पैयूं गाउँपालिका
स्वरूप
पैयूं गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २८°१०′N ८३°४०′E / २८.१७°N ८३.६७°Eनिर्देशाङ्कहरू: २८°१०′N ८३°४०′E / २८.१७°N ८३.६७°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | पर्वत |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | तोरण मल्ल ठकुरी (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | यामकुमारी राना (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ४२.६५ किमी२ (१६.४७ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १२,७२५ |
• घनत्व | ३००/किमी२ (७७०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-६७ |
केन्द्र | साविकको हुवास गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
पैयूं गाउँपालिका पर्वत जिल्लाका ५ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका टकलाक, त्रिवेणी, वेउलीवास, हुवास, सरौंखोला र भोर्ले गाविसहरू यसमा गाभिएका थिए।
यसको क्षेत्रफल ४२.६५ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको हुवास गाविसको कार्यालयमा राखिएको छ। यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा स्याङ्जा जिल्ला, पश्चिममा विहादी गाउँपालिका, उत्तरमा महाशिला गाउँपालिका तथा दक्षिणमा स्याङ्जा जिल्लासम्म फैलिएको छ।[४]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पैयूं गाउँपालिकाको कुल जनसङ्ख्या १२,७२५ रहेको छ भने यहाँ ३,२६८ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।