सामग्रीमा जानुहोस्

सिमीकोट

निर्देशाङ्कहरू: २९°४४′N ८१°५०′E / 29.73°N 81.83°E / 29.73; 81.83
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सिमिकोटबाट अनुप्रेषित)
सिमीकोट
पूर्व गाविस
सिमीकोट मा पर्दछ कर्णाली प्रदेश
सिमीकोट
नेपालको नक्सामा सिमीकोटको अवस्थिति
सिमीकोट मा पर्दछ नेपाल
सिमीकोट
सिमीकोट (नेपाल)
निर्देशाङ्क: २९°४४′N ८१°५०′E / 29.73°N 81.83°E / 29.73; 81.83
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाहुम्ला जिल्ला
क्षेत्रफल
 • जम्मा३५.०९ किमी (१३.५५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४,९३२
 • घनत्व१४०/किमी (३६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

सिमीकोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चलविकास क्षेत्र विकास क्षेत्रको कर्णाली अञ्चल, हुम्ला जिल्लामा अवस्थित एक गाविस थियो। बाह्रौँ राष्ट्रिय जनगणना २०७८मा यहाँको जनसङ्ख्या ४,९३२ रहेको थियो जसमध्ये २,५२३ पुरुष र २,४०९ महिला रहेका थिए भने यहाँ १,३५२ घरधुरी रहेको थियो।[] यो हाल सिमकोट गाउँपालिकामा पर्दछ।

यसको साविकका ७-९ वडाहरू सिमकोट गाउँपालिकाको वडा नम्बर ४ हो भने ३-६ वडाहरू वडा नम्बर ५ हो र १-२ वडाहरू वडा नम्बर ६ हो।

करिब ३ हजार मीटर उचाईमा रहेको सिमीकोट हुम्ला जिल्लाको सदरमुकाम हो। सिम र कोट(डाँडा) मिलेर सिमकोट बनेको हो। स्थानीय बासिन्दाहरू यसलाई सिमकोट नै भन्ने गर्दछन्। यहाँ एक विमानस्थल रहेको छ जुन अहिलेसम्म कालोपत्र हुन सकेको छैन। सिमिकोट कैलाश पर्वत तथा मानसरोवर जाने ढोकाको रूपमा पनि परिचित छ। यहाँबाट वर्षेनि हजारौं धार्मिक तथा सहासिक पर्यटकहरू जाने गरेको पाइन्छ।

चित्र दीर्घा

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]