सामग्रीमा जानुहोस्

विहादी गाउँपालिका

विहादी गाउँपालिका
{{{official_name}}}को अवस्थिति
विहादी गाउँपालिका पर्वत जिल्ला-को अवस्थिति
विहादी गाउँपालिका
विहादी गाउँपालिका गण्डकी प्रदेश-को अवस्थिति
विहादी गाउँपालिका
विहादी गाउँपालिका नेपाल-को अवस्थिति
विहादी गाउँपालिका
निर्देशाङ्क: २८°१०′ उत्तर ८३°४०′ पूर्व / २८.१७° उत्तर ८३.६७° पूर्व / 28.17; 83.67
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लापर्वत
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षपरविन गुरुङ (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षमिना शर्मा तिवारी (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा४४.८ किमी२ (१७.३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१०,८२८
 • घनत्व२४०/किमी२ (६३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-६७
केन्द्रसाविक बाहाकी ठाँटी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

विहादी गाउँपालिका पर्वत जिल्लाका ५ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका बाच्छा, बिहादी बर्राचौर, बिहादी रानीपानी, बाहाकी ठाँटी, उरामपोखरा र शालिग्राम गाविसहरू यसमा गाभिएका थिए।

यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा महाशिला र पैयूं गाउँपालिका, पश्चिममा बागलुङ र गुल्मी जिल्ला, उत्तरमा फलेवास नगरपालिका र बागलुङ जिल्ला तथा दक्षिणमा स्याङ्जा र गुल्मी जिल्लासम्म फैलिएको छ। यस गाउँपालिकामा महत्वपुर्ण पर्यटकिय स्थलका रुपमा शालिग्राम शिला, बच्छेश्वर मन्दिर, शिवपुरी धाम, छापाकोट मन्दिर, लुरिङ्गकोट मन्दिर, शितल गुफा, रानिपानि गुफा, भञ्ज्याङ देवि मन्दिर आदि  रहेका छन्।[४]

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार विहादी गाउँपालिकाको कुल जनसङ्ख्या १०,८२८ रहेको छ भने यहाँ २,७२३ घरधुरी रहेका छन्।[२]

विहादी गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
१बाच्छा१,३९३९१५४.७८
२बिहादी बर्राचौर१,७०१६२८३.५०
३बिहादी रानीपानी२,०९४५४१८.८०
४बाहाकी ठाँटी१,३३०१०१३३.००
५उरामपोखरा१,९६४८२४५.५०
६शालिग्राम२,३४६७३३५.१४
कुल१०,८२८४५२४०.६२

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।
  4. ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, मूलबाट २०१९-०३-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०७३ फाल्गुण २७।

बाह्य कडीहरू

[सम्पादन]