सामग्रीमा जानुहोस्

नेपालका जिल्लाहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जिल्ला
श्रेणीजिल्ला
अवस्थितिनेपाल
सिर्जित
  • वि.सं १८७२ अगाडी
सङ्ख्या७७ (३ असोज २०७२)को अनुसार
जनसङ्ख्या२०,४१,५८७ – ५,६५८
क्षेत्रफल७,८८९ वर्ग किलोमिटर (३,०४६ वर्ग माइल) - ११९ वर्ग किलोमिटर (४६ वर्ग माइल)
सरकार
उपविभाजन

नेपालका जिल्लाहरू प्रदेश पछिको दोस्रो तहको प्रशासनिक विभाजन हो। जिल्लाहरू नगरपालिकागाउँपालिकामा विभाजित छन्। नेपालमा सात प्रदेश र ७७ जिल्ला छन्।[]

नेपाल सरकार मन्त्रिपरिषद्को २०७२ भदौ ५ गतेको बैठकले नवलपरासीरुकुमलाई दुई/दुई जिल्ला बनाउने निर्णय गरेको थियो। सरकारको निर्णय अनुसार आयोगले गण्डकी प्रदेशमा पर्ने नवलपरासी (बर्दघाट सुस्ता पूर्व)लुम्बिनी प्रदेशमा पर्ने नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गरी दुई तथा लुम्बिनी प्रदेशमा पर्ने पूर्वी रुकुम जिल्लाकर्णाली प्रदेशमा रहने पश्चिम रुकुम जिल्ला गरी कायम भएका दुई जिल्लासहित चार जिल्लामा जिल्ला समन्वय समितिको निर्वाचन गराउने निर्णय गरेको थियो।[][]

जिल्ला अधिकारीहरू

[सम्पादन गर्नुहोस्]

जिल्ला अधिकारीहरूमा निम्न समावेश छन्:

प्रमुख जिल्ला अधिकारी, गृह मन्त्रालय अन्तर्गतका एक अधिकारीलाई सरकारले जिल्लाको सर्वोच्च प्रशासकीय अधिकृतको रूपमा नियुक्त गर्दछ। स्वास्थ्य, शिक्षा, सुरक्षा र अन्य सबै सरकारी कार्यालयहरू जस्ता जिल्लाका सबै विभागहरूको उचित निरीक्षणको लागि प्रमुख जिल्ला अधिकारी जिम्मेवार रहन्छन्।

जिल्ला समन्वय समितिले जिल्ला सभाको कार्यकारीको रुपमा काम गर्दछ। जिल्ला समन्वय समितिले प्रदेश सभागाउँपालिका तथा नगरपालिकाबीच समन्वय कायम गर्न र राजनीतिक प्रकृतिका कुनै विवाद भए समाधान गर्न प्रदेश सभासँग समन्वय गर्दछ। यसले प्रदेश र सङ्घीय सरकार तथा जिल्लाका स्थानीय तहबीच समन्वय पनि कायम गरेको हुन्छ।

राजा राजेन्द्र वीरविक्रम शाह र प्रधानमन्त्री भीमसेन थापाको पालामा नेपाललाई १० जिल्लामा विभाजन गरिएको थियो।[] दुधकोशी नदीको पूर्वका सबै क्षेत्रहरू एउटै जिल्ला थिए, धनकुटा।

राणा काल (वि.सं १९४१–२००७)

[सम्पादन गर्नुहोस्]

तत्कालीन प्रधानमन्त्री वीरशम्शेर जङ्गबहादुर राणा (वि.सं १९४१–१९५५) को पालामा नेपाललाई ३२ जिल्लामा विभाजन गरिएको थियो भने डोटी, पाल्पा र धनकुटा गरी तीन गौँडा थिए। पहाडी क्षेत्रमा २० जिल्ला र तराईमा १२ जिल्ला थिए।[]

वीरशम्शेर जङ्गबहादुर राणापछि २००७ मा नेपालमा राणा शासनको अन्त्य र वि.सं २०१८ मा नेपाल अधिराज्यको नयाँ संविधान जारी नहुञ्जेलसम्म नेपाल ३२ जिल्लामा विभाजित रह्यो। प्रत्येकको जिल्लाको सदरमुकाम थियो र यसको प्रमुख बडा हकीम (जिल्ला प्रशासक) थिए। २००७ देखि २०१८ सम्म धेरै ऐन र संविधानहरू पारित भए जसमा जिल्लाहरूको नाम निम्नानुसार देखाइएको छ:[][][]

वि.सं २०१२ भन्दा अगाडीका जिल्लाहरू

[सम्पादन गर्नुहोस्]

पञ्चायत काल (वि.सं २०१७–२०४६)

[सम्पादन गर्नुहोस्]

वि.सं २०१८ मा परम्परागत ३२ जिल्लालाई १४ अञ्चल र ७५ विकास जिल्लामा पुनर्संरचना गरिएको थियो।[]

पञ्चायती व्यवस्था (वि.सं २०१७–२०४६) को समयमा जिल्ला पञ्चायत नेपालको चार प्रशासनिक विभागहरू मध्ये एक थियो। पञ्चायतकालमा देशलाई ७५ जिल्लामा विभाजन गरिएको थियो र अहिले नवलपरासी र रुकुमलाई २ जिल्लामा विभाजन गरी २ जिल्ला थपिएको छ। अहिले जिल्लाको सङ्ख्या ७७ पुगेको छ।

२०१३ देखि २०१७ सम्मका जिल्लाहरू

[सम्पादन गर्नुहोस्]

जिल्ला विकास समिति (वि.सं २०४६–२०७२)

[सम्पादन गर्नुहोस्]

जिल्ला विकास समिति जिल्ला स्तरमा निर्वाचित सदस्यहरू मिलेर बनेको थियो। यसले जिल्लास्तरीय विकास नीति निर्माण गर्ने जिम्मेवारी पाएको थियो। पञ्चायती व्यवस्थाको अन्त्यपछि वि.सं २०४७ मा यसको स्थापना भएको थियो।

नयाँ प्रशासन अन्तर्गतका जिल्लाहरू

[सम्पादन गर्नुहोस्]

२०७२ असोज ३ गते देखि नेपाल ७ वटा प्रदेशमा विभाजित छ। नयाँ संविधानको अनुसूची ४ ले विद्यमान जिल्लाहरूलाई एकसाथ मिलाएर तिनीहरूलाई परिभाषित गरेको छ। दुई जिल्ला रुकुमनवलपरासीलाई दुई भागमा विभाजन गरी दुई फरक प्रदेशमा विभाजन गरिएको छ। [] पुरानो जिल्ला विकास समितिलाई जिल्ला समन्वय समितिमा बदलिएको छ।

क्रम प्रदेशहरू राजधानी जिल्लाहरू क्षेत्रफल
(किमी)
जनसङ्ख्या
(वि.सं २०७८) केन्द्रिय तथ्याङ्क विभाग
जनघनत्व
(मानिस/किमी)
मुख्य भाषाहरू
नेपाल काठमाडौँ ७७ १४७,१८१ किमी २९,१६४,५७८ १९८.१५ नेपाली
कोशी प्रदेशविराटनगर१४२५,९०५ किमी४,९६१,४१२१९१.५२ नेपाली/राई/मैथिली/लिम्बू
मधेश प्रदेशजनकपुर९,६६१ किमी६,११४,६००६३२.९२नेपाली/मैथिली/भोजपुरी
बागमती प्रदेशहेटौँडा१३२०,३०० किमी६,११६,८६६३०१.३२नेपाली/तामाङ/नेवारी भाषा
गण्डकी प्रदेशपोखरा११२१,७९३ किमी२,४६६,४२७११३.१८नेपाली/गुरुङ/मगर
लुम्बिनी प्रदेशदेउखुरी१२१९,२७१ किमी५,१२२,०७८२६५.७९नेपाली/थारू/अवधि
कर्णाली प्रदेशवीरेन्द्रनगर१०३०,७१२ किमी१,६८८,४१२५४.९७नेपाली/मगर/तामाङ
सुदूरपश्चिम प्रदेशगोदावरी१९,५३९ किमी२,६९४,७८३१३७.९२नेपाली/डोटेली/थारू

प्रदेश अनुसार जिल्लाहरूको सूची

[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश

[सम्पादन गर्नुहोस्]
कोशी प्रदेशका जिल्लाहरू
क्रम नाम सदरमुकाम क्षेत्रफल (किमी) जनसङ्ख्या (वि.सं २०७८)[] आधिकारिक वेबसाइट
भोजपुर जिल्ला भोजपुर १,५०७ १५७,९२३ अभिलेखिकरण २०१९-०९-१८ वेब्याक मेसिन
धनकुटा जिल्लाधनकुटा८९११५०,५९९ अभिलेखिकरण २०२०-०९-२५ वेब्याक मेसिन
इलाम जिल्लाइलाम१,७०३२७९,५३४[स्थायी मृत कडी]
झापा जिल्लाचन्द्रगढी१,६०६९९८,०५४ अभिलेखिकरण २०१८-०१-३० वेब्याक मेसिन
खोटाङ जिल्लादिक्तेल१,५९११७५,२९८ अभिलेखिकरण २०१९-०९-२२ वेब्याक मेसिन
मोरङ जिल्लाविराटनगर१,८५५१,१४८,१५६ अभिलेखिकरण २०२०-०९-१८ वेब्याक मेसिन
ओखलढुङ्गा जिल्लाओखलढुङ्गा१,०७४१३९,५५२ अभिलेखिकरण २०१८-१०-१८ वेब्याक मेसिन
पाँचथर जिल्लाफिदिम१,२४११७२,४०० अभिलेखिकरण २०१८-०१-३१ वेब्याक मेसिन
सङ्खुवासभा जिल्लाखाँदबारी३,४८०१५८,०४१ अभिलेखिकरण २०१५-०५-३० वेब्याक मेसिन
१० सोलुखुम्बु जिल्लासल्लेरी३,३१२१०४,८५१ अभिलेखिकरण २०१९-०९-०९ वेब्याक मेसिन
११ सुनसरी जिल्लाइनरुवा१,२५७९२६,९६२ अभिलेखिकरण २०१९-०९-२१ वेब्याक मेसिन
१२ ताप्लेजुङ जिल्लाफुङलिङ३,६४६१२०,५९० अभिलेखिकरण २०१९-०९-१८ वेब्याक मेसिन
१३ तेह्रथुम जिल्लाम्याङलुङ६७९८८,७३१ अभिलेखिकरण २०१८-०१-३० वेब्याक मेसिन
१४ उदयपुर जिल्लागाईघाट२,०६३३४०,७२१ अभिलेखिकरण २०१८-०१-३० वेब्याक मेसिन
कोशी प्रदेश विराटनगर २५,९०५ किमी ४,९६१,४१२

मधेश प्रदेश

[सम्पादन गर्नुहोस्]
मधेश प्रदेशका जिल्लाहरू
क्रम जिल्लाहरू सदरमुकाम क्षेत्रफल (किमी) जनसङ्ख्या (वि.सं २०७८)[] आधिकारिक वेबसाइट
पर्सा जिल्ला वीरगन्ज १,३५३ ६५४,४७१ अभिलेखिकरण २०१८-०२-०८ वेब्याक मेसिन
बारा जिल्ला कलैया १,१९० ७६३,१३७ अभिलेखिकरण २०२०-०९-२२ वेब्याक मेसिन
रौतहट जिल्ला गौर १,१२६ ८१३,५७३ अभिलेखिकरण २०२०-०९-२१ वेब्याक मेसिन
सर्लाही जिल्ला मलङ्गवा १,२५९ ८६२,४७० अभिलेखिकरण २०१८-०६-०७ वेब्याक मेसिन
धनुषा जिल्ला जनकपुर १,१८० ८६७,७४७ [स्थायी मृत कडी]
सिराहा जिल्ला सिराहा १,१८८ ७३९,९५३ अभिलेखिकरण २०२०-०६-०९ वेब्याक मेसिन
महोत्तरी जिल्ला जलेश्वर १,००२ ७०६,९९४ [स्थायी मृत कडी]
सप्तरी जिल्ला राजविराज १,३६३ ७०६,२५५
मधेश प्रदेश जनकपुर ९,६६१ किमी ६,११४,६०० अभिलेखिकरण २०१८-०४-२८ वेब्याक मेसिन

बागमती प्रदेश

[सम्पादन गर्नुहोस्]
बागमती प्रदेशका जिल्लाहरू
क्रम जिल्लाहरू सदरमुकाम क्षेत्रफल (किमी) जनसङ्ख्या (वि.सं २०७८)[] आधिकारिक वेबसाइट
सिन्धुली जिल्ला सिन्धुलीमाढी २,४९१ ३००,०२६ [स्थायी मृत कडी]
रामेछाप जिल्ला मन्थली १,५४६ १७०,३०२ अभिलेखिकरण २०२०-०९-१८ वेब्याक मेसिन
दोलखा जिल्ला भीमेश्वर २,१९१ १७२,७६७ [स्थायी मृत कडी]
भक्तपुर जिल्ला भक्तपुर ११९ ४३२,१३२ अभिलेखिकरण २०१६-०४-१६ वेब्याक मेसिन
धादिङ जिल्ला धादिङवेशी १,९२६ ३२५,७१० अभिलेखिकरण २०२०-०८-०४ वेब्याक मेसिन
काठमाडौँ जिल्ला काठमाडौँ ३९५ २,०४१,५८७
काभ्रेपलान्चोक जिल्ला धुलिखेल १,३९६ ३६४,०३९ अभिलेखिकरण २०२०-०८-१० वेब्याक मेसिन
ललितपुर जिल्ला ललितपुर ३८५ ५५१,६६७ अभिलेखिकरण २०२०-०८-०४ वेब्याक मेसिन
नुवाकोट जिल्ला विदुर १,१२१ २६३,३९१ अभिलेखिकरण २०१९-०९-२६ वेब्याक मेसिन
१० रसुवा जिल्ला धुन्चे १,५४४ ४६,६८९ अभिलेखिकरण २०२०-०९-२२ वेब्याक मेसिन
११ सिन्धुपाल्चोक जिल्ला चौतारा २,५४२ २६२,६२४ अभिलेखिकरण २०२०-०९-१९ वेब्याक मेसिन
१२ चितवन जिल्ला भरतपुर २,२१८ ७१९,८५९ अभिलेखिकरण २०१५-०४-०४ वेब्याक मेसिन
१३ मकवानपुर जिल्ला हेटौँडा २,४२६ ४६६,०७३ अभिलेखिकरण २०२०-०८-१४ वेब्याक मेसिन
बागमती प्रदेश हेटौँडा २०,३०० किमी ६,११६,८६६ अभिलेखिकरण २०२४-११-०५ वेब्याक मेसिन

गण्डकी प्रदेश

[सम्पादन गर्नुहोस्]
गण्डकी प्रदेशका जिल्लाहरू
क्रम जिल्लाहरू सदरमुकाम क्षेत्रफल (किमी) जनसङ्ख्या (वि.सं २०७८)[] आधिकारिक वेबसाइट
बागलुङ जिल्ला बागलुङ १,७८४ २४९,२११
गोरखा जिल्ला गोरखा ३,६११ २५१,१२७ [स्थायी मृत कडी]
कास्की जिल्ला पोखरा २,११७ ६११,१५१ [स्थायी मृत कडी]
लमजुङ जिल्ला बेसीसहर १,६९२ १५५,८५२ अभिलेखिकरण २०२०-०८-११ वेब्याक मेसिन
मनाङ जिल्ला चामे २,२४६ ५,६५८ अभिलेखिकरण २०२०-०८-१४ वेब्याक मेसिन
मुस्ताङ जिल्ला जोमसोम ३,५७३ १४,४५२
म्याग्दी जिल्ला बेनी २,२९७ ११७,१३३ [स्थायी मृत कडी]
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला कावासोती १,३७१ ३७८,१७९ अभिलेखिकरण २०२४-११-०१ वेब्याक मेसिन
पर्वत जिल्ला कुश्मा ४९४ १३१,८८७ अभिलेखिकरण २०२०-०९-२० वेब्याक मेसिन
१० स्याङ्जा जिल्ला पुतलीबजार १,१६४ २५३,१२४ अभिलेखिकरण २०१९-०४-०४ वेब्याक मेसिन
११ तनहुँ जिल्ला दमौली १,५४६ ३२१,१५३ अभिलेखिकरण २०१६-११-२६ वेब्याक मेसिन
गण्डकी प्रदेश पोखरा २१,७९३ किमी २,४६६,४२७ अभिलेखिकरण २०२४-११-०४ वेब्याक मेसिन

लुम्बिनी प्रदेश

[सम्पादन गर्नुहोस्]
लुम्बिनी प्रदेशका जिल्लाहरू
क्रम जिल्ला सदरमुकाम क्षेत्रफल (किमी।) जनसङ्ख्या (वि.सं २०७८)[] आधिकारिक वेबसाइट
कपिलवस्तु जिल्ला तौलिहवा १,७३८ ६,८२,९६१ अभिलेखिकरण २०२०-०९-२१ वेब्याक मेसिन
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला परासी ७९२ ३,८६,८६८ अभिलेखिकरण २०२४-११-०६ वेब्याक मेसिन
रुपन्देही जिल्ला सिद्धार्थनगर १,३६० ११,२१,९५७ अभिलेखिकरण २०२०-०८-१० वेब्याक मेसिन
अर्घाखाँची जिल्ला सन्धिखर्क १,१९३ १,७७,०८६ अभिलेखिकरण २०१७-०८-०३ वेब्याक मेसिन
गुल्मी जिल्ला तम्घास १,१४९ २,४६,४९४ अभिलेखिकरण २०२०-०८-११ वेब्याक मेसिन
पाल्पा जिल्ला तानसेन १,३७३ २,४५,०२७ अभिलेखिकरण २०२०-०८-१५ वेब्याक मेसिन
दाङ जिल्ला घोराही २,९५५ ६,७४,९९३ [स्थायी मृत कडी]
प्युठान जिल्ला प्युठान १,३०९ २,३२,०१९ अभिलेखिकरण २०२०-०९-१९ वेब्याक मेसिन
रोल्पा जिल्ला लिवाङ १,८७९ २,२४,५०६ अभिलेखिकरण २०२०-०९-२० वेब्याक मेसिन
१० पूर्वी रुकुम जिल्ला रुकुमकोट १,१६१ ५६,७८६ अभिलेखिकरण २०२०-१०-१२ वेब्याक मेसिन
११ बाँके जिल्ला नेपालगन्ज २,३३७ ६,०३,१९४ अभिलेखिकरण २०२०-०९-२१ वेब्याक मेसिन
१२ बर्दिया जिल्ला गुलरिया २,०२५ ४,५९,९०० अभिलेखिकरण २०१६-१०-२२ वेब्याक मेसिन
लुम्बिनी प्रदेश देउखुरी १९,२७१ किमी ५,१२२,०७८ [स्थायी मृत कडी]

कर्णाली प्रदेश

[सम्पादन गर्नुहोस्]
कर्णाली प्रदेशका जिल्लाहरू
क्रम जिल्लाहरू सदरमुकाम क्षेत्रफल (किमी) जनसङ्ख्या (वि.सं २०७८)[] आधिकारिक वेबसाइट
पश्चिम रुकुम जिल्ला मुसिकोट १,७१६ १६६,७४० अभिलेखिकरण २०२०-१०-१२ वेब्याक मेसिन
सल्यान जिल्ला खलङ्गा १,४६२ २३८,५१५ अभिलेखिकरण २०१७-०८-२४ वेब्याक मेसिन
डोल्पा जिल्ला दुनै ७,८८९ ४२,७७४ अभिलेखिकरण २०२०-०८-१० वेब्याक मेसिन
हुम्ला जिल्ला सिमिकोट ५,६५५ ५५,३९४
जुम्ला जिल्ला खलङ्गा २,५३१ ११८,३४९ अभिलेखिकरण २०२०-०९-२० वेब्याक मेसिन
कालिकोट जिल्ला मान्म १,७४१ १४५,२९२ अभिलेखिकरण २०२०-०८-११ वेब्याक मेसिन
मुगु जिल्ला गमगढी ३,५३५ ६४,५४९ अभिलेखिकरण २०२०-०९-२३ वेब्याक मेसिन
सुर्खेत जिल्ला वीरेन्द्रनगर २,४५१ ४१५,१२६ अभिलेखिकरण २०२०-०९-२४ वेब्याक मेसिन
दैलेख जिल्ला नारायण १,५०२ २५२,३१३ [स्थायी मृत कडी]
१० जाजरकोट जिल्ला खलङ्गा २,२३० १८९,३६० अभिलेखिकरण २०२०-०९-२२ वेब्याक मेसिन
कर्णाली प्रदेश वीरेन्द्रनगर ३०,७१२ किमी १,६८८,४१२ अभिलेखिकरण २०२४-१०-०७ वेब्याक मेसिन

सुदूरपश्चिम प्रदेश

[सम्पादन गर्नुहोस्]
सुदूरपश्चिम प्रदेशका जिल्लाहरू
क्रम जिल्ला सदरमुकाम क्षेत्रफल (किमी) जनसङ्ख्या (वि.सं २०७८)[] आधिकारिक वेबसाइट
कैलाली जिल्ला धनगढी ३,२३५ ९०४,६६६ अभिलेखिकरण २०२०-०३-०५ वेब्याक मेसिन
अछाम जिल्ला मङ्गलसेन १,६८० २२८,८५२ अभिलेखिकरण २०१४-०५-१६ वेब्याक मेसिन
डोटी जिल्ला दिपायल सिलगढी २,०२५ २०४,८३१ [स्थायी मृत कडी]
बझाङ जिल्ला चैनपुर ३,४२२ १८९,०८५ अभिलेखिकरण २०२०-०८-११ वेब्याक मेसिन
बाजुरा जिल्ला मार्तडी २,१८८ १३८,५२३ अभिलेखिकरण २०२०-०९-१८ वेब्याक मेसिन
कञ्चनपुर जिल्ला भीमदत्त १,६१० ५१३,७५७ अभिलेखिकरण २०२०-०९-२५ वेब्याक मेसिन
डडेलधुरा जिल्ला अमरगढी १,५३८ १३९,६०२ [स्थायी मृत कडी]
बैतडी जिल्ला दशरथचन्द १,५१९ २४२,१५७
दार्चुला जिल्ला खलङ्गा २,३२२ १३३,३१० अभिलेखिकरण २०२०-०९-२१ वेब्याक मेसिन
सुदूरपश्चिम प्रदेश गोदावरी १९,५३९ किमी ५१५,०६९ अभिलेखिकरण २०२४-०७-२३ वेब्याक मेसिन

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 3 "संक्षिप्त परिचय", ddcdhankuta.gov.np (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच ६ फेब्रुअरी २०१८, "..."श्री ५ राजेन्द्रविक्रम शाह र प्रधानमन्त्री भीमसेन थापाको शासनकालमा प्रशासनिक दृष्टिकोणले वि.सं.१८७३ साल पश्चात देश १० जिल्लामा विभाजन भयो।"" अभिलेखिकरण ३ मार्च २०१८ वेब्याक मेसिन
  2. "There will be 77 districts in the country: Minister Thapa", myrepublica.com, ६ अगस्ट २०१७, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१७
  3. "जनसङ्ख्या", नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १० पुस २०८१
  4. "Government of Nepal Act 1948" अभिलेखिकरण २०२४-०६-१६ वेब्याक मेसिन
  5. "प्रशासकीय पुनर्गठन समिति (बुच कमिशन) को प्रतिवेदन, २००९" अभिलेखिकरण २०२४-०४-१९ वेब्याक मेसिन
  6. "नेपालको जिल्ला प्रशासन पुनर्गठनको रिपोर्ट, २०१३", मूलबाट २५ जनवरी २०२२-मा सङ्ग्रहित।[स्थायी मृत कडी]
  7. "Memorial Step of King Mahendra in 1st Poush 2017 BS", reviewnepal.com, १३ डिसेम्बर २०१७, अन्तिम पहुँच ६ फेब्रुअरी २०१८, "..." ""
  8. "There will be 77 districts in the country: Minister Thapa", myrepublica.com, ६ अगस्ट २०१७, अन्तिम पहुँच १३ सेम्टेम्बर २०१७
  9. 1 2 3 4 5 6 7 "Population of Each Districts in Nepal", ९ अगस्ट २०२३। अभिलेखिकरण २०२३-१०-३१ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]