सामग्रीमा जानुहोस्

कालिकोट जिल्ला

निर्देशाङ्क: २९°९′०″ उत्तर ८१°३७′०″ पूर्व / २९.१५०००° उत्तर ८१.६१६६७° पूर्व
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कालिकोट जिल्ला
कालिकोट जिल्लामा रहेको कर्णाली नदी
कालिकोट जिल्लामा रहेको कर्णाली नदी
कर्णाली प्रदेशमा कालिकोट जिल्लाको अवस्थिति (गाढा पहेँलो)को अवस्थिति
कर्णाली प्रदेशमा कालिकोट जिल्लाको अवस्थिति (गाढा पहेँलो)
निर्देशाङ्क:
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
स्थापनावि.सं २०१८
सदरमुकाममान्म (खाँडाचक्र नगरपालिका)
स्थानीय तहहरू
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिसस, कालिकोट
 • संसदीय निर्वाचन क्षेत्र१ सिट
 • प्रदेश सभा निर्वाचन क्षेत्रहरू२ सिट
क्षेत्रफल
 • जम्मा२,५३१ किमी२ (९७७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१४५,२९२
 • घनत्व५७/किमी२ (१५०/वर्ग माइल)
 • घरधुरी
२६,७७९
जनसाङ्ख्यिकी
 • जातीय समूहहरूक्षेत्री, ठकुरी, कामी
 • महिला ♀५०.३%
मानव विकास सूचकाङ्क
 • साक्षरता दर७६.२%
समय क्षेत्रयुटिसी+०५:४५ (नेपाली समय)
टेलिफोन कोड०८७
आधिकारिक भाषा(हरू)नेपाली, खस
वेबसाइटजिप्रका, कालिकोट जिसस, कालिकोट

कालिकोट जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। मान्म जिल्ला सदरमुकाम हो। यस जिल्लाले १,७४१ वर्ग किलोमिटर (६७२ वर्ग माइल) क्षेत्रफल ओगटेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको जनसङ्ख्या १,४५,२९२ रहेको थियो।

पहिले कालिकोटको नाम तिब्रीकोट थियो।[३] बि.सं २०३२ /८ / २६ मा यो जिल्लाको नाम कालीकोट कायम गरियो । वि.स.२०३२ सालमा छुट्टयाउने निर्णय भए तापनि यस जिल्लाको जिल्ला प्रशासन कार्यालय लगायत अन्य कार्यालयहरु विधिवत रुपमा २०३४ सालमा स्थापना गरीएका हुन्। जिल्लाको नामाकरण सन्दर्भमा विभिन्न भनाई भएतापनि कालिकोट जिल्लाको मुग्राहाँ गाविसको कालिका गाउँमा अवस्थित रहेको कालीदेवीको मन्दिर (माडु)बाट नै यस जिल्लाको नाम कालिकोट रहन गएको हो भन्ने जनधारणा रहेको पाइन्छ।[४]

नामाकरण

गुरू गोरक्षनाथ लाई महाकालिले निल्नुभएपश्चात गोरक्षनाथले आफुलाई योग बलद्वारा ज्वालामुखी बनाउनुभयो, कालिका देवि त्यो जलन सहन नसकेर तड्पिनुभयो र गोरक्षनाथ भगवान सङ्ग बिन्ती गर्दै कैलास पर्वतबाट ५५ कोष दक्षिण तर्फ आएर तपश्या गर्न थालिन्।

तब गुरु गोरक्षनाथले आफुलाई शान्त पार्नुभयो र भन्नुभयो "हामी योगि हरूको योगबलले नै तपाई देवि देवतालाई शक्ती दिने गर्दछ त्यसैले शक्तिको अभिमान गर्न पहिले त्यस शक्तिको श्रोत चिन्नु" भनेर तत्व दिनुभयो। त्यो कैलास बाट ५५ कोष दक्षिणको ठाउँमा कालिका देविले तत्व ज्ञान पाउनुभएको हुँदा त्यस ठाउको नाम "कालिकोट" हुन गएको हो।

त्यस अघि त्यस ठाउँलाई तिब्रीकोट भनेर चिनिन्थ्यो, निश्चित एउटा डाँडोलाई मात्र कालिकोट भनेर चिनिन्थ्यो। बि.सं. २०२७ सालमा योगिराज रामनाथ अघोरी गुरुमहाराजले यस प्रसंग लाई उठाएर त्यस ठाउँको नाम कालिकोट राख्नुभएको हो।

जनसाङ्ख्यिकी

ऐतिहासिक जनसङ्ख्या
जनगणना वर्ष (वि.सं)जन.±% प्र.व. ±%
२०३८८७,६३८—    
२०४८८८,८०५+०.१३%
२०५८१०५,५८०+१.७५%
२०६८१३६,९४८+२.६४%
२०७८१४४,९१७+०.५७%
स्रोत: सिटी पपुलेसन[५]

राष्ट्रिय जनगणना २०७८ अनुसार, कालिकोट जिल्लाको जनसङ्ख्या १,४५,२९२ थियो। जनसङ्ख्याको ११.४३% ५ वर्ष मुनिका छन्। जिल्लाको साक्षरता दर ७२.७२% छ र लिङ्ग अनुपात प्रति १००० पुरुषमा १०११ महिला छन्। नगरपालिकाहरूमा ५५,८९६ (३८.४७%) बसोबास गर्दछन्।[२]

कालिकोट जिल्लाका जातजातिहरू (वि.सं २०७८)[६]
  1. क्षेत्री (२९.६१%)
  2. ठकुरी (२४.४७%)
  3. कामी (१८.७४%)
  4. बाहुन (१५.२%)
  5. दमाई (५.६१%)
  6. सार्की (३.९१%)
  7. दसनमी (०.९१%)
  8. पहाडी जनजाति (१.३%)
  9. अन्य (०.२५%)

जनसङ्ख्याको ९८% अर्थात् खस जातिले बहुमत ओगटेका छन्। खस दलितहरूले जनसङ्ख्याको २८% ओगटेका छन्। पहाडी जनजातिहरू, मुख्यतया मगरहरू, जनसङ्ख्याको १% ओगटेका छन्।[६]

कालिकोट जिल्लामा बोलिने भाषाहरू (वि.सं २०७८)[७]
  1. नेपाली (७३.२४%)
  2. खस (२६.१७%)
  3. अन्य (०.५९%)

राष्ट्रिय जनगणना २०७८ अनुसार, ७३.२४% जनसङ्ख्याले नेपाली बोल्दछन् र २६.१७% खसलाई आफ्नो पहिलो भाषा बोल्दछन्। खस कर्णाली प्रदेशमा बोलिने नेपालीको उपभाषिका हो।[७]

हिन्दु धर्म यहाँको प्रमुख धर्म हो, जुन ९९.७९% जनसङ्ख्याले मान्दछन्।[८]

प्रशासनिक विभाजन

जिल्लामा ९ स्थानीय तहहरू छन्, जसमध्ये ३ नगरपालिका र ६ गाउँपालिका छन्।[९]

जुम्ला जिल्लाका स्थानीय तहहरू
क्रम स्थानीय तह समावेश गाविसहरू वडा सङ्ख्या केन्द्र जनसङ्ख्या (वि.सं २०७८) क्षेत्रफल (वर्ग

किमी)

जनघनत्व (वर्ग
किमी)
१ खाँडाचक्र नगरपालिका मान्म, दाँहा, पाँखा, मार्ता (८) र बदालकोट ११ मान्म २२,२७४ १३३.२९ १७०
२ रास्कोट नगरपालिका सिपखाना, स्युना र फुकोट ९ स्युना १७,४२५ ५९.७३ २९०
३ तिलागुफा नगरपालिका फोईमहादेव, राँचुली, जुविथा, छाप्रे र चिलखाया (१-८) ११ जुविथा १३,१९७ २६२.५६ ५०
४ पचालझरना गाउँपालिका नानिकोट, राम्नाकोट र बदालकोट (४-९) ९ राम्नाकोट १३,६८७ १६६.९२ ८२
५ सान्नी त्रिवेणी गाउँपालिका रकु, मेहलमुडी र मुम्रा ९ मेहलमुडी १३,४९१ १३६.७१ ९९
६ नरहरिनाथ गाउँपालिका कोटवाडा, कुमालगाउँ, रूप्सा, मालकोट र लालु ९ कुमालगाउँ २२,४५८ १४३.८६ १६०
७ शुभकालिका गाउँपालिका सुकाटियाँ, कालिका (मुग्राहाँ) र मार्ता (१-७,९) ८ सुकाटियाँ १३,७७३ ९७.३२ १४०
८ महावै गाउँपालिका ओदानकु, गेला र चिलखाया (९) ७ ओदानकु ८,१७७ ३२२.०७ २५
९ पलाँता गाउँपालिका धौलागोह, खिन र थिर्पु ९ रानीविसौना १७,३४६ ३१८.८४ ५४
कालिकोट जिल्लाका साविकका गाविसहरू

सन्दर्भ सामग्रीहरू

  1. ↑ "जिल्ला प्रशासन कार्यालय, कालिकोट"।
  2. 1 2 "Provincial/District/Local reports: Karnali Province", राष्ट्रिय जनगणना २०७८, राष्ट्रिय तथ्याङ्क कार्यालय।
  3. ↑ शाही, पवित्रकुमार (३ श्रावण २०७३), "रहेनन् कान्छो जिल्ला जन्मदाता उपाध्याय", nagariknews.nagariknetwork.com (नेपालीमा), अन्तिम पहुँच २०२६-०७-३१।
  4. ↑ जि.वि.स.कालिकोट[स्थायी मृत कडी]
  5. ↑ "NEPAL: Administrative Division", www.citypopulation.de (अङ्ग्रेजीमा)।
  6. 1 2 "Table 1: Caste/Ethnicity and sex", राष्ट्रिय जनगणना २०७८, राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २०२४-०३-१६।
  7. 1 2 "Table 5: Mother tongue and sex", राष्ट्रिय जनगणना २०७८, राष्ट्रिय तथ्याङ्क कार्यालय।
  8. ↑ "Table 5: Religion and sex", राष्ट्रिय जनगणना २०७८, राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २०२४-०३-१६।
  9. ↑ "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२।

बाह्य कडीहरू