बारा जिल्ला
बारा जिल्ला | |
|---|---|
मधेश प्रदेशको नक्सामा बारा जिल्लाको अवस्थिति | |
| देश | |
| प्रदेश | मधेश प्रदेश |
| स्थापना | वि.सं २०१८ |
| सदरमुकाम | कलैया |
| सरकार | |
| • प्रकार | जिल्ला समन्वय समिति |
| • अङ्ग | जिसस, बारा |
| क्षेत्रफल | |
| • जम्मा | १,१९० किमी२ (४६० वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | ७६३,१३७ |
| • घनत्व | ६४०/किमी२ (१७००/वर्ग माइल) |
| • धरधुरीहरू | १३१,२४० |
| समय क्षेत्र | युटिसी+०५:४५ (नेपाली समय) |
| टेलिफोन कोड | ०५३ |
| मुख्य भाषा(हरू) | |
| वेबसाइट | आधिकारिक वेबसाइट |
बारा नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको दक्षिणी तराई क्षेत्रमा अवस्थित जिल्ला हो | यस जिल्लाको पूर्वमा रौतहट, पश्चिममा पर्सा, उत्तरमा मकवानपुर र दक्षिणमा भारतको बिहार राज्य पर्छ। बारा जिल्लाको सदरमुकाम कलैया हो। बारामा प्रसिद्ध गढीमाईको मन्दिर छ, जुन कलैयादेखि करिब ७ किलोमिटर पूर्वतिर पर्छ।
जिल्लाको नामाकरण
[सम्पादन गर्नुहोस्]यस जिल्लाको उत्तर पूर्वी भागमा कुनै जमानामा गढी गौडा (सर्लाही हरिपूर्वा नगरपालीका wad.7) र गोश्वाराको रूपमा रहेको बारागढी भन्ने स्थानको नामबाट यस जिल्लाको नाम बारा रहन गएको हो भन्ने भनाई छ।
ऐतिहसिक पृष्ठभुमि
[सम्पादन गर्नुहोस्]नेपालको इतिहासमा घटेका खासगरी दुई महत्त्वपूर्ण घटनाहरूको साथमा बारा जिल्लाको नाम जोडिएर आउने गरेको पाइन्छ।
- (१) मल्लकालिन डोय राज्यको राजधानी सिम्रौनगढ बारा जिल्लामा पर्दछ।
- (२) राणाशासनका सुत्रधार जंगबहादुर राणा बाराको पत्थरहट्टीमा बाघको शिकार खेल्न आउँदा उनको मृत्यु भएको थियो। यहाँ राणाकालीन प्रसिद्ध दरबारहरू रहेका छन। जस मध्ये कवहीगोठको सुवर्ण शमसेर जबराको दरबार,कलैया स्थित दिप बिक्रम शाहको दरबार,भिस्वाको दरबार,आदि रहेका छन्। यस जिल्लामा विभिन्न ठूला-ठूला मन्दिरहरू रहेका छन।
- राणा प्रधानमन्त्री चन्द्र सम्शेरले दासप्रथा उन्मुलन गर्दै दासहरूलाई अमलेख गरी बसालेको अमलेखगंज यहीँ जिल्लामा रहेको छ।
प्रशासनिक विभाजन
[सम्पादन गर्नुहोस्]जिल्लामा २ उपमहानगरपालिका र ५ नगरपालिका र ९ गाउँपालिकाहरू गरि १६ वटा स्थानीय तहहरू रहेका छन्।[१]

भौगोलिक अवस्थिति
[सम्पादन गर्नुहोस्]- अक्षांश: २६.५१" देखि २७.२" उत्तरसम्म
- देशान्तर: ८४.५१" देखि ८५.१६" पूर्वसम्म
- सिमाना: पूर्व रौतहट जिल्ला, पश्चिम पर्सा, उत्तर मकवानपुर जिल्ला, दक्षिण: भारतको विहार राज्यको पूर्वी चम्पारण जिल्ला
- सबभन्दा अग्लोस्थान: समुद्र सतहबाट ९१५ मिटर
- सबभन्दा होचोस्थान : समुद्र सतहबाट १५२ मिटर
- क्षेत्रफल: १,१९० वर्ग किलोमिटर (१२९५६३ हेक्टर)
- हावापानी: उष्ण
भौगोलिक बनौट
[सम्पादन गर्नुहोस्]भौगोलिक बनौटको हिसाबले बारा जिल्लालाई दुई भागमा विभाजन गरिएको छ। ती हुन:-
शिवालिक क्षेत्र चुरे पहाड
[सम्पादन गर्नुहोस्]समुद्र सतहबाट ११२ मिटरदेखि ९२० मिटरसम्मको उचाईमा पर्ने यो क्षेत्रले जिल्लाको कुल भू-भागको १७४६० हे १३.४८% जमीन ओगटेको छ। जसमध्ये ८.३२% जमीन मात्र खेतीयोग्य छ। ०.५५% चौरचरन र ५.७६% अन्य भू-भाग छ भने यस क्षेत्रको अरु बाँकी ८५.३७ भू-भागमा जङ्गल रहेको छ। यस प्रदेशमा बारा जिल्लाको उत्तरतर्फका अमलेखगंज, रतनपुरी, निजगढ र भरतगंज सिङगोल गरी चारवटा गाविसहरूको केही उत्तरी भू-खण्ड पर्दछ।
तराई क्षेत्र
[सम्पादन गर्नुहोस्]समुद्र सतहबाट ६० मिटरदेखि २०० मिटरसम्मको उचाईमा पर्ने यस क्षेत्रले बारा जिल्लाको कुल भू-भागको ११२१०३ हेक्टर (८६.५२%) जमीन ओगटेको छ। जसमध्ये ६१.११% जमीन खेतीयोग्य छ। २.५४% चौरचरन र २.७५% अन्य भू-भाग रहेको यस क्षेत्रको अरु बाँकी ३३.५९% भू-भागमा मात्र जङ्गल रहेको छ। यस प्रदेशमा बारा जिल्लाका ९८ वटा गाविस तथा नगरपालिका पर्दछन।
प्रमुख नदी खोला तथा तालहरू
[सम्पादन गर्नुहोस्]- प्रमुख नदीहरू: अणुवा(अरुवा), लालवकैया, पसाहा, जमुनी, तीयर, दुधौरा, बंगरी, थल्ही।
- साना खोलाहरू:- काट खोला, टेन्ग्रहर, सिर्सींया, भुटिया नाला, कोरिया नाला, सिलपैत नाला, बिजौरी खोला, सिंगहा नाला, भेडाहा नाला, भुतहिखोला।
- प्रमुख तालहरू:- हलखोरिया दह, झरोखर पोखरी, शिव सरोवर, ईटाहि पोखरी,कवहीपोखरी, सन्तगजपोखरी देवापुर पोखरी।
मुख्य बजारहरू
[सम्पादन गर्नुहोस्]सिमरौनगढ,कचोर्वा, पिप्राढी, वरियारपुर, कलैया, बेलहिया, प्रस्टोका, गंजभवानीपुर, फेटा, प्रसौनी, परवानीपुर, चैनपुर,जीतपुर, सिमरा, डुमरवाना, अमलेखगंज, निजगढ, कोल्भी, कवहीगोठ, रतनपुरी ,तेतरिया, प्रसौना,आदि।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२।
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]<a href="www.symbiosiskalaiya.com">Symbiosis 10+2 Campus</a>