मुस्ताङ जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
मुस्ताङ
—  जिल्ला  —
मुस्ताङ जिल्लामा अवस्थित कागबेनी गाउँ को एक दृश्य
नेपालको नक्शामा मुस्ताङ जिल्ला (रातो)
निर्देशाङ्क (मुस्ताङ): २८°५९′५५″उत्तर ८३°५०′५०″पूर्व / २८.९९८५०७° उत्तर ८३.८४७३०१° पूर्व / 28.998507; 83.847301निर्देशाङ्क: २८°५९′५५″उत्तर ८३°५०′५०″पूर्व / २८.९९८५०७° उत्तर ८३.८४७३०१° पूर्व / 28.998507; 83.847301[१]
देश  नेपाल
विकास क्षेत्र पश्चिमाञ्चल
अञ्चल धौलागिरी अञ्चल
जिल्ला मुस्ताङ जिल्ला
सदरमुकाम जोमसोम
क्षेत्रफल[२]
 - जम्मा ३,५७३ किमी (१,३७९.५ वर्ग मी)
अधिकतम उचाईं ८,१६७ मि (२६,७९५ फिट)
जनसङ्ख्या (वि. सं. २०६८)नेपालको राष्ट्रिय जनगणना[२][३]
 - जम्मा १३,४५२
 जनघनत्व ३.८/किमी (९.८/वर्ग मी)
जातीयता
 - मुख्य जातीयता ब्राह्मण, घले, लिम्बु, भोटे, शेर्पा
भाषा
 - मुख्य भाषाहरू नेपाली, लिम्बु, शेर्पा, राई
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-६९
गाविस संख्या १६
नगरपालिका -
वेबसाइट ddcmustang.gov.np

मुस्ताङ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चलको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो। हिमालपारीको जिल्लाको नामबाट चिनिने यो जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको विचमा अवस्थित छ। करिव ३००० वर्ष भन्दा अगाडिको पुरातात्विक उत्खननबाट देखिए अनुसार यो क्षेत्र परापूर्वकालमा नेपाल र तिब्बत वीचको व्यापारिक मुख्य नाका रहेको बुझिन्छ।

यसको सदरमुकाम जोमसोम हो। यस जिल्लाको पूर्वमा मनाङ, पश्चिममा डोल्पा दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्दछन्। यसको उत्तर-दक्षिण लम्बाई करिब ८० किलोमिटर र चौडाई बढिमा ४५ किलोमिटर छ। यो जिल्ला अन्नपूर्ण हिम श्रृङ्खलाको उत्तरमा पर्ने भएको हुनाले यहाँ एकदमै कम पानी पर्दछ। यसको करिब करिब बिच भाग भएर काली गण्डकी नदी बग्दछ। यस नदीलाई स्थानीय भाषामा थाक खोला पनि भनिन्छ। यस जिल्लाका धेरै जसो बस्ती यही नदीको किनारमा अवस्थित छन्।

यस जिल्लाको उत्तरी भागमा रहेको क्षेत्रलाई लोमान्थाङ भनिन्छ जुन त्यो नेपालकै एक विशेष क्षेत्र हो।

जिल्लाको नामाकरण[सम्पादन गर्ने]

नेपाल धेरैजसो जिल्लाहरूको नामाकरणकुनै खोला स्थान वा घटनाका आधारमा गरिएको भएता पनि यस जिल्लाको नामाकरण औषधिको नामबाट भएको पाइन्छ। तिब्बतीयन भाषमा मन् भनेको औषधि र थाङ भनेको चौरबाट मनथाङ हुदै मुस्ताङ हुन आएको हो भन्ने जनश्रूति रहेको छ। जडिबुटिका हिसावले प्रशिद्ध रहेकोले पनि यस जिल्लाको नामाकरण औषधिकै नामबाट भएको हो भन्ने विश्वास गर्न सकिन्छ।

भौगोलिक अवस्थिति[सम्पादन गर्ने]

  • अक्षांस:- २८.२०” उत्तरदेखि २९.०५ ’
  • देशान्तरः- ८३.३०’ पूर्वदेखि ८४.१५ ’
  • सिमाना:- पूर्वमा मनाङ, पश्चिममा डोल्पा, उत्तरमा चिनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा म्याग्दी जिल्ला
  • क्षेत्रफल: ३५७३ वर्ग किलो मिटर
  • भौगोलिक विभाजन: हिमाली प्रदेश [४]

प्रमुख नदी[सम्पादन गर्ने]

कालिगण्डकी।

मुख्य खोलाहरू[सम्पादन गर्ने]

लेते खोला, सेते खोला, घट्टे खोला, लाङक्यु खोला,टुकुचे निमूङ निमूङ क्यू खोला,टुकुचे म्हङछिन् खोला, टुकुचे म्हारच्यां क्यू खोला (चोखोपानी),चिमाङ खोला टुकुचे ताक्सांग खोला , मार्फा खोला,ठिनी खोला, स्याङ खोला, बोक्सि खोला, पाण्डा खोला, लुप्रा खोला, साङ्ता खोला, झोङ्ग खोला, नरसिङ खोला, समर खोला, ताग्ंया खोला, घमी खोला, दामोदर कुण्ड खोला, चराङ खोला, यारा खोला, समराङ खोला, नाम्ग्याल खोला, किमलिङ खोला , ङ्याम्डो खोला, न्हेचुङ्ग खोला आदि।

धार्मिक स्थलहरू[सम्पादन गर्ने]

मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, कागबेनी, शिवालय मन्दिर (पुथाङ), गणेश मन्दिर (जोमसोम) टुकुचे गोम्पा कोबाङ, टुकुचे क्युपर् गोम्पा ,टुकुचे गोम्पसम्प ,टुकुचे मकल् गोम्पा ,टुकुचे रानि गोम्पा , मार्फा गोम्पा

प्रमुख पर्यटकीय स्थल[सम्पादन गर्ने]

लोमान्थाङ्ग ऐतिहासिक दरबार, लोमान्थाङ्गको सिटी वाला, मुक्तिनाथ'क्षेत्र,टुकुचे निलगिरी हिमाल, धौलागिरी हिमाल, तिलिचो पिक, याककावा पिक,टुकुचे धम्पुस पिक,टुकुचे पिक हिमाल टुकुचे मार्चे लेख ,टुकुचे बतासे लेख ,टुकुचे नाथांग खर्क'

प्रमुख ताल एवं कुण्ड[सम्पादन गर्ने]

दामोदर कुण्ड, ढुम्बा ताल, टिटी ताल, सेकोङ्ग ताल

जिल्लाको प्रसिद्ध वस्तुहरू एवं प्राप्त हुने स्थान[सम्पादन गर्ने]

रातो स्याऊ, नुन खानि तेताङ नरसिंह खोला (छुसाङ), गोल्डेन स्याऊ, शालिग्राम (कालिगण्डकी किनार र दामोदर कुण्ड खोला) फापर् ,आरु , चेरि आरु ,

प्रमुख व्यापारीक महत्वका ठाउँ[सम्पादन गर्ने]

जोमसोम बजार, मुक्तिनाथ, लोमान्थाङ, नेपाल र तिब्बतको पुरानो मुख्य ब्यापार केन्द्र टुकुचे

सामाजिक जनजीवन[सम्पादन गर्ने]

उच्च पहाडी दुर्गम हिमाली जिल्ला भएको हुनाले यहाको जनजीवन भिन्नै प्रकारको छ। सदरमुकाम देखि उत्तर तिर भोटे गुरुङ, विष्ट र ठकुरी जातीहरूको वाहुल्य छ भने दक्षिण तिर थकाली समुदायको अतिरिक्त दलित तथा अन्य जातीहरूको वसोवास भएको पाईन्छ। गुरुङ् तथा थकाली जातीहरू वौद्ध धर्म मान्दछन् भने दलित तथा अन्य जातीहरूले हिन्दू धर्म प्रति आस्थावान देखिन्छन।

भेषभूषा एंव भाषा[सम्पादन गर्ने]

स्थानीय बासिन्दाले प्रयोगमा ल्याउने भेष भूषा र पहिरन यहाको परम्परा, मौसम तथा हवापानी अनुरूप रहेको पाईन्छ। उत्तरी भेगका पुरुषहरूको पहिरनमा खाम्से, साम्सेर, ढोचा, उनी टोपी प्रमुख रहेका छन, भने स्त्रीहरूको पहिरनमा बक्खु, होङजु, पाङदेन, किटी लगाउने गर्दछन। तल्लो भेगका थकालीहरूमा पुरुषहरूले दौरा, सूरुवाल, कोट लगाउने गर्दछन भने महिलाहरूले गुन्यू, न्होकन, टेकी, फिकी, पटुका, चोलो मुख्य पहिरन हुन। पारम्परिक गहनामा मुगाको माला, सुनको विविध गहनाहरू लगाउने गर्दछन। उत्तरी सिमा क्षेत्र तर्फतिब्बती भाषासँग मिल्दो गुरुङ भाषा बोलिन्छ भने दक्षिणि भेगमा थकाली भाषा बोल्ने गरिन्छ। तल्लो मुस्ताङ्ग क्षेत्रका १० गा. वि. स. हरूमा नेपाली भाषाकै प्रयोग वढी हुने गर्दछ।

रीतिरिवाज[सम्पादन गर्ने]

जिल्लाको जातिगत विविधिताको कारण सामाजिक रीतिरिवाज र प्रचलन फरक रहेको छ। उत्तरी भेग, तिबतियन संस्कृतिबाट प्रभावित छ भने दक्षिणी भेगमा छिमेकी जिल्लाको पनि केही प्रभाव परेको छ। बौद्ध धर्म बढी मान्ने हुनाले घ्याङ र गुम्बामा पूजा आजा गर्ने लामा,झुमा बस्ने परम्परा रहेको छ। छोर्तेन,म्हाने निर्माण गर्ने चलन छ। घरको र गाउको रक्षार्थ मुल ढोकामा याक, भेडाको टाउको झुन्ड्याउने, गाउको वरपर ढुंगाको धार्मिक ग्रन्थका मन्त्रहरू लेख्ने,परम्परागत म्हाने निर्माण गर्ने र हिडदाखेरी म्हानेलाई दाहिने पारेर हिडने चलन छ। वौद्ध धर्म अनुसार प्रत्येक वौद्धधर्मावलम्वीहरूले आफ्नो परिवारको माहिलो छोरोलाई लामा र माईली छोरीलाई झुमाको रूपमा गुम्बामा चढाउनु पर्ने अनिवार्य प्रावधान छ। यसरी गुम्बामा चर्ढाईएका झुमा र लामाहरूले विवाह नगरी आजीवन कुवारा वस्नुपर्ने प्रचलन यस जिल्लाको रितिरिवाजको एउटा विशेषता हो। यहाँ लोपोउन्मुख बहु पति प्रथाको चलन पनि कहि कहि देखिन पाइन्छ। जिल्लाका उपल्लो भेगका गा.वि.स.हरूबाट जाडोमा देशको तल्लो भेग र भारत तर्फगई जाडो छल्लुका साथ व्यपार गरी केही आर्थिक आय आर्जन गर्ने चलन विदितै रहेको पाईन्छ।

चाड पर्व[सम्पादन गर्ने]

फागुपूर्णिमा

थकाली समुदायमा सबभन्दा ठूलो चाडको रूपमा लिइन्छ। तीन देखि सात दिनसम्म मनाईने यो पर्व मुख्य पितृ देवलाई पूजाआजा गरी पितृदेवको आर्शिवादले परिवारलाई रोग ब्याधी नहुने, घरमा धनधान्यले भरिपुण हुन्छ भन्ने विश्वास लिएर गरिन्छ। यस पर्वमा मिठा मिठा परिकारहरू खाने गर्दछन। पुरुषहरूले धनुवाण लिएर तारो खेलबाट मनोरंजन लिने गर्छन। ल्होसार :उपल्लो भेगको मुख्य चाडको रूपमा ल्होसारलाई लिइन्छ। तिबतियन क्यालेण्डरको नयाँ वर्षो उपलक्ष्यमा मनाइने यो चाडँमा खाने नौ विज मिसाएर बनाइने छगुँ अति पवित्र मानिन्छ। यो खोले खाएपछि मृत्यू पश्चात शान्ति पाइने किवदन्ति छ। नववर्षो पहिलो दिन देखि मिठो मिठो परिकार खाने राम्रा राम्रा वस्त्र र गहना लगाउने र शुभकामना आदान प्रदान गर्ने र तेश्रो दिन शुभ चिन्ह अङ्कित ध्वजाहरू पवित्र स्थलमा लगेर फहराइन्छ।

तिजी

तिजी पर्व माथिल्लो मुस्ताङमा वसोवास गर्ने गुरुङ, विष्टहरूको मुख्य पर्व हो। समान्यतया : अन्य पर्वहरूमा जस्तै यस पर्वमा पनि मानिसहरू आफनो आर्थिक हैसियत अनुसार खानपान गर्ने, नयाँ लुगा गहना लगाउने, गुम्वा, छोर्तेनमा सामूहिक पूजा आजा र नाचगान गर्ने गर्दछन्।

यसका अलावा वार्‍ह गाउँलेहरूको वसोवास रहेकेा मुक्तिक्षेत्रमा यार्तुङ, धच्याङ, त्हेकप, बक्छाम -(लामा नाच), फाँङगेल -(खेतीपातीको काम सिद्धिएपछि खाँदै गरिने रमाइलो र आराम) आदि चार्डपर्वहरू मनाइन्छ। यस बाहेक स्थानीय हिन्दू धर्मावलम्वीहरूले दशै,तिहार र तीज तथा हरितालिका जस्ता चाड पर्वहरू मनाउने गर्दछन।

चित्र दीर्घा[सम्पादन गर्ने]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. Lua error in Module:Citation/CS1 at line 746: Argument map not defined for this variable.
  2. २.० २.१ Lua error in Module:Citation/CS1 at line 746: Argument map not defined for this variable.
  3. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नोभेम्बर २०१२. अन्तिम पहुँच मिति:नोभेम्बर २०१२.
  4. Lua error in Module:Citation/CS1 at line 746: Argument map not defined for this variable.
Jomsom 17.JPG

बाहिरी कडीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]