सामग्रीमा जानुहोस्

सिमकोट गाउँपालिका

सिमकोट
सिमकोट मा पर्दछ कर्णाली प्रदेश
सिमकोट
सिमकोट
नेपालको नक्सामा सिमकोट गाउँपालिकाको अवस्थिति
सिमकोट मा पर्दछ नेपाल
सिमकोट
सिमकोट
सिमकोट (नेपाल)
निर्देशाङ्क: २९°५८′१८″उ ८१°४९′१५″पू / 29.97167°N 81.82083°E / 29.97167; 81.82083
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाहुम्ला जिल्ला[]
स्थापना२०७३ फागुन २७
सरकार
  अध्यक्षविजय भण्डारी (नेकपा (माओवादी केन्द्र))
  उपाध्यक्षसुशीला भाम रोकाया (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा७८५.८९ किमी (३०३.४३ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा११,९३५
  घनत्व१५/किमी (३९/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केतहरू+९७७-०१९
केन्द्रसाविक सिमकोट गाविसको कार्यालय
वेबसाइटsimkotmun.gov.np

सिमकोट गाउँपालिका नेपालको कर्णाली प्रदेशको हुम्ला जिल्लाको एक गाउँपालिका हो।[] यो जिल्लाको ७ गाउँपालिकाहरू मध्ये एक हो।[] यस गाउँपालिकामा ८ वटा वडा रहेका छन्। साविकका ठेहे, बरगाउँ, सिमकोट, डाँडाफायास्याडा लगायतका गाविसहरू मिसाएर यो गाउँपालिका घोषणा गरिएको थियो। यो गाउँपालिकाको क्षेत्रफल ७८५.८९ वर्ग किलोमिटर रहेको छ। साथै यो गाउँपालिकाको केन्द्र साविकको सिमकोट गाविसको कार्यालयलाई निर्धारण गरिएको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सिमकोट गाउँपालिकाको कुल जनसङ्ख्या ११,९३५ रहेको छ भने यहाँ २,८८२ घरधुरी रहेका छन्।[]

सिमकोट गाउँपालिकाको वडागत विवरण
वडा नं.समावेश साविक गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति वर्ग कि.मी.)
ठेहे (६-९)६७६५७२.०११.१८
ठेहे (१-५)१,३४६२.७२४९४.८५
बरगाउँ६२२४६.३५१३.४२
सिमकोट (७-९)५०८२४.२५२०.९५
सिमकोट (३-६)२,१४५६.८५३१३.१४
सिमकोट (१-२)२,२७९३.९९५७१.१८
डाँडाफाया२,२०९३९.६५५५.७१
स्याडा२,१५०९०.०७२३.८७
जम्मा११,९३५७८५.८९१५.१९

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "निर्वाचन क्षेत्र निर्धारण सम्बन्धि सूचना", नेपाल राजपत्र, वि.सं. २०७४ भदौ १५, अन्तिम पहुँच वि.सं. २०७८ माघ २५
  2. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  3. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  4. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४
  5. "अब ७६६ स्थानीय तह", कान्तिपुर दैनिक, जेष्ठ १२, २०७४, अन्तिम पहुँच जेष्ठ १२, २०७४ अभिलेखिकरण २०१७-०९-०३ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]