जनवरी २०१८, अन्तिम पहुँच १८ जनवरी २०१८ 
  2. https://www.presidentofnepal.gov.np/?p=3662
  3. "EDITORIAL: Important step", The Himalayan Times, १ सेप्टेम्बर २०१७, अन्तिम पहुँच ५ सेप्टेम्बर २०१७ 
  4. "Biratnagar celebrates its status of provincial capital", thehimalayantimes.com, १९ जनवरी २०१८, अन्तिम पहुँच १९ जनवरी २०१८ 
  5. "Locals intensify protest in Dhankuta after Biratnagar named as provincial HQ", kathmandupost.ekantipur.com, १९ जनवरी २०१८, अन्तिम पहुँच १९ जनवरी २०१८ 
  6. "Nepal government announces Provincial Capitals and Chiefs", ddinews.gov.in, १७ जनवरी २०१८, अन्तिम पहुँच १९ जनवरी २०१८ 
  7. "Province 1: Call for opportunities in land of great promise", Kantipur Publications Pvt. Ltd., १२ अगस्ट २०१५, अन्तिम पहुँच ५ सेप्टेम्बर २०१७ 
  8. "Far east kingdom (South Asia)", historyfiles.co.uk, अन्तिम पहुँच ४ सेप्टेम्बर २०१७ 
  9. "limbuwan gorkha war", अन्तिम पहुँच ५ सेप्टेम्बर २०१७, "...  The Limbuwan Gorkha War was a series of battles fought between the King of Gorkhas and the rulers of various principalities of Limbuwan from 1771 to 1774. The war came to an end in 1774 with the Limbuwan Gorkha treaty which recognised Limbu peoples'right to Kipat land in Limbuwan and full autonomy. Thus the Limbuwan Gorkha War came to an end in 1774 with all the principalities of Limbuwan joining the Gorkha kingdom  ...'" 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]